Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
समाज
  • Home
  • समाज
  • कोहलपुरमा स्वास्थ्यका कर्मचारी भरिभराउ, बार्षिक एक करोड आर्थिक भार
कोहलपुरमा स्वास्थ्यका कर्मचारी भरिभराउ, बार्षिक एक करोड आर्थिक भार
अर्जुन ओली
अर्जुन ओली शनिबार, साउन १४, २०७९

कोहलपुर : कोहलपुर नगरपालिकामा नेपाल सरकारबाट स्वीकृत दरबन्दीभन्दा बढी कर्मचारी रहेको पाइएको छ । स्वास्थ्य सेवा अन्तर्गत स्वीकृत दरबन्दीभन्दा बढी कर्मचारी हुँदा नगरपालिकालाई तलब भत्ता खुवाउन समस्या उत्पन्न भएको छ । कतिपय दुर्गम क्षेत्रका कार्यालयमा कर्मचारी अभावले सेवा प्रवाह गर्न समस्या हुने गरेको छ । तर, सुगम ठाउँका रुपमा चिनिने कोहलपुरमा भने कर्मचारी भरिभराउ भएका छन् । 

नगर प्रमुख पूर्णप्रसाद आचार्यका अनुसार उक्त नगरपालिकामा स्वास्थ्य सेवा अन्तर्गतका २१ जनाको स्वीकृत दरबन्दी हुनुपर्नेमा करिव १८ जना बढी कर्मचारी कार्यरत छन् । स्वीकृत दरबन्दीभन्दा ‘फाजिल’ कर्मचारी हुँदा नगरपालिकाले वार्षिक एक करोड बराबर आर्थिक भार बहन गर्नुपर्ने अवस्था रहेको आचार्यले बताए । यि सबै स्थायी प्रकृतिका कर्मचारी हुन् । उनीहरु अधिकांस चौथो, पाँचौं र छैठौं तहका अहेब, हेल्थ असिस्टेन्ट (एचए) लगायत रहेका छन् । 

ति कर्मचारीका लागि संघिय सरकारले ब्यवस्था नगरिदिदाँ आन्तरिक स्रोतबाट तलब, भत्ता खुवाउनै नसक्ने स्थितीमा पुगिएको नगरपालिकाले जनाएको छ । नगर प्रमुख आचार्यका अनुसार गत असारमा संघिय सरकारले उनीहरुलाई तलब भत्ता खुवाउन २५ लाख रुपैयाँ अपुग पठाएको थियो । तरपनि नगरपालिकाले अन्य शिर्षकको रकम जोहो गरेर उनीहरुलाई तलब भत्ता खुवाएको थियो । 

चालु आर्थिक वर्ष २०७९/८० मा भने स्वीकृत दरबन्दी भन्दाबढी रहेका ति कर्मचारीलाई तलब भत्ता उपलब्ध गराउन नसक्ने स्थितीमा पुगेको आचार्यले सुनाए । ‘नगरपालिकाले उनीहरुलाई आन्तरिक स्रोतबाट तलब भत्ता खुवाउन सक्ने स्थिती नै छैन, यदी संघिय सरकारले नै तलब भत्ता दिन्छ भने हाम्रो कुनै आग्रह र पुर्वाग्रह छैन,’ आचार्यले भने । विगतको कार्यपालिकाले मनपरी रुपमा कर्मचारीलाई सरुवा अनुमति दिदाँ नगरपालिकाले आर्थिक ब्ययभार खेप्नु परेको जनप्रतिनिधी बताउँछन् । 

