Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
राजनीति
  • Home
  • राजनीति
  • बाँके कांग्रेसको निर्वाचन : गौडेल समूहको प्रचार प्रसार तिब्र 
बाँके कांग्रेसको निर्वाचन : गौडेल समूहको प्रचार प्रसार तिब्र 
दूरसञ्‍चार
दूरसञ्‍चार बुधबार, पुस २१, २०७८

नेपालगन्ज : नेपाली कांग्रेस बाँकेको सभापति पदका उम्मेदवार नारायण प्रसाद गौडेल समूहले प्रचारप्रसारलाई तिब्र पारेको छ । गौडेल समूहले जिल्ला अधिवेशनका मतदाताका रुपमा रहेका क्षेत्रीय प्रतिनिधीलाई भेट्ने क्रम जारी नै राखेको छ । 

नेपालगन्ज उपमहानगरपालिकाका विभिन्न वडामा बुधबार पुगेर गौडेल समूहका उम्मेदवारले क्षेत्रीय प्रतिनिधीसँग भेटघाट गरेका छन् । वडा नम्बर १, २, १२ र १८ मा पुगेर भेटघाट गरिएको गौडेल समूहको सचिवालय सहसंयोजक एवम् क्षेत्र नम्बर १ का निवर्तमान क्षेत्रीय सचिव डिल्ली गिरीले बताए । भेटघाटका क्रममा क्षेत्रीय प्रतिनिधीले गौडेल समूहलाई सहयोग गर्ने बताएको गिरीले जानकारी दिए ।

सभापतिका उम्मेदवार गौडेल, उपसभापतिका उम्मेदवार गोपालप्रसाद अधिकारी र राजकुमार मौर्य, सचिवका उम्मेदवार सुधांशु कोइराला र टंक प्रसाद काफ्ले आशिष तथा सहसचिवका उम्मेदवार रेणु सिंह ठाकुर र विश्वराज लम्सालसहित जिल्ला सदस्य पदका उम्मेदवारहरुले क्षेत्रीय प्रतिनिधिहरुलाई भेटेका थिए ।

भेटघाटका क्रममा सभापतिका उम्मेदवार गौडेलले आफूहरुलाई कुनै लोभ लालच नभएको भन्दै पार्टीलाई कसरी मजबुत बनाउने भन्ने ध्येय मात्रै रहेको बताए । उनले पार्टीलाई चलायमान बनाउन आफ्नो टिम अहोरात्र खटिने बताउँदै विवेकपूर्ण मतदान गरी बाँके कांग्रेस हाँक्न सक्ने आफ्नो जुझारु टिमलाई मतदान गर्न आग्रह गरे ।

वडा नम्बर १ र १८ मा प्रमुख अतिथी रहेकी कांग्रेस नेतृ एवम् नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगरले गौडेल नेतृत्वको टिमलाई विजयी बनाउन आग्रह गरिन् । उनले सक्षम र जुझारु टिम भएकाले बाँके कांग्रेसलाई सुदृढ र सबल बनाउन गौडेल समूहलाई मतदान गर्न जरुरी रहेको बताइन् । महाधिवेशन प्रतिनिधि एवं नेपाल विद्यार्थी संघका अध्यक्ष पूर्ण आचार्यले बाँकेमा सशक्त कांग्रेस बनाउनका लागि गौडेल समूह सक्षम रहेको भन्दै मतदान गर्न आग्रह गरे ।  

कांग्रेस कोहलपुर नगरपालिका नगर सभापति विरेन्द्र शाहले कार्यकर्ताको भावना अनुसार काम गर्न सक्ने गौडेल समूह नेतृत्वका लागि सक्षम रहेको बताए । अन्य उम्मेदवारहरुले पनि आफूहरुलाई मतदान गरी विजयी बनाउन आग्रह गरेका थिए । भेटघाटका क्रममा कांग्रेस लुम्बिनी प्रदेश कार्यसमिति सदस्य कृष्णा सापकोटा चौधरी लगायत उपस्थित थिए । वडा नम्बर १ मा वडा सभापति सीता काफ्ले, २ मा प्रदिप श्रेष्ठ तथा वडा नम्बर १८ मा जगदिश कुर्मीको सभापतित्वमा भेटघाट कार्यक्रम भएका थिए ।

