Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • नदीजन्य पदार्थको अबैध उत्खनन् र ओसार-पसार रोक्ने प्रतिवद्धता 
नदीजन्य पदार्थको अबैध उत्खनन् र ओसार-पसार रोक्ने प्रतिवद्धता 
दूरसञ्‍चार
दूरसञ्‍चार मंगलबार, जेठ ३१, २०७९

नेपालगन्ज : जिल्लामा नदीजन्य पदार्थको दिर्घकालिन रुपले ब्यवस्थापन गर्नका लागि अबैध उत्खनन् र ओसार-पसार रोक्न जिल्लास्थित सरोकारवाला निकायले प्रतिवद्धता जनाएका छन् । जिल्ला समन्वय समिति बाँकेले सोमबार गरेको छलफलमा उपस्थित सरोकारवालाले यसका लागि प्रचलित नियम, कानुन अनुसार थप नियमन र ब्यवस्थापन कार्य गर्ने निर्णय गरेका हुन् । 

प्राकृतिक स्रोत, साधन तीन वटै तहको साझा कार्यसूची, नेपालको संविधानतः भएकाले यसको दिगो ब्यवस्थापन र उपयोग गर्न जिल्लाका सार्वजनिक निकाय, राजनीतिक दल र सरोकारवालाले आवश्यक सहयोग र समन्वय गरेर अगाडी बढ्ने समेत प्रतिवद्धता जनाए । 

जिल्लामा सबैभन्दा बढी नदीजन्य पदार्थको स्रोत रहेको राप्ती सोनारी गाउँकार्यपालिकाको यही जेठ १७ र २३ गतेको बैठकले नदीजन्य पदार्थको अबैध उत्खनन रोकेर दिर्घकालिन रुपले ब्यवस्थापन गर्ने निर्णय गरेको थियो । यस्तै गाउँकार्यपालिकाले जेठ १९ र २० गते स्थलगत रुपमा अनुगमन गरी नदीजन्य पदार्थको घाटगद्दी नापजाँच गरेको थियो । 

Jilla Anugaman Samiti Meeting1655147122.jpg

अनुगमनका क्रममा फेला परेका अबैध घाटगद्दी नियन्त्रण गर्न आवश्यक प्रक्रिया पुर्याएर जफत गर्ने पनि जिल्ला अनुगमन तथा ब्यवस्थापन समितिले निर्णय गरेको छ । यसका लागि गाउँपालिकाको स्टक प्रमाणितलाई आधार मानेर समितिले संयुक्त रुपमा सरोकारवालाको सहभागितामा जफत गर्ने निर्णय गरिएको छ । 

बैठकमा नदीजन्य पदार्थ ब्यवस्थापन गर्न राप्ती सोनारी गाउँपालिकाको प्रयास र अनुभव समेत सुनाइएको थियो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले अहिलेसम्म नदीजन्य पदार्थ ब्यवस्थापनका लागि राप्ती सोनारीले गरेका काम र प्रयासबारे प्रस्तुतीकरण गरेका थिए । 

सो क्रममा जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरी नदीजन्य पदार्थ ब्यवस्थापन गर्नका लागि सबै तहका सरकारबीच समन्वय र सहकार्य हुन आवश्यक रहेको बताए । ‘जिल्लामा नदीजन्य पदार्थ ब्यवस्थापन गर्ने काममा जिल्ला समन्वय समिति सबैको साथमा छ,’ उनले भने ‘सबैले हातेमालो गरेर नदीजन्य पदार्थको ब्यवस्थापन गरौं ।’ 

 

राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले नदीजन्य पदार्थलाई ब्यवस्थित गर्ने काममा गाउँकार्यपालिकाले हात हालिसकेकाले यसलाई पूर्णता दिन जिल्लाका सबै पक्षको साथ र सहयोग आवश्यक रहेको बताए ।

‘नदीजन्य पदार्थको अबैध दोहन नियन्त्रण गर्न गाउँपालिकाको सिंगो कार्यपालिका टिम लागेको छ, यसलाई सही सिस्टममा ल्याएपछि मात्र गाउँपालिकाले ठेक्का खोल्ने वातावरण बन्न सक्छ, नत्र हामीलाई गाह्रो हुने स्थिती छ ।’ 

जिल्लामा राप्ती सोनारीपछि डुडुवा पनि नदीजन्य पदार्थका हिसाबले दोस्रो धनी गाउँपालिकाको रुपमा चिनिन्छ । डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले नदीजन्य पदार्थ ब्यवस्थापनमा सँगै हातेमालो गरेर अगाडी बढ्नुपर्ने सुझाव दिए । ‘राप्ती सोनारीको जति समस्या डुडुवामा छैन, तर हामी कहाँपनि नदीजन्य पदार्थको दिर्घकालिन ब्यवस्थापन गर्नुपर्ने अवस्था चाही छ, यसका लागि साझा मुद्दा बनाएर अगाडी बढौं,’ उनले भने ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले नदीजन्य पदार्थ ब्यवस्थापन गर्दा आवश्यक पर्ने शान्ति सुरक्षामा आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।

‘नदीजन्य पदार्थ ब्यवस्थापन हुन थाल्दा म अत्यन्त खुसी भएको छु, यसका लागि आवश्यक पर्ने शान्ति सुरक्षाको सवालमा सहयोग गर्न म एकदम तयार छु र मैले सुरक्षा निकायका प्रमुखलाई पनि यसमा सहयोग गर्न भनिसकेको छु,’ उनले भने ।

बाँकेका प्रहरी प्रमुख(एसपी) श्यामकृष्ण अधिकारीले नदीजन्य पदार्थ ब्यवस्थापनमा गाउँपालिकाले थालेको काममा असहयोग गर्ने प्रहरीलाई ठाउँका ठाउँ कारबाही गर्ने बताए । ‘गाउँपालिकाले नदीजन्य पदार्थ ब्यवस्थापन गर्न थालेको काममा सहयोग गर्न सबै प्रहरी युनिटलाई मैले निर्देशन दिइसकेको छु, यदी कसैले सहयोग गरेन भने मलाई भन्नुस्, म ठाउँका ठाउँ कारबाही गर्छु,’ उनले भने । -नागरिकन्युजबाट 


प्रकाशित मिति: मंगलबार, जेठ ३१, २०७९  ००:४६
प्रतिक्रिया दिनुहोस्
थप विशेष
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित सोमबार, वैशाख २८, २०८३
कोहलपुरमा दुई दिनमा हटाइयो  १ सय ८ घर, टहरा
कोहलपुरमा दुई दिनमा हटाइयो १ सय ८ घर, टहरा सोमबार, वैशाख २८, २०८३
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो आइतबार, वैशाख २७, २०८३
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी आइतबार, वैशाख २७, २०८३
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा शनिबार, वैशाख २६, २०८३
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट शुक्रबार, वैशाख २५, २०८३
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ शुक्रबार, वैशाख २५, २०८३
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप बिहीबार, वैशाख २४, २०८३
संवैधानिक परिषद् बैठक बस्दै, प्रधानन्यायधीश नियुक्त गर्ने प्रक्रिया सुरु
संवैधानिक परिषद् बैठक बस्दै, प्रधानन्यायधीश नियुक्त गर्ने प्रक्रिया सुरु बिहीबार, वैशाख २४, २०८३
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि
शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्