Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • सिफारिस नदिएपछि नेपालगन्ज १८ वडा कार्यालयमा तनाव, पत्रकारमाथी हातपात-(भिडियो सहित)
सिफारिस नदिएपछि नेपालगन्ज १८ वडा कार्यालयमा तनाव, पत्रकारमाथी हातपात-(भिडियो सहित)
दूरसञ्‍चार
दूरसञ्‍चार बिहीबार, जेठ २६, २०७९
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ का वडाअध्यक्ष दीपककुमार बर्माको कार्यकक्षभित्र उत्पन्न तनाव । तस्बिर : दूरसञ्चार

नेपालगन्ज : पक्षपात गरेर वडाअध्यक्षले सिफारिस नदिएको भन्दै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ का आक्रोशित स्थानीय बासिन्दाले बिहीबार वडा कार्यालय घेराउ गरेका छन् । नेपालगन्ज-१८ लग्दहवा निवासी ४५ वर्षीया रामप्यारी वर्मा विगत ७ महिनादेखी मृत्यु दर्ता नाता प्रमाणितका लागि वडा कार्यालयमा पुगेपनि वडाअध्यक्ष दीपककुमार बर्माले सिफारिस नदिएको आरोप छ ।

रामप्यारीकी आमा ८० वर्षीया सिउरी कुर्मीको करिव ७ महिनाअघि कालगतिले मृत्यु भएको थियो । आमाको मृत्यु भएपछि मृत्यु दर्ता नाता प्रमाणितका लागि वडा कार्यालयमा जादाँ वडाअध्यक्ष बर्माले विभिन्न बहाना बनाउँदै सिफारिस रोकेको रामप्यारी बताउँछिन् । 

Nepalgunj 18 Oda maa Tanab photo 41654776954.jpg

‘धेरै पटक सिफारिस माग्न वडा कार्यालयमा आएँ, तर वडाअध्यक्षले जहिले पनि मलाई सिफारिस नदिएर फर्काउने काम गरेँ, मैले हात जोडेर विन्ती गर्दा उल्टै प्रहरी बोलाएर थुनाउँछु भनेर धाक धम्की दिएँ,’ रामप्यारीले वडा कार्यालय परिसरमा सञ्चारकर्मीसँग बिहीबार भनिन् ।

मृत्यु दर्ता नाता प्रमाणित नहुँदा आमाको जग्गा नामसारी हुन नसकेको उनले बताइन् । मृतक सिउरीका दुई छोरी मात्र छन् । रामप्यारी र मिरा सहोदर दुई बहिनी हुन् । आमाको मृत्यु पश्चात कानुनी रुपमा स्वतः अंश पाउने अधिकार भएपनि वडा कार्यालयको सिफारिस नपाउँदा सबै काम रोकिएको उनको गुनासो छ । 

रामप्यारी र मिराले लामो समयदेखी सिफारिस नपाएपछि उनको न्यायका लागि बिहीबार वडा नम्बर १८ का केही अगुवा तथा स्थानीय बासिन्दा पुगेका थिए । वडाअध्यक्ष बर्माको कार्यकक्षमा सामान्य रुपले छलफल भइरहेका बेला एक्कासी विवाद बढेपछि केहीबेर तनाव उत्पन्न भयो । त्यसक्रममा पत्रकार र महिलामाथी दुर्व्यवहार समेत भएको प्रत्यक्षदर्शीले बताए । 

Nepalgunj 18 Oda maa Tanab photo 51654776955.jpg

नेपाली कांग्रेस लुम्बिनी प्रदेशकी सदस्य कृष्णा सापकोटाले सिफारिस नपाएका दुई दिदी बहिनीको न्यायका लागि आफुहरु वडा कार्यालयमा पुग्दा वडाअध्यक्षले उल्टै प्रहरी बोलाएको बताइन् । ‘दुई दिदी बहिनी छन्, उनीहरुका दाई भाई छैनन्, बुवाको सम्पत्ती हस्तान्तरणका लागि सिफारिस माग्न वडा कार्यालयमा पटक पटक पुग्दा नपाएपछि पीडितले नेपाली कांग्रेससँग सम्पर्क राख्नु भयो, त्यसपछि हामी उहाँको सिफारिसका विषयमा बुझ्दै थियौं, एक्कासी वडाअध्यक्षले प्रहरी र आफ्ना मान्छे बोलाएर दादागिरी देखाउनु भयो ।’ 

