Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  • डिएलए बाँके नेतृत्व विहिन 
डिएलए बाँके नेतृत्व विहिन  अधिकांस कानुन ब्यवसायी नेतृत्व परिर्वतनको पक्षमा
दूरसञ्‍चार
दूरसञ्‍चार आइतबार, वैशाख ४, २०७९

नेपालगन्ज : अरुलाई विधि/विधान र नियम/कानुन सिकाउने लोकतन्त्रवादी कानुन ब्यवसायीको संगठन डेमेक्रेटिक लयर्स एसोसिएसन (डिएलए) बाँके अहिले नेतृत्व विहिन बनेको छ । उक्त संगठन नेतृत्व विहिन बन्दा लोकतन्त्रवादी कानुन ब्यवसायीमा निराशा छाएको छ । लोकतान्त्रिक ढंगले संगठनको नयाँ नेतृत्व चयन प्रक्रिया नचल्दा कानुन ब्यवसायीहरु चिन्तित भएका छन् । 

गत चैत २६ गते डिएलए बाँकेले आफ्नो चुनावी अधिवेशन सम्पन्न गरेको थियो । विगत तीन वर्षदेखी डिएलए बाँकेको नेतृत्व गर्दै आएका अधिवक्ता ईश्वरीप्रसाद ज्ञवाली सोही दिनदेखी निर्वतमान बन्न पुगे । ‘अधिवेशनले निर्वाचन कार्यतालिका अनुसार नयाँ नेतृत्व चयन प्रक्रिया अगाडी बढाउनुपर्ने थियो, तर नेतृत्व चयनको आन्तरिक प्रतिस्पर्धालाई जवरजस्ती अवरोध गर्ने काम भयो, फलस्वरुप डिएलए बाँके नेतृत्व विहिन बन्न पुगेको हो,’ एक कानुन ब्यवसायीले भने ।  

सर्वसम्मत नेतृत्व चयनका लागि सहजीकरण गर्न वरिष्ठ अधिवक्ता भोलासिंह हमालको संयोजकत्वमा एक समिति बनाइएको छ । उक्त समितिको सदस्यमा अधिवक्ता प्रह्लाद कार्की, प्रमोदबहादुर श्रेष्ठ, गोपीचन्द्र वर्णवाल र लोकबहादुर शाह सदस्य छन् । तर, उक्त समितिले अहिलेसम्म सहमती जुटाउन सकेको छैन । 

आगामी नयाँ कार्यकालका लागि डिएलए बाँकेको अध्यक्षमा सुनिलकुमार श्रेष्ठ, निर्वतमान अध्यक्ष ईश्वरीप्रसाद ज्ञवाली, शिव श्रेष्ठ, बलबहादुर चन्द, उदयराज बर्मा र जनकबहादुर शाहीले आकांक्षा राखेका छन् । श्रेष्ठ नेपाल बार एसोशियसनका निवर्तमान वरिष्ठ उपाध्यक्ष तथा तत्कालिन पुनरावेदन बार नेपालगन्जका पुर्वअध्यक्ष हुन् ।

यस्तै डिएलए बाँकेका निर्वतमान अध्यक्ष रहेका ज्ञवाली पुनरावेदन बार नेपालगन्जका पुर्वअध्यक्ष हुन् । यसैगरी शिवकुमार उच्च अदालत बार नेपालगन्जका वर्तमान अध्यक्ष तथा चन्द उच्च अदालत बार नेपालगन्जका पुर्वअध्यक्ष हुन् । त्यस्तै बर्मा जिल्ला बार बाँकेका पुर्वअध्यक्ष र शाही जिल्ला बार बाँकेका वर्तमान अध्यक्ष हुन् । 

