Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
विशेष
  • Home
  • विशेष
  • सिडिओ बन्ने सपना त्यागेर राजनीतिमा होमिएका प्रशान्त
सिडिओ बन्ने सपना त्यागेर राजनीतिमा होमिएका प्रशान्त
दूरसञ्‍चार
दूरसञ्‍चार शनिबार, वैशाख २४, २०७९

नेपालगन्ज : प्रशान्त विष्ट यतिबेला नेपालगन्ज उपमहानगरपालिकाको प्रमुख बन्ने दौडमा छन् । राजनीतिबाटै समाज परिवर्तन गर्नुपर्छ भन्ने लक्ष्य बनाएका प्रशान्त आफ्ना बुवाको सपना भने जेठो छोरा सरकारी जागिरे होस् भन्ने रहेको स्मरण गर्छन् ।

प्रशान्त पनि सिडिओ वा पुलिस अफिसर बन्ने सपना देख्थे । चाहेको भए आफ्नो त्यो सपना पनि सहजै पूरा हुने विष्ट बताउँछन् । तर, प्रशान्तले सरकारी जागिर वा आरामदायी जिन्दगीको बाटो रोजेनन् । उनले आफ्नो जीवनको उर्जावान समय राजनीतिलाई दिए । ‘अब मेरो जीवनको लक्ष्य भनेकै राजनीतिलाई सेवाको माध्यम बनाएर जनताका लागि काम गर्नु हो । मलाई पैसा र पावरको त्यतिलोभ छैन,’ विष्ट भन्छन्,  ‘पैसा र पावर त मैले अरु क्षेत्रमालागेरै कमाउन सक्थें । मेरा साथीहरु धेरै पहिले नै ठूल्ठूला पदमा पुगिसकेका छन् ।’

बुवा सरकारी जागिरे हुनुको लाभ प्रशान्तको लालन पालन र शिक्षा-दिक्षामा पनि पर्यो । उनले राम्रो शिक्षा लिने अवसर पाए । २०३५ सालमा जन्मिएका विष्टले जयबागेश्वरीमा कक्षा पाँचसम्म अध्ययन गरे । त्यसपछि महेन्द्र माविमा अध्ययन गरेर २०५१ सालमा एसएलसी दिएका प्रशान्तले द्धितिय श्रेणीमा उत्तीर्ण गरे । 

प्रशान्तको राजनीतिमा प्रवेश उनको परिवारले नचाहँदा नचाहँदै भएको हो । हुन त उनको परिवार राजनीतिबाट पूरै अछुतो पनि थिएन । सुशिल कोइरालाका ठूल्दाई प्रमोद कोइराला र विष्टका हजुरबुवा बीच मितको नाता थियो । कोइराला नेपालगन्ज रहँदा विष्टको घरमाआउने जाने गरिरहन्थे । तर, सक्रिय राजनीति पनि उनको परिवारबाट कसैले गरिरहेको थिएन । 

महेन्द्र माविमा हुँदा नै उनी नेवि संघको विद्यालय इकाई सचिव बनाइएका थिए । तर, त्यस प्रति उनको त्यति चासो थिएन । २०५४ सालमा महेन्द्र बहुमुखी क्याम्पसमा व्यवस्थापन संकायमा उनले प्रविणता प्रमाणपत्र उर्तीण गरे । २०५५ सालमा उनले व्यवस्थापन संकायमै स्नातक तह अध्ययन सुरु गरे । 

त्यति बेला क्याम्पसमा विद्यार्थी युनियन चुनावको चर्चा थियो । उनले नेपाल बिद्यार्थी संघ नै रोजे । तर, नेपालगन्ज नै घर भएका भन्दा त्यतिबेला बाहिरबाट आएका विद्यार्थीहरुको राजनीतिमा दबदबा हुन्थ्यो । नेविसंघबाट नेपालगन्जको स्थानीय वासीको युनियनमा प्रतिनिधित्व गराउने क्रममा प्रशान्तले सहसचिवको चुनाव लडे । ‘रहरमाचुनाव लडेको हुँ, अन्तिम समयमा मात्रै उम्मेदवारी दिएँ, तर जीवनको पहिलो चुनाव हारियो,’ विष्टले भने । 

चुनाव हारेपनि उनमा राजनीतिको नशा झन् बढ्न थाल्यो । त्यसपछि बुवाले प्रशान्तलाई भने, ‘पढाई भन्दा बढी राजनीतिमा ध्यान दिन्छस्, चुनावपनि हार्छस्, अब काठामाडौं जा ।’ त्यसपछि विष्ट पुगे काठमाण्डौको शंकरदेव क्याम्पसमा । स्नातक तह दोस्रोे वर्ष उनले शंकरदेव क्याम्पसमा अध्ययन गरे । 

शंकरदेव क्याम्पसमा पुगेपछि कांग्रेसका अहिलको सहमहामन्त्री किशोरसिंह राठौरले त्यहाँको युनियनको चुनावमा पनि सदस्य लड्न भने । राजनीति छुट्ला भन्ने आशामा काठमाडौँ गएको छोरो फेरि राजनीतिमा लाग्न थालेको थाहा पाएपछि बुवाले उनलाई नेपालगन्ज नै बोलाए र पुनः स्नातक तह तेस्रो वर्षबाट महेन्द्रमै अध्ययन सुरु गरे । 

