Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  • अलपत्रमै पर्यो नेपालगन्ज-कोहलपुर सडक विस्तार योजना 
अलपत्रमै पर्यो नेपालगन्ज-कोहलपुर सडक विस्तार योजना 
दूरसञ्‍चार
दूरसञ्‍चार शुक्रबार, भदौ ३, २०७९

नेपालगन्ज : कोहलपुर सडक विस्तार योजना बीचमै अलपत्र परेको छ । सडक डिभिजन कार्यालय नेपालगन्जले उक्त सडक खण्ड विस्तार गर्ने अनेक प्रयास गरे पनि बीचमै अलपत्र परेको हो । सडक क्षेत्रमा परेका निजी र सरकारी संरचना हटाउन अटेरी गर्दा उक्त योजना अलपत्र परेको सडक डिभिजन कार्यालयका कर्मचारी बताउँछन् । 

सडक डिभिजन कार्यालयले स्थानीय तहको निर्वाचनअगाडि यी ठाउँका संरचना हटाउने प्रयास गरे पनि घरधनीको अटेरी, राजनीतिक दबाबलगायत कारणले गर्दा बीचमै रोकिन पुगेको थियो । सडक डिभिजनले चार महिना अघि रोकिएको काम अझै सुरु गर्न सकेको छैन ।

सडक डिभिजन कार्यालय नेपालगन्जका प्रमुख होमबहादुर एसीले नेपालगन्ज-कोहलपुर सडक विस्तार योजना विविध कारणले अगाडि बढाउन नसकिएको बताए। ‘अहिलेसम्म साइड क्लियर नै भएको छैन, कतिपय घरधनीको अटेरी, चुनाव र बर्खायामका कारण यो काम बीचमै रोकिन पुगेको हो,’ उनले भने। उक्त सडक खण्ड १० वर्ष अगाडी पनि स्तरोन्नति गरी चार लेनमा बनाइएको थियो ।

सडकको बीच भागबाट २५/२५ मिटर कायम रहेको उक्त खण्ड अन्तर्गत नेपालगन्जको गणेशमान चोकदेखि कारकाँदोस्थित प्रहरी तालिम केन्द्रसम्म र कोहलपुर बजार क्षेत्रलाई सरकारले तत्कालीन समयमा बस्ती क्षेत्र घोषणा गरेको थियो । अहिले उक्त खण्डलाई पुनः विस्तार गरेर बस्ती क्षेत्रमै २१/२१ मिटर र अन्य क्षेत्रमा २५/२५ मिटरमा विस्तार गर्ने योजना रहेको सडक डिभिजन प्रमुख एसी बताउँछन् ।

नेपालगन्जको गणेशमान चोक, धम्बोझी चोक, कारकाँदो चोक, राँझा चोक र कोहलपुरको त्रिभुवन मावि चोकमा आकाशे पुल निर्माण गर्न कार्यालयले ठेक्का समेत खोलिसकेको छ । करिब १० करोड रूपैयाँको लागतमा आकाशे पुल निर्माण गर्न ठेक्का खोलिएको डिभिजन प्रमुख एसीले बताए ।

सडकभित्र परेका भौतिक संरचना नहटाउँदा ठेक्का प्रक्रियामै जान नसकिएको सडक डिभिजन कार्यालयले जनाएको छ । भौतिक संरचना खाली गर्न समय लाग्ने भएकाले सुरुमै ठेक्का प्रक्रियामा जान नसकिएको कर्मचारी बताउँछन् । सडक विस्तारको योजना अगाडि बढाउनका लागि सडक डिभिजन कार्यालयले स्थानीय राजनीतिक दल, नागरिक समाज, उद्योग वाणिज्य संघबीच पहिला सहमति कायम हुनुपर्ने जनाएको छ ।

स्थानीय चुनावअगाडि राजनीतिक दलबीच सहमति भए पनि सर्वपक्षीय रूपमा सहमति हुन सकेको थिएन । सर्वपक्षीय सहमतिविना एक्लो प्रयासले अगाडि बढ्न कठिन हुने सडक डिभिजन कार्यालयले जनाएको छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनअगाडि यो काम गर्न सम्भव पनि नहुने कर्मचारीको बुझाइ छ । 

आकाशे पुल, सडक स्तरोन्नति र बत्ती जडान गर्न अलग्गै ठेक्का

नेपालगन्ज-कोहलपुर सडक विस्तारको काम अलपत्र परेकै बेला कार्यालयले उक्त खण्डमा आकाशे पुल, सडक स्तरोन्नति र सडक बत्ती जडानको काम गर्ने प्रक्रिया सुरु गरेको छ । कार्यालयका अनुसार नेपालगन्ज र कोहलपुरमा गरी विभिन्न ५ स्थानमा आकाशे पुल निर्माण गर्न लागिएको हो ।

