Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  • मानव-वन्यजन्तु बीचको द्धन्द्धले संरक्षणमा चुनौती
मानव-वन्यजन्तु बीचको द्धन्द्धले संरक्षणमा चुनौती चार वर्षमा ८ वटा पाटेबाघ मारिए
दूरसञ्‍चार
दूरसञ्‍चार बुधबार, माघ २६, २०७८

नेपालगन्ज : मानव वन्यन्तुबीचको द्धन्द्धले संरक्षणमा चुनौती देखिएको छ । द्धन्द्धकै कारण वन्यजन्तु वर्षेनी मारिने गरेका छन् । विगत चार वर्षको अवधिमा ८ वटा पाटेबाघ मारिएको छ । बाँके राष्ट्रिय निकुञ्जदेखी शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसम्म सन् २०१८ यता ८ वटा बाघलाई चोरी सिकारी, प्रतिशोध र अबैध ब्यापारका कारणले मारिएको सम्बद्ध अधिकारीले बताएका छन् । 

राष्ट्रिय प्रकृती संरक्षण कोष(एनटिएनसी) बर्दियाका प्रमुख डा. रविन कडरियाका अनुसार मारिएका बाघ मध्ये बाँकेमा ३, बर्दियामा २, कैलालीमा १ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा २ वटा बाघ मारिएको हो । ‘सन् २०१८ देखी हालसम्म बाँकेदेखी शुक्लाफाँटासम्म ८ वटा बाघको मृत्यु भएको रेकर्ड छ, यो प्राकृतिक होइन कि चोरी सिकारी, प्रतिशोध वा अबैध ब्यापारका कारणले मारिएको हो,’ उनले भने । 

बाघ संरक्षणमा जति सफलता प्राप्त भएको छ, त्यतिकै चुनौती पनि रहेको डा. कडरिया बताउँछन् । मानव र वन्यजन्तु बीचको द्धन्द्धका कारण संरक्षणमा चुनौती देखिएको उनको भनाई छ । बाँके र बर्दियामा बाघको घनत्व प्रति सय स्क्वाएर किलोमिटर बराबर झण्डै ६ वटा बाघ रहेको उनले बताए । ‘जहाँ कि भारतका राष्ट्रिय निकुञ्जमा एक सय स्क्वायर किमीमा झण्डै १४ वटा सम्म पनि बाघ छन्, हाम्रो यहाँ बाघको संख्या कम छ, तरपनि मानवसँग द्धन्द्ध हुने गरेको छ,’ उनले थपे । बाँके र बर्दियामा बाघ र मानवबीच द्धन्द्ध भइरहेको बताए । 

सन् २०१९ देखी हालसम्म बाँकेदेखी कैलालीसम्म बाघको आक्रमणबाट २८ जनाको मृत्यु भइसकेको कोषले जनाएको छ । त्यसमध्ये बाँकेका मात्रै ६ जनाको मृत्यु भइसकेको छ । तर कुनैपनि मृत्यु अहिलेसम्म गाउँमा नभएको डा. कडरिया बताउँछन् । 

‘सबै मृत्यु जंगलमा भएको छ र कुनैपनि मृत्यु रातको समयमा भएको छैन, दिउँसो कै समयमा भएको छ, जंगलभित्र च्याउ टिप्न घाँस र दाउरा काट्न गएको अवस्थामा मात्रै मृत्यु भएको छ,’ उनले भने । बाघको बारेमा समाजमा नकारात्मक सन्देश गएको भन्दै हरेक समुदायले सजगता अपनाउन सकेमा बाघ र मानवबीच द्धन्द्ध कम गर्न सकिने उनको बुझाई छ । 

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाह निकुञ्जमा बाघको घनत्व कम रहेकाले अटाउन सक्ने क्षमता रहेको बताउँछन् । ‘हाम्रो निकुञ्जको क्षेत्रफल अनुसार बाघ अटाउन सक्ने क्षमता छ, तर यहाँ छाडा पशु चौपाया जंगलमा छाड्ने चलन छ, यस कारण बाघले जंगली जनावरलाई शिकार गर्न छाडेर पशु चौपायालाई मार्ने र मान्छेप्रति पनि आक्रमक भएको हुन सक्छ,’ उनले भने । 

