Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • हातमा लालपुर्जा छ, छैन जग्गाको श्रेस्ता 
हातमा लालपुर्जा छ, छैन जग्गाको श्रेस्ता 
दूरसञ्‍चार
दूरसञ्‍चार सोमबार, भदौ ६, २०७९
नेपालगन्जस्थित भुमि आयोग बाँकेको कार्यालयमा पुगेका पीडित ।

नेपालगन्ज : कोहलपुर नगरपालिका वडा नम्बर ९ भवानीपुरका गोपालप्रसाद खनालसँग जग्गाको लालपुर्जा छ । तर, त्यो जग्गा श्रेस्ता मालपोत कार्यालयमा कतै छैन । जग्गाको श्रेस्ता कायम गराउन सुकुम्वासी समस्या समाधान आयोगमा उनले धाउन थालेको दशकौं समय बितिसकेको छ । तरपनि अहिलेसम्म उनले जग्गाको श्रेस्ता कायम गराउन सकेका छैनन । 

तत्कालिन आयोगले उनको जग्गा नापजाँच गरेर लालपुर्जा दिएपनि श्रेस्ता कायम नगरिदिदाँ उनी बञ्चित छन् । ‘म २०४६ सालदेखी जग्गामा बस्दै आएको छु, जग्गाको लालपुर्जा छ, तर श्रेस्ता कायम भएको छैन,’ उनले भने ‘सरकार फेरबदल भएसँगै आयोग गठन हुन्छ, पार्टीले पालेको जस्तो आयोग भयो ।’ 

हरेक पटक गठन हुने आयोगले आफुहरुलाई फाराम मात्रै भर्न लगाउने तर, काम अधुरै छाड्ने गरेको खनालको गुनासो छ । आफुले २०६७