नगरपालिकाको यही साउन ११ गते बसेको कार्यपालिका(बोर्ड) बैठकले पनि फाजिल कर्मचारीलाई फिर्ता पठाउने निर्णय गरिसकेको छ । नेपाल सरकारबाट स्वीकृत दरबन्दी भन्दाबढी रहेका स्वास्थ्य सेवा अन्तर्गतका कर्मचारीलाई नगरपालिकाबाट तलब भत्ता उपलब्ध गराउन नसकिने भएकोले त्यस्ता कर्मचारीलाई अन्यत्र ब्यवस्थापनका लागि सम्बन्धित मन्त्रालयमा फिर्ता पठाउने निर्णय नम्बर १० को ‘ङ’ मा उल्लेख छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकाल संस्थागत सुधार र सुशासन कायम गर्न तथा आर्थिक मितब्ययिता कायम गर्ने उद्देश्यले फाजिल कर्मचारीलाई फिर्ता पठाउने निर्णयमा पुगिएको बताउँछन् । ‘उनीहरु जहाँबाट आएका हुन्, ती कार्यालयमा पक्कै पनि कर्मचारी संख्या रिक्त छ वा करारका कर्मचारी भर्ना भएका होलान्,’ ढकालले भने ‘कर्मचारी कतै भरिभराउ हुने, कतै रिक्त हुनु राम्रो होइन ।’

Nirnaya_Kohalpur Nagarpalika1659196294.jpg


प्रकाशित मिति: शनिबार, साउन १४, २०७९  २१:३३
प्रतिक्रिया दिनुहोस्
थप समाज
बाँकेमै पहिलो पटक बैजनाथमा डिजिटल प्रविधिबाट सेवा प्रवाह 
बाँकेमै पहिलो पटक बैजनाथमा डिजिटल प्रविधिबाट सेवा प्रवाह  बिहीबार, असार १९, २०८२
पत्रकार दिलभूषणलाई २५ हजार धरौटीमा छाड्न आदेश
पत्रकार दिलभूषणलाई २५ हजार धरौटीमा छाड्न आदेश बिहीबार, असार १९, २०८२
राप्ती सोनारीमा तेस्रो चौमासिक सार्वजनिक सुनुवाई 
राप्ती सोनारीमा तेस्रो चौमासिक सार्वजनिक सुनुवाई  बुधबार, असार १८, २०८२
लुम्बिनी प्राविधिक विश्वविद्यालयले मनायो तेस्रो वार्षिक उत्सव
लुम्बिनी प्राविधिक विश्वविद्यालयले मनायो तेस्रो वार्षिक उत्सव बुधबार, असार १८, २०८२
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस  आइतबार, असार १५, २०८२
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु आइतबार, असार १५, २०८२
देशका विभिन्न भागमा आज भारी वर्षाको सम्भावना
देशका विभिन्न भागमा आज भारी वर्षाको सम्भावना शनिबार, असार १४, २०८२
एसईई नतिजा प्रकाशनको अन्तिम तयारी
एसईई नतिजा प्रकाशनको अन्तिम तयारी शुक्रबार, असार १३, २०८२
जानकीको नीति तथा कार्यक्रम : छोरी सम्झाउ कार्यक्रम लागु गरिने
जानकीको नीति तथा कार्यक्रम : छोरी सम्झाउ कार्यक्रम लागु गरिने सोमबार, असार ९, २०८२
लोकप्रीय
  • Week
  • Month
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
राप्ती सोनारीमा तेस्रो चौमासिक सार्वजनिक सुनुवाई 
राप्ती सोनारीमा तेस्रो चौमासिक सार्वजनिक सुनुवाई 
वेष्टर्न ट्राभल मार्ट-२०२५ को खर्च सार्वजनिक 
वेष्टर्न ट्राभल मार्ट-२०२५ को खर्च सार्वजनिक 
‘म पार्टी सभापति भएमा कार्यकर्तालाई अधिकतम न्याय गर्छु’ : सह-महामन्त्री राठौंर 
‘म पार्टी सभापति भएमा कार्यकर्तालाई अधिकतम न्याय गर्छु’ : सह-महामन्त्री राठौंर 
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
‘घुमौं राप्ती सोनारी, झुमौ राप्ती सोनारी’ अभियानलाई निरन्तरता दिइने 
‘घुमौं राप्ती सोनारी, झुमौ राप्ती सोनारी’ अभियानलाई निरन्तरता दिइने 
मेरो कथा
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
अन्तर्वार्ता
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’ दूरसञ्‍चार
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’ दूरसञ्‍चार
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्