Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
विशेष
  • Home
  • विशेष
  • हातमा लालपुर्जा छ, छैन जग्गाको श्रेस्ता 
हातमा लालपुर्जा छ, छैन जग्गाको श्रेस्ता 
दूरसञ्‍चार
दूरसञ्‍चार सोमबार, भदौ ६, २०७९
नेपालगन्जस्थित भुमि आयोग बाँकेको कार्यालयमा पुगेका पीडित ।

नेपालगन्ज : कोहलपुर नगरपालिका वडा नम्बर ९ भवानीपुरका गोपालप्रसाद खनालसँग जग्गाको लालपुर्जा छ । तर, त्यो जग्गा श्रेस्ता मालपोत कार्यालयमा कतै छैन । जग्गाको श्रेस्ता कायम गराउन सुकुम्वासी समस्या समाधान आयोगमा उनले धाउन थालेको दशकौं समय बितिसकेको छ । तरपनि अहिलेसम्म उनले जग्गाको श्रेस्ता कायम गराउन सकेका छैनन । 

तत्कालिन आयोगले उनको जग्गा नापजाँच गरेर लालपुर्जा दिएपनि श्रेस्ता कायम नगरिदिदाँ उनी बञ्चित छन् । ‘म २०४६ सालदेखी जग्गामा बस्दै आएको छु, जग्गाको लालपुर्जा छ, तर श्रेस्ता कायम भएको छैन,’ उनले भने ‘सरकार फेरबदल भएसँगै आयोग गठन हुन्छ, पार्टीले पालेको जस्तो आयोग भयो ।’ 

हरेक पटक गठन हुने आयोगले आफुहरुलाई फाराम मात्रै भर्न लगाउने तर, काम अधुरै छाड्ने गरेको खनालको गुनासो छ । आफुले २०६७ सालमा आयोगलाई जग्गाको लागि १ लाख १२ हजार रुपैयाँ बुझाएको र हरेक वर्ष वडा कार्यालयमा कर तिरको रसिद पनि सुरक्षित रहेको बताए । ‘एउटै प्रकृतीको जग्गामा मेरो घरसँगै जोडिएका छिमेकीले लालपुर्जा पाए र श्रेस्ता कायम भयो, हाम्रो काम भएको छैन,’ उनले थपे ।

कोहलपुर ९ कै नन्दराम थारुले पनि जग्गाको श्रेस्ता कायम नहुँदा हेरानी खेपिरहेका छन् । बुवा÷बाजेले उपयोग गर्दै आएको आफ्नो जग्गालाई हरेक पटक गठन हुने आयोगले नापजाँच गर्छ । साथमा लालपुर्जा पनि छ, तर जग्गाको श्रेस्ता कायम छैन । जग्गाको श्रेस्ता नहुँदा लालपुर्जा प्रयोग विहिन भइरहेको उनी बताउँछन् । 

Lal Purja1661132420.jpg

२०४६ सालदेखी कयौं पटक गठन भएका आयोगले जग्गा नापजाँच गरेपनि अहिलेसम्म श्रेस्ता कायम हुन नसकेको थारुले दुखेसो पोखे । जग्गाको श्रेस्ता कायम नहुँदा बैंकिङ कारोबार लगायत कुनैपनि कानुनी कामकाज गर्न नपाएको उनले सुनाए । ‘हातमा लालपुर्जा छ, तर जग्गाको श्रेस्ता नै छैन, यसरी हामी कहिलेसम्म आयोगको कार्यालयमा धाईरहने हो ?’ उनले प्रश्न गरे । 

नेपालगन्ज-कोहलपुर सडकसँगै जोडिएको उक्त गाउँमा अन्य थुप्रै ब्यक्तिहरु दशकौंदेखी जग्गाको श्रेस्ता कायम गराउनबाट बञ्चित भइरहेका छन् । जग्गाको अधिकारका लागि आयोगमा धाउँदा धाउँदै कयौं ब्यक्तिको मृत्यु भइसकेको छ । जिल्लास्थित भुमि आयोगको कार्यालयमा अहिले पनि उनीहरु जस्ता थुप्रै ब्यक्तिहरु जग्गाको श्रेस्ता कायम गराउन दिनहुँ धाईरहेका छन् । 