वडा नम्बर १२ मा गरिएको भेटघाटमा अग्रज नेताहरु अजित कुमार रेग्मी, सुरेन्द्रनाथ सापकोटा, वडा सभापति रामु चिडिमार लगायत उपस्थित थिए । त्यस क्रममा रेग्मीले वडा नम्बर १२ का प्रतिनिधीले आफ्ना नेता छान्दा विवेक प्रयोग गर्ने बताउँदै सक्षम र जुझारु उम्मेदवार आफूको रोजाईमा पर्ने बताएका थिए ।


प्रकाशित मिति: बुधबार, पुस २१, २०७८  २३:१७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त बिहीबार, असार १९, २०८२
‘कुलिङ पिरियड’ सम्बन्धमा छानबिन गर्न सभापति खतिवडाको आग्रह
‘कुलिङ पिरियड’ सम्बन्धमा छानबिन गर्न सभापति खतिवडाको आग्रह मंगलबार, असार १७, २०८२
लोसपाले लियो लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता 
लोसपाले लियो लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता  मंगलबार, असार १७, २०८२
एमाले राजनीतिमा पुनः जोडिएको पूर्वराष्ट्रपति भण्डारीको घोषणा
एमाले राजनीतिमा पुनः जोडिएको पूर्वराष्ट्रपति भण्डारीको घोषणा शनिबार, असार १४, २०८२
नागरिकता विधेयक प्रतिनिधि सभाबाट पारित
नागरिकता विधेयक प्रतिनिधि सभाबाट पारित शनिबार, असार १४, २०८२
पूर्वराष्ट्रपति भण्डारी फर्किदै एमालेको सक्रिय राजनीतिमा  
पूर्वराष्ट्रपति भण्डारी फर्किदै एमालेको सक्रिय राजनीतिमा   शनिबार, असार १४, २०८२
पूर्वप्रधानमन्त्री नेपाललाई ३५ लाख धरौटीमा छाड्न अदालतको आदेश
पूर्वप्रधानमन्त्री नेपाललाई ३५ लाख धरौटीमा छाड्न अदालतको आदेश बुधबार, असार ११, २०८२
माधव नेपाललाई पुर्पक्षका लागि थुनामा पठाउन माग 
माधव नेपाललाई पुर्पक्षका लागि थुनामा पठाउन माग  बुधबार, असार ११, २०८२
‘मुकुल ढकाल रास्वपा महामन्त्रीकै हैसियतमा’ : निर्वाचन आयोग
‘मुकुल ढकाल रास्वपा महामन्त्रीकै हैसियतमा’ : निर्वाचन आयोग शुक्रबार, असार ६, २०८२
लोकप्रीय
  • Week
  • Month
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
राप्ती सोनारीमा तेस्रो चौमासिक सार्वजनिक सुनुवाई 
राप्ती सोनारीमा तेस्रो चौमासिक सार्वजनिक सुनुवाई 
वेष्टर्न ट्राभल मार्ट-२०२५ को खर्च सार्वजनिक 
वेष्टर्न ट्राभल मार्ट-२०२५ को खर्च सार्वजनिक 
‘म पार्टी सभापति भएमा कार्यकर्तालाई अधिकतम न्याय गर्छु’ : सह-महामन्त्री राठौंर 
‘म पार्टी सभापति भएमा कार्यकर्तालाई अधिकतम न्याय गर्छु’ : सह-महामन्त्री राठौंर 
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
‘घुमौं राप्ती सोनारी, झुमौ राप्ती सोनारी’ अभियानलाई निरन्तरता दिइने 
‘घुमौं राप्ती सोनारी, झुमौ राप्ती सोनारी’ अभियानलाई निरन्तरता दिइने 
मेरो कथा
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
अन्तर्वार्ता
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’ दूरसञ्‍चार
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’ दूरसञ्‍चार
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्