Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
विशेष
  • Home
  • विशेष
  • आयोग र जनप्रतिनिधीको प्रतिवद्धता : भूमिहीन सुकुम्बासीलाई जग्गा वितरण र अब्यवस्थित बसोवास व्यवस्थापन गरिने
आयोग र जनप्रतिनिधीको प्रतिवद्धता : भूमिहीन सुकुम्बासीलाई जग्गा वितरण र अब्यवस्थित बसोवास व्यवस्थापन गरिने
दूरसञ्‍चार
दूरसञ्‍चार शनिबार, असार २५, २०७९

नेपालगन्ज : भूमिहिन दलित, भूमिहीन सुकुम्बासीलाई जग्गा वितरण गर्ने र अब्यवस्थित बसोवासको व्यवस्थापन गर्ने भूमि आयोग र बाँकेस्थित स्थानीय तहका जनप्रतिनिधीले प्रतिवद्धता जनाएका छन् । आयोगले नेपालगन्जमा शनिबार आयोजना गरेको अभिमुखिकरणमा उनीहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् । 

उक्त प्रतिवद्धता अनुसार विगतमा सूचना प्रकाशन भई भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको रूपमा वडामा दर्ता भएका निवेदनको वडा समितिले छानविनको प्रक्रिया यथाशिघ्र टुग्याउने, यसरी छानविन गर्दा निवेदनको पूर्णता परिक्षण गरिने भएको छ ।

यस्तै आफूले गरेको स्वघोषणाबारे पुनःजनकारी, झुटो विवरण दिदाँ हुने सजाय, आवश्यक परे स्थलगत निरीक्षण, सर्जमिन, परिवारका सदस्य वा अन्य छिमेकीको सहयोगमा छड्के चेकजाँच, सार्वजनिक सूचना, भूमिहीनको हकमा मालपोत कार्यालयबाट जग्गा भएको नभएको सम्बन्धमा पत्र मार्फत बुझ्ने, आवश्यक परे सार्वजनिक सुनुवाई गर्ने लगायतका प्रक्रिया पूरा गरी वास्तविक भूमिहीनको पहिचान गरी प्रमाणीकरणको कामलाई तीव्रता दिईने प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ । 

‘अव्यवस्थित बसोबासीको संकलित विवरण र तथ्यांकलाई समेत वडा समितिबाट यथाशिघ्र आवश्यक जाँचबुझ गरि स्वीकृतिका लागि सिफारिस गरिनेछ,’ प्रतिवद्धता पत्रमा भनिएको छ ‘वडा तहबाट पहिचान भई सदर निवेदनको आयोगको प्रणालीमा प्रविष्टि गर्ने कार्य छिटो सकिनेछ, केन्द्रीय आयोग, आयोगको जिल्ला समितिबाट वडा समिति र कार्यपालिकाबाट हुने काममा सहयोग, सहजीकरण र आवश्यक मार्गदर्शन हुनेछ ।’

आयोगसँग कार्यसहमति पत्रमा हस्ताक्षर भई सूचना प्रकाशन हुन बाँकि स्थानीय तहको आयोगबाट सूचना प्रकाशन पश्चात तोकिएकै समयमा लगत संकलन, निवेदन छानविन तथा प्रमाणीकरणको कार्य गरिने जनाइएको छ । 

लाभग्राहीको पहिचान र प्रमाणीकरण लगायत वितरण गर्ने जग्गाको पहिचान, सिमांकन, जग्गा नापी, विभिन्न तहको सिफारिस, प्रमाणीकरणको निर्णय, जग्गा दर्ताको निर्णय, श्रेस्ता पुर्जाको तयारी र वितरण लगायतको कार्यलाई तोकिएकै समयमा व्यवस्थित तबरले सम्पन्न गर्न स्थानीय तहसंगको समन्वयमा जिल्ला समितिले व्यवहारिक र एक योजना र कार्यतालिका बनाउने भएको छ । 

‘जिल्ला समितिको कार्ययोजनाको अधिनमा रही स्थानीय तहहरूले समेत आ-आफ्नो कार्ययोजना तयार गरी सो को कार्यन्वयनमा हामी स्थानीय तह, जिल्ला समिति र केन्द्रीय आयोग प्रतिवद्ध रहनेछौँ,’ प्रतिवद्धतामा भनिएको छ । भूमिहीन र अव्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउने कार्यमा खटिने कर्मचारीलाई निरन्तर पुर्नताजगी तालिमको व्यवस्था मिलाइने उल्लेख छ ।

अगाडी भनिएको छ, ‘वडा तहबाट भूमिहीनको पहिचान पश्चात कार्यपालिकाको सिफारिस सहित जिल्ला समितिको निर्णयबाट प्रमाणीकरण भएका भूमिहीन र ऐनको दफा ५२ ख (४) तथा नियम ४१ ख (४) मा उल्लेख भएका बाहेकका जग्गामा बसोबास गरी अव्यवस्थित बसोबासीको रूपमा निवेदन दिने लाभग्राहीको लागि उपलब्ध गर्ने जग्गाको पहिचान, एकिन हामी जिल्ला समितिका पदाधिकारी र स्थानीय तहहरुको सहयोग, समन्वय र सहकार्यमा गरिनेछ ।’