नेपालगन्जको गणेशमान चोक, धम्बोझी चोक, कारकाँदो चोक, राँझा चोक र कोहलपुरको त्रिभुवन मावि चोकमा आकाशे पुल निर्माण गर्न कार्यालयले ठेक्का समेत खोलिसकेको छ । करिब १० करोड रूपैयाँको लागतमा आकाशे पुल निर्माण गर्न ठेक्का खोलिएको डिभिजन प्रमुख एसीले बताए ।

यस्तै नेपालगन्ज–कोहलपुर खण्ड अन्तर्गत जमुनाहादेखी राँझासम्म रहेको १०.८ किमी क्षेत्रलाई स्तरोन्नती गर्ने प्रक्रिया अगाडि बढाइएको छ । कुल ३३ करोड रूपैयाँको लागतमा ‘अस्फाल्ड’ प्रविधिको सडक स्तरोन्नति गर्न लागिएको हो ।यसअघि पप्पु कन्स्ट्रक्सन कम्पनीले निर्माण गरेको ‘डिबिएसटी’ प्रविधिको कालोपत्र छोटो समयमै उप्किएपछि सडक डिभिजन कार्यालयले मर्मत कार्य गर्दै आएको थियो ।

कार्यालयले गतवर्षको बजेटबाट राँझादेखि कोहलपुरसम्मको खण्डमा भने डिबिएसटी प्रविधिकै सडक स्तरोन्ति गरिसकेको र यसपटक राँझा–जमुनाहा खण्डमा नयाँ प्रविधिमा सडक स्तरोन्नति गर्न लागिएको कार्यालयका सब–इन्जिनियर राजेन्द्र पाण्डे बताउँछन । यसैगरी, उक्त खण्डको जमुनाहादेखी मनिकापुरसम्म रहेको १३ किलोमिटर क्षेत्रमा सडक बत्ती जडान गर्ने प्रक्रिया सुरु गरिएको कार्यालयले जनाएको छ ।

कुल ७ करोड रूपैयाँको लागतमा ठेक्का समेत खोलिसकेको डिभिजन प्रमुख एसपीले प्रष्ट्याए । उक्त खण्डमा यसअघि नेपालगन्ज उपमहानगरपालिकाले सोलार बत्ती जडान गरे पनि अधिकांश बत्ती बिग्रिएर काम नलाग्ने अवस्थामा पुगेका छन । यी तीनवटै योजनाको ठेक्का प्रक्रियाको सबै काम दसैअगाडिसम्म सम्पन्न हुने र तिहार पछाडि निर्माण कार्य दु्रत गतिमा अगाडि बढाउने सडक डिभिजन कार्यालयको योजना छ ।  -नागरिक दैनिकबाट 


प्रकाशित मिति: शुक्रबार, भदौ ३, २०७९  १५:४०
प्रतिक्रिया दिनुहोस्
थप समाज
ग्याँस अभाव र समाधानबारे लिखित जवाफ दिन सर्वाेच्चकाे आदेश
ग्याँस अभाव र समाधानबारे लिखित जवाफ दिन सर्वाेच्चकाे आदेश शुक्रबार, फागुन २९, २०८२
किशोरी साहको रिटमा सुनुवाइ सकियो
किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
इनिशालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन
इनिशालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन बिहीबार, फागुन २८, २०८२
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही' सोमबार, फागुन २५, २०८२
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन आइतबार, फागुन २४, २०८२
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन 
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन  बुधबार, फागुन २०, २०८२
मौन अवधिमा बाँकेमा  आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण
मौन अवधिमा बाँकेमा आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण मंगलबार, फागुन १९, २०८२
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते मंगलबार, फागुन १९, २०८२
तराई मधेशमा आज मनाइँदै होली पर्व
तराई मधेशमा आज मनाइँदै होली पर्व मंगलबार, फागुन १९, २०८२
लोकप्रीय
  • Week
  • Month
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
बाँके २ मा एमालेका राई निर्वाचित 
बाँके २ मा एमालेका राई निर्वाचित 
मेयर कप क्रिकेटमा लायन किङ्स विजयी ‎
मेयर कप क्रिकेटमा लायन किङ्स विजयी ‎
बाँके-३ मा रास्वपाका सुनार निर्वाचित 
बाँके-३ मा रास्वपाका सुनार निर्वाचित 
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्