२०५९ सालमा भने अनेरास्ववियु र नेविसंघको गठबन्धन गरेर चुनाव लडेपछि उनी स्ववियु उपसभापतिमा निर्वाचित भए । त्यसपछि विष्टको राजनीतिक यात्रामा असफलता कहिल्यै हात लागेन । २०६१ सालमा उनी पुनः उनी स्वतन्त्र विद्यार्थी युनियनमा नेविसंघबाट उपसभापतिको उम्मेदवार बनेर विजयी हासिल गरे । 

२०६३ सालदेखि लगातार ४ वर्ष नेविसंघ बाँकेको अध्यक्ष बनेका विष्टले कुशल नेतृत्व क्षमता देखाए । २०६८ सालमा उनी नेपाली काँग्रेसको नेपालगन्ज नगर सभापति पदमा निर्वाचित भए । त्यसपछि २०७३ सालमा उपमहानगरपालिका भएपश्चात् सर्बसम्मत नेपालगन्ज उपमहानगरपालिका नगर सभापतिमा दोहोरिए । २०७८ मा काँग्रेसको १४ औं महाधिवेशनबाट पुनः उनी नेपालगन्ज नगर सभापतिमा निर्वाचित भएर ह्याट्रीक गरे । 

विष्ट भन्छन्, ‘मेरो राजनीतिक जीवनको जितको सुरुवात नै गठबन्धनबाट भएको थियो । यसपटक पनि म गठबन्धनबाट साझा उम्मेदवार छु । यतिखेर मैले नगर प्रमुख पदका लागि गरेको तयारी, नेपालगन्जको विकासमा दिएको योगदान र सबै समुदायसँगको मेरो निकटताका आधार थपिएका छन् । मैले जित्ने निश्चत छ ।’


प्रकाशित मिति: शनिबार, वैशाख २४, २०७९  ०८:१६
प्रतिक्रिया दिनुहोस्
थप विशेष
‘कुलिङ पिरियड’ सम्बन्धमा छानबिन गर्न सभापति खतिवडाको आग्रह
‘कुलिङ पिरियड’ सम्बन्धमा छानबिन गर्न सभापति खतिवडाको आग्रह मंगलबार, असार १७, २०८२
लोसपाले लियो लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता 
लोसपाले लियो लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता  मंगलबार, असार १७, २०८२
एमाले राजनीतिमा पुनः जोडिएको पूर्वराष्ट्रपति भण्डारीको घोषणा
एमाले राजनीतिमा पुनः जोडिएको पूर्वराष्ट्रपति भण्डारीको घोषणा शनिबार, असार १४, २०८२
नागरिकता विधेयक प्रतिनिधि सभाबाट पारित
नागरिकता विधेयक प्रतिनिधि सभाबाट पारित शनिबार, असार १४, २०८२
पूर्वराष्ट्रपति भण्डारी फर्किदै एमालेको सक्रिय राजनीतिमा  
पूर्वराष्ट्रपति भण्डारी फर्किदै एमालेको सक्रिय राजनीतिमा   शनिबार, असार १४, २०८२
पूर्वप्रधानमन्त्री नेपाललाई ३५ लाख धरौटीमा छाड्न अदालतको आदेश
पूर्वप्रधानमन्त्री नेपाललाई ३५ लाख धरौटीमा छाड्न अदालतको आदेश बुधबार, असार ११, २०८२
माधव नेपाललाई पुर्पक्षका लागि थुनामा पठाउन माग 
माधव नेपाललाई पुर्पक्षका लागि थुनामा पठाउन माग  बुधबार, असार ११, २०८२
‘मुकुल ढकाल रास्वपा महामन्त्रीकै हैसियतमा’ : निर्वाचन आयोग
‘मुकुल ढकाल रास्वपा महामन्त्रीकै हैसियतमा’ : निर्वाचन आयोग शुक्रबार, असार ६, २०८२
किसान महासंघ क्षेत्रीय समिति घोषणा, सभापतिमा श्रेष्ठ र सचिवमा मल्ल 
किसान महासंघ क्षेत्रीय समिति घोषणा, सभापतिमा श्रेष्ठ र सचिवमा मल्ल  सोमबार, असार २, २०८२
लोकप्रीय
  • Week
  • Month
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
माधव नेपाललाई पुर्पक्षका लागि थुनामा पठाउन माग 
माधव नेपाललाई पुर्पक्षका लागि थुनामा पठाउन माग 
लोसपाले लियो लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता 
लोसपाले लियो लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता 
‘म पार्टी सभापति भएमा कार्यकर्तालाई अधिकतम न्याय गर्छु’ : सह-महामन्त्री राठौंर 
‘म पार्टी सभापति भएमा कार्यकर्तालाई अधिकतम न्याय गर्छु’ : सह-महामन्त्री राठौंर 
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
‘घुमौं राप्ती सोनारी, झुमौ राप्ती सोनारी’ अभियानलाई निरन्तरता दिइने 
‘घुमौं राप्ती सोनारी, झुमौ राप्ती सोनारी’ अभियानलाई निरन्तरता दिइने 
मेरो कथा
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
अन्तर्वार्ता
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’ दूरसञ्‍चार
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’ दूरसञ्‍चार
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्