Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
विशेष
  • Home
  • विशेष
  • ‘उपप्रमुखको जिम्मेवारी पाएपछि निस्वार्थ रुपले जनताको सेवा गर्नेछु’ 
‘उपप्रमुखको जिम्मेवारी पाएपछि निस्वार्थ रुपले जनताको सेवा गर्नेछु’ 
दूरसञ्‍चार
दूरसञ्‍चार बुधबार, वैशाख २१, २०७९

कोहलपुर :  कोहलपुर नगरपालिकामा संगिता सुवेदी एउटा चर्चित नाम हो । पार्टीको आन्तरिक निर्वाचनमा होस्, या सामाजिक संस्थाका निर्वाचनमा होस्, उनी सधैं बाजी मार्छिन् । 

कोहलपुर उद्योग बाणिज्य संघको उपाध्यक्षमा लोकप्रिय मतका साथ निर्वाचित भएकी उनी केही महिनाअघि सम्पन्न भएको कांग्रेसको १४ औं महाधिवेशनमा पनि बाँके क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधीमा आफुलाई निर्वाचित गराउन सफल भईन् । 

स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा अहिले यिनै सुवेदी कोहलपुर नगरपालिकाको उपप्रमुख पदमा उम्मेदवार छिन् । नेपाली कांग्रेसले उनलाई उपप्रमुख पदको उम्मेदवार बनाएको हो । अहिले उनलाई मतदाताको घरदैलोमा पुगेर भेटघाट गर्न भ्याई नभ्याई छ । ‘दैनिक रुपमा मतदाताको घरदैलोमा पुगेरै समय बित्छ, मतदातालाई भेटेर आफ्ना कुरा राख्ने काम गरिरहेकी छु,’ उनले भनिन् । 

कोहलपुरलाई कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रवेशद्धारका रुपमा चिनिन्छ । विस्तारै फड्को मार्दै गइरहेको कोहलपुरको विकासका लागि उपप्रमुख पद महत्वपूर्ण मानिन्छ । नयाँ संविधानले उपप्रमुखलाई धेरै अधिकार र जिम्मेवारी दिएको छ । यसले गर्दा पनि कांग्रेसले सुवेदीलाई उपप्रमुख पदका लागि उपयुक्त ब्यक्ति ठानेर उम्मेदवार बनाएको हो । 

‘पार्टीले मलाई उपप्रमुख पदमा योग्य ठानेर उम्मेदवार बनाएको छ,  कोहलपुरको विकासका लागि धेरै काम गर्ने मेरा योजना छन्,’ उनले भनिन् ‘मलाई काम गर्ने ठाउँमा पुर्याउने जिम्मा आम कोहलपुर नगरबासीकै हो ।’ नगर उपप्रमुख पदमा पुगेर जनताको सेवा गर्न पाउनेमा आफु आशावादी रहेको सुवेदीले बताइन् । 

कोहलपुरमा २०७४ को निर्वाचनमा उपप्रमुख पदमा कांग्रेसका तर्फबाट सञ्जुकुमारी थारु विजयी भएकी थिइन् । स्थानीय सरकार उपप्रमुखका रुपमा सञ्जुले कोहलपुरमा धेरै काम गर्न सफल भइन् । कोहलपुरमा सञ्जुले गरेका कामको अनुभव लिदै गर्न बाँकी रहेका अधुरा कामलाई पुरा गर्ने उपप्रमुख पदका उम्मेदवार सुवेदी बताउँछिन् ।

स्थानीय सरकारको उपप्रमुख पदमा बसेपनि जनताको सेवक भएर काम गर्ने आफ्नो ईच्छा रहेको उनले सुनाइन् । ‘जनताको सेवक भएर दिनरात काम गर्ने मेरो ईच्छा छ, त्यसका लागि मलाई आफ्नो मत दिनु हुन नगरबासी दाजुभाई दिदी बहिनीसँग विनम्रता पुर्वक अनुरोध गर्दछु,’ सुवेदीले भनिन् । कोहलपुर नगरपालिका–११ निवासी ३८ वर्षीया सुवेदीले प्रविणता प्रमाणपत्र तह अध्ययन गरेकी छन् । 

