Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  •  ‘पार्टी नमिल्दा’ कालोपत्रे अधुरै छाडियो 
 ‘पार्टी नमिल्दा’ कालोपत्रे अधुरै छाडियो 
दूरसञ्‍चार
दूरसञ्‍चार मंगलबार, चैत ८, २०७८

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका १८ नम्बर वडा कार्यालयले कारकाँदोस्थित अमरनगर टोलमा दुई महिना अगाडी झण्डै तीन सय मिटर सडक कालोपत्रे गर्ने योजना अगाडी बढायो । वडा कार्यालयले सडक कालोपत्रे सुरु गर्नुअघि गत पुस ६ गते सार्वजनिक रुपमै सूचना जारी गरेर ‘सिद्धार्थ भ्यू होटलदेखी लग्दहवा गाउँ जोड्ने’ सडकको ८ मिटर मापदण्डभित्र पर्ने भौतिक संरचना हटाउन स्थानीयलाई अनुरोध गर्यो । 

सडक कालोपत्रे कालोपत्रे हुने भएपछि स्थानीय बासिन्दामा खुसीको सिमा नै रहेन । उनीहरुले वडा नम्बर १८ का वडाअध्यक्ष दीपक कुमार बर्मालाई औपचारिक कार्यक्रमका बीच दोसल्ला ओढाएर सम्मान गरे । वडाले निर्माण कार्य अगाडी बढाउन थालेपछि तोकिएको मापदण्डका विषयमा विवाद बढ्यो ।

स्थानीयसँगको सहमती अनुसार पछि वडा कार्यालयले कतै  साढे ५ मिटर, कतै ६ मिटर, कतै ७ मिटरमा चौडाईमा कालोपत्रे निर्माण कार्य अगाडी बढायो । सडकभित्र पर्ने बिद्युत पोलसहित आवश्यक संरचना हटाउन टोल विकास समितिले वडालाई सहयोग गर्यो ।

वडा कार्यालयले अधुरो छाडेको अमरनगर टोलमा रहेको सडक । 

स्थानीय बासिन्दाका अनुसार वडा कार्यालयले जब सडक निर्माण कार्य अगाडी बढायो, मापदण्ड कार्यान्वयन नै भएन । वडाले सडक कालोपत्रे निर्माणको काम अन्तिम चरणमा पुर्याउने क्रममा करिव २० मिटर बाटो अधुरै छाडियो । त्यसपछि स्थानीय बासिन्दा छांगाबाट खसेझै भए । वडाका जनप्रतिनिधीले ‘पार्टी नमिलेको’ भन्दै सडक कालोपत्रे अधुरो छाडिदिएको यहाँका स्थानीय बताउँछन् ।

वडाका जनप्रतिनिधीले राजनीतिक पुर्वाग्रह नै राखेर कालोपत्रेको काम अधुरो छाडेको स्थानीय बासिन्दा पिताम्बर चपाईले बताए । ‘सडक कालोपत्रे बन्ने भएपछि वडाले जे भन्यो, त्यही कुरा मान्दै आयौं,’ उनले भने ‘सडकको मापदण्डका विषयमा वडासँग बसेर सहमती गर्यौं, तर सहमती अनुसार मापदण्ड कार्यान्वयन भएन, हामीले २० हजार खर्च गरेर बिद्युतका पोल सार्ने काम गर्यौं, अगाडी बाटो पिच बन्ने अन्तिम चरणमा छ, तर २० मिटर जति बाटो अधुरो छाडियो ।’ 

सडक कालोपत्रे बन्ने भएपछि टोलबासीका तर्फबाट वडाअध्यक्ष बर्मालाई यसअघि दोसल्ला ओढाएर सम्मान गरेपनि अहिले पार्टी नमिल्दा कालोपत्रे अधुरो छाडिदिएको चपाईले बताए । उक्त वडामा वडाअध्यक्षसहित वडासदस्यहरु नेकपा एमाले निकट छन् । 

जनप्रतिनिधीले सडक कालोपत्रेमा राजनीतिक पुर्वाग्रह राखेको स्थानीय अनिता भण्डारीले सुनाईन् । वडाबाट सडक कालोपत्रे गर्ने जिम्मा लिएको ठेकेदारले अचानक काम अधुरो छाडेपछि वडाअध्यक्ष बर्मालाई फोन गर्दा उनको फोन नउठेको र वडासदस्य दिग्विजय ढुंगानालाई फोन गर्दा उनले पार्टी नमिल्दा अधुरो छाडिएको प्रतिक्रिया आफुलाई दिएको उनले बताइन् ।

सडक कालोपत्रे हुने भएपछि वडाअध्यक्ष दीपककुमार वर्मालाई दुई महिनाअघि स्थानीयले गरेको सम्मान । 

‘काम अधुरो छाडेपछि मैले फोन गर्दा वडाअध्यक्षले उठाउनु भएन, वडासदस्यले चाही पार्टी मिलेन भन्नु भयो, मैले अहिलेसम्म कुनैपनि पार्टीको सदस्यता लिएको छैन, समाजसेवामै छु,’ अनिताले भनिन् ‘यो बाटोको लागि धेरै दौडधुप गरेकी थिए, अहिले मेरो गेट अगाडी बाटोको काम अधुरो छाड्दा एकदमै नराम्रो लागेको छ ।’