आयोगका अध्यक्ष सर्बनकुमार यादवसँग त्यस्ता पीडित ब्यक्तिलाई सम्झाई बुझाई गर्नु बाहेक अर्को विकल्प छैन । विगतका आयोगले छाडेका अधुरा कामले धेरै जनाले सास्ती पाइरहेको उनी बताउँछन् । ‘विगतका आयोगले गरेका कुनैपनि कामको प्रमाण हामीले भेटाउन सकेका छैनौं, प्रायःजसो ब्यक्तिको हातमा लालपुर्जा छ, कसैको श्रेस्ता पनि छ, तर मालपोतमा रेकर्ड छैन,’ अध्यक्ष यादवले भने ।

राष्ट्रिय भुमि आयोग २०७८ ले दिएको अधिकार अनुसार आफुहरुले जिल्लामा काम गर्न खोजिरहेको उनी बताउँछन् । ‘विगतका अधुरा केही कामहरु हामी चुनाव अगाडी सम्पन्न गर्ने योजनामा छौं,’ यादवले थपे । विगतमा आयोगले संकलन गरेका करिव ८ वटा जति फाईल आफुहरुसँग रहेको जानकारी दिए । 

भिडियो हेर्नुुस् :


प्रकाशित मिति: सोमबार, भदौ ६, २०७९  ०७:१४
प्रतिक्रिया दिनुहोस्
थप विशेष
बाँकेमै पहिलो पटक बैजनाथमा डिजिटल प्रविधिबाट सेवा प्रवाह 
बाँकेमै पहिलो पटक बैजनाथमा डिजिटल प्रविधिबाट सेवा प्रवाह  बिहीबार, असार १९, २०८२
पत्रकार दिलभूषणलाई २५ हजार धरौटीमा छाड्न आदेश
पत्रकार दिलभूषणलाई २५ हजार धरौटीमा छाड्न आदेश बिहीबार, असार १९, २०८२
राप्ती सोनारीमा तेस्रो चौमासिक सार्वजनिक सुनुवाई 
राप्ती सोनारीमा तेस्रो चौमासिक सार्वजनिक सुनुवाई  बुधबार, असार १८, २०८२
लुम्बिनी प्राविधिक विश्वविद्यालयले मनायो तेस्रो वार्षिक उत्सव
लुम्बिनी प्राविधिक विश्वविद्यालयले मनायो तेस्रो वार्षिक उत्सव बुधबार, असार १८, २०८२
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस  आइतबार, असार १५, २०८२
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु आइतबार, असार १५, २०८२
देशका विभिन्न भागमा आज भारी वर्षाको सम्भावना
देशका विभिन्न भागमा आज भारी वर्षाको सम्भावना शनिबार, असार १४, २०८२
एसईई नतिजा प्रकाशनको अन्तिम तयारी
एसईई नतिजा प्रकाशनको अन्तिम तयारी शुक्रबार, असार १३, २०८२
जानकीको नीति तथा कार्यक्रम : छोरी सम्झाउ कार्यक्रम लागु गरिने
जानकीको नीति तथा कार्यक्रम : छोरी सम्झाउ कार्यक्रम लागु गरिने सोमबार, असार ९, २०८२
लोकप्रीय
  • Week
  • Month
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
राप्ती सोनारीमा तेस्रो चौमासिक सार्वजनिक सुनुवाई 
राप्ती सोनारीमा तेस्रो चौमासिक सार्वजनिक सुनुवाई 
वेष्टर्न ट्राभल मार्ट-२०२५ को खर्च सार्वजनिक 
वेष्टर्न ट्राभल मार्ट-२०२५ को खर्च सार्वजनिक 
‘म पार्टी सभापति भएमा कार्यकर्तालाई अधिकतम न्याय गर्छु’ : सह-महामन्त्री राठौंर 
‘म पार्टी सभापति भएमा कार्यकर्तालाई अधिकतम न्याय गर्छु’ : सह-महामन्त्री राठौंर 
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
‘घुमौं राप्ती सोनारी, झुमौ राप्ती सोनारी’ अभियानलाई निरन्तरता दिइने 
‘घुमौं राप्ती सोनारी, झुमौ राप्ती सोनारी’ अभियानलाई निरन्तरता दिइने 
मेरो कथा
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
अन्तर्वार्ता
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’ दूरसञ्‍चार
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’ दूरसञ्‍चार
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्