Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • राप्ती सोनारीमा यसरी भेटियो नदीजन्य सामाग्रीको अबैध उत्खनन् र घाटगद्दी-(भिडियो सहित)
राप्ती सोनारीमा यसरी भेटियो नदीजन्य सामाग्रीको अबैध उत्खनन् र घाटगद्दी-(भिडियो सहित)
दूरसञ्‍चार
दूरसञ्‍चार आइतबार, जेठ २२, २०७९
राप्ती सोनारी-२ मटैया गाउँमा थुपारिएको नदीजन्य सामाग्री ।

बाँके (राप्ती सोनारी) : बाँकेमा नदीजन्य सामग्री अवैध रुपले उत्खनन गरिएको छ । जिल्लाको राप्ती सोनारी गाउँपालिका अन्तर्गत पर्ने विभिन्न स्थानमा अवैध उत्खनन गरी घाटगद्दी गरेको पाइएको हो ।

माफियाले नदीजन्य सामग्री मनलाग्दी उत्खनन गरेर घाटगद्दी गरेको देखिन्छ । गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले वडा नम्बर २, ४, ५, ६, ८ र ९ का विभिन्न क्रसर उद्योग तथा नदीजन्य सामग्री राखिएको घागद्दी स्थलको अनुगमन गरेका थिए ।

अनुगमनका क्रममा अधिकांस स्थानमा नदीजन्य सामग्री अवैध रुपले उत्खनन र घाटगद्दी गरेको पाइएको हो । गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले नापजाँच गर्दा अनुमतिभन्दा बढी मात्रामा नदीजन्य सामग्री फेला पारिएको र अधिकांस स्थानमा अवैध रुपले उत्खनन तथा घाटगद्दी गरेको पाइएको बताए ।

‘कतिपय स्थानमा अवैध रुपमा उत्खनन गरी घाटगद्दी गरेको भेटियो, कतै राजश्व रकम कम तिरेको, तर सामग्री धेरै राखेको देखियो,’ पौडेलले भने ।  खोलाका माफियाले नियम विपरित जंगल र मानव बस्तीको बीचमा समेत घाटगद्दी गरेका छन ।

गाउँपालिकाले क्रसर उद्योग र घाटगद्दीको स्थलगत अनुगमन गरी नियम अनुसार आवश्यक कागजात माग गर्नुका साथै त्यहाँ रहेका नदीजन्य सामग्रीको घाटगद्दी नापजाँच गरेको छ । कतिपय क्रसर उद्योगलाई आफ्ना कागजातसहित ७ दिनभित्र गाउँपालिकामा सम्पर्क गर्न र तोकिएको राजश्व बुझाउन निर्देशन समेत दिइएको छ ।

गाउँपालिकाले कार्यपालिकाबाट निर्णय नै गरेर नदीजन्य सामग्री आगामी असार मसान्तभित्र अनिवार्य उठाउन सम्बन्धित घाटगद्दिकर्तालाई निर्देशन दिइसकेको छ । अन्यथा उठाउन नसकेको वा बचेको सम्पूर्ण आगामी साउन १ गतेदेखि गाउँपालिकाले सम्बन्धित सरोकारवालाको सहयोग लिएर उक्त सामग्री सिज गर्ने जनाएको छ ।

गाउँपालिकाले खैरी खोला, मुगुवा खोला, टिकुलीपुरघाट सिधनियाघाट, बग्दैलाघाट, लालपुरघाट, आलिनगर खल्लाटपरीघाट, जलालाघाट, परुवा खोला, झिझरी खोलालाई निषेधित क्षेत्र कायम गरेको छ ।  

अब्यवस्थित रुपमा रहेका पुरानो स्टक माललाई नियम अनुसारको पुरानो स्टक मालबस्तुको उचित ब्यवस्थापनका लागि गाउँपालिकाको ‘प्राकृतिक स्रोत तथा खानीजन्य वस्तुको बिक्री तथा निकासी सम्बन्धी कार्यविधि-२०७५’ बमोजिम राजश्व रकम गाउँपालिकामा बुझाउन निर्देशन दिइएको छ ।  

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले क्रसर उद्योग तथा नदीजन्य सामग्रीको घाटगद्दी संयुक्त रुपमा अनुगमन गर्दा आफूहरुलाई असाध्यै सन्तुष्टि महसुस भएको बताए । ‘जुन लक्ष्यका साथ आगामी वर्षको योजना बनाउने तयारीमा हामी छौं, त्यसका लागि आन्तरिक आम्दानी कति छ र खर्च कति छ भन्ने आयरब्ययको अनुमान गर्नुपर्ने हुन्छ,’ डाँगीले भने, ‘हामीले करिव ७० वटा घाटगद्दी नापजाँच गरेका छौं, एउटै घाटगघीबाट हामीलाई डेढदेखि दुई करोड राजश्व आउने अनुमान प्रक्षेपन गरेका छौं, सानो घाटगद्दीबाट पनि ४र५ लाख आउने अनुमान गरेका छौं ।’  

गाउँपालिकाले विगत दुई वर्षदेखि राप्ती सोनारीका नदी खोलामा ठेक्का लगाउन सकेको छैन । दुई वर्षदेखि अवैध रुपमा चलेका क्रसर उद्योगको नियमन र अवैध उत्खनन तथा घाटगद्दी रोक्न गाउँपालिकाले प्रयास गर्दा स्थानीयले खुलेरै प्रशंसा गरेका छन ।

