Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  • भेरी अस्पतालका ब्यवसायिक संरचना हटाउने कार्य बीचमै रोकियो
भेरी अस्पतालका ब्यवसायिक संरचना हटाउने कार्य बीचमै रोकियो 'रेडक्रस र चिकित्सक संघलाई सहमतीमा ल्याएर अगाडी बढ्न खोज्दा ढिलाई भयो' : अध्यक्ष धिताल
दूरसञ्‍चार
दूरसञ्‍चार सोमबार, फागुन २, २०७८
ब्यवसायिक संरचना भत्काएपछि खाली भएको भेरी अस्पताल अगाडीको क्षेत्र । तस्बिर : दूरसञ्चार

नेपालगन्ज : नेपालगन्जस्थित भेरी अस्पतालको स्तरवृद्धि गर्नका लागि ब्यवसायिक संरचना हटाउने कार्य बीचमै रोकिएको छ । अस्पतालले दशकौं पुराना ब्यवसायिक संरचना हटाउने कार्य केही महिनाअघि सुरु गरेको थियो । अस्पताल विकास समितिले यि जीर्ण संरचना हटाउँदै गर्दा बीचमै रोकिन पुगेको हो ।

अस्पतालले आधाभन्दा बढी संरचना भत्काइसकेको अवस्थामा बीचमा रोकिएपछि अहिले उक्त अभियान अलपत्र परेको छ । भेरी अस्पताल विकास समितिसँग रेडक्रस सोसाइटी बाँके शाखा र चिकित्सक संघ भेरी शाखाको विवाद अहिले पनि मिलेको छैन । उनीहरु बीचको विवाद अदालतसम्म पुगेको छ ।

अस्पतालले संरचना भत्काउन खोजेपनि रेडक्रस र चिकित्सक संघले संरचना भत्काउन मानेका छैनन् । रेडक्रस र चिकित्सक संघका ती ब्यवसायिक संरचनामा होटल तथा पसलहरु रहेका छन् । भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले रेडक्रस र चिकित्सक संघलाई सहमतीमा ल्याएर अगाडी बढ्न खोज्दा ब्यवसायिक संरचना हटाउन ढिलाई भएको बताए ।

‘भेरी अस्पतालको जमिनमा चिकित्सक संघ र रेडक्रसको ब्यवसायिक संरचना बनाइएको छ, अहिले अस्पतालको स्तरवृद्धि गर्ने क्रममा भत्काउन खोज्दा उहाँहरु मान्नु हुदैन,’ उनले भने ‘हामीले रेडक्रसको रक्तसञ्चारलाई विस्थापित नै गर्न खोजेको चाही होइन, अझै ब्यवस्थित गर्न खोज्दैछौं, तर उहाँहरु मान्नु हुदैन ।’ 

चिकित्सक संघ र रेडक्रसका ती ब्यवसायिक भवन अत्यन्त जीर्ण भइसकेको अध्यक्ष धिताल बताउँछन् । अस्पताल विकास समितिले ब्यवसायिक संरचना हटाउन खोजेपछि चिकित्सक संघ र रेडक्रसले अदालतमा अन्तरिम आदेश माग गर्दै रिट निवेदन दर्ता गराएका थिए । तर, अदालतले उनीहरुको माग बमोजिम अन्तरिम आदेश दिन मानेन् । 

उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासले असोज १२ गते ‘अन्तरिम आदेश जारी गर्नु नपर्ने र कानुन बमोजिम गर्न’ आदेश दिएको थियो ।  ‘अदालतले पनि उहाँहरुको मागलाई अन्तरिम आदेश दिन मानेन, हामीलाई अदालतबाट कुनै बाधा अड्चन छैन, हामी जतिबेला पनि संरचना भत्काउन सक्छौं, तरपनि सहमतीमै यसको निकास खोज्न तयार छौं,’ अध्यक्ष धितालले भने । 

