Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  •  ‘मैले हात जोडेर विन्ती गरे, उसले बलात्कार गरिरह्यो’
 ‘मैले हात जोडेर विन्ती गरे, उसले बलात्कार गरिरह्यो’
अर्जुन ओली
अर्जुन ओली मंगलबार, माघ ११, २०७८

नेपालगन्ज : आफुमाथी ‘फिल्मी शैली’ मा भएको बलात्कारको घटना सम्झदा १६ वर्षीया सरिता केसी (नाम परिर्वतित) लाई अहिले पनि सपना जस्तै लाग्छ । उनी त्यो घटनालाई सम्झिन चाहदैनिन् । तरपनि उनको मस्तिष्कमा त्यही घटना दोहोरिरहन्छ ।

पीडित सरिता मानसिक रुपमा यतिबेला निकै तनावमा छिन् । ‘घटनालाई बिर्सन खोज्छु, तरपनि याद आइहाल्छ,’ उनले भनिन् ‘घटना अहिले पनि सपना जस्तै लागिरहेको छ ।’ नेपालगन्ज-१ निवासी सरिता शुक्रबार करिव १२ बजेतिर घरबाट निस्केकी थिइन् । दिदी कहा बस्दै आएकी उनी बागेश्वरी मन्दिरको दर्शन गर्न भनि घरबाट निस्किन् । मन्दिरमा गएका बेला उनको भाई नाता पर्ने एक जना युवाले फोन गरेर खजुरातिर घुम्न जान आग्रह गरे ।

सरिताले भाईको आग्रहलाई नर्कान सकिनन् । भाईले आफ्ना अन्य दुई जना साथीलाई पनि सँगै लिएर दुई वटा मोटरसाईकलमा खजुरा पुगे । उनीहरु दिनभरी खजुराका विभिन्न ठाउँमा घुमफिर गरे र फोटो खिचे । खजुरास्थित पुलचोकमा फोटो खिचेर घर फर्किने तयारी गरिरहेको अवस्थामा अपरान्ह करिव ५ बजेतिर स्थानीय युवाहरुको घेराबन्दीमा परे ।

‘फोटो खिचेर फर्किनै लागेका थियौं, पहिले एक्कासी एउटा बाइकमा दुई जना केटाहरु आए, लगत्तै अर्को बाईकमा पनि तीन जना केटाहरु त्यहाँ आईपुगे,’ सरिताले सम्झिदै भनिन् ‘एक जनाले मलाई पिट्यो र बाईकमा बस्न दवाव दियो, नत्र जे पनि गर्ने धम्की दिएपछि म उसको बाईकमा बस्न राजी भए, अरु चार जनाले मेरो भाई र उसको साथीहरुलाई कुटपिट गरिरहे ।’

आफुलाई त्यहाँबाट एक जना अपरिचित युवाले मोटरसाईकलमा राखेर नेपालगन्ज पुर्याइदिन्छु भनेर अनकन्टार जंगलमा पुर्याएको र त्यहीँ बलात्कार गरेको पीडित बताउँछिन् । ‘मलाई जंगलमा लगिसकेपछि यौन प्रस्ताव राख्यो, मैले अस्वीकार गरेपछि सबै केटाहरुलाई बोलाएर बलात्कार गर्ने डरत्रास देखायो, मैले हात जोड्दै विन्ती गरे, उसले मलाई बलात्कार गरिरह्योे,’ पीडित सरिताले भनिन् ।

जंगलमा बलात्कार गरिसकेपछि पनि युवाले छाडेनन् । त्यसपछि उनले युवतीलाई राधापुरस्थित आफ्नै घरमा पुर्याए । करिव ७ बजेतिर घरमा लगेर खाना खुवाए र घरमा ति युवाले दोस्रो पटक युवतीमाथी बलात्कार गरे । पीडित भन्छिन्, ‘जंगलमा बलात्कार गरिसकेपछि अब म घरमा जान्छु, मलाई छाडिदिनुस् भन्दाखेरी उसले बहाना बाजी गर्यो, बाइकको तेल सकिएको र आफुसँग पैसा पनि नभएको कुरा गर्यो, त्यसपछि आफ्नै घरमा लगेर गयो ।’