राप्ती सोनारी-६ खल्ला टेपरीका परविर बुढाथोकीले आफ्नो गाउँ राप्ती बाढीको उच्च जोखिममा रहँदा पनि नदीमा दोहन नरोकिएको बताए । ‘गाउँपालिकाले नदी दोहन रोक्न गरेको प्रयास प्रशंसनिय छ, यसलाई कत्तिपनि रोक्नु हुँदैन,’ उनले भने ।

राप्ती सोनारी-६ कै अर्का स्थानीय गगनसिंह सार्कीले नदीमा भइरहेको दोहन रोक्न खोज्दा आफूमाथि हातपात भएको बताए । ‘नदी दोहन रोक्न खोज्दा हामीमाथि नै आक्रमण गर्न खोज्छन, हामीहरुले रोक्न धेरै प्रयास गर्दा पनि सकेनौं,’ उनले भने, ‘गाउँपालिकाले अहिले रोक्न खोजेको छ, हेरौं नतिजा कस्तो आउँछ ?’

गाउँपालिका अध्यक्ष पौडेलले राप्ती सोनारीको नदीजन्य सामग्री ब्यवस्थापन गर्न सबैको साथ र सहयोगको अपेक्षा गरेका छन । ‘जसले हाम्रो समृद्धि बोकेको छ, जसले हाम्रो विकास बोकेको छ, यसको वैज्ञानिक ब्यवस्थापन गर्नुपर्दछ भन्ने कुरामा हामीले हर राप्ती सोनारी बासीलाई बुझाएका छौं,’ उनले भने, ‘हामीले पारदर्शी भूमिका निर्वाह गर्न सक्यौ र नियमनको दायरामा ल्याउन सक्यौं भने हामीलाई उत्साहपूर्ण सहयोग रहनेछ ।’  

गाउँपालिकाले नदी तथा खोला ब्यवस्थापनको काम गर्दा केही चुनौती रहेपनि त्यसलाई गाउँपालिकाको सिंगो कार्यपालिकाले सामना गर्ने उनी बताउँछन ।

‘हामीले हाम्रो भूमिकालाई पारदर्शी गर्ने हो, हामीले सबै पक्षसँग सहयोग माग्ने हो, सुरक्षाकर्मी, सरोकारवाला निकाय सबैसँग सहयोग मागेका छौं,’ पौडेलले भने, ‘यसमा तथ्य, सत्य कुरालाई सार्वजनिक गरिदिनुपर्यो, समृद्ध राप्ती सोनारी बनाउनका लागि हामीले राजश्व उठाउन सकेका छैनौं, अमुख ब्यक्तिले पहुँचवालाको भरमा पैसा कमाउने र राज्यको सम्पत्ती दोहन गर्ने अधिकार कसैलाई पनि छैन ।’

नदीजन्य सामग्रीको दिर्घकालीन ब्यवस्थापन सम्बन्धी अध्यक्ष पौडेलले थालेको कामलाई गाउँपालिकाका सबै (१७ जना) कार्यपालिका सदस्य र कर्मचारीले साथ दिएका छन ।  राप्ती सोनारी-२ का वडाध्यक्ष ज्ञानेन्द्रराज ओलीले अनुगमनमा सबै जनासंगै हिँड्दा र प्राविधिकले नापजाँच गर्दा नदीजन्य सामग्रीबारे लुकेका धेरै तथ्य फेला पारिएको बताए ।

यो भिडियो पनि हेर्नुस् :

‘पहिलाको घाटगद्दी कति थियो, अहिलेको निकाल्दाखेरी फरक आइरहेको छ, हामीले कार्यपालिका बैठक बसेर यस विषयमा केही न केही रुपले नदीजन्य विषयलाई ब्यवस्थापन गर्छौ,’ उनले भने ।

राप्ती सोनारी-६ का वडाध्यक्ष लवराज खरेलले जनप्रतिनिधीमा निर्वाचित भइसकेपछि आफूहरुको ध्यान नदीजन्य सामग्री ब्यवस्थापनमै ध्यान गएको बताए । ‘हामी जनप्रतिनिधि हौं, हाम्रो काँधमा जिम्मेवारी छ, हामी रहँदासम्म गाउँपालिका र वडामा सुशासन कायम गर्छौ,’ खरेलले भने ।


प्रकाशित मिति: आइतबार, जेठ २२, २०७९  १६:०९
प्रतिक्रिया दिनुहोस्
थप विशेष
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित सोमबार, वैशाख २८, २०८३
कोहलपुरमा दुई दिनमा हटाइयो  १ सय ८ घर, टहरा
कोहलपुरमा दुई दिनमा हटाइयो १ सय ८ घर, टहरा सोमबार, वैशाख २८, २०८३
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो आइतबार, वैशाख २७, २०८३
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी आइतबार, वैशाख २७, २०८३
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा शनिबार, वैशाख २६, २०८३
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट शुक्रबार, वैशाख २५, २०८३
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ शुक्रबार, वैशाख २५, २०८३
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप बिहीबार, वैशाख २४, २०८३
संवैधानिक परिषद् बैठक बस्दै, प्रधानन्यायधीश नियुक्त गर्ने प्रक्रिया सुरु
संवैधानिक परिषद् बैठक बस्दै, प्रधानन्यायधीश नियुक्त गर्ने प्रक्रिया सुरु बिहीबार, वैशाख २४, २०८३
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि
शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्