Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  • बैजनाको शिक्षामा लगानी, शैक्षिक गुणस्तर सुधारमा जोड
बैजनाको शिक्षामा लगानी, शैक्षिक गुणस्तर सुधारमा जोड
दूरसञ्‍चार
दूरसञ्‍चार शनिबार, असोज ११, २०८२

बाँके(बैजनाथ) : बैजनाथ गाउँपालिकाभित्र ३८ वटा सामुदायिक र २० वटा संस्थागत बिद्यालय छन् । यि सबै बिद्यालयलाई गाउँपालिकाको शिक्षा शाखाले नै नियमन गर्छ । गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा शैक्षिक गुणस्तर सुधारका लागि थुप्रै क्रियाकलाप गरेको छ । 

गाउँपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि सामुदायिक बिद्यालयको क्षमता अभिवृद्धि, विभिन्न कार्यक्रम र शैक्षिक पुर्वाधार निर्माणको काम तथा संस्थागत बिद्यालयको नियमन लगायतका काम गरेको छ । गाउँपालिकाको शिक्षा शाखाका अनुसार गाउँपालिकाले बिद्यालयमा पिटी सञ्चालनका लागि आवश्यक सामाग्री वितरण गरेको छ । 

बाल विकास केन्द्रमा अध्ययनरत शिक्षकको दक्षता अभिवृद्धि तालिम प्रदान गरिएको छ । आधारभुत तहको परीक्षा सञ्चालन तथा ब्यवस्थापन गरिएको छ । शैक्षिक डकुमेन्ट्री निर्माण गरिएको छ । यस्तै गाउँपालिका स्तरीय खेलकुद प्रतियोगिता सञ्चालन गरिएको छ । अतिरिक्त क्रियाकलाप सञ्चालन, सामुदायिक र संस्थागत बिद्यालयका शिक्षकहरुको लागि पेशागत दक्षता अभिवृद्धि तालिम पनि सोही आर्थिक वर्षमा प्रदान गरिएको छ ।

गाउँपालिका अध्यक्ष एवम गाउँ शिक्षा समितिका अध्यक्ष प्रकाशबहादुर शाही शिक्षामा सुधार ल्याउनका लागि भौतिक पुर्वाधार निर्माणसँगै प्रधानाध्यापक तथा अध्यक्षसँग नियमित बैठक, तालिम, अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको बताउँछन् । शिक्षामा अनुगमन तथा नियमनको काम पनि भएको उनले बताए । ‘शिक्षामा अझै सुधार गर्न बाँकी छ र अहिलेसम्म धेरै सुधार गरेका छौं,’ उनले भने । 

गाउँ शिक्षा योजना निर्माण 
शिक्षालाई माथी उठाउन गाउँपालिकाले गाउँ शिक्षा योजना समेत निर्माण गरिसकेको छ । बिद्यालयहरुका लागि सूचना प्रविधी प्रवद्र्धन ब्यवस्थापन कार्यक्रम, बिद्यालय सञ्चालन र ब्यवस्थापन अनुदान, स्थानीय पुस्तक लेखन तथा कार्यान्वयन अभिमुखिकरण, गुणस्तरीय शिक्षाका लागि अनुगमन गरिएको छ । 

यसैगरी कक्षा ११ र १२ मा गाउँपालिकाभित्र सञ्चालन भएका सामुदायिक बिद्यालयका छात्राहरु, अल्पसंख्यक र सिमान्तकृतलाई पूर्ण निःशुल्क कार्यक्रम गरिएको छ । द्धन्द्ध पीडित, दलित, बेपत्ता पारिएका, घाइते जनजाति परिवारका छात्रालाई उच्च शिक्षा छात्रवृत्ति प्रदान गरिएको छ । आधारभुत तह र एसइई परिक्षा केन्द्र व्यवस्थापनका लागि सिसी क्यामेरा जडान गरिएको छ । 

यसैगरी प्रविधीमैत्री सिकाइका लागि शैक्षिक सामाग्री खरिद, बिद्यालयमा आवश्यकतामा आधारित फर्निचर वितरण, आवश्यकताका आधारमा बिद्यालयमा खानेपानी र शौचालय ब्यवस्थापन, बैजनाथ-८ स्थित भगवती माबि र  बैजनाथ १ स्थित सुर्योदय माबिको भवन निर्माण तथा बिद्यालय भवन निर्माणमा साझोदारी कार्यक्रम गरिएको छ । 

