Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • अदानचुली गाउँपालिकाको भ्रष्टाचार मुद्दामा लेखापाल थापालाई उन्मुक्ती !
अदानचुली गाउँपालिकाको भ्रष्टाचार मुद्दामा लेखापाल थापालाई उन्मुक्ती !
दूरसञ्‍चार
दूरसञ्‍चार शुक्रबार, साउन २७, २०७९

नेपालगन्ज : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्णाली प्रदेशको हुम्लामा रहेको अदानचुली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टकदत्त प्याकुरेलसहित चार जनाविरुद्ध केहीदिन अघि भ्रष्टाचारको मुद्दा दर्ता गर्यो । 

उक्त गाउँपालिकाको वडा नम्बर १ थलान्नादेखि कल्खेसम्म र वडा नम्बर ४ को लौठीदेखि रिल्म हुँदै बिगोठीसम्मको सडक निर्माणमा ठेकेदारले गरेको वास्तविक कामभन्दा नापी किताबमा बढी काम देखाएर फर्जी बील बनाई रकम भुक्तानी गरेको आरोपमा अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । 

अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार निमित्त प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलसँगै गाउँपालिकाका इन्जिनियर मकरध्वज शाही, सव-इन्जिनियर विनोद थापा र ठेकेदर गणेश भण्डारीविरुद्ध मुद्दा दर्ता भइसकेको छ । तर, फर्जी बील बनाएर भुक्तानी गर्ने कार्यमा प्रत्यक्ष संलग्न रहेका गाउँपालिकाका लेखापाल दत्तबहादुर थापामाथी भने अख्तियारले अनुसन्धान नै गर्न चाहेन । जबकी, कुनैपनि कार्यालयको बैंक खाता कार्यालय प्रमुख र लेखा प्रमुखको संयुक्त हस्ताक्षरबाट सञ्चालन गर्ने ब्यवस्था छ ।

उक्त गाउँपालिकामा पनि निमित्त प्रमुख प्रशासकीय अधिकृत प्याकुरेल र लेखापाल थापाकै संयुक्त हस्ताक्षरबाट सञ्चालनमा रहेको थियो । अख्तियारले निमित्त प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलमाथी छानविन गरी मुद्दा दर्ता गर्दा लेखापाल थापाले उन्मुक्ती पाएपछि अहिले अदानचुलीका बासिन्दा निकै आश्चर्यमा परेका छन् । अहिले अख्तियारका कर्मचारीको अनुसन्धानमाथी नै प्रश्न उठिरहेको छ ।

योजनाको भुक्तानी दिदाँ निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित लेखापाल थापाको संलग्नता रहँदा पनि अख्तियारले आँखा चिम्लिएको अदानचुलीका स्थानीय बासिन्दा बताउँछन् । ‘कुनैपनि योजनाको भुक्तानीका लागि कार्यालय प्रमुखले तोक लगाईसकेपछि लेखापालले चेक तयार गर्छ, तर भुक्तानी दिन मिल्ने या नमिल्ने हो, सबै कागजात हेरेर मात्र लेखापालले चेक तयार गर्नुपर्ने हुन्छ,’ अदानचुलीका एक स्थानीयले भने ‘यदी कुनै योजना र कार्यक्रमका लागि भुक्तानी दिइन्छ, भने त्यसको जवाफदेही कार्यालय प्रमुख र लेखा प्रमुख दुबै हुन्छन् ।’

कार्यालय प्रमुखविरुद्ध मुद्दा चलाउने र लेखा प्रमुखलाई मुद्दा नचलाएर अख्तियारले पक्षपातपूर्ण काम गरेको स्थानीय बासिन्दाको आरोप छ । भ्रष्टाचार आरोपमा मुद्दा खेपेका कर्मचारीहरु पनि अख्तियारको अनुसन्धान शैलीबाट सन्तुष्ट छैनन् । निमित्त प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलले लेखापाललाई उन्मुक्ती दिएर अख्तियारले आफुसहित चार जना विरुद्ध मात्र मुद्दा दर्ता गर्नु आफैमा शंकास्पद रहेको बताए । ‘लेखापाल र मेरो संयुक्त हस्ताक्षर चलेको हो, तर लेखापाललाई उन्मुक्ती दिन खोज्नु शंकास्पद छ,’ उनले टेलिफोनमा भने । यस विषयमा लेखापाल थापालाई शुक्रबार अपरान्ह फोन सम्पर्क गर्दा उनले कुरा गर्न चाहेनन् । 

कर्मचारीले झुटा बील बनाएर २१ लाख ४७ हजार ४ सय ९२ रुपैयाँ ७३ पैसा बढी भुक्तानी गरेको अख्तियारको जिकिर छ । विशेष अदालत काठमाडौं समक्ष आरोपीविरुद्ध भ्रष्टाचार निवारण ऐन अनुसार ३ महिनादेखि ३ वर्षसम्म कैद गर्न र विगो बराबरको जरिवाना असुल गर्न अख्तियारले माग समेत गरेको छ ।


प्रकाशित मिति: शुक्रबार, साउन २७, २०७९  १७:४२
प्रतिक्रिया दिनुहोस्
थप विशेष
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित सोमबार, वैशाख २८, २०८३
कोहलपुरमा दुई दिनमा हटाइयो  १ सय ८ घर, टहरा
कोहलपुरमा दुई दिनमा हटाइयो १ सय ८ घर, टहरा सोमबार, वैशाख २८, २०८३
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो आइतबार, वैशाख २७, २०८३
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी आइतबार, वैशाख २७, २०८३
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा शनिबार, वैशाख २६, २०८३
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट शुक्रबार, वैशाख २५, २०८३
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ शुक्रबार, वैशाख २५, २०८३
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप बिहीबार, वैशाख २४, २०८३
संवैधानिक परिषद् बैठक बस्दै, प्रधानन्यायधीश नियुक्त गर्ने प्रक्रिया सुरु
संवैधानिक परिषद् बैठक बस्दै, प्रधानन्यायधीश नियुक्त गर्ने प्रक्रिया सुरु बिहीबार, वैशाख २४, २०८३
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि
शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्