Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
विशेष
  • Home
  • विशेष
  • नदीजन्य पदार्थको अबैध उत्खनन् र ओसार-पसार रोक्ने प्रतिवद्धता 
नदीजन्य पदार्थको अबैध उत्खनन् र ओसार-पसार रोक्ने प्रतिवद्धता 
दूरसञ्‍चार
दूरसञ्‍चार मंगलबार, जेठ ३१, २०७९

नेपालगन्ज : जिल्लामा नदीजन्य पदार्थको दिर्घकालिन रुपले ब्यवस्थापन गर्नका लागि अबैध उत्खनन् र ओसार-पसार रोक्न जिल्लास्थित सरोकारवाला निकायले प्रतिवद्धता जनाएका छन् । जिल्ला समन्वय समिति बाँकेले सोमबार गरेको छलफलमा उपस्थित सरोकारवालाले यसका लागि प्रचलित नियम, कानुन अनुसार थप नियमन र ब्यवस्थापन कार्य गर्ने निर्णय गरेका हुन् । 

प्राकृतिक स्रोत, साधन तीन वटै तहको साझा कार्यसूची, नेपालको संविधानतः भएकाले यसको दिगो ब्यवस्थापन र उपयोग गर्न जिल्लाका सार्वजनिक निकाय, राजनीतिक दल र सरोकारवालाले आवश्यक सहयोग र समन्वय गरेर अगाडी बढ्ने समेत प्रतिवद्धता जनाए । 

जिल्लामा सबैभन्दा बढी नदीजन्य पदार्थको स्रोत रहेको राप्ती सोनारी गाउँकार्यपालिकाको यही जेठ १७ र २३ गतेको बैठकले नदीजन्य पदार्थको अबैध उत्खनन रोकेर दिर्घकालिन रुपले ब्यवस्थापन गर्ने निर्णय गरेको थियो । यस्तै गाउँकार्यपालिकाले जेठ १९ र २० गते स्थलगत रुपमा अनुगमन गरी नदीजन्य पदार्थको घाटगद्दी नापजाँच गरेको थियो । 

Jilla Anugaman Samiti Meeting1655147122.jpg

अनुगमनका क्रममा फेला परेका अबैध घाटगद्दी नियन्त्रण गर्न आवश्यक प्रक्रिया पुर्याएर जफत गर्ने पनि जिल्ला अनुगमन तथा ब्यवस्थापन समितिले निर्णय गरेको छ । यसका लागि गाउँपालिकाको स्टक प्रमाणितलाई आधार मानेर समितिले संयुक्त रुपमा सरोकारवालाको सहभागितामा जफत गर्ने निर्णय गरिएको छ । 

बैठकमा नदीजन्य पदार्थ ब्यवस्थापन गर्न राप्ती सोनारी गाउँपालिकाको प्रयास र अनुभव समेत सुनाइएको थियो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले अहिलेसम्म नदीजन्य पदार्थ ब्यवस्थापनका लागि राप्ती सोनारीले गरेका काम र प्रयासबारे प्रस्तुतीकरण गरेका थिए । 

सो क्रममा जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरी नदीजन्य पदार्थ ब्यवस्थापन गर्नका लागि सबै तहका सरकारबीच समन्वय र सहकार्य हुन आवश्यक रहेको बताए । ‘जिल्लामा नदीजन्य पदार्थ ब्यवस्थापन गर्ने काममा जिल्ला समन्वय समिति सबैको साथमा छ,’ उनले भने ‘सबैले हातेमालो गरेर नदीजन्य पदार्थको ब्यवस्थापन गरौं ।’ 

 

राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले नदीजन्य पदार्थलाई ब्यवस्थित गर्ने काममा गाउँकार्यपालिकाले हात हालिसकेकाले यसलाई पूर्णता दिन जिल्लाका सबै पक्षको साथ र सहयोग आवश्यक रहेको बताए ।

‘नदीजन्य पदार्थको अबैध दोहन नियन्त्रण गर्न गाउँपालिकाको सिंगो कार्यपालिका टिम लागेको छ, यसलाई सही सिस्टममा ल्याएपछि मात्र गाउँपालिकाले ठेक्का खोल्ने वातावरण बन्न सक्छ, नत्र हामीलाई गाह्रो हुने स्थिती छ ।’ 

जिल्लामा राप्ती सोनारीपछि डुडुवा पनि नदीजन्य पदार्थका हिसाबले दोस्रो धनी गाउँपालिकाको रुपमा चिनिन्छ । डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले नदीजन्य पदार्थ ब्यवस्थापनमा सँगै हातेमालो गरेर अगाडी बढ्नुपर्ने सुझाव दिए । ‘राप्ती सोनारीको जति समस्या डुडुवामा छैन, तर हामी कहाँपनि नदीजन्य पदार्थको दिर्घकालिन ब्यवस्थापन गर्नुपर्ने अवस्था चाही छ, यसका लागि साझा मुद्दा बनाएर अगाडी बढौं,’ उनले भने ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले नदीजन्य पदार्थ ब्यवस्थापन गर्दा आवश्यक पर्ने शान्ति सुरक्षामा आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।