गाउँपालिकाभित्र ४ वटा बिद्यालयमा अध्ययन गर्ने छात्राको ५० प्रतिशत शुल्क गाउँपालिका कार्यालयले ब्यहोरेको छ । गाउँपालिकाले ति छात्राका लागि छात्रवृत्ति वापतको रकम सम्बन्धित बिद्यालयको खातामा पठाएर उनीहरुलाई लक्षित कार्यक्रममा समेटेको छ । विशेषगरी गरिवीका कारण पढ्न नसक्ने अवस्थामा रहेका ति छात्रालाई स्थानीय सरकारले कार्यक्रम ल्याएको शाखाले जनाएको छ । 

यस्तै सिमान्तकृत समुदायका र अतिविपन्न परिवारका छात्राका लागि भने गाउँपालिकाले शतप्रतिशत मासिक शुल्क गाउँपालिकाले नै ब्यहोरेको छ । यस्तो कार्यक्रम सञ्चालन गर्नेमा सम्भवतः बैजनाथ नै जिल्लाको एक मात्र स्थानीय सरकार भएको शाखाको दाबी छ । यसैगरी उच्च शिक्षा अध्ययनका लागि प्रत्येक वडाबाट सम्बन्धित वडा कार्यालयको सिफारिसमा अतिविपन्न परिवारका एक जना छात्र गरी कुल ८ जना छात्रालाई पनि उच्च शिक्षा छात्रवृत्तीको ब्यवस्था गरिएको शिक्षा शाखाले जनाएको छ । 

सिसी क्यामेरा जडान 
शैक्षिक गुणस्तर सुधार अभियान अन्तर्गत गाउँपालिकामा सञ्चालित बिद्यालयका परीक्षा केन्द्रमा सिसी क्यामेरा जडान गरिएको हो । परिक्षालाई मर्यादित र ब्यवस्थित बनाउनका लागि आर्थिक वर्ष २०८१/०८२ को वार्षिक बजेट २० लाख रुपैयाँको लागतमा गाउँपालिकाले कुल १२ वटा परीक्षा केन्द्रमा सिसी क्यामेरा जडान गरेको थियो । शाखाका अनुसार उक्त परीक्षा केन्द्रमा रहेका १ सय ३४ वटा कोठामा जडान गरिएको छ । 

‘आधारभुत तहको परीक्षा गाउँपालिकाले सञ्चालन गर्छ, एसइई परीक्षा भने राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्छ,’ शिक्षा शाखामा कार्यरत प्राविधिक सहायक शोभा ढकालले भनिन्, ‘ति परीक्षा केन्द्रमा सिसी क्यामेरा जोड्नुपर्छ भनेर विशेषगरी गाउँपालिका अध्यक्ष ज्युको पहलमा जडान गरिएको हो, जसमा एसइई परीक्षा केन्द्रमा ४ वटा र आधारभुत तह परीक्षा केन्द्रमा ८ वटा गरी कुल १२ वटा सिसी क्यामेरा जडान गरिएको छ ।’ 

सिसी क्यामेरा जडान गरेपछि २०८१ सालको आधारभुत तह र एसइई परीक्षा मर्यादित रुपले सम्पन्न भएको उनले बताइन् । क्यामेरा जडानले स्थलगत रुपमा अनुगमन गर्ने पद्धतिलाई केही कम पनि गरेको उनले सुनाइन् । ‘विगतका दिनमा कक्षा कोठाभित्रै पसेर परीक्षा अनुगमन गर्ने गरिन्थ्यो, त्यसले परीक्षा दिइरहेका बिद्यार्थीहरुमा डर, त्रासको वातावरण सिर्जना हुन्थ्यो, शान्त वातावरणमा परीक्षा दिइरहेका बेलामा कक्षा कोठामा एक्कासी बाहिरका मान्छेहरु पुग्दा कतिपय हात नचल्ने समस्या सिर्जना हुन्छ, यसले परिक्षाको नतिजामा प्रतिकुल असर पर्ने खतरा रहन्छ,’ उनले भनिन्, ‘परिक्षा केन्द्रमै गएर अनुगमन गर्ने विगतमा पद्धति जुन थियो, त्यो चाही सिसी क्यामेरा जडान गरेपछि अलिकति घट्यो । 

