Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  • 'रेडियो प्रेमी वान' श्याम गिरीको कला 'योगा डान्स'
'रेडियो प्रेमी वान' श्याम गिरीको कला 'योगा डान्स'
दूरसञ्‍चार
दूरसञ्‍चार सोमबार, वैशाख ७, २०८३

नेपालगन्ज : मान्छेहरुमा अनेक किसिमका कला हुन्छन् । यिनै कलामार्फत मानिसको परिचय फेरिएको हुन्छ । हो, यस्तै मध्येका एक पात्र हुन्, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १९ का ५५ वर्षका श्याम गिरी ।

गिरीले ‘योगा डान्सको माध्यममार्फत विश्व किर्तिमान कायम गर्ने सपना देखेका छन् । विगत ७ वर्षदेखि डान्स विधामा कडा मेहनत गरिरहेका उनी ‘रेडियो प्रेमी वान’ को उपनामले समेत चिनिन्छन् । सरल र सहज स्वभावका गिरी आफ्नो नृत्यकला मार्फत विश्वसामु नेपाल राष्ट्र र आफुलाई चिनाउन लागिपरेका हुन् ।

कुनै समयमा रेडियो कार्यक्रममार्फत आम स्रोतामाझ ‘रेडियो प्रेमी वान’को नामले चिनिने गरे गिरी ‘टु लेग फिङ्गर फ्रन्ट टु ब्याक योगा डान्सर’ को परिकल्पनाकारका रुपमा परिचित छन् । सामाजिक सञ्जाल फेसबुक र टिकटकमा श्याम गिरीको ‘टु लेग फिङ्गर फ्रन्ट टु ब्याक योगा डान्स’ पछिल्लो समयमा भाइरल बनिरहेको छ । कडा मेहनत गरेर ‘योगा डान्स’ गर्ने गिरी फेसबुक र टिकटकमा नेपाली मात्रै होइन, विदेशी नागरिकले पनि उनको नृत्यलाई अत्याधिक मन पराइरहेका छन् ।

लामो प्रयासपछि गिरीले सिर्जना गरेका ‘न्यु योगा हर्ट’, ‘टु लेग फिङगर’, ‘फ्रन्ट टु ब्याक, वेटिङ स्केल’, ‘राउण्डिङ्ग स्विट’, ‘वन लेग फिङ्गर’ जस्ता डान्स स्टेपहरु नेपालमा मात्र नभई विश्वभर चर्चा पाइरहेको छ । अनेक कठिनाईलाई पार गर्दै नेपाली तथा विदेशी नागरिकको फ्यान बन्न सफल भएको गिरी बताउँछन् । टिकटकमा ‘रेडियो प्रेमी वान’बाट चर्चित भएका गिरीले ‘मेरो डान्स सिजन–२’ मा पनि योगा डान्स प्रस्तुत गरेका थिए ।

उक्त सिजनमा बाँकेबाट छनोट भई काठमाडौंमा पुगेर आफ्नो प्रस्तुती देखाउँदा निर्णायकहरु दिलिप राइमाझी, मिथिला शर्मा, मोडल तथा डान्सर शंकर विसी लगायतले उनको प्रशंसा समेत गरेका थिए । निर्णायकहरुले गिरीको ‘योगा डान्स’का स्टेपहरुको प्रसंशा गर्दा गिरी थप उत्साहित भए । ‘संसारकै नौलो नृत्य सिर्जना गरेर विश्वमा चिन्न सफल भए,’ उनी भन्छन्, ‘धेरै मेहनत गरेर यहाँसम्म आएको हुँ, सात वर्षदेखि लगातार कडा परिश्रम गरेर मैले सिर्जना गरेको नृत्यलाई विश्वमा चिनाउन सफल भए ।’

योगा डान्स शैलीमा उनले आफैं सिर्जना गरेका नृत्यहरु ‘न्यु योगा हर्ट’, ‘टु लेग फिङ्गर’, ‘फ्रन्ट टु ब्याक’, ‘वेटिङ स्केल’, ‘राउण्डिङ स्वीट’, र ‘वान लेग फिङ्गर’ उनको मौलिकता र मेहनतको प्रमाण हुन् । यी नृत्य स्टेपहरूले आफूलाई नेपाल मात्र होइन, विश्वस्तरमै चिनिन मद्धत गरेको गिरीको दाबी छ । गिरीको नृत्ययात्रा सजिलो थिएन । उमेर, चुनौती र अवसरको अभाव जस्ता अनेक अवरोध पार गर्दै उनी यहाँसम्म आइपुगेका हुन् । उनी भन्छन्, ‘रुची र लगाव भए उमेरले कहिल्यै रोक्दैन ।’

उनको ऊर्जा र समर्पण युवालाई प्रेरणा दिने खालको छ । उनले आफ्नो प्रतिभा ‘मेरो डान्स सिजन–२’ जस्तो राष्ट्रिय स्तरको मञ्चमा प्रस्तुत गर्ने अवसर प्राप्त गरेसँगै उनको आत्मविश्वास झन् चुलिदै गयो । त्यही आत्मविश्वासले गिरीको कथा केवल एक व्यक्तिको सफलताको कथा मात्र होइन, यो उमेर, स्थान र अवसरभन्दा परिश्रम र लगाव ठूलो हुन्छ भन्ने सन्देश बन्यो ।

साधारण जीवनबाट असाधारण पहिचान बनाउन सकिन्छ भन्ने उदाहरण बनेका गिरी आज त्यही नृत्यकला मार्फत नेपाललाई विश्वसामु चिनाउन लागिपरेका छन् । अहिले घरमै बसेर नृत्यका नयाँ स्टेप सिक्ने, अभ्यास गर्ने र सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्ने उनको दैनिकी बनेको छ ।

