Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • सरस्वती माध्यामिक बिद्यालय पनेरियामा चरम बेथिती
सरस्वती माध्यामिक बिद्यालय पनेरियामा चरम बेथिती
दूरसञ्‍चार
दूरसञ्‍चार बुधबार, साउन २५, २०७९
  • तीन वर्षदेखी छैन बिद्यालयको लेखापरिक्षण 
  • ब्यवस्थापन समिति अध्यक्षले नै चलाउँछन् बिद्यालयको खाता 

निर्मला चौधरी/बाँके (फत्तेपुर) : राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ मा रहेको सरस्वती माध्यामिक बिद्यालय पनेरियामा बेथिती बढेको छ । बिद्यालयले विगत तीन वर्षदेखी लेखा परिक्षण समेत गरेको छैन । यस्तै दुई वर्षदेखी बिद्यार्थीलाई छात्रबृत्ती वितरण गरिएको छैन । 

बिद्यालयमा बढेको बेथितीका कारण शैक्षिक गुणस्तर खस्किनुका साथै आर्थिक सुशासन समेत कायम हुन नसकेको अभिभावक बताउँछन् । बिद्यालयमा कार्यरत कतिपय शिक्षकले लामो समयदेखी तलब खान पाएका छैनन्, भने केही शिक्षकले बिद्यालयमा अध्यापन गरिरहँदा समेत नियुक्ती पत्र पाएका छैनन् । बिद्यालयमा एउटै ब्यक्तिले बिद्यालय ब्यवस्थापन समितिको अध्यक्ष भएर चलाइरहने, प्रधानाध्यापक फेरबदल भइरहने, बिद्यालयको हिसाब किताब भद्रगोल हुन थालेपछि अभिभावकले असन्तुष्टी ब्यक्त गरेका हुन् । 

बिद्यालयमा मौलाएको बेथिती रोक्न यतिबेला वडा नम्बर ६ का वडाअध्यक्ष लवराज खरेल सक्रिय भइरहेका छन् । विगत २२ वर्षदेखी बिद्यालय ब्यवस्थापन समितिको अध्यक्ष हुँदै आएका राजकुमार बुढाकै हस्ताक्षरमा बिद्यालयको खाता सञ्चालनमा छ । जबकी नियम अनुसार बिद्यालयको खाता प्रधानाध्यापक र लेखापालको संयुक्त हस्ताक्षरमा चलाउनुपर्छ । तर, उक्त बिद्यालयमा ब्यवस्थापन समितिका अध्यक्ष र प्रअको संयुक्त खाता चलिरहेको छ । 

‘म यो बिद्यालयलाई सुधार्ने अभियानमा छु, केही ब्यक्तिहरु मेरो अभियानलाई बाधा पुर्याउन खोज्दैछन्,’ खरेलले भने ‘गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडल ज्यूले पनि मलाई पुरै सहयोग गर्नु भएको छ, राम्रो काममा सबैको साथ पाइएको छ ।’ बिद्यालयमा बेथिती बढिरहँदा वडा कार्यालय टुलुटुलु हेरेर नबस्ने उनको भनाई छ । 

Sarshoti mavi1660142621.jpg

विगतमा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्षले आर्थिक अनियमितता गर्नका लागि धमाधम गुणस्तरहिन भवन मात्र बनाउन ध्यान दिएको तर, शिक्षाको गुणस्तर खस्किएको खरेल बताउँछन् । बिद्यालयको ब्यवस्थापन कमजोर हुँदा कार्यरत प्रधानाध्यापक र शिक्षकहरु मनपरी रुपले चलेको उनले सुनाए । बिद्यालयमा बढेको बेथिती रोक्न गाउँपालिका शिक्षा शाखा पनि आँखा चिम्लेर बसेको भन्दै अभिभावकको गुनासो छ । 

करिव तीन वर्षअघि उक्त बिद्यालयमा ईन्द्र ओली प्रधानाध्यापकको जिम्मेवारीमा थिए । त्यहाँ बसेर बिद्यालय ब्यवस्थापन समितिसँग काम गर्ने वातावरण नबनेपछि उनले प्रधानाध्यापक पदबाट राजिनामा दिएका थिए । ओलीले बिद्यालयमा कार्यरत रहँदा लेखा परिक्षण गराउन सकेनन् । बिद्यालयको गन्जागोल हिसाब मिलाउन नसकेपछि उनी प्रधानाध्यापक पदमा बसिरहन नसकेका हुन् । 