‘नदीजन्य पदार्थ ब्यवस्थापन हुन थाल्दा म अत्यन्त खुसी भएको छु, यसका लागि आवश्यक पर्ने शान्ति सुरक्षाको सवालमा सहयोग गर्न म एकदम तयार छु र मैले सुरक्षा निकायका प्रमुखलाई पनि यसमा सहयोग गर्न भनिसकेको छु,’ उनले भने ।

बाँकेका प्रहरी प्रमुख(एसपी) श्यामकृष्ण अधिकारीले नदीजन्य पदार्थ ब्यवस्थापनमा गाउँपालिकाले थालेको काममा असहयोग गर्ने प्रहरीलाई ठाउँका ठाउँ कारबाही गर्ने बताए । ‘गाउँपालिकाले नदीजन्य पदार्थ ब्यवस्थापन गर्न थालेको काममा सहयोग गर्न सबै प्रहरी युनिटलाई मैले निर्देशन दिइसकेको छु, यदी कसैले सहयोग गरेन भने मलाई भन्नुस्, म ठाउँका ठाउँ कारबाही गर्छु,’ उनले भने । -नागरिकन्युजबाट 


प्रकाशित मिति: मंगलबार, जेठ ३१, २०७९  ००:४६
प्रतिक्रिया दिनुहोस्
थप विशेष
बाँकेमै पहिलो पटक बैजनाथमा डिजिटल प्रविधिबाट सेवा प्रवाह 
बाँकेमै पहिलो पटक बैजनाथमा डिजिटल प्रविधिबाट सेवा प्रवाह  बिहीबार, असार १९, २०८२
पत्रकार दिलभूषणलाई २५ हजार धरौटीमा छाड्न आदेश
पत्रकार दिलभूषणलाई २५ हजार धरौटीमा छाड्न आदेश बिहीबार, असार १९, २०८२
राप्ती सोनारीमा तेस्रो चौमासिक सार्वजनिक सुनुवाई 
राप्ती सोनारीमा तेस्रो चौमासिक सार्वजनिक सुनुवाई  बुधबार, असार १८, २०८२
लुम्बिनी प्राविधिक विश्वविद्यालयले मनायो तेस्रो वार्षिक उत्सव
लुम्बिनी प्राविधिक विश्वविद्यालयले मनायो तेस्रो वार्षिक उत्सव बुधबार, असार १८, २०८२
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस  आइतबार, असार १५, २०८२
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु आइतबार, असार १५, २०८२
देशका विभिन्न भागमा आज भारी वर्षाको सम्भावना
देशका विभिन्न भागमा आज भारी वर्षाको सम्भावना शनिबार, असार १४, २०८२
एसईई नतिजा प्रकाशनको अन्तिम तयारी
एसईई नतिजा प्रकाशनको अन्तिम तयारी शुक्रबार, असार १३, २०८२
जानकीको नीति तथा कार्यक्रम : छोरी सम्झाउ कार्यक्रम लागु गरिने
जानकीको नीति तथा कार्यक्रम : छोरी सम्झाउ कार्यक्रम लागु गरिने सोमबार, असार ९, २०८२
लोकप्रीय
  • Week
  • Month
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
राप्ती सोनारीमा तेस्रो चौमासिक सार्वजनिक सुनुवाई 
राप्ती सोनारीमा तेस्रो चौमासिक सार्वजनिक सुनुवाई 
वेष्टर्न ट्राभल मार्ट-२०२५ को खर्च सार्वजनिक 
वेष्टर्न ट्राभल मार्ट-२०२५ को खर्च सार्वजनिक 
‘म पार्टी सभापति भएमा कार्यकर्तालाई अधिकतम न्याय गर्छु’ : सह-महामन्त्री राठौंर 
‘म पार्टी सभापति भएमा कार्यकर्तालाई अधिकतम न्याय गर्छु’ : सह-महामन्त्री राठौंर 
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
‘घुमौं राप्ती सोनारी, झुमौ राप्ती सोनारी’ अभियानलाई निरन्तरता दिइने 
‘घुमौं राप्ती सोनारी, झुमौ राप्ती सोनारी’ अभियानलाई निरन्तरता दिइने 
मेरो कथा
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
अन्तर्वार्ता
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’ दूरसञ्‍चार
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’ दूरसञ्‍चार
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्