लाभग्राहीको लागि उपलब्ध गर्ने जग्गाको नाप नक्सा, सम्बन्धित भूमि लगत संकलन, नक्सा, निर्माण, कित्ता र क्षेत्रफल एकिन कार्यमा उपरोक्त बमोजिम तयार कार्ययोजना बमोजिम आवश्यक जनशक्तिको व्यवस्थापन गरिने प्रतिवद्धता पत्रमा जनाइएको छ । 

विगतका सुकुम्बासी आयोग, विभिन्न कार्यदल तथा जग्गा दर्ता समितिका बाँकी काम सम्बन्धी जिल्ला समितिमा परेका निवेदनमाथिको कारवाही यथाशिघ्र अगाडी बढाइने प्रतिवद्धता गरिएको छ । निवेदन फछर्याैट गर्न आवश्यक स्थलगत अध्ययान, सार्वजनिक मुचुल्का, उपलब्ध प्रमाण संकलन, स्थानीय र वडा तहको सिफारिस जुटाउन सबै पक्षको सहयोग हुनेछ ।

आगामी आर्थिक वर्षमा बाँके जिल्लाको हकमा आयोगले तोकेको संख्याको भूमिहीन र अव्यवस्थित बसोबासीको समस्या समाधान तथा जग्गाधनी पूर्जा वितरण गर्न आयोग, जिल्ला समिति र स्थानीय तहले प्रतिवद्धता जनाएका छन् ।

उक्त प्रतिवद्धता पत्रमा आयोगका केन्द्रिय अध्यक्ष केशव निरौला, प्रतिनिधी सभा कृषि प्राकृतिक स्रोत साधन समितिका सभापति पुर्णाकुमारी सुवेदी, आयोग बाँकेका अध्यक्ष सर्बनकुमार यादव, सदस्य मिना सिग्देल, अन्य पदाधिकारी, बाँकेस्थित विभिन्न स्थानीय तहका प्रमुख तथा उपप्रमुख, वडाअध्यक्ष, वडा सदस्य लगायतको हस्ताक्षर रहेको छ ।

Signature1657381248.jpg


प्रकाशित मिति: शनिबार, असार २५, २०७९  २१:१६
प्रतिक्रिया दिनुहोस्
थप विशेष
बाँकेमै पहिलो पटक बैजनाथमा डिजिटल प्रविधिबाट सेवा प्रवाह 
बाँकेमै पहिलो पटक बैजनाथमा डिजिटल प्रविधिबाट सेवा प्रवाह  बिहीबार, असार १९, २०८२
पत्रकार दिलभूषणलाई २५ हजार धरौटीमा छाड्न आदेश
पत्रकार दिलभूषणलाई २५ हजार धरौटीमा छाड्न आदेश बिहीबार, असार १९, २०८२
राप्ती सोनारीमा तेस्रो चौमासिक सार्वजनिक सुनुवाई 
राप्ती सोनारीमा तेस्रो चौमासिक सार्वजनिक सुनुवाई  बुधबार, असार १८, २०८२
लुम्बिनी प्राविधिक विश्वविद्यालयले मनायो तेस्रो वार्षिक उत्सव
लुम्बिनी प्राविधिक विश्वविद्यालयले मनायो तेस्रो वार्षिक उत्सव बुधबार, असार १८, २०८२
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस  आइतबार, असार १५, २०८२
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु आइतबार, असार १५, २०८२
देशका विभिन्न भागमा आज भारी वर्षाको सम्भावना
देशका विभिन्न भागमा आज भारी वर्षाको सम्भावना शनिबार, असार १४, २०८२
एसईई नतिजा प्रकाशनको अन्तिम तयारी
एसईई नतिजा प्रकाशनको अन्तिम तयारी शुक्रबार, असार १३, २०८२
जानकीको नीति तथा कार्यक्रम : छोरी सम्झाउ कार्यक्रम लागु गरिने
जानकीको नीति तथा कार्यक्रम : छोरी सम्झाउ कार्यक्रम लागु गरिने सोमबार, असार ९, २०८२
लोकप्रीय
  • Week
  • Month
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
राप्ती सोनारीमा तेस्रो चौमासिक सार्वजनिक सुनुवाई 
राप्ती सोनारीमा तेस्रो चौमासिक सार्वजनिक सुनुवाई 
वेष्टर्न ट्राभल मार्ट-२०२५ को खर्च सार्वजनिक 
वेष्टर्न ट्राभल मार्ट-२०२५ को खर्च सार्वजनिक 
‘म पार्टी सभापति भएमा कार्यकर्तालाई अधिकतम न्याय गर्छु’ : सह-महामन्त्री राठौंर 
‘म पार्टी सभापति भएमा कार्यकर्तालाई अधिकतम न्याय गर्छु’ : सह-महामन्त्री राठौंर 
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
‘घुमौं राप्ती सोनारी, झुमौ राप्ती सोनारी’ अभियानलाई निरन्तरता दिइने 
‘घुमौं राप्ती सोनारी, झुमौ राप्ती सोनारी’ अभियानलाई निरन्तरता दिइने 
मेरो कथा
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
अन्तर्वार्ता
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’ दूरसञ्‍चार
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’ दूरसञ्‍चार
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्