Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
विशेष
  • Home
  • विशेष
  • एडिबी परियोजनामा प्रशान्तले निभाएको महत्वपूर्ण भूमिका
एडिबी परियोजनामा प्रशान्तले निभाएको महत्वपूर्ण भूमिका
दूरसञ्‍चार
दूरसञ्‍चार आइतबार, वैशाख २५, २०७९

नेपालगन्ज : नेपालगन्जको मुहार बदल्ने योजनाका रुपमा लिइन्छ, एडिबीको एकीकृत सहरी विकास परियोजना । सन् २०१४ मा सुरु भएको उक्त परियोजनामा राजनीतिक रुपले समन्वयकारी भूमिकामा थिए, नेपाली कांग्रेसका नेता प्रशान्त विष्ट । नेपालगन्ज नगर सभापतिको हैसियतमा उनले एडिबीको परियोजना पूरा गर्न महत्वपूर्ण भूमिका निभाए । 

एडिबी परियोजनाको महत्वपूर्ण कागजी काममा विष्टले नै भूमिका निभाएका हुन् । विष्टले भने, ‘तपाई एडिबीको परियोजना कार्यान्वयन हुनुभन्दा अघिका कागजपत्रहरु हेर्नुहुन्छ भने त्यहाँ कुनै कागज छैन होला, जहाँ मेरो हस्ताक्षर छैन, सबै पेपरवर्क र परियोजनाको खाका कोर्ने काममा मैले रातदिन समय दिएको थिएँ ।’

एडिबीको परियोजनाका अनेक तालिम र योजनाको खाका कोर्ने काममा सक्रिय रुपले लाग्नुका पछाडी नेपालगन्जको विकासका लागि कुनैदिन आफूपनि कार्यान्वयन गर्ने ठाउँमा पुग्दा काम लागोस् भन्ने हेतू रहेको विष्ट बताउँछन् ।

एडिबी परियोजनाले निर्माण गर्ने सडक, नाला र ल्याण्डफिल साईटको लागि जग्गाको खोजी र साईट खाली गर्ने काममा पनि यि विष्टले अगुवाई गरेका थिए । विशेषगरी ल्याण्डफिल साईटको जग्गा खोजी सबैभन्दा चुनौतीको कुरा थियो । त्यतिबेला नेपालगन्जको कुनै ठाउँमा पनि पर्याप्त जग्गा थिएन । ल्याण्डफिल साइटको जग्गा टुंगो नलाग्दासम्म एडिबीको परियोजना अघि बढ्ने अवस्था नै थिएन  । 

परियोजनाका अरु काम सफल भएपनि नेपालगन्जको फोहोरमैला व्यवस्थापनको समस्या समाधान हुनेवाला थिएन । परियोजनाको दातृ निकायलाई विश्वस्त पार्न पनि जग्गाको चाडोभन्दा चाडो टुंगो लगाउनुपर्ने अवस्था थियो । जग्गा भएको क्षेत्र त्यतिबेला नेपालगन्ज उपमहानगरपालिका भित्र थिएन । नेपालगन्ज भन्दा बाहिर फोहोर फाल्दा त्यसले  निम्त्याउन सक्ने समस्या काठमाडौं महानगरपालिकाको अवस्थाले प्रष्ट पारिरहेको थियो । 

ल्याण्ड फिलसाइटको जग्गा टुंगो नलागेको अवस्थामा युवा नेता विष्टले एउटा जुक्ति निकाले, हाल ल्याण्डफिल साइड बनेको क्षेत्रलाई नेपालगन्जमै गाभ्ने । त्यसपछि  तत्कालिन हिरमिनिया गाविसलाई नेपालगन्जमा गाभियो  र त्यसपछि मात्र जग्गाको टुंगो लाग्यो । 

यसका साथै उक्त परियोजना अन्तर्गतका बाटो र नालाहरु कुन–कहाँबाट बन्ने सबै निर्णयमा आफू सामेल रहेको विष्ट सम्झिन्छन् । आफूहरुले सबै खाका बनाएर सकेपछि स्थानीय तहको निर्वाचन भएको र हालका जनप्रतिनिधिको पालामा उक्त परियोजना पूर्ण रुपले कार्यान्वयमा आएको उनले बताए । 