अर्का स्थानाीय गुमबहादुर भुजेलले कालोपत्रे सडक अधुरो हुँदा  वडाअध्यक्ष बर्मालाई यसअघि सम्मान गरेको क्षण अहिले सम्झिरहेको बताए । ‘त्यतिबेला वडाअध्यक्षलाई सम्मान गरेका थियांैं, तर वडाअध्यक्षले यतिसम्म पुर्वाग्रह राख्नु हुन्छ होला भनेर सोचेका थिएनौं ।’ वडाले नापजाँच गरेको बाटोलाई अधुरो छाड्दा दुःख लागेको उनले बताए । अमर नगर टोल विकास समितिका अध्यक्ष भगिरथ सिंह वडाले आफ्नै सहमती र प्रतिवद्धता विपरित करिव २० मिटर सडक कालोपत्रे अधुरो छाडेको बताए । ‘वडाले जे भन्यो त्यो कुरा मान्यौं, तर अन्तिममा आएर सडक अधुरो छाडिदियो, राम्रो बाटोमा झन् खाल्डो बनाईदियो,’ सिंहले भने । 

उक्त सडक कालोपत्रे योजना र बजेटका विषयमा पनि अनविज्ञ रहेको स्थानीय बासिन्दा बताउँछन् । उक्त योजनालाई वडाले कहाँबाट कति बजेट ल्याएर सम्पन्न गर्न लागेको हो ? यसबारेमा जानकारी नभएको उनीहरुको भनाई छ । ‘कहाँको बजेटबाट सडक कालोपत्रे बन्न लागेको हो, कति बजेटमा बन्दैछ, कुन ठेकेदारले बनाउँदैछ, यसबारेमा हामीलाई वडाले जानकारी दिएको छैन,’ स्थानीय चपाईले भने ।

नियम अनुसार कुनैपनि विकास योजना बनाउने क्रममा सार्वजनिक रुपमा साईन बोर्ड अनिवार्य राख्नुपर्छ । बोर्ड नराखेर निर्माण हुने योजनाको आर्थिक पारदर्शितामाथी प्रश्न उठाइन्छ । नेपालगन्ज १८ का वडाअध्यक्ष बर्मा भने स्थानीयले लगाएको आरोपमा सत्यता नभएको जिकिर गर्छन् ।

‘सडक निर्माण स्थलमा बिद्युतको पोल हुँदा कालोपत्रे रोकिएको हो, अहिले बिद्युतको पोल हटेको छ, मैले पटक पटक उहाँहरुलाई भन्दै आएको कुरा पनि हो,’ उनले भने ‘अधुरो काम अब पुरा हुन्छ ।’ उक्त स्थानमा मापदण्ड अनुसार सडकको चौडाई नपुगेकाले प्राविधिकसँग समन्वय गरेर काम पुरा गर्ने आफ्नो योजना रहेको बर्माले सुनाए । सडक कालोपत्रे कति बजेटमा गरिदैछ भन्ने बारे तत्कालै जानकारी दिन नसकिने उनले बताए ।  

यस्तै वडासदस्य ढुंगानाले अधुरो कालोपत्रे पुरा गर्ने आश्वासन दिदाँ दिदै पनि स्थानीय बासिन्दाले अनेक शंका–उपशंका गरेको बताए । ‘स्थानीय तहले गर्ने विकासमा कसैलाई काखा र कसैलाई पाखा गर्ने कुरो हुदैन,’ उनले भने ‘पार्टी नमिल्दा काम रोकेको कुरा मैले कसैलाई भनेको छैन ।’  -नागरिक न्युजबाट साभार 


प्रकाशित मिति: मंगलबार, चैत ८, २०७८  २१:४७
प्रतिक्रिया दिनुहोस्
थप समाज
इनिशालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन
इनिशालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन बिहीबार, फागुन २८, २०८२
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही' सोमबार, फागुन २५, २०८२
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन आइतबार, फागुन २४, २०८२
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन 
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन  बुधबार, फागुन २०, २०८२
मौन अवधिमा बाँकेमा  आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण
मौन अवधिमा बाँकेमा आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण मंगलबार, फागुन १९, २०८२
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते मंगलबार, फागुन १९, २०८२
तराई मधेशमा आज मनाइँदै होली पर्व
तराई मधेशमा आज मनाइँदै होली पर्व मंगलबार, फागुन १९, २०८२
आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह
आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह मंगलबार, फागुन १९, २०८२
खाडीमा एक नेपालीसहित १२ को मृत्यु, घाइते १५० नाघे
खाडीमा एक नेपालीसहित १२ को मृत्यु, घाइते १५० नाघे मंगलबार, फागुन १९, २०८२
लोकप्रीय
  • Week
  • Month
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
बाँके २ मा एमालेका राई निर्वाचित 
बाँके २ मा एमालेका राई निर्वाचित 
बाँकेमा खस्यो ६३ दशमलभ ४६ प्रतिशत मत
बाँकेमा खस्यो ६३ दशमलभ ४६ प्रतिशत मत
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्