घरमा लगिसकेपछि पनि आफुलाई बलात्कार गर्न नछाडेको पीडित युवती बताउँछिन् । ‘घरमा लगिसकेपछि पनि मसँग यौन प्रस्ताव राख्यो, मैले मान्दैन भनेपछि साथीहरुलाई बोलाउँछु भनेर फेरी डरत्रास देखायो, त्यहाँ पनि मैले उसको करकापमा मेरो शरिर उसलाई सुम्पिए,’ उनले भनिन् ‘मलाई जवरजस्ती बलात्कार गर्दै गरेको अवस्थामा प्रहरी घरमै पुगेर मलाई उद्धार गरेको हो ।’ युवतीलाई प्रहरीले शुक्रबार राती करिव ८ बजेतिर उद्धार गरेको थियो ।

युवाहरुको समुहबाट कुटाई खाएका पीडित युवाले नै खबर गरिदिएपछि प्रहरीले घटना थाहा पाएको थियो । बलात्कार गर्ने ब्यक्तिलाई आफुले अहिलेसम्म नदेखेको र नचिनेको पीडित युवती बताउँछिन् । पीडित अहिले स्थानीय एक गैर सरकारी संस्थाको संरक्षणमा छिन् ।

जिल्ला प्रहरी कार्यालय बाँके समक्ष बलात्कार आरोपीविरुद्ध जाहेरी दिइसकेकी पीडित युवती न्याय पाउने अपेक्षामा छिन् । ‘मलाई न्याय दिनुपर्यो, अपराधीलाई कानुनी सजाय दिनुपर्यो, जेलमा हाल्नुपर्यो,’ उनी भन्छिन् । बलात्कारमा संलग्न रहेको अभियोगमा खजुरा गाउँपालिका वडा नम्बर १ राधापुर निवासी १८ वर्षका हरिष नेपालीलाई घटनास्थलबाटै पक्राउ गरेर अनुसन्धान सुरु गरिसकेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

कार्यालयका प्रहरी नायव उपरीक्षक(डिएसपी) मधुसुदन न्यौपानेले अभियुक्तविरुद्ध पीडितले कार्यालयमा जाहेरी दर्ता गराइसकेको र प्रहरीले आवश्यक अनुसन्धान सुरु गरिसकेको बताए । ‘बलात्कारमा संलग्न युवालाई नियन्त्रणमा लिइसकेका छौं, घटनाको मतियारको रुपमा अर्का एक जना युवा पनि हाम्रो नियन्त्रणमा छन्, अन्य तीन जना युवाहरु फरार छन्,’ उनले भने ।

बाँके जिल्ला अदालतबाट सोमबार ७ दिनको म्याद पाएर अभियुक्तविरुद्ध अनुसन्धान कार्य अगाडी बढाइएकोे डिएसपी न्यौपानेले जानकारी दिए । प्रहरीले समयमै सूचना पाएका कारण २ घण्टा भित्रमा प्रहरी परिचालन गरेर युवतीको उद्धार गर्न सफल भएको उनी बताउँछन् । ‘बाँकेमा फिल्मी शैलीको जस्तो घटना भयो, समयमै प्रहरीलाई सूचना प्राप्त भएको हुँदा पीडित युवतीको सकुशल उद्धार भयो र बलात्कारमा संलग्नलाई पनि रंगेहात समात्न सफल भयौं,’ न्यौपानेले भने । 
-नागरिक दैनिकबाट 


 


प्रकाशित मिति: मंगलबार, माघ ११, २०७८  १४:१५
#अपहरण गरेर युवतीमाथी बलात्कार
प्रतिक्रिया दिनुहोस्
थप समाज
इनिशालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन
इनिशालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन बिहीबार, फागुन २८, २०८२
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही' सोमबार, फागुन २५, २०८२
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन आइतबार, फागुन २४, २०८२
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन 
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन  बुधबार, फागुन २०, २०८२
मौन अवधिमा बाँकेमा  आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण
मौन अवधिमा बाँकेमा आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण मंगलबार, फागुन १९, २०८२
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते मंगलबार, फागुन १९, २०८२
तराई मधेशमा आज मनाइँदै होली पर्व
तराई मधेशमा आज मनाइँदै होली पर्व मंगलबार, फागुन १९, २०८२
आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह
आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह मंगलबार, फागुन १९, २०८२
खाडीमा एक नेपालीसहित १२ को मृत्यु, घाइते १५० नाघे
खाडीमा एक नेपालीसहित १२ को मृत्यु, घाइते १५० नाघे मंगलबार, फागुन १९, २०८२
लोकप्रीय
  • Week
  • Month
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
बाँके २ मा एमालेका राई निर्वाचित 
बाँके २ मा एमालेका राई निर्वाचित 
बाँके-३ मा रास्वपाका सुनार निर्वाचित 
बाँके-३ मा रास्वपाका सुनार निर्वाचित 
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्