Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  • जसलाई आफ्नो पहिचान कायम गराउन दशकौं लाग्यो
जसलाई आफ्नो पहिचान कायम गराउन दशकौं लाग्यो
अर्जुन ओली
अर्जुन ओली सोमबार, असोज ७, २०८१

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ५ की रजनी कनौजियाले छोराको रुपमा जन्म लिइन् । जिल्ला प्रशासन कार्यालय बाँकेले उनलाई पुरुष नै किटान गरेर नेपाली नागरिकतता प्रमाणपत्र दियो । राजेन्द्र धोबीको नामबाट नागरिकता लिएकी उनले भने महिलाको रुपमा आफ्नो पहिचान देखाएकी छन् ।

महिला वा तेस्रो लिंगीको पहिचानबाट नागरिकता लिने प्रयास गर्दा पनि प्रशासनले जबरजस्ती पुरुष नै किटान गरेर नागरिकता दियो । नागरिकता दिदाँ राज्यले विभेद त गर्यो नै परिवारबाट पनि उनी विभेदमा परिन् । तर, दशकौंको संघर्षपछि उनले आफ्नो लैंगिक पहिचान स्थापित गराउन सफल भएकी छन् । 

‘जिल्ला प्रशासन कार्यालयले मलाई पुरुष किटान गरेर नागरिकता प्रमाणपत्र दिएको छ, म पुरुष भएर जन्मिएपनि मैले आफुलाई महिलाको रुपमा पहिचान गराए,’ उनले भनिन् ‘महिलाको पहिचान गराउन खोज्दा परिवारभित्र संघर्ष गर्न मलाई दशकौं समय लाग्यो, अहिले आएर परिवारले पनि मेरो कुरालाई स्वीकार गरेको छ, म आफ्नो पहिचानमा अडिग छु ।’ 

आफ्नै ठाउँमा नागरिकता टोली आएका बेला उनले १८ वर्षको उमेरमा नागरिकता प्रमाणपत्र बनाएकी थिइन् । पुरुषको रुपमा नागरिकता पाएपछि बैंक खाता खोल्ने लगायत विभिन्न काममा सजिलो भएपनि आफुलाई असजिलो लागेको उनी बताउँछिन् ।उमेरका हिसाबले अहिले ५८ वर्ष पुगेकी उनले जीवनमा गरेको संघर्ष कम छैन ।

परिवारका ३ दाजुभाई र ५ बहिनी मध्ये उनी सबैभन्दा जेठो छोरा थिइन् । परिवारको जेठो छोरा भएकाले उनीप्रति बुवाआमाको विश्वास बढी थियो । उमेरले १६ वर्ष टेक्ने बित्तिकै परिवारमा बिबाह गर्ने कुरा चल्यो । आफु छोरा भएर जन्मेपनि आफ्नो पहिचान छोरीका रुपमा गराउन चाहन्थिन्, उनी । केटी सँग नै बिबाह गर्नुपर्ने परिवारको ढिपीका बीच रजनीले मुस्लिम समुदायका एक जना (पुरुष) युवासँग बिबाह गरिन् । 

त्यसपछि उनी घर परिवारलाई नै त्यागेर बाहिर बसिन । करिव ३/४ वर्ष ति युवासँग दाम्पत्य जीवन बिताएपनि उनीहरुबीचको सम्बन्ध दिगो हुन सकेन । सम्बन्ध दिगो हुन नसकेपछि उनी अलग भइन् र घर परिवारको सम्पर्कमा आईन । ‘त्यसपछि त घर परिवारले केटी खोजेर बिबाह गरिदिए, परिवारको करकापमा भएको थियो यो बिबाह,’ उनले भनिन् ‘केही वर्षसम्म श्रीमतिप्रति कुनै फिलिङ नै आएन, मैले महिलासँग बिबाह गरेपनि म आफु पनि महिलाकै रुपमा रहन्थ्ये ।’

