Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
विशेष
  • Home
  • विशेष
  • यसरी मेटाउन खोजिँदैछ कान्ति तालको अस्तित्व
यसरी मेटाउन खोजिँदैछ कान्ति तालको अस्तित्व
दूरसञ्‍चार
दूरसञ्‍चार आइतबार, साउन २७, २०८१
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ र २२ मा रहेको कान्ति ताल । तस्बिर सौजन्य : अमित रावल

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२१ र २२ मा पर्ने ‘प्राकृतिक सिमसार’ कान्ति तालको अस्तित्व नै मेटाउन खोजिएको छ । तालमा माछा पालन लगायत क्रियाकलाप गर्नका लागि नेपालगन्ज उपमहानगरपालिकाले दुई वर्षअघि स्थानीय ठेकेदार फनबहादुर गुरुङलाई १० वर्षका लागि ठेक्का सुम्पिएको थियो ।

उपमहानगरपालिका राजश्व शाखाका अनुसार ठेकेदारले २५ बिघा क्षेत्रफलमा फैलिएको उक्त ताल उपयोग गरे बापत वार्षिक २२ लाख ५० हजार रुपैयाँ राजश्व बुझाउँछन् । स्थानीय बासिन्दाका अनुसार ठेकेदारले विगत दुई वर्ष देखी तालमा माछा पालन गर्दै आएकोमा यसपटक मोटरबोट नै सञ्चालन गर्न खोजेका छन् ।

मोटरबोट सञ्चालन भएपछि प्राकृतिक सिमसार क्षेत्रका रुपमा रहेको तालको अस्तित्व नै समाप्त हुने खतरा बढेको छ । यसअघि उपमहानगरपालिकाले अर्को सिमसार क्षेत्र वाटर पार्कमा पनि मोटरबोट सञ्चालन गर्न ठेक्का दिएको थियो । वाटरपार्कमा मोटरबोट सञ्चालन भएपछि विभिन्न प्रजातिका चरा, सरीसृप, लगायतको वासस्थान र बोटविरुवा लोप भएका छन ।

Kanti-Tal-maa-Chara-Photo-4-1723394365.jpg
यस्तै स्थानीय फुलटेक्रा तालको पनि अस्तित्व मेटिने गरी धार्मिक कार्यमा प्रयोग गर्न दिइएको छ । यसले गर्दा यहाँ पनि चरा, सरीसृप लगायतको वासस्थान र बोटविरुवा लोप भएका छन । वाटरपार्क र फुलटेक्रामा जस्तै कान्ति तालमा विभिन्न प्रजातिका चरा, सरीसृप लगायतको वासस्थान र बोट बिरुवा लोप हुने निश्चित रहेको यहाँका संरक्षणकर्मी बताउँछन् ।

संरक्षणकर्मी आशिष चौधरीले सिमसार क्षेत्रको अस्तित्व नै मेटाउने गरी कान्ति तालमा मोटरबोट सञ्चालन भएमा चरा, सरीसृप लगायतको वासस्थान लोप हुने निश्चित रहेको ठोकुवा गरे ।  ‘यी जीव जन्तुका लागि मोटरबोट निकै घातक मानिन्छ, तर ठेकेदारले मोटरबोट चलाउन खोजिरहेको छ, एउटा बोट ल्याएर राखिसकेको छ,’ उनले भने ।

नेपालगन्ज उपमहानगर क्षेत्रमा एकपछि अर्को गरेर सिमसार क्षेत्र मासिँदै गइरहेका बेला कान्ति तालको पनि प्राकृतिक अस्तित्व मेटाउन खोजिएको चौधरीले बताए । उनका अनुसार कान्ति तालमा हिउँदको सिजनमा बाहिरबाट समेत आगन्तुक चराहरु आउने गर्छन् । यहाँ स्थानीय चराको पनि राम्रो वासस्थान रहेको छ । बाहिरबाट यहाँ आउने चराले केही महिनासम्म बसेर बच्चा समेत उत्पादन गर्ने गरेको संरक्षणकर्मी बताउँछन् ।

‘तालमा रहेको झाडी, बुट्यानमा बस्ने चरा यहाँ धेरै संख्यामा छन,’ चौधरीले भने ‘मोटरबोट चलेपछि सबै चरा र सरीसृपको वासस्थान मेटिन्छ र यहाँ उम्रिएका विभिन्न प्रजातिका फुल र झाडी तथा बुट्यान नष्ट हुन्छन ।’ वाटरपार्कमा मोटरबोट चलेपछि चराको वासस्थान लोप भएको उनले स्मरण गरे । यहाँका संरक्षणकर्मी ले विगत दुई वर्ष देखी कान्ति तालमा चरा गणना गर्दै आएका छन् । ‘पहिलो वर्ष यहाँ २५ प्रजातिका चरा फेला परेका थिए, दोस्रो वर्ष घटेर २२ प्रजातिका मात्रै चरा फेला परे, आउँदो हिउँदमा फेरी पनि चरा गणना गर्ने योजनामा छौं,’ संरक्षणकर्मी चौधरीले भने ।