एडिबी परियोजनाकै कारण नेपालगन्जको सडक, नाला र फोहोरमैला ब्यवस्थापनको कामले पूर्णता पाएको हो । अहिले उपमहानगरपालिकाको जताततै एडिबीले निर्माण गरेको सडक र नाला देख्न सकिन्छ । पुर्वप्रधानमन्त्री स्वर्गिय सुशिल कोइरालाको पहल कदमीबाट नेपालगन्जमा लागु भएको उक्त परियोजनाबाट नै सडक, ढल निकास र फोहोर मैला ब्यवस्थापनमा उल्लेख्य काम भएको छ । एडिबी परियोजना सुरुवातदेखि कार्यान्वयनमा जाँदाको समय सम्म आफूले हरेक चरणमा काम गर्न पाएकोले आफूलाई अब नेपालगन्जको विकास कसरी गर्नुपर्छ भन्ने अनुभव रहेको विष्ट बताउँछन् ।

आफू नेपालगन्ज उपमहानगरपालिकाको नगर प्रमुखमा निर्वाचित भएपछि यहाँको भौतिक, सामाजिक, आर्थिक लगायत विविध विषयमा नयाँ सोचका साथ काम गर्ने उनको प्रतिवद्धता छ । नेपाली कांग्रेसहित गठबन्धनका तर्फबाट उनी नगर प्रमुख पदका साझा उम्मेदवार भएका छन् । 


प्रकाशित मिति: आइतबार, वैशाख २५, २०७९  २१:२१
प्रतिक्रिया दिनुहोस्
थप विशेष
‘कुलिङ पिरियड’ सम्बन्धमा छानबिन गर्न सभापति खतिवडाको आग्रह
‘कुलिङ पिरियड’ सम्बन्धमा छानबिन गर्न सभापति खतिवडाको आग्रह मंगलबार, असार १७, २०८२
लोसपाले लियो लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता 
लोसपाले लियो लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता  मंगलबार, असार १७, २०८२
एमाले राजनीतिमा पुनः जोडिएको पूर्वराष्ट्रपति भण्डारीको घोषणा
एमाले राजनीतिमा पुनः जोडिएको पूर्वराष्ट्रपति भण्डारीको घोषणा शनिबार, असार १४, २०८२
नागरिकता विधेयक प्रतिनिधि सभाबाट पारित
नागरिकता विधेयक प्रतिनिधि सभाबाट पारित शनिबार, असार १४, २०८२
पूर्वराष्ट्रपति भण्डारी फर्किदै एमालेको सक्रिय राजनीतिमा  
पूर्वराष्ट्रपति भण्डारी फर्किदै एमालेको सक्रिय राजनीतिमा   शनिबार, असार १४, २०८२
पूर्वप्रधानमन्त्री नेपाललाई ३५ लाख धरौटीमा छाड्न अदालतको आदेश
पूर्वप्रधानमन्त्री नेपाललाई ३५ लाख धरौटीमा छाड्न अदालतको आदेश बुधबार, असार ११, २०८२
माधव नेपाललाई पुर्पक्षका लागि थुनामा पठाउन माग 
माधव नेपाललाई पुर्पक्षका लागि थुनामा पठाउन माग  बुधबार, असार ११, २०८२
‘मुकुल ढकाल रास्वपा महामन्त्रीकै हैसियतमा’ : निर्वाचन आयोग
‘मुकुल ढकाल रास्वपा महामन्त्रीकै हैसियतमा’ : निर्वाचन आयोग शुक्रबार, असार ६, २०८२
किसान महासंघ क्षेत्रीय समिति घोषणा, सभापतिमा श्रेष्ठ र सचिवमा मल्ल 
किसान महासंघ क्षेत्रीय समिति घोषणा, सभापतिमा श्रेष्ठ र सचिवमा मल्ल  सोमबार, असार २, २०८२
लोकप्रीय
  • Week
  • Month
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
माधव नेपाललाई पुर्पक्षका लागि थुनामा पठाउन माग 
माधव नेपाललाई पुर्पक्षका लागि थुनामा पठाउन माग 
लोसपाले लियो लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता 
लोसपाले लियो लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता 
‘म पार्टी सभापति भएमा कार्यकर्तालाई अधिकतम न्याय गर्छु’ : सह-महामन्त्री राठौंर 
‘म पार्टी सभापति भएमा कार्यकर्तालाई अधिकतम न्याय गर्छु’ : सह-महामन्त्री राठौंर 
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
‘घुमौं राप्ती सोनारी, झुमौ राप्ती सोनारी’ अभियानलाई निरन्तरता दिइने 
‘घुमौं राप्ती सोनारी, झुमौ राप्ती सोनारी’ अभियानलाई निरन्तरता दिइने 
मेरो कथा
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
अन्तर्वार्ता
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’ दूरसञ्‍चार
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’ दूरसञ्‍चार
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्