वडाअध्यक्ष वर्माले भने सिफारिस रोक्ने कुनै नियत नभएको जिकिर गरेका छन् । आफ्नो पहिलो कार्यकाल छदैं नाता प्रमाणितका लागि सिफारिस माग्न आएपनि दुबैको नाममा बराबर सम्पत्ती जाओस् भनेर सिफारिस रोकेको बताए । 

‘सिफारिस दिदाँखेरी एउटाले बढी पाउने र अर्कोले कम पाउने हुन्छ कि, यहाँबाट हामीले सिफारिस गर्दा मालपोतमा अप्ठ्यारो नहोस् भनेर रोकिएको हो,’ उनले भने ‘सिफारिस रोक्नुपर्ने कुनै कारण छैन, सिफारिस त दिने हो, नदिने कुरै छैन ।’

नेपालगन्ज १८ स्थित वडा कार्यालयमा समाचार संकलन गर्न पुगेका पत्रकार सलामत अलि शेखमाथी हातपात एवम् दुर्व्यवहार भएको हो । वडाअध्यक्ष बर्माको कार्यकक्षमै पीडित पक्षसँग छलफल भइरहेका बेला एक्कासी विवाद उत्पन्न भएको थियो । सो विवादले उग्ररुप लिएपछि स्थिती तनावपुर्ण बन्यो । 

Nepalgunj 18 Oda maa Tanab photo 31654776953.jpg

सो क्रममा उपस्थित भएका नेपालगन्जस्थित प्रभात घोषणा राष्ट्रिय दैनिकमा कार्यरत पत्रकार शेखले भिडियो खिच्न लाग्दा वडाअध्यक्ष बर्मा एक्कासी उठेर हातपात एवम् दुर्व्यवहार गरेको पीडितले बताए । ‘वडाअध्यक्षको कार्यकक्षभित्र विवाद बढेपछि मैले मोबाईल निकालेर भिडियो खिच्दै थिए, वडाअध्यक्ष दीपक बर्मा एक्कासी आएर मेरो घाँटी समाते र मोबाईल खोस्ने प्रयास गरे, तर मैले मोबाईल दिएन,’ शेखले भने ‘त्यसपछि वडाअध्यक्षकै निर्देशनमा त्यहाँ रहेका प्रहरीले मलाई घिर्सादै बाहिर गेटसम्म पुर्याएँ, त्यहाँ रहेका स्थानीय बासिन्दाले छुटाए ।’

Nepalgunj 18 Oda maa Tanab photo 21654776953.jpg

पत्रकारको परिचय दिदाँ दिदै पनि प्रहरीले आफुमाथी अमानविय ब्यवहार गरेको उनको गुनासो छ । यस्तै सुरक्षार्थ खटिएका प्रहरीले वडा कार्यालयमा पुगेकी निरुता गैरेमाथी दुर्व्यवहार गरेका छन् । आफुलाई एक जना पुरुष प्रहरीले सम्वेदनशिल अंग (छाती) समातेर दुर्व्यवहार गरेको उनले सुनाइन् । 

यसअघि अघिल्लो कार्यकालमा पनि पत्रकारमाथी दुर्व्यवहार गरेका वडाअध्यक्ष बर्माले पत्रकार महासंघको कार्यालयमै पुगेर माफी मागेका थिए । वडाबाट दिइने सिफारिस लगायत विभिन्न सेवा, सुविधामा सेवाग्राहीमा पुर्वाग्रह राख्ने गरेको स्थानीयको गुनासो छ । 

भिडियो हेर्नुस् :


प्रकाशित मिति: बिहीबार, जेठ २६, २०७९  १८:००
प्रतिक्रिया दिनुहोस्
थप विशेष
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित सोमबार, वैशाख २८, २०८३
कोहलपुरमा दुई दिनमा हटाइयो  १ सय ८ घर, टहरा
कोहलपुरमा दुई दिनमा हटाइयो १ सय ८ घर, टहरा सोमबार, वैशाख २८, २०८३
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो आइतबार, वैशाख २७, २०८३
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी आइतबार, वैशाख २७, २०८३
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा शनिबार, वैशाख २६, २०८३
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट शुक्रबार, वैशाख २५, २०८३
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ शुक्रबार, वैशाख २५, २०८३
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप बिहीबार, वैशाख २४, २०८३
संवैधानिक परिषद् बैठक बस्दै, प्रधानन्यायधीश नियुक्त गर्ने प्रक्रिया सुरु
संवैधानिक परिषद् बैठक बस्दै, प्रधानन्यायधीश नियुक्त गर्ने प्रक्रिया सुरु बिहीबार, वैशाख २४, २०८३
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि
शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्