Kanti-tal-maa-Chara-Photo-3-1723394364.jpg
उनका अनुसार कान्ति तालमा दुर्लभ प्रजातिको मलाहा बिरालो (फिसिङ क्याट), दुर्लभ पंक्षी सारश, विभिन्न प्रजातिका सरीसृप, रैथाने चराले प्रशस्त मात्रामा वासस्थान बनाएका छन् । दुर्लभ पंक्षी सारश र मलाहा बिरालोका लागि उक्त तालमा माछा लगायत किराहरू प्रमुख आहारा मानिएको छ । संरक्षणकर्मीका अनुसार तालमा माछा पालनले असर नगरेपनि इन्धनबाट चल्ने मोटरबोट निकै खतरनाक मानिन्छ ।

क्लिन नेपालगन्ज, ग्रिन नेपालगन्जका अभियन्ता डा. बिनोद कर्ण कान्ति तालमा मोटरबोट चलाउनु आफुहरुका लागि स्वीकार्य नभएको बताउँछन् । ‘ठेकेदारले मोटरबोट ल्याएर राखेको छ, हामीले विरोध गरेपछि अहिले तत्कालका लागि रोकेको छ, तर अझैपनि तालमा बोट चलाउने प्रयास भइरहेको छ,’ उनले भने । नेपालगन्ज उपमहानगरपालिकाकै संलग्नतामा ठेकेदारले कान्ति तालमा मोटरबोट चलाउन खोजेको डा. कर्णको जिकिर छ ।

‘कस्तो तालमा मोटरबोट चलाउने, कस्तो तालमा मोटरबोट नचलाउने भन्ने कुराको हेक्का उपमहानगरपालिकाले राख्न जरुरी छ, यदि पर्यावरण नै नष्ट गरेर बोट चलाउन खोजियो भने हामी पनि चुप लागेर बस्ने छैनौं,’ कर्णले भने । उपमहानगरपालिकाले सिमसार क्षेत्रलाई ठेक्का सञ्चालन गर्न नपाउने र ठेक्का दिइहाले पनि मोटरबोट चलाउन दिने अधिकार उपमहानगरपालिकासँग नरहेको उनी बताउँछन् । ‘एउटाले गरेको गल्तीलाई अर्कोले सुधार गर्ने हो, तर गल्तीमाथि गल्ती गर्ने छुट कुनैपनि जनप्रतिनिधि र कर्मचारीलाई छैन,’ डा. कर्णले भने ।

Kanti-Tal-maa-Chara-Photo-2-1723394363.jpg
कान्ति तालमा मोटरबोट चलाउन खोजिएपछि यहाँका संरक्षणकर्मीले सामाजिक सञ्जालमार्फत विरोध गरिरहेका छन । कान्ति ताल बचाउन उनीहरुले अभियान नै सुरु गरिसकेका छन । उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले वाटरपार्कमा मोटरबोट चलाउन ठेक्का दिइसकेपछि कान्ति तालमा पनि मोटरबोट चलाउन दिनुपर्छ भन्ने पक्षमा आफू नरहेको प्रस्ट्याए ।

‘वाटरपार्कमा मोटरबोट चलाउन दिइसकेपछि कान्ति तालमा पनि मोटरबोट चलाउन खोजिनु राम्रो होइन,’ उनले भने ‘कान्ति ताललाई सिमसार क्षेत्रका रुपमा विकास गर्न आवश्यक छ ।’ कान्ति ताललाई सिमसार क्षेत्रका रुपमा विकास गरेर पनि पर्यटनको विकास गर्न सकिने प्रवक्ता रिजाल बताउँछन् । कान्ति तालमा दुई वर्ष अघि नै ठेक्का सम्झौता भएको प्रष्ट्याउँदै नयाँ जनप्रतिनिधि आएपछि कुनै ठेक्का नभएको दाबी गरे । कान्ति तालमा माछा पालन गर्ने प्रयोजनका लागि ठेक्का दिइएको कुरा आफूले सुनेको र सम्झौता पत्रमा उल्लेख भएका सबै बुँदाबारे जानकारी नभएको प्रवक्ता रिजाले बताए ।

उपमहानगरपालिकाको राजश्व शाखा प्रमुख बीरबहादुर थापाले कान्ति तालको ठेक्का लिए बापत ठेकेदारले वार्षिक २२ लाख ५० हजार रुपैयाँ बुझाउँदै आएको जानकारी दिएका छन् । ‘तत्कालीन धवलसम्शेर राणा मेयर हुँदा यो तालमा १० वर्षका लागि ठेक्का लागेको हो, मुख्य रुपमा माछा पालन गर्ने हो, ठेकेदारले माछा पालन गरिरहेका छन,’ उनले भने ।