२०४१ सालमा कास्कीमा जन्मिएकी सुवेदीले आफ्नो कर्मथलो भने कोहलपुरलाई बनाइन् । स्थानीय ग्रीनपिस माध्यामिक बिद्यालयबाट माध्यामिक तह उर्तिण गरेर प्रविणता प्रमाणपत्र तह भने उनले कोहलपुरस्थित बागेश्वरी बहुमुखी क्याम्पसबाट गरिन् । समाजसेवाका क्षेत्रमा पनि सुवेदीको लामो अनुभव छ । जेसीसको अध्यक्ष, लाइन्स अफ कोहलपुर कस्वतीको अध्यक्ष, लोक तथा दोहोरी प्रतिष्ठानको सल्लाहाकार लगायत विभिन्न संघ, संस्थामा नेतृत्वदायी भूमिका उनले निभाइसकेकी छन् । 

युवा पुस्ताका लोकप्रिय, सहयोगी, मिलनसार स्वभावकी सुवेदीसँग अन्य उपप्रमुख पदका उम्मेदवार भन्दा फरक पहिचान छ । ‘म पैसा कमाउनका लागि राजनीतिमा आएको होइन, कोहलपुर नगर उपप्रमुखको जिम्मेवारी पाएपछि मैले निस्वार्थ रुपले जनताको सेवा गर्नेछु,’ उनले भनिन् ।  


प्रकाशित मिति: बुधबार, वैशाख २१, २०७९  २३:२७
प्रतिक्रिया दिनुहोस्
थप विशेष
‘कुलिङ पिरियड’ सम्बन्धमा छानबिन गर्न सभापति खतिवडाको आग्रह
‘कुलिङ पिरियड’ सम्बन्धमा छानबिन गर्न सभापति खतिवडाको आग्रह मंगलबार, असार १७, २०८२
लोसपाले लियो लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता 
लोसपाले लियो लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता  मंगलबार, असार १७, २०८२
एमाले राजनीतिमा पुनः जोडिएको पूर्वराष्ट्रपति भण्डारीको घोषणा
एमाले राजनीतिमा पुनः जोडिएको पूर्वराष्ट्रपति भण्डारीको घोषणा शनिबार, असार १४, २०८२
नागरिकता विधेयक प्रतिनिधि सभाबाट पारित
नागरिकता विधेयक प्रतिनिधि सभाबाट पारित शनिबार, असार १४, २०८२
पूर्वराष्ट्रपति भण्डारी फर्किदै एमालेको सक्रिय राजनीतिमा  
पूर्वराष्ट्रपति भण्डारी फर्किदै एमालेको सक्रिय राजनीतिमा   शनिबार, असार १४, २०८२
पूर्वप्रधानमन्त्री नेपाललाई ३५ लाख धरौटीमा छाड्न अदालतको आदेश
पूर्वप्रधानमन्त्री नेपाललाई ३५ लाख धरौटीमा छाड्न अदालतको आदेश बुधबार, असार ११, २०८२
माधव नेपाललाई पुर्पक्षका लागि थुनामा पठाउन माग 
माधव नेपाललाई पुर्पक्षका लागि थुनामा पठाउन माग  बुधबार, असार ११, २०८२
‘मुकुल ढकाल रास्वपा महामन्त्रीकै हैसियतमा’ : निर्वाचन आयोग
‘मुकुल ढकाल रास्वपा महामन्त्रीकै हैसियतमा’ : निर्वाचन आयोग शुक्रबार, असार ६, २०८२
किसान महासंघ क्षेत्रीय समिति घोषणा, सभापतिमा श्रेष्ठ र सचिवमा मल्ल 
किसान महासंघ क्षेत्रीय समिति घोषणा, सभापतिमा श्रेष्ठ र सचिवमा मल्ल  सोमबार, असार २, २०८२
लोकप्रीय
  • Week
  • Month
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
माधव नेपाललाई पुर्पक्षका लागि थुनामा पठाउन माग 
माधव नेपाललाई पुर्पक्षका लागि थुनामा पठाउन माग 
लोसपाले लियो लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता 
लोसपाले लियो लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता 
‘म पार्टी सभापति भएमा कार्यकर्तालाई अधिकतम न्याय गर्छु’ : सह-महामन्त्री राठौंर 
‘म पार्टी सभापति भएमा कार्यकर्तालाई अधिकतम न्याय गर्छु’ : सह-महामन्त्री राठौंर 
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
‘घुमौं राप्ती सोनारी, झुमौ राप्ती सोनारी’ अभियानलाई निरन्तरता दिइने 
‘घुमौं राप्ती सोनारी, झुमौ राप्ती सोनारी’ अभियानलाई निरन्तरता दिइने 
मेरो कथा
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
अन्तर्वार्ता
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’ दूरसञ्‍चार
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’ दूरसञ्‍चार
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्