तत्कालिन अस्पताल विकास समितिले रेडक्रस र चिकित्सक संघलाई उपयोग गर्न मात्र जग्गा दिएको भएपनि उनीहरुले बढी नै जग्गा ओगटेर बसेको र अहिले आएर संरचना हटाउन नमानेको धिताल बताउँछन् । रेडक्रस र चिकित्सक संघको भने फरक बुझाई छ । आफ्ना ब्यवसायिक संरचना भत्काउने हो भने बिरामीलाई अत्यावश्यक पर्ने रक्तसञ्चार सेवा नै बन्द हुने रेडक्रसले चेतावनी दिइरहेको छ । यस्तै चिकित्सक संघले पनि तत्कालन भत्काउन नसकिने जनाएको छ । 

रेडक्रस बाँकेका सभापति गोवद्र्धनसिंह सम्झना भन्छन्, ‘रक्तसञ्चार सेवाको भरपर्दो विकल्प तयार नहुँदासम्म हामी यि भौतिक संरचना भत्काउन सक्दैनौं ।’ भेरी अस्पतालको स्तरोन्नती गर्ने योजना र यसको सुदृढिकरणमा भने आफुहरुको सहयोग नै रहने उनले सुनाए ।

‘भेरी अस्पताल हाम्रो पनि हो, यसको प्रगति नहोस्, विकास नहोस् भन्ने कसैले पनि चाहदैन,’ उनले भने ‘हामीले भेरी अस्पतालका लागि रक्तसञ्चार सेवा दिएर वर्षौदेखी सहयोग गर्दै आएका छौं, हाम्रो आफ्नै जग्गा कारकाँदोमा पनि छ, एक दिन हामी आफ्नो जग्गामा जानैपर्छ, हामी खोजिरहेका छौं, ढिलो चाडो हामी त्यो ठाउँ छाड्छौं, तर अहिले नै छाड्न गाह्रो छ ।’

अस्पताल विकास समितिका सदस्य धनराम ओलीले ब्यवसायिक संरचना मात्र भत्काउन खोज्दा त्यसको यर्थाततालाई अन्यत्रै मोडिएको बताए । ‘अस्पताल अगाडी रहेका अन्य ब्यवसायिक संरचना हटाएर पनि पर्खा निर्माण गर्न ठेक्का दिइसकेका छौं,’ उनले भने ‘चिकित्सक संघ र रेडक्रसले आम्दानी गर्न बनाएका ब्यवसायिक संरचना मात्रै हटाउन बाँकी छ, हामीले रेडक्रसको रक्तसञ्चार केन्द्र रहेको भवन हटाउन खोजेकै छैनौं ।’ 

रेडक्रस र चिकित्सक संघ सहमतीमा नआउँदा अस्पताल अगाडीका ब्यवसायिक जीर्ण संरचना हटाउने कार्य अधुरो नै हुन पुगेको सदस्य ओलीले सुनाए । नेपालगन्जको सुर्खेत रोडमा चिकित्सक संघ र कारकाँदोमा रेडक्रसकै भवन तथा ब्यवसायिक संरचना रहेकाले उनीहरुलाई अभाव नरहेको उनको भनाई छ । 


प्रकाशित मिति: सोमबार, फागुन २, २०७८  ०८:०८
प्रतिक्रिया दिनुहोस्
थप समाज
इनिशालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन
इनिशालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन बिहीबार, फागुन २८, २०८२
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही' सोमबार, फागुन २५, २०८२
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन आइतबार, फागुन २४, २०८२
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन 
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन  बुधबार, फागुन २०, २०८२
मौन अवधिमा बाँकेमा  आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण
मौन अवधिमा बाँकेमा आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण मंगलबार, फागुन १९, २०८२
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते मंगलबार, फागुन १९, २०८२
तराई मधेशमा आज मनाइँदै होली पर्व
तराई मधेशमा आज मनाइँदै होली पर्व मंगलबार, फागुन १९, २०८२
आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह
आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह मंगलबार, फागुन १९, २०८२
खाडीमा एक नेपालीसहित १२ को मृत्यु, घाइते १५० नाघे
खाडीमा एक नेपालीसहित १२ को मृत्यु, घाइते १५० नाघे मंगलबार, फागुन १९, २०८२
लोकप्रीय
  • Week
  • Month
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
बाँके २ मा एमालेका राई निर्वाचित 
बाँके २ मा एमालेका राई निर्वाचित 
बाँके-३ मा रास्वपाका सुनार निर्वाचित 
बाँके-३ मा रास्वपाका सुनार निर्वाचित 
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्