भारतीय निकुञ्जमा प्रति सय स्क्वाएर किमीमा १४ वटा बाघ रहँदा पनि त्यहाँ भयावह र त्रासको अवस्था नभएको बताए । डिभिजन वन कार्यालयका प्रमुख ददिलाल कँडेलले मानव र वन्यजन्तु बीचको द्धन्द्धले बाँकेमा तरंग ल्याएको बताए । ‘कृषि पेशामा लागेका ब्यक्तिलाई जंगलमा नगएर गुजारा चल्दैन, तर सधैभरी जंगलमै आश्रित हुने ढिपी पनि गर्नु हुदैन,’ उनले भने । 

निकुञ्जले संरक्षण कार्य अगाडी बढाइरहँदा मानव र वन्यजन्तुबीच सह-अस्तित्व कायम गरिनुपर्ने स्थानीय सरोकारवाला बताउँछन् । राप्ती सोनारी गाउँपालिकाका उपाध्यक्ष धनीकुमारी खत्री बाँकेमा केही समययता मानव र वन्यजन्तु बीचको द्धन्द्धले खतराको स्थिती आएको बताईन् । 

उनले भनिन्, ‘मान्छेलाई मारेर बाघलाई मात्रै बचाउने कुरा हुदैन, बाघलाई मारेर मान्छेलाई मात्र बचाउने कुरा पनि हुदैन,’ उनले भनिन् ‘दुबैको अस्तित्व बचाउने काममा निकुञ्जले ध्यान दिनुपर्छ ।’

कोहलपुर मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका अध्यक्ष सावित्रा पुन, मध्यविन्दु मध्यवर्ती क्षेत्र उपभोक्ता समिति सम्शेरगन्जका अध्यक्ष हर्कबहादुर बिष्ट र गाभर भ्यालीका होमस्टे ब्यवसायी कृष्ण चौधरीले मानव वन्यजन्तु बीचको द्धन्द्धले संरक्षणमा चुनौती आएको बताए । बाँके राष्ट्रिय निकुञ्ज कार्यालय ओभरीमा मंगलबार आयोजित कार्यक्रममा उपस्थित भएका सरोकारवालाले द्धन्द्ध ब्यवस्थापन गरेर मात्र संरक्षण गर्न सम्भव हुनेमा जोड दिए । 


प्रकाशित मिति: बुधबार, माघ २६, २०७८  ०९:५५
प्रतिक्रिया दिनुहोस्
थप समाज
इनिशालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन
इनिशालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन बिहीबार, फागुन २८, २०८२
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही' सोमबार, फागुन २५, २०८२
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन आइतबार, फागुन २४, २०८२
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन 
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन  बुधबार, फागुन २०, २०८२
मौन अवधिमा बाँकेमा  आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण
मौन अवधिमा बाँकेमा आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण मंगलबार, फागुन १९, २०८२
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते मंगलबार, फागुन १९, २०८२
तराई मधेशमा आज मनाइँदै होली पर्व
तराई मधेशमा आज मनाइँदै होली पर्व मंगलबार, फागुन १९, २०८२
आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह
आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह मंगलबार, फागुन १९, २०८२
खाडीमा एक नेपालीसहित १२ को मृत्यु, घाइते १५० नाघे
खाडीमा एक नेपालीसहित १२ को मृत्यु, घाइते १५० नाघे मंगलबार, फागुन १९, २०८२
लोकप्रीय
  • Week
  • Month
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
बाँके २ मा एमालेका राई निर्वाचित 
बाँके २ मा एमालेका राई निर्वाचित 
बाँके-३ मा रास्वपाका सुनार निर्वाचित 
बाँके-३ मा रास्वपाका सुनार निर्वाचित 
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्