उपाध्यक्ष निर्मला रोकाय भन्छिन्, ‘त्यसरी कार्यक्षेत्रमै धेरै मान्छेहरु जाँदा परीक्षामा नकारात्मक प्रभाव पर्ने र त्यसको प्रभावकारिता नहुने हुँदा गाउँपालिकाबाट नै सिसी क्यामेराबाट सुक्ष्म तरिकाले अनुगमन गर्नुपर्छ, जो कि बालबालिकालाई थाहा नहोस् भनेर सिसी क्यामेरा जडान गर्नुपर्ने अवस्था आयो ।’ 

सिसी क्यामेरा जडान गर्दा कतिपयले बिद्यार्थीको मनोबल घट्ने, हतोत्साहित हुने, परिक्षामा लेख्न नसक्ने जस्ता समस्या आउँछन कि भन्ने आशंका पनि गरेका थिए । तर, गाउँपालिकाले सिसी क्यामेरा जडान गर्नुअघि नै सम्बन्धित बिद्यालयमा सिसी क्यामेरा किन जडान गरिदैछ ? यसको सकारात्मक पक्षहरु के–के छन् ? यसले के–के राम्रो काम गर्छ ? सिसी क्यामेरासँग डराउनु पर्दैन । निर्धक्क भएर लेख्नुपर्छ भनेर बिद्यार्थीलाई बुझाएको थियो । 

पछिल्लो समयमा बिद्यार्थीहरु मल्टिमिडियातर्फ ब्यस्त देखिन्छन् । कतिपयले पढाईलाई छाड्ने र अन्यत्रै लाग्ने प्रवृत्ती छ । यस्तो प्रवृत्तीलाई रोक्न र शिक्षाको गुणस्तर माथी उठाउन सिसी क्यामेरा जडान योजना गाउँपालिकाको प्राथमिकतामा परेको उपाध्यक्ष रोकाय बताउँछिन् ।

‘मेहनत गरेर पढ्नु पर्दैन, परिक्षामा जसरी पनि चिट चोरेर पास भईन्छ भन्ने मनोविज्ञान कतिपय बिद्यार्थीहरुमा देखियो, उनीहरुले पढाईलाई अलिकति पनि ध्यान नदिने भएको हुनाले शिक्षाको स्तर बढाउन सिसी क्यामेरा जडान गर्ने विकल्प आएको हो,’ उनले भनिन् । गाउँपालिकाले क्रमशः अन्य बिद्यालयमा पनि सिसी क्यामेरा जडान गर्ने योजना बनाएको छ ।

गाउँपालिकाका कार्यपालिका सदस्य एवम् सामाजिक विकास समितिका संयोजक भूमिसरा रानाले शैक्षिक गुणस्तर सुधार गर्नका लागि बिद्यालय अनुगमन सहितका गतिविधी भएको बताए । ‘हामीले एकातिर अनुगमनको कामलाई अगाडी बढाउँछौं, अर्कोतिर बिद्यालयमा शैक्षिक र पुर्वाधार विकासको काम गर्छौ,’ उनले भनिन् ।

भौतिक र शैक्षिक सुधार 
शैक्षिक गुणस्तर सुधारका लागि विशेष गरी बिद्यालयको भौतिक र शैक्षिक पक्षलाई गाउँपालिकाले विशेष ध्यान दिएको छ । भौतिक पक्षका रुपमा गाउँपालिकाले केही बिद्यालयमा भवन, कक्षा कोठा, पर्खाल, शौचालय जस्ता पुर्वाधार निर्माणको काम गरेको छ । यस्तै बिद्यालयमा फर्निचर ब्यवस्थापन कार्यलाई पनि गाउँपालिकाले जोड दिएको छ ।

गाउँपालिकाले कक्षा ११ र १२ को परीक्षालाई ध्यान दिएर फर्निचर ब्यवस्थापन गरेको छ । जीर्ण बिद्यालय मर्मत सम्बन्धी कार्यक्रम अन्तर्गत भवन, शौचालय, खानेपानी जस्ता भौतिक पुर्वाधार मर्मतका काम गरिएको छ । सामाजिक विकास समितिका संयोजक भूमिसरा रानाका अनुसार शैक्षिक पक्षका रुपमा शिक्षकलाई विभिन्न खालका पेशागत दक्षता सम्बन्धी तालिम सञ्चालन गरिएको छ ।