बिद्यालयले त्यसपछि शिक्षक मुकेश यादवलाई प्रधानाध्यापकमा नियुक्त गर्यो । उनले पनि लेखा परिक्षण गराउन सकेनन् । त्यसपछि मुकेश पनि धेरै समय सम्म टिकेनन् । मुकेशको राजिनामा पछि ब्यवस्थापन समितिले सुर्य कार्कीलाई प्रधानाध्यापकमा नियुक्त गर्यो ।

प्रअ कार्की र बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बुढाको संयुक्त हस्ताक्षरमा खाता सञ्चालन गरियो । तर, कार्की पनि नियमित रुपमा बिद्यालय आउन छाडे । ‘पछिल्लो समयमा प्रधानाध्यापक सुर्य कार्की बिद्यालयमा ५७ दिनसम्म पनि अनुपस्थित भएको रेकर्ड देखियो,’ वडाअध्यक्ष खरेलले भने ‘बिद्यालयमा आएर बिहान र बेलुकाको हाजिरी एकै चोटी गर्ने, आफ्नो जिम्मेवारीबाट पन्छिन थालेको पाइयो ।’ बिद्यालयमा अनियमित हुने प्रअ कार्कीले केहीदिन अघि प्रअ पदबाट राजिनामा दिइसकेका छन् । 

स्वास्थ्यको समस्या देखाउँदै कार्कीले दिएको राजिनामा स्वीकृत गरेर बिद्यालयले पुनः अर्का प्रधानाध्यापकलाई नियुक्त गरिसकेको जनाएको छ । तीन वर्षदेखी बिद्यालयको लेखा परिक्षण नभएकै कारण माबि तहका शिक्षक महारुप जैशी र निमाबि तहका शिक्षक जितबहादुर जिएमले प्रअको जिम्मेवारी लिन नमानेको वडाअध्यक्ष खरेलको भनाई छ । विगत २२ वर्षको अवधिमा करिव १२ जना प्रधानाध्यापक फेरबदल भइसकेको बताइएको छ । 

यता बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बुढा भने वडाअध्यक्ष खरेलको आरोपप्रति सहमत छैनन् । फुसको छानो भएको बिद्यालयलाई अगाडी बढाएर आफुले यहाँसम्म ल्याएको र बिद्यालय सञ्चालनका क्रममा राजनीतिक हस्तक्षेप गरेर समस्या सिर्जना गर्न खोजेको लगाएका छन् । ‘बिद्यालयलाई यो अवस्थासम्म ल्याउन मेरो धेरै रगत र पसिना बगेको छ, त्यो कुरालाई भुल्नु हुदैन,’ उनी भन्छन् ।  


प्रकाशित मिति: बुधबार, साउन २५, २०७९  २०:२४
प्रतिक्रिया दिनुहोस्
थप विशेष
ग्याँस अभाव र समाधानबारे लिखित जवाफ दिन सर्वाेच्चकाे आदेश
ग्याँस अभाव र समाधानबारे लिखित जवाफ दिन सर्वाेच्चकाे आदेश शुक्रबार, फागुन २९, २०८२
किशोरी साहको रिटमा सुनुवाइ सकियो
किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
इनिशालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन
इनिशालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन बिहीबार, फागुन २८, २०८२
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही' सोमबार, फागुन २५, २०८२
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन आइतबार, फागुन २४, २०८२
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन 
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन  बुधबार, फागुन २०, २०८२
मौन अवधिमा बाँकेमा  आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण
मौन अवधिमा बाँकेमा आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण मंगलबार, फागुन १९, २०८२
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते मंगलबार, फागुन १९, २०८२
तराई मधेशमा आज मनाइँदै होली पर्व
तराई मधेशमा आज मनाइँदै होली पर्व मंगलबार, फागुन १९, २०८२
लोकप्रीय
  • Week
  • Month
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
बाँके २ मा एमालेका राई निर्वाचित 
बाँके २ मा एमालेका राई निर्वाचित 
मेयर कप क्रिकेटमा लायन किङ्स विजयी ‎
मेयर कप क्रिकेटमा लायन किङ्स विजयी ‎
बाँके-३ मा रास्वपाका सुनार निर्वाचित 
बाँके-३ मा रास्वपाका सुनार निर्वाचित 
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्