वर्षौदेखि बेवास्थामा रहेको उक्त ताललाई उपमहानगरपालिकाले साढे १० करोड रुपैयाँ खर्च गरेर पर्यटकीय स्थलको रुपमा विकास गरेको थियो । उपहानगरपालिकाकाले उक्त ताल वरिपरि ७ मिटरको कालोपत्रे सडक, पक्की नाला, पार्किङ एरिया, रेलिङ, वृक्षारोपण गरेको छ । ताल वरिपरि कालोपत्रे सडक, नाला, वृक्षारोपण गरेर हरियाली बनेपछि बिहान र बेलुकी समयमा यहाँ हिँड्ने स्थानीय बासिन्दाको ठुलो संख्यामा भिड नै लाग्ने गरेको छ । -नागरिक न्यूजबाट 


प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  २२:२७
प्रतिक्रिया दिनुहोस्
थप विशेष
बाघले आक्रमण गर्दा बाँकेमा पुरुषको ज्यान गयो
बाघले आक्रमण गर्दा बाँकेमा पुरुषको ज्यान गयो शनिबार, कात्तिक ८, २०८२
चितवनमा स्कुटर दुर्घटना, दुई जनाको मृत्यु
चितवनमा स्कुटर दुर्घटना, दुई जनाको मृत्यु मंगलबार, कात्तिक ४, २०८२
विपिनको शवयात्रा सुरु, इजरायली प्रतिनिधिसमेत सहभागी
विपिनको शवयात्रा सुरु, इजरायली प्रतिनिधिसमेत सहभागी मंगलबार, कात्तिक ४, २०८२
लक्ष्मी पूजा र कुकुर तिहार मनाइँदै
लक्ष्मी पूजा र कुकुर तिहार मनाइँदै सोमबार, कात्तिक ३, २०८२
विपिन जोशीको शव नेपाल ल्याउनुपूर्व इजरायलमा श्रद्धाञ्जली सभा
विपिन जोशीको शव नेपाल ल्याउनुपूर्व इजरायलमा श्रद्धाञ्जली सभा आइतबार, कात्तिक २, २०८२
प्रधानमन्त्री भेट्न सिंहदरबार पुगे जेनजी आन्दोलनका घाइते
प्रधानमन्त्री भेट्न सिंहदरबार पुगे जेनजी आन्दोलनका घाइते आइतबार, कात्तिक २, २०८२
चुनावी सुरक्षा रणनीति बनाउन बस्दै केन्द्रीय सुरक्षा समितिको बैठक
चुनावी सुरक्षा रणनीति बनाउन बस्दै केन्द्रीय सुरक्षा समितिको बैठक शनिबार, कात्तिक १, २०८२
मध्यपहाडी लोकमार्गको रुकुमपूर्व खण्ड १९ दिन बन्द गरिदै
मध्यपहाडी लोकमार्गको रुकुमपूर्व खण्ड १९ दिन बन्द गरिदै शनिबार, कात्तिक १, २०८२
जेन–जी आन्दोलनबाट क्षतिग्रस्त कार्यालयलाई बैजनाथ गाउँपालिकाको सहयोग
जेन–जी आन्दोलनबाट क्षतिग्रस्त कार्यालयलाई बैजनाथ गाउँपालिकाको सहयोग शुक्रबार, असोज ३१, २०८२
लोकप्रीय
  • Week
  • Month
महाधिवेशन विधान अनुसार नै गर्ने कांग्रेस कार्यबाहक सभापति खड्काको आश्वासन
महाधिवेशन विधान अनुसार नै गर्ने कांग्रेस कार्यबाहक सभापति खड्काको आश्वासन
घनश्याम भूसाललाई नयाँ पार्टी गठनको संयोजन गर्ने जिम्मा
घनश्याम भूसाललाई नयाँ पार्टी गठनको संयोजन गर्ने जिम्मा
पार्टी कार्यालयमा कांग्रेस सुधार अभियानको प्रदर्शन
पार्टी कार्यालयमा कांग्रेस सुधार अभियानको प्रदर्शन
'युएनभी' सिसी क्यामेरा प्रयोगबारे नेपालगन्जमा वर्कसप 
'युएनभी' सिसी क्यामेरा प्रयोगबारे नेपालगन्जमा वर्कसप 
'प्रतिनिधि सभा विघटन गर्नु नै महाभुल' : राष्ट्रिय सभा सदस्य शर्मा
'प्रतिनिधि सभा विघटन गर्नु नै महाभुल' : राष्ट्रिय सभा सदस्य शर्मा
सुर्खेती समाज बाँके र नेपालगन्ज नेशनल हस्पिटलबीच सम्झौता
सुर्खेती समाज बाँके र नेपालगन्ज नेशनल हस्पिटलबीच सम्झौता
जेन–जी आन्दोलनबाट क्षतिग्रस्त कार्यालयलाई बैजनाथ गाउँपालिकाको सहयोग
जेन–जी आन्दोलनबाट क्षतिग्रस्त कार्यालयलाई बैजनाथ गाउँपालिकाको सहयोग
होटल सिटी प्यालेसमा जब सुरु भयो, ‘नेपालगन्ज सांस्कृतिक सन्ध्या’  
होटल सिटी प्यालेसमा जब सुरु भयो, ‘नेपालगन्ज सांस्कृतिक सन्ध्या’  
मेरो कथा
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
अन्तर्वार्ता
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’ दूरसञ्‍चार
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्