‘बाल विकास सहजकर्ताहरुको क्षमता अभिवृद्धिका लागि पनि कार्यक्रम सञ्चालन गरिएको छ,’ संयोजक रानाले भनिन्, सामुदायिक बिद्यालयका शिक्षकको क्षमता अभिवृद्धि कार्यक्रम पनि राखिएको छ, गुणस्तर सुधारसँग सम्बन्धित अनुगमन कार्यलाई पनि बढी फोकस गरेका छौं ।’ गाउँपालिकाभित्र रहेका सबै बिद्यालयको सघन रुपमा गाउँ शिक्षा समितिका सम्पूर्ण पदाधिकारीलाई सहभागी गराएर बिद्यालयको वास्तविक चित्र    के छ भनि बृहत अनुगमन कार्यक्रम सञ्चालन गरिएको बताइन् । 
 
सिकाई उपलब्धी

शिक्षा शाखा प्रमुख, वरिष्ठ शिक्षा अधिकृत विष्णुप्रसाद ढकालका अनुसार परम्परागत रुपमा मापन गर्ने भनेको नै सिकाई उपलब्धी नै हो । ‘बिद्यालयको भवन, शैक्षिक सामाग्री, करेसाबारी, मैदान हुनुपर्यो, त्यसपछि नियमन गर्ने कुरामा शिक्षक र बिद्यार्थीका पोशाकको कुरा, शिक्षक र बिद्यार्थी समयमा उपस्थिती हुने कुरा, बिद्यार्थीलाई सिकाउने कुराले प्रभाव पार्छ,’ उनले भने । 

स्थानीय तहमा लागु भएका पाठ्यक्रमले बिद्यार्थीलाई ब्यवहारिक शिक्षा दिने प्रमुख ढकाल बताउँछन् । उनी भन्छन्, ‘बिद्यार्थी बसेको भुगोलको बारेमा जानकारी हुनुपर्छ भन्ने उद्देश्य राखेर स्थानीय पाठ्यक्रम राखिएको हो, पाठ्यक्रममा सबै कुराको बारेमा जानकारी राखेको हुँदा यो ब्यवहारिक शिक्षा हो ।’


प्रकाशित मिति: शनिबार, असोज ११, २०८२  १३:१०
प्रतिक्रिया दिनुहोस्
थप समाज
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही' सोमबार, फागुन २५, २०८२
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन आइतबार, फागुन २४, २०८२
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन 
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन  बुधबार, फागुन २०, २०८२
मौन अवधिमा बाँकेमा  आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण
मौन अवधिमा बाँकेमा आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण मंगलबार, फागुन १९, २०८२
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते मंगलबार, फागुन १९, २०८२
तराई मधेशमा आज मनाइँदै होली पर्व
तराई मधेशमा आज मनाइँदै होली पर्व मंगलबार, फागुन १९, २०८२
आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह
आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह मंगलबार, फागुन १९, २०८२
खाडीमा एक नेपालीसहित १२ को मृत्यु, घाइते १५० नाघे
खाडीमा एक नेपालीसहित १२ को मृत्यु, घाइते १५० नाघे मंगलबार, फागुन १९, २०८२
जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि शंकास्पद वस्तु फेला
जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि शंकास्पद वस्तु फेला मंगलबार, फागुन १९, २०८२
लोकप्रीय
  • Week
  • Month
एमाले नेता धितालले बाँकेका सिडिओलाई दिए धम्की
एमाले नेता धितालले बाँकेका सिडिओलाई दिए धम्की
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
निर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदानको ब्यग्र प्रतिक्षामा मतदाता-(फोटो फिचर)
निर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदानको ब्यग्र प्रतिक्षामा मतदाता-(फोटो फिचर)
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
बाँके २ मा एमालेका राई निर्वाचित 
बाँके २ मा एमालेका राई निर्वाचित 
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
घर दैलो तथा टोल भेटघाटमार्फत प्रचार-प्रसार तीब्र बनाउँदै पुन
घर दैलो तथा टोल भेटघाटमार्फत प्रचार-प्रसार तीब्र बनाउँदै पुन
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्