Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
विशेष
  • Home
  • विशेष
  • नेपालगन्जको नगर प्रमुख बन्न प्रशान्तको एक दशकदेखि तयारी
नेपालगन्जको नगर प्रमुख बन्न प्रशान्तको एक दशकदेखि तयारी नेपालगन्जलाई सद्भावपूर्ण, विकसित र सुविधायुक्त सहर बनाउने सपना 
दूरसञ्‍चार
दूरसञ्‍चार बुधबार, वैशाख २१, २०७९

नेपालगन्ज : स्थानीय सरकार संघीयताको सबैभन्दा सशक्त र जनताको नजिकको सरकार हो । यसको नेतृत्व गर्ने व्यक्ति शैक्षिक, इमान्दारिता र सृजनशीलतामा अब्बल भएन भने त्यसले स्थानीय सरकारको मर्म अनुसार काम गर्न सक्दैन । यसका साथै स्थानीय सरकारको प्रमुख बन्न चाहने व्यक्तिमा लामो तयारी पनि हुनुपर्दछ । 

‘नेपालगन्ज उपमहानगरपालिकाजस्तो एक अग्रणी र विविध आयाम बोकेको सहरको नेतृत्व गर्न चाहने व्यक्तिमा तयारी राम्रो भएन भने उसले सिक्दा सिक्दै कार्यकाल बित्यो भन्नेबाहेक अरु केही गर्न सक्दैन ।’ यो भनाई नेपालगन्ज उपमहानगरपालिकाको नगर प्रमुखका लागि कांग्रेस लगायत गठबन्धन तर्फका उम्मेदवार प्रशान्त विष्टको हो । 

आफूले नेपालगन्जको नगर प्रमुखका लागि गरेको जस्तो तयारी अहिलेका अन्य उम्मेदवार कसैको पनि नभएको उनी दाबी गर्छन् । नगर प्रमुखका लागि आफुले एक दशकअघिदेखि तयारी गरेको विष्टको भनाई छ । नेपालगन्जलाई सद्भावपूर्ण, विकसित र सुविधायुक्त सहर बनाउने आफ्नो सपना रहेको उनी बताउँछन् ।

‘त्यसका लागि मैले पार्टीभित्र पनि रणनीतिक रुपमा काम गरेँ, अध्ययन गरेँ, यति मात्रै होइन, जनतासँगको सम्बन्धलाई पनि विस्तार गरेँ,’ विष्टले भने । पार्टीको संरचना बुझेर नै आफूले नगर प्रमुखको लागि सजिलो हुने पद कांग्रेसको नगर सभापति रोजेको उनी बताउँछन् ।  

२०६८ सालमा कांग्रेसको नेपालगन्ज नगर समितिको सभापति पदमा निर्वाचित भएका विष्ट उक्त पदमा दाबी गर्नुका पछाडि नेपालगन्जको नगर प्रमुख सम्मको बाटो बनाउनु रहेको बताउँछन् । ‘नगर सभापति पद भनेको नगर प्रमुख पदको लागि प्रमुख दाबेदार हुन्थ्यो, त्यतिबेला अब देश संघीयतामा जान्छ भन्ने लगभग थाहा भइसकेको थियो, त्यसपछि मैले त्यही पदमा दाबी गरेँ,’ उनले भने ‘पहिलो कार्यकाल सकिएपछि माथिको पदमा गएपनि हुन्थ्यो, तर मलाई थाहा थियो नगर सभापति भनेको नगर प्रमुखको पनि दाबेदार हो, त्यसकारण त्यसैमा दोहोरिन चाहेँ ।’

२०७३ सालमा तत्कालिन नगरपालिकाबाट उपमहानगरपालिका बनेपछि नगर सभापतिमा सर्वसम्मत दोहोरिएका थिए, भने २०७८ सालमा भएको पछिल्लो अधिवेशनबाट पुनः नगर सभापति पदमै निर्वाचित भए । उनले नगर प्रमुखको टिकट पाउनुका पछाडि नगर सभापतिको रुपमा दाबेदारी पनि महत्वपूर्ण तर्क रहेको नेताहरु बताउँछन् । 

यस्तै जनस्तरमा सम्बन्ध बिस्तारका लागि उनले यसबीचमा थुप्रै सामाजिक कामहरुमा सक्रियता देखाए । नेपालगन्जमा धार्मिक सद्भाव कायम गर्ने काममा भूमिका निभाए । विभिन्न सामाजिक संस्थाहरुबाट सेवाको काममा सक्रियता बढाए ।कोरोना महामारीको समयमा भेरी अस्पतालमा सञ्चालित २० रुपैयाँमा खाना खुवाउने कामको लागि पनि उनको भूमिका महत्वपूर्ण थियो ।