बिबाहको केही वर्षपछि पहिलो सन्तान छोरा जन्मिए । त्यसपछि उनले सुत्केरी श्रीमति र छोरालाई भारतको नानपारास्थित ससुराली घरमा लगेर छाडे र आफु रोजगारीका लागि भारतमै बसिन । करिव दुई वर्षपछि उनले ससुरालीबाट श्रीमती र छोरालाई लिएर नेपालगन्जस्थित घरमा राखे ।बैबाहिक सम्बन्धमा धेरै उतार–चढाएहरु आए । तरपनि परिवार र समाजका लागि उनले श्रीमतिसँग बस्न थालिन् ।  

अहिले उनको साथमा २ छोरा र २ छोरी छन् । यि मध्ये २ छोरा र एक छोरीको बिबाह भईसकेको छ । बिबाह भएका छोरा छोरीबाट नाति, नातिना समेत उनले देखिसकेकी छन् । तर, उनले आफुलाई महिलाको रुपमा पहिचान गराएकी छन् । ‘घर, परिवारले अहिले मेरो समस्या बुझेका छन्, म अहिले महिलाकै पहिचानमा छु,’ उनले भनिन् ‘महिलाकै पहिचानबाट नागरिकता लिने चाहना भएपनि त्यो सफल हुन सकेन, तरपनि परिवार र समाजका सामु महिलाकै रुपमा चिनिएकी छु ।’ वरिपरका कतिपय छिमेकीले अहिले उनलाई दिदी र अन्टी भनेर बोलाउँछन् । 

अहिले उनी घरमा मात्र सिमित छैनन् । आफु जस्तै पारलिंगी समुदायको हक, अधिकारका लागि वकालत गर्न सक्ने भएकी छन् । नेपालगन्जमा रहेको पश्चिम तारा नेपालको उनी अध्यक्ष हुन् । संस्थामा लागेर काम गर्दा आफुले समुदायका धेरै ब्यक्तीलाई भेट्ने अवसर पाएको रजनी बताउँछिन् । ‘समुदायमा धेरै ब्यक्तीहरु छन्, तर खुल्न सकिरहेका छैनन्,’ उनले भनिन् ‘परिवार र समाजको गलत बुझाई, समाजबाट विभेदको सिकार हुने उनीहरुलाई डर छ ।’ कतिपय बुझेका र शिक्षित ब्यक्तीले भने क्रमशः आफ्नो पहिचान खुलाउन थालेको उनी बताउँछिन् ।  


प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  १९:४०
प्रतिक्रिया दिनुहोस्
थप समाज
इनिशालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन
इनिशालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन बिहीबार, फागुन २८, २०८२
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही' सोमबार, फागुन २५, २०८२
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन आइतबार, फागुन २४, २०८२
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन 
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन  बुधबार, फागुन २०, २०८२
मौन अवधिमा बाँकेमा  आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण
मौन अवधिमा बाँकेमा आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण मंगलबार, फागुन १९, २०८२
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते मंगलबार, फागुन १९, २०८२
तराई मधेशमा आज मनाइँदै होली पर्व
तराई मधेशमा आज मनाइँदै होली पर्व मंगलबार, फागुन १९, २०८२
आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह
आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह मंगलबार, फागुन १९, २०८२
खाडीमा एक नेपालीसहित १२ को मृत्यु, घाइते १५० नाघे
खाडीमा एक नेपालीसहित १२ को मृत्यु, घाइते १५० नाघे मंगलबार, फागुन १९, २०८२
लोकप्रीय
  • Week
  • Month
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
बाँके २ मा एमालेका राई निर्वाचित 
बाँके २ मा एमालेका राई निर्वाचित 
बाँके-३ मा रास्वपाका सुनार निर्वाचित 
बाँके-३ मा रास्वपाका सुनार निर्वाचित 
बाँके-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका चौधरी निर्वाचित
बाँके-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका चौधरी निर्वाचित
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्