Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
पाठक विचार
  • Home
  • पाठक विचार
  • विद्यालय नखोल्दा विद्यार्थीहरू अन्योलमा
विद्यालय नखोल्दा विद्यार्थीहरू अन्योलमा
दूरसञ्‍चार
दूरसञ्‍चार मंगलबार, भदौ १५, २०७८

कोरोना सङ्क्रमितहरूको संख्या बढिरहेको कारण विद्यालय र कलेज खोलेका छैनन् । यसले एकातिर विद्यार्थी विद्यालय र कलेज पुगेर कहिले पढ्न पाउलान् भन्ने चिन्ता र चासो बढाएको छ भने अर्कातिर विद्यालय र कलेज पढाउँदा कतै विद्यार्थीलाई कोरोना लाग्दैन र भन्ने अर्को चिन्ता र चासो पनि छ ।

अनलाइन कक्षामा सबै विद्यार्थीहरू सहभागी नहुनु या पहुँच नपुग्नाले पनि सशरिर उपस्थितिमा कक्षा सञ्चालन हुनुपर्ने एकथरीको मत छ भने पढाइभन्दा ज्यान ठुलो भएको हुँदा कोरोना भाइरस अन्त्य नभएसम्म विद्यालय खोल्नु बुद्धिमानी नहुने अर्का थरीको मत छ । कोरोनाको कारण लाखौँ विद्यार्थी पढाइबाट वञ्चित छन ।

पढाइ छोड्न बाध्य विद्यार्थीहरू घर व्यवहार र खेतीपातीमा संलग्न भएर परिवारको काममा सघाइरहेको एकथरी अभिभावकको मत छ, भने पढाइ नभएदेखि आफ्ना सन्तानहरू यताउति डुलेर, लागेर बानी बिग्रेको, सम्झाउन बुझाउन गा¥हो भएको अर्काथरीका अभिभावकको मत छ । कोरोना सङ्क्रमितको सङ्ख्या बढेको बढेकै छ र निषेधाज्ञाको म्याद पनि थपेको थप्यै छ । यो स्थितिमा विद्यालय र कलेज तत्काल खोल्ने स्थिति देखिँदैन ।

माध्यमिक कक्षामा अध्ययनरत विद्यार्थीहरूको लागि खोप पनि दिइएको छैन या उनीहरूलाई दिने खोप पाएको छैन । खोप नदिइकन विद्यालय कसरी खोल्ने भन्ने समस्या पनि छ । विद्यालय नै खोले पनि कुनै विद्यार्थीलाई कोरोनाले छोयो भने त्यसको जिम्मेवारी को हुने ? प्रश्न उठ्छ ।

विद्यालयमा कुनै एक विद्यार्थीलाई कोरोनाले छोयो कि त्यो तुरुन्तै अन्य धेरै विद्यार्थीलाई सर्ने सम्भावना हुन्छ । एक जनाको कारण विद्यार्थीहरूबीच मात्र होइन परिवारका सदस्यहरूमाझ रोग फैलेर अर्को महामारी हुन बेर लाग्दैन । सरकारले निःशुल्क औषधी नव्यहोरेको यो घडीमा या महँगो खर्चले सर्वसाधारण जनताले उपचार गर्न नसकिरहेको बेला आफ्नो सन्तानलाई अभिभावकले त्यति सजिलै विद्यालय पठाउलान् भन्ने विश्वास पनि गर्न सकिँदैन ।

अनलाइन कक्षा चल्दा चल्दै कति विद्यार्थीहरू प्रश्न गर्छन, अब कहिलेदेखि स्कूल खुल्छ ? के विद्यालय खोल्ने लक्षण छैन ? अनलाइन कक्षामा बस्दा र बाँकी समय घरमै बसिरहँदा या आफ्ना साथीहरूसँग घुलमिल हुन नपाउँदा, भिज्न नपाउँदा या भेटघाट हुन नपाउँदा वाक्क दिक्क हुनु अस्वाभाविक होइन ।

पहुँच पुगेर पनि पढाइमा ध्यान नदिने, अनलाइन कक्षामा नियमित नबस्ने, एकक्षण बसेर कक्षा छोड्ने विद्यार्थीहरू पनि नभएका होइनन् । कति विद्यार्थी विद्यालय जान नपाएर छटपटिएको अवस्था छ । अनलाइन कक्षा सञ्चालनमा विद्यार्थीको नाम थाहा पाएपनि कति शिक्षकले विद्यार्थी चिनेका हुँदैनन, उनीहरूको आनीबानी थाहा हुँदैन । वैशाखको पहिलो हप्तादेखि अनलाइन कक्षा सञ्चालन भएपनि कति विद्यार्थीसँग अहिलेसम्म किताबै नभएको देखिन्छ ।

विद्यार्थीसँग किताबै छैन भने उसले के पढ्छ, के लेख्छ र के अभ्यास गर्छ ? दुर्गम या विकट अर्थात् गाउँ बस्तीका विद्यार्थीहरू त अनलाइन कक्षामा पनि सहभागी हुँदैनन् या चाहेर पनि उनीहरूलाई त्यो सुविधा हुँदैन । विद्यार्थीहरू विद्यालय जान नपरेपछि अबेलासम्म सुत्ने, ढिलो गरी उठ्ने र पढाइभन्दा अर्को धन्धामा व्यस्त भएको अभिभावकहरूको गुनासो गलत होइन ।

विद्यार्थीहरू भौतिकरूपमा विद्यालयमा पढ्न नपाएपछि कहीं २५ प्रतिशत त कही ५० प्रतिशतभन्दा बढी विद्यार्थी पढाइबाट छुटेको भनाइ छ । सारमा विद्यालय नखुलेको कारण विद्यार्थीहरूको पढाइ बिग्रेको या कमजोर भएको कुरा अभिभावकहरू बताउँछन् । विद्यार्थीहरूलाई लिने परीक्षा पनि भरपर्दो देखिँदैन ।

कति नक्कल गरिएको हुन्छ । विद्यार्थीहरूको कक्षामा उपस्थितिको आधारमा अंक दिने प्रावधान ज्ञानको नापो पनि होइन । विद्यार्थीहरूको वास्तविक पढाइको स्तरको नापो गर्न कठिन भएको शिक्षकहरूको भनाइ रहेको छ । कोरोना रोग कहिले अन्त्य हुन्छ र विद्यालय कहिले खुल्छ, अहिलेसम्म कुनै यकिन छैन ।


-प्रतिक्षा खड्का/तुलसीपुर, दाङ


प्रकाशित मिति: मंगलबार, भदौ १५, २०७८  २१:५०
प्रतिक्रिया दिनुहोस्
थप पाठक विचार
रास्वपा उम्मेदवार श्रेष्ठको बाचा, भ्रष्टाचार उन्मूलन र सुशासन मुख्य एजेण्डा
रास्वपा उम्मेदवार श्रेष्ठको बाचा, भ्रष्टाचार उन्मूलन र सुशासन मुख्य एजेण्डा मंगलबार, फागुन ५, २०८२
कोरोना भाइरस ठगी गर्ने माध्यम !
कोरोना भाइरस ठगी गर्ने माध्यम ! मंगलबार, भदौ १५, २०७८
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
कोहलपुरमा दुई दिनमा हटाइयो  १ सय ८ घर, टहरा
कोहलपुरमा दुई दिनमा हटाइयो १ सय ८ घर, टहरा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्