अर्कोतर्फ प्रशान्तले मेयरका लागि आवश्यक अध्ययन गरेको समेत बताए । ‘मैले विदेशका धेरै सहरहरुको विकासका मोडेल अध्ययन गरें, विज्ञहरुलाई भेटेर धेरै कुरा सिकें, म आफै व्यवस्थापनको विद्यार्थी भएकोले त्यसले पनि धेरै कुरामा मलाई नगर प्रमुखका रुपमा सहयोग गर्छ भन्ने लाग्छ,’ उनले भने । 

उनी नेपालगन्जको एकीकृत शहरी विकास आयोजनाको खाका बनाउँदा आफूले राजनीतिक संयन्त्रमा रहेर अग्रणी भूमिका निभाउन पाउनु पनि आफ्नो नगर प्रमुखको तयारीका रुपमा लिएको बताउँछन् । यसका साथै पहिलो कार्यकालमा स्थानीय सरकारहरुले गरेका कामहरुलाई नजिकबाट नियालेको पनि उनले बताए ।

स्थानीय सरकारको अधिकारलाई हेर्ने हो भने धेरै राम्रा कामहरु गर्न सक्ने अवसरहरु रहेका उनको भनाई छ । ‘मेरो पूरा ध्यान र ध्येय नेपालगन्जको विकासमा छ, यहाँका जनताको भावनाअनुसार काम गर्नेमा छ, मतदाताले पनि मलाई अवसर दिनुुहुन्छ भन्नेमा विश्वस्त छु,’ उनले भने ।


प्रकाशित मिति: बुधबार, वैशाख २१, २०७९  १८:१२
प्रतिक्रिया दिनुहोस्
थप विशेष
‘कुलिङ पिरियड’ सम्बन्धमा छानबिन गर्न सभापति खतिवडाको आग्रह
‘कुलिङ पिरियड’ सम्बन्धमा छानबिन गर्न सभापति खतिवडाको आग्रह मंगलबार, असार १७, २०८२
लोसपाले लियो लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता 
लोसपाले लियो लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता  मंगलबार, असार १७, २०८२
एमाले राजनीतिमा पुनः जोडिएको पूर्वराष्ट्रपति भण्डारीको घोषणा
एमाले राजनीतिमा पुनः जोडिएको पूर्वराष्ट्रपति भण्डारीको घोषणा शनिबार, असार १४, २०८२
नागरिकता विधेयक प्रतिनिधि सभाबाट पारित
नागरिकता विधेयक प्रतिनिधि सभाबाट पारित शनिबार, असार १४, २०८२
पूर्वराष्ट्रपति भण्डारी फर्किदै एमालेको सक्रिय राजनीतिमा  
पूर्वराष्ट्रपति भण्डारी फर्किदै एमालेको सक्रिय राजनीतिमा   शनिबार, असार १४, २०८२
पूर्वप्रधानमन्त्री नेपाललाई ३५ लाख धरौटीमा छाड्न अदालतको आदेश
पूर्वप्रधानमन्त्री नेपाललाई ३५ लाख धरौटीमा छाड्न अदालतको आदेश बुधबार, असार ११, २०८२
माधव नेपाललाई पुर्पक्षका लागि थुनामा पठाउन माग 
माधव नेपाललाई पुर्पक्षका लागि थुनामा पठाउन माग  बुधबार, असार ११, २०८२
‘मुकुल ढकाल रास्वपा महामन्त्रीकै हैसियतमा’ : निर्वाचन आयोग
‘मुकुल ढकाल रास्वपा महामन्त्रीकै हैसियतमा’ : निर्वाचन आयोग शुक्रबार, असार ६, २०८२
किसान महासंघ क्षेत्रीय समिति घोषणा, सभापतिमा श्रेष्ठ र सचिवमा मल्ल 
किसान महासंघ क्षेत्रीय समिति घोषणा, सभापतिमा श्रेष्ठ र सचिवमा मल्ल  सोमबार, असार २, २०८२
लोकप्रीय
  • Week
  • Month
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
माधव नेपाललाई पुर्पक्षका लागि थुनामा पठाउन माग 
माधव नेपाललाई पुर्पक्षका लागि थुनामा पठाउन माग 
लोसपाले लियो लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता 
लोसपाले लियो लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता 
‘म पार्टी सभापति भएमा कार्यकर्तालाई अधिकतम न्याय गर्छु’ : सह-महामन्त्री राठौंर 
‘म पार्टी सभापति भएमा कार्यकर्तालाई अधिकतम न्याय गर्छु’ : सह-महामन्त्री राठौंर 
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
‘घुमौं राप्ती सोनारी, झुमौ राप्ती सोनारी’ अभियानलाई निरन्तरता दिइने 
‘घुमौं राप्ती सोनारी, झुमौ राप्ती सोनारी’ अभियानलाई निरन्तरता दिइने 
मेरो कथा
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
अन्तर्वार्ता
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’ दूरसञ्‍चार
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’ दूरसञ्‍चार
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्