Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  • 'ओली सरकारले ल्याएका मिडिया विरोधी कानुन तत्काल खारेज गरियोस्' : अध्यक्ष सिग्देल
'ओली सरकारले ल्याएका मिडिया विरोधी कानुन तत्काल खारेज गरियोस्' : अध्यक्ष सिग्देल स्थानीय तहको निर्वाचनमा सक्रिय भएर लाग्न निर्देशन 
दूरसञ्‍चार
दूरसञ्‍चार शनिबार, वैशाख १०, २०७९

नेपालगन्ज : नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष बद्री सिग्देलले मिडिया विरोधी कानुन तत्काल खारेजी गरिनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन बाँके शाखाले नेपालगन्जमा शनिबार आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दैै उनले यस्तो बताएका हुन् ।

‘केपी शर्मा ओलीको पालामा ल्याइएका मिडिया विरोधी कानुनको प्रेस युनियनले खारेजी गर्न जोडदार माग गर्छ,’ सिग्देलले भने ‘कुनैपनि बहानामा मिडियामाथि अंकुश लगाउने दुस्साहस कसैले गर्छ भने युनियनले त्यसको कडा रुपमा प्रतिवाद गर्दछ ।’ आसन्न स्थानीय तहको निर्वाचनमा कांग्रेस लगायत गठबन्धनका उम्मेदवारलाई जिताउन सक्रिय भएर लाग्न युनियन सम्वद्ध पत्रकारलाई उनले निर्देशन दिए ।  

‘प्रेस युनियन नेपाली काँग्रेसको शुभेच्छुक संस्था हो, पार्टी र युनियनबीच समन्वय र सहकार्य हुनुपर्छ, प्रेस युनियनको भूमिकालाई पार्टीले राम्रोसँग चिन्नु पर्दछ,’ अध्यक्ष सिग्देलले भने । स्थानीय तह निर्वाचनका लागि गठबन्धन गरिएकोले पार्टीले बनाएको आधिकारिक उम्मेदवारलाई जिताउन युनियन अग्रसर हुनुपर्ने उनको धारणा छ । 

प्रेस युनियनको केन्द्रिय महाधिवेशन तोकिएकै समयमा हुने सिग्देलले बताए । विभिन्न परिस्थितीका कारण युनियनको महाधिवेशन पछाडी धकेलिएको र आफु नेतृत्व हस्तान्तरण गर्न आतुर रहेको बताए । ‘युनियनको महाधिवेशन आगामी जेठ १३ र १४ गते हेटौडामा भब्य रुपमा सम्पन्न हुनेछ, यसका लागि म सबै साथीहरुलाई सकृयताका साथ लाग्न आग्रह गर्दछु,’ उनले भने । 

यस्तै युनियनका केन्द्रिय कोषाध्यक्ष सरोज अधिकारीले आफु युनियनको नवौ महाधिवेशनमा अध्यक्षको उम्मेद्वार रहेको घोषणा गरे । ‘म स्वभाविक रूपमा अध्यक्षको दाबेदार हुँ ।’ उनले भने ‘नेतृत्व जाम भएको छ, युवालाई नेतत्वमा स्थापित गरेर त्यो खुलाउन चाहान्छु ।’ अधिकारीले अगाडी थपे,‘ युनियनभित्र गुट उपगुटको समस्या केही जिल्लामा देखिएकाले यसले सबैभन्दा समस्या जिल्लामै ल्याउछ’ उनले भने ‘युनियनको आफ्नै विधि र विधान रहेको छ । त्यही अनुरुप संगठन अघि चलेमात्र संगठनलाई बलियो बनाउन सकिन्छ ।’

कोषाध्यक्ष अधिकारीले युनियनले अब समयमै महाधिवेशन गर्ने गरि संकल्प प्रस्ताव अघि बढाउनुपर्ने बताए । उनले भने, ‘केन्द्रिय कार्यसमितिले आठ वर्षसम्म अधिवेशन गर्न सकेन भनेर अहिले जिल्लामा पनि त्यही परम्परा स्थापित हुन लागेको छ ।’ युनियनका शाखा बलियो भएपछि मात्र केन्द्र बलियो हुने उनको धारणा छ । 

नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीको सभापतित्वमा सम्पन्न भएको भेटघाट कार्यक्रममा अकोरावका केन्द्रिय अध्यक्ष अर्जुन गिरी, युनियनका केन्द्रिय उपमहासचिव प्रेम केसी, केन्द्रिय सदस्य जयसिंह केसी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषी चौलागाई, नेपाल पत्रकार महासंघ बाँके शाखा अध्यक्ष दामोदर भण्डारी, युनियन बाँकेका पूर्वअध्यक्ष मेघराज ओली, निर्वतमान अध्यक्ष जयनारायण शाह, सल्लाहकार चेतकान्त भट्टराई, क्रियाशिल पत्रकार महिला बाँके अध्यक्ष सावित्री गिरी लगायतले युनियनको महाधिवेशन र स्थानीय तह निर्वाचनमा युनियनले खेल्नुपर्ने भूमिका लगायत विषयमा आ-आफ्नो धारणा राखेका थिए । उक्त कार्यक्रमको सञ्चालन युनियन बाँकेका सचिव विजय मल्लले गरेका थिए । 


प्रकाशित मिति: शनिबार, वैशाख १०, २०७९  १६:१४
प्रतिक्रिया दिनुहोस्
थप समाज
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित सोमबार, वैशाख २८, २०८३
कोहलपुरमा दुई दिनमा हटाइयो  १ सय ८ घर, टहरा
कोहलपुरमा दुई दिनमा हटाइयो १ सय ८ घर, टहरा सोमबार, वैशाख २८, २०८३
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो आइतबार, वैशाख २७, २०८३
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी आइतबार, वैशाख २७, २०८३
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा शनिबार, वैशाख २६, २०८३
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट शुक्रबार, वैशाख २५, २०८३
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ शुक्रबार, वैशाख २५, २०८३
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप बिहीबार, वैशाख २४, २०८३
संवैधानिक परिषद् बैठक बस्दै, प्रधानन्यायधीश नियुक्त गर्ने प्रक्रिया सुरु
संवैधानिक परिषद् बैठक बस्दै, प्रधानन्यायधीश नियुक्त गर्ने प्रक्रिया सुरु बिहीबार, वैशाख २४, २०८३
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि
शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्