Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • कांग्रेस सह-महामन्त्री परियार भन्छन्, 'स्थानीय निर्वाचनमा गठबन्धन गर्नेबारे निर्णय भएको छैन' - (भिडियो सहित)
कांग्रेस सह-महामन्त्री परियार भन्छन्, 'स्थानीय निर्वाचनमा गठबन्धन गर्नेबारे निर्णय भएको छैन' - (भिडियो सहित)
दूरसञ्‍चार
दूरसञ्‍चार शुक्रबार, पुस ३०, २०७८

नेपालगन्ज : नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले स्थानीय निर्वाचनमा एक्लै वा गठबन्धन गरेर चुनाव लड्ने भन्नेबारे पार्टीको आधिकारिक निर्णय अहिले नभएको बताएका छन् । कांग्रेस बाँकेले शुक्रबार पार्टी कार्यालयमा आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उनले भने, ‘नेपाली कांग्रेसले २०७४ को निर्वाचनमा गठबन्धन गरेको हो, जहाँ हाम्रो एक्लै लड्ने तागत छ, त्यहाँ एक्लै लड्नुपर्छ, यदी स्थानीय तहमा पार्टीबीच समझदारी हुन्छ भने त्यसलाई पनि अन्यथा लिनु हुदैन ।’ 

स्थानीय तहको निर्वाचनका विषयमा कानुनी जटिलता उत्पन्न भएको भन्दै सहमहामन्त्री परियारले यसका लागि दलहरुबीच एक खालको समझदारी कायम गर्न आवश्यक रहेको सहमहामन्त्री परियारले बताए । ‘संविधानमा स्थानीय जनप्रतिनिधीको कार्यकाल पाँच वर्ष भनेको छ, पहिलो चरणको चुनाव बैशाख, दोस्रो चरणको असार र तेस्रो चरणको चुनाव असोजमा भयो,’ उनले भने  ‘निर्वाचन गर्न असोज वा बैशाख कस्लाई मान्ने भन्नेमा दुविधा छ ।’ 

अर्को प्रसंगमा उनले सबै दलबीच सहमती गरेर मात्र एमसिसी पास गर्नुपर्ने बताए । ‘सबै दलले सहमती नगरेर एमसिसी पास गर्नु हुदैन, अहिले सानो बच्चालाई एमसिसी पास गर्नु हुन्छ कि हुदैन भनेर सोध्दा हुदैन भन्छ, यो स्थिती छ,’ परियारले भने ‘एमसिसीका बारेमा पार्टी सभापतिले सबै दलहरुसँग राय, परामर्श लिएर सहमती गरेर मात्रै पास गर्नुपर्छ, नत्र भने यो चुनाव अगाडी एमसिसीको विषयलाई बन्द गर्नुपर्छ ।’ 

१४ औं महाधिवेशनबाट पार्टीले अनुभवी तथा परिपक्क सभापति पाएको र सभापति शेरबहादुर देउवालाई बलियो बनाउने तरिकाले काम गर्नुपर्ने बताए । ‘हामीले हाम्रा सभापति शेरबहादुर देउवालाई बलियो बनाउने तरिकाले काम गर्नुपर्छ, सभापति बलियो भएपछि संगठन बलियो हुने हो,’ उनले थपे ‘धेरै पटक प्रधानमन्त्री भइसक्नु भएको छ, दुई पटक सभापति भइसक्नु भएको छ, गगन र विश्वप्रकाश जस्ता महामन्त्री हुनुहुन्छ, हामी जस्ता सहमहामन्त्री युवाहरु केन्द्रिय समितिमा आएका छौं ।’ 

पार्टीको भातृ तथा शुभेच्छुक संगठनको निर्वाचन अब चाडो गर्नुपर्ने नेता परियारले बताए । ‘भातृ तथा सुभेच्छुक संगठनको अधिवेशनको विकल्प अधिवेशन नै हो,’ परियारले भने । पार्टी महाधिवेशनको ‘उत्साह, एकता र रुपान्तरण’ को अभियानलाई साकार पार्नका निम्ति सबै आफ्नो ठाउँबाट लाग्नुपर्ने धारणा राखे ।

पार्टीको १४ औं महाधिवेशन अन्तर्गत स्थगित भएका १६ जिल्लाको निर्वाचनलाई चाडो गर्नुपर्ने सुझाव धेरै जिल्लाबाट आइरहेको बताए । ‘निर्वाचन समितिले पुस २७ गते १६ जिल्लाको निर्वाचन मिति तोकेको थियो, त्यो निर्वाचनलाई पछाडी सरिसकेको छ,’ उनले भने ‘पदाधिकारीको बैठकले गरेको निर्णयबाट निर्वाचन सारिएको होइन, आधिकारीक रुपमा बुझ्दाखेरी माघ १२ गते राष्ट्रिय सभाको निर्वाचन गर्ने भएको हुँदा सारिएको भन्ने कुरा बुझियो ।’

कांग्रेसले यसपटक उठाएका राष्ट्रिय सभाका उम्मेदवार पार्टीमा धेरै योगदान गरेका र पुराना नेता भएको बताए । ‘युवराज शर्मा दाई जस्ता ब्यक्ति उम्मेदवार हुनुहुन्छ, कांग्रेसले अहिले राम्रो निर्णय गर्यो है भन्ने सन्देश गएको छ,’ उनले भने । 

कांग्रेस बाँकेका सभापति किरण कोइरालाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा जिल्ला सदस्य चिन्तामणि धितालले स्वागत गरेका थिए, भने प्रतिनिधी सभाका सांसद बिमला नेपाली, कांग्रेस बाँकेका पुर्वसभापति एवम् राष्ट्रिय सभा सदस्यका उम्मेदवार युवराज शर्मा र बादशाह कुर्मीले पनि मन्तब्य राखेका थिए ।

खुल्ला छलफलका क्रममा नेपालगन्ज-२ का वडाअध्यक्ष एवम् क्षेत्र नम्बर २ का सचिव सुनिलसिंह हमाल, क्षेत्र नम्बर १ का पुर्वसचिव डिल्ली गिरी, कांग्रेस नेता गोपालप्रसाद अधिकारी, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली, बिद्यार्थी नेता चन्द्रप्रकाश देवकोटा लगायतले सह-महामन्त्री परियारलाई जिज्ञासा तथा सुझाव दिएका थिए । कार्यक्रम सञ्चालन कांग्रेस बाँकेका सचिव तप्त पौडेलले गरेका थिए ।  

भिडियो हेर्नुस् :

 


प्रकाशित मिति: शुक्रबार, पुस ३०, २०७८  २०:३१
प्रतिक्रिया दिनुहोस्
थप विशेष
लुम्बिनीको नीति तथा कार्यक्रममा सुशासन, आर्थिक समृद्धि र प्रशासनिक सुधार प्राथमिकतामा
लुम्बिनीको नीति तथा कार्यक्रममा सुशासन, आर्थिक समृद्धि र प्रशासनिक सुधार प्राथमिकतामा सोमबार, जेठ ११, २०८३
एमाले सचिवालय बैठक, योगेशले मागे ओलीको राजीनामा
एमाले सचिवालय बैठक, योगेशले मागे ओलीको राजीनामा शनिबार, जेठ ९, २०८३
'राजनीतिक सेटिङका आधारमा प्रधानन्यायाधीश नियुक्ति गरियो' :  खत्री
'राजनीतिक सेटिङका आधारमा प्रधानन्यायाधीश नियुक्ति गरियो' : खत्री शुक्रबार, जेठ ८, २०८३
रवि, जिबीसहित प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता
रवि, जिबीसहित प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता शुक्रबार, जेठ ८, २०८३
'रास्वपाको महाधिवेशन प्रतिस्पर्धाका लागि खुला छ' : सभापति लामिछाने
'रास्वपाको महाधिवेशन प्रतिस्पर्धाका लागि खुला छ' : सभापति लामिछाने शुक्रबार, जेठ ८, २०८३
वडा सचिवलाई धम्की दिने माथि कारबाही गर्न सिफारिस
वडा सचिवलाई धम्की दिने माथि कारबाही गर्न सिफारिस शनिबार, जेठ २, २०८३
जेनजी अभियन्ताद्वारा संविधान संशोधन बहसमा सहभागी हुन अस्वीकार
जेनजी अभियन्ताद्वारा संविधान संशोधन बहसमा सहभागी हुन अस्वीकार शुक्रबार, जेठ १, २०८३
सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन
सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन बिहीबार, वैशाख ३१, २०८३
निर्वाचन आयोगले अर्को वर्ष स्थानीय तह र प्रदेश सभा निर्वाचन सँगसँगै गर्न थाल्यो छलफल
निर्वाचन आयोगले अर्को वर्ष स्थानीय तह र प्रदेश सभा निर्वाचन सँगसँगै गर्न थाल्यो छलफल बिहीबार, वैशाख ३१, २०८३
लोकप्रीय
  • Week
  • Month
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्