Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  • घोराही कारागारबाट भागेका कैदी भारतीय सिमाबाट पक्राउ
घोराही कारागारबाट भागेका कैदी भारतीय सिमाबाट पक्राउ
दूरसञ्‍चार
दूरसञ्‍चार सोमबार, माघ १०, २०७८

दाङ : दाङको घोराही कारागारबाट फरार भएका कैदी नाईकेलाई प्रहरीले पक्राउ गरेको छ । गत पुस ८ गते कारागारबाट कैदी नाईके यमराज परियार भागेका थिए । उनलाई प्रहरीले बाँकेस्थित नेपाल भारत सीमा क्षेत्र जमुनाहा नाकाबाट नियन्त्रणमा लिएको हो । प्रहरीले परियारलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।  
परियार गत पुस ८ गते बिरामी भएको नाटक गरी कारागारबाट निस्केका थिए। उनलाई उपचारका लागि भन्दै प्रहरीले नै मोटरसाईकलमा राखेर अस्पताल पुर्‍याउन भनि लिएर गएका थिए। परियार त्यसैक्रममा प्रहरीको मोटरसाईकल लिएर भागेका थिए।  
एक महिनाअघि भागेका परियारको खोजी गरेपनि प्रहरीले उनलाई नियन्त्रणमा लिन सकेको थिएन। बाँकेको जमुनाहा नाकाबाट सोमबार उनलाई नियन्त्रणमा लिइएको दाङका प्रहरी प्रमुख (एसपी) सुरेशप्रसाद काफ्लेले जानकारी दिए । उनका अनुसार परियार सोही नाकाबाट भारत भाग्दै थिए। एसपी काफ्लेले यसलाई प्रहरीको ठूलो सफलता भएको बताए । उनले भने, ‘जमुनाहा नाकाबाट भारत प्रवेश गर्न थालेको सूचना पाएपछि नाका केन्द्रित खोजतलासका क्रममा परियारलाई जमुनाहा नाकाबाट नियन्त्रणमा लिएका हौँ, यो प्रहरीको ठूलो सफलता हो।’  
परियारको खोजीका लागि जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्द रिजालको संयोजकत्वमा टास्कफोर्स निर्माण गरिएको थियो। यो फोर्सले भारतीय सीमा प्रहरीसंगको समन्वयका आधारमा परियारलाई नाकाबाट नियन्त्रणमा लिन सफल भएको एसपी काफ्लेले जानकारी दिए। ‘हामीहरुले भारतीय प्रहरीसंगको समन्वयका आधारमा पनि परियारलाई नियन्त्रणमा लिन सफल भयौँ,’ उनले भने, ‘यसर्थ परियारलाई नियनत्रणमा लिन भारतीय प्रहरीको पनि ठूलो सहयोग छ।’  
पक्राउ परेका परियारलाई अदालतमा पेश गर्ने र कारागार ऐन अन्तर्गत कारबाहीका लागि सिफारिस गरिने छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी काफ्लेका अनुसार कारागार ऐन अन्तर्गत भगौडा परियारलाई पहिला भुक्तान हुन बाँकी कैदको डेढ गुणा बढी थप कैद सजाय हुनेछ। ‘कारागार ऐनले कैदीहरु भागेको खण्डमा उनीहरुको कैद भुक्तान हुन बाँकी कैदको डेढ गुणा कैद सजाय थप हुने व्यवस्था छ,’ काफ्लेले भने, ‘परियारलाई पनि अब हामी सोही अनुसारको मुद्दा चलाउछौँ।’
ज्यान मुद्दामा २० वर्ष कैद फैसला भई २०७२ भदौ १६ गतेदेखि परियारले कैद भुक्तान गरिरहेका थिए। उनले आफ्नै प्रेमिकाको हत्या गरेको मुद्दामा अदालतले २० वर्ष कैद सजाय सुनाएको थियो।  ७ वर्ष कैद भुक्तान गरेका उनी गत पुस ८ गते भागेका थिए। छालाको उपचार गर्न भनि कारागारबाट निस्केका उनले आफूसंग मोटरसाईकलमा रहेका प्रहरी जवान धनबहादुर चौधरीको मोटरसाईकल लिएर भागेका थिए। 


प्रकाशित मिति: सोमबार, माघ १०, २०७८  २०:११
प्रतिक्रिया दिनुहोस्
थप समाज
इनिशालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन
इनिशालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन बिहीबार, फागुन २८, २०८२
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही' सोमबार, फागुन २५, २०८२
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन आइतबार, फागुन २४, २०८२
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन 
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन  बुधबार, फागुन २०, २०८२
मौन अवधिमा बाँकेमा  आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण
मौन अवधिमा बाँकेमा आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण मंगलबार, फागुन १९, २०८२
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते मंगलबार, फागुन १९, २०८२
तराई मधेशमा आज मनाइँदै होली पर्व
तराई मधेशमा आज मनाइँदै होली पर्व मंगलबार, फागुन १९, २०८२
आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह
आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह मंगलबार, फागुन १९, २०८२
खाडीमा एक नेपालीसहित १२ को मृत्यु, घाइते १५० नाघे
खाडीमा एक नेपालीसहित १२ को मृत्यु, घाइते १५० नाघे मंगलबार, फागुन १९, २०८२
लोकप्रीय
  • Week
  • Month
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
बाँके २ मा एमालेका राई निर्वाचित 
बाँके २ मा एमालेका राई निर्वाचित 
बाँके-३ मा रास्वपाका सुनार निर्वाचित 
बाँके-३ मा रास्वपाका सुनार निर्वाचित 
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्