गिरीको नृत्य गर्ने जोस कहिल्यै घटेन, बरु उनी निरन्तर नृत्य साधनामा उत्साहित भएर लागिरहेका छ । ‘रुची र लगाव निरन्तर भइरहे उमेरले नछेक्ने रहेछ,’ गिरीले भने, ‘नृत्य क्षेत्रमा मेरो रुची भएकै कारणले नयाँ स्टेप गर्न गाह्रो छैन ।’ लामो समयसम्म नेपाल आयल निगममा कार्यरत गिरी जागिर छाडेर घरमै बस्ने र सामाजिक सञ्जालमा आफुले नृत्यका नयाँ तरिकाहरु सिर्जना गरिरहेका छन् । ‘रेडियो प्रेमी वान’ टिकटक ह्यान्डलमा उनले दजनौं गीतहरुमा आफ्ना नृत्य तथा अभिनय प्रस्तुत गरेर अहिले उनले देश विदेशमा चर्चा बटुलिरहेका छन् ।

जुनसुकै गीतहरुमा पनि सहजै विभिन्न विधाका भिन्न प्रकारका नृत्य तथा अभिनय प्रस्तुत गर्न सक्ने गिरीलाई टिकटकमा धेरैले पछ्याएका छन् । आफ्नो नृत्य कलाको बारेमा गिरी भन्छन्, ‘कला भनेको साधन हो । साधनाले मानिसलाई उर्जा र निखारता प्रदान गर्छ ।’ अहिले टिकटक लाइभमा भिन्न शैलीको डान्स र अभिनय गर्नु आफ्नो दैनिकी नै भइसकेको उनी बताउँछन् ।

टिकटक डान्सर गिरी देशविदेशबाट आफ्नो प्रशंसा भएकोमा खुशी व्यक्त गर्दै यसले आफुलाई नृत्य प्रस्तुत गर्न थप हौसला मिलेको बताउँछन् । उनी भन्छन्, ‘म आफ्नो यो नृत्यकलालाई ‘गिनिज बुक अफ वल्र्ड’ मा दर्ज गराएर विश्वसामु नेपाललाई चिनाउन चाहान्छु, यो भिन्न प्रकारको नृत्यकलाबाट नेपाललाई विश्वसामु चिनाउँदा नेपाल र नेपालीको छवि उचो हुने उनको बुझाई छ ।

सामान्य पारिवारीक पृष्ठभूमीमा हुर्किएका सरल स्वभावका हसिला ‘रेडियो प्रेमी वान’ मोफसलमा रहेर पनि चर्चा बटुल्न सफल भएका छन् । अत्यन्तै सरल र सांगीतिक स्वभावका गिरीले विगतदेखि नै निकै संघर्ष गर्दै आफ्नो कला र गलाको माध्यमबाट आफुलाई सधैं चर्चामा राख्दै कलाकारिता क्षेत्रमा स्थापित हुँदै आएका छन् ।

गिरीका निकै रमाइला र भिन्न किसिमका नृत्य तथा अभिनयले जो कोहीलाई पनि मोहित बनाउँछ । रेडियोबाटै ‘रेडियो प्रेमी वान’को परिचय बनाएका गिरीले आफ्नै शब्द रचना तथा स्वरमा गीति एल्वम निकालेका छन् । उनले केही वर्षअघि मात्र लैङ्गिक तथा सामाजिक विभेद अन्त्यका लागि एक युवतीसँग विधिपूर्वक ‘मित–मितिनी’ को सम्बन्ध जोडेका थिए ।


प्रकाशित मिति: सोमबार, वैशाख ७, २०८३  १९:३३
प्रतिक्रिया दिनुहोस्
थप समाज
बाँकेमा 'जानकी पर्यटन प्रवर्द्धन तथा प्रथम साहित्यिक महोत्सव' 
बाँकेमा 'जानकी पर्यटन प्रवर्द्धन तथा प्रथम साहित्यिक महोत्सव'  शनिबार, फागुन २, २०८२
पुस्तकालयले गर्ने चुनाबी बहस स्थगित
पुस्तकालयले गर्ने चुनाबी बहस स्थगित बिहीबार, माघ १५, २०८२
उम्मेदवारहरुसँग बहस आयोजना गर्दै महेन्द्र पुस्तकालय
उम्मेदवारहरुसँग बहस आयोजना गर्दै महेन्द्र पुस्तकालय बुधबार, माघ १४, २०८२
नेपालगन्ज महोत्सवमा कलाकारको बेजोड प्रस्तुती, झुमे दर्शक
नेपालगन्ज महोत्सवमा कलाकारको बेजोड प्रस्तुती, झुमे दर्शक बुधबार, माघ ७, २०८२
होटल पौवामा ‘न्यु इयर इभ’ गरिदै, निःशुल्क प्रवेश गर्न पाइने
होटल पौवामा ‘न्यु इयर इभ’ गरिदै, निःशुल्क प्रवेश गर्न पाइने मंगलबार, पुस १५, २०८२
अन्तरालमा संगीत सहित बीपीका कविता प्रस्तुत हुने
अन्तरालमा संगीत सहित बीपीका कविता प्रस्तुत हुने सोमबार, पुस १४, २०८२
कोहलपुर महोत्सवमा भोली आउँदै ज्योती मगर
कोहलपुर महोत्सवमा भोली आउँदै ज्योती मगर सोमबार, पुस १४, २०८२
कोहलपुर महोत्सवमा दर्शकको ओइरो
कोहलपुर महोत्सवमा दर्शकको ओइरो शनिबार, पुस १२, २०८२
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
कोहलपुरमा दुई दिनमा हटाइयो  १ सय ८ घर, टहरा
कोहलपुरमा दुई दिनमा हटाइयो १ सय ८ घर, टहरा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्