डिएलए बाँकेमा अध्यक्ष पदका आकांक्षीहरु । 

स्रोतका अनुसार डिएलए बाँकेको उपाध्यक्षमा कर्णबहादुर केसी आकांक्षी देखिएका छन् । यस्तै सचिवमा प्रभाकर भट्टराईसहित पूनम श्रेष्ठ, गोपाल गिरी, राकेशकुमार सोनी र युगबहादुर गुरुङले आकांक्षा राखेका छन् । यसैगरी  कोषाध्यक्षमा मो. अयुव सिद्धिकी, सतिशचन्द्र थारु, मो. रिजवान अहमद मिर्जा र यशोदा कुमारी उपाध्याय तथा सदस्यमा विश्वजीत तिवारी, केवल सिंह थारु, राघव कार्की, श्रीकृष्ण थारु, देबीमाया खत्री, मिरा ददेल लगायतको दाबी रहेको छ ।

अध्यक्ष पदका आकांक्षीहरु बीच अहिलेसम्म सहमती जुट्न सकेको छैन । डिएलए बाँकेका अधिकांस सदस्य नेतृत्व परिर्वतनको पक्षमा उभिएका छन् । उनीहरुले कुनैपनि हालतमा नेतृत्व परिवर्तन हुनुपर्ने, एउटै ब्यक्ति बारम्बार दोहोरिन नहुने अडान राख्दै आएका छन् ।  अध्यक्ष पदका अधिकांस आकांक्षीहरु सुनिल कुमार श्रेष्ठलाई अध्यक्षमा छाड्न तयार देखिएका छन् । तर निर्वतमान अध्यक्ष ज्ञवालीलाई दोहोरिन नदिने अडानमा छन् ।  

‘एक कार्यकाल चलाईसकेपछि निर्वतमान अध्यक्षले स्वतः नेतृत्व हस्तान्तरण गर्नुपर्ने हो, तर उहाँ फेरी पनि संगठन चलाउन आउन खोज्नुको कारण बुझ्न सकिएको छैन, कानुन ब्यवसायीको संगठनमा यस्तो हुनु दुःखद कुरा हो,’ अर्का कानुन ब्यवसायीले भने ।  

नयाँ नेतृत्व चयनका लागि अहिलेसम्म निर्वाचन कार्यक्रम प्रकाशित नै गरिएको छैन । यसले गर्दा प्रमुख निर्वाचन अधिकृत (अधिवक्ता) गणेशकुमार रेग्मी आफै अन्यौलमा परेका छन् । अहिलेसम्म उनले निर्वाचन प्रक्रिया अगाडी बढाउन सकेका छैनन् । ‘चुनाव भएपनि÷नभएपनि निर्वाचन कार्यक्रम अगाडी बढाउनुपर्ने हो, तर हुन सकेको छैन,’ उनले भने ‘अब छिट्टै निर्वाचन तालिका प्रकाशित गर्छौ ।’ रेग्मीले सम्भवतः सोमबारसम्म निर्वाचन कार्यक्रम प्रकाशित गरिने बताए ।


प्रकाशित मिति: आइतबार, वैशाख ४, २०७९  २१:२८
प्रतिक्रिया दिनुहोस्
थप समाज
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित सोमबार, वैशाख २८, २०८३
कोहलपुरमा दुई दिनमा हटाइयो  १ सय ८ घर, टहरा
कोहलपुरमा दुई दिनमा हटाइयो १ सय ८ घर, टहरा सोमबार, वैशाख २८, २०८३
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो आइतबार, वैशाख २७, २०८३
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी आइतबार, वैशाख २७, २०८३
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा शनिबार, वैशाख २६, २०८३
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट शुक्रबार, वैशाख २५, २०८३
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ शुक्रबार, वैशाख २५, २०८३
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप बिहीबार, वैशाख २४, २०८३
संवैधानिक परिषद् बैठक बस्दै, प्रधानन्यायधीश नियुक्त गर्ने प्रक्रिया सुरु
संवैधानिक परिषद् बैठक बस्दै, प्रधानन्यायधीश नियुक्त गर्ने प्रक्रिया सुरु बिहीबार, वैशाख २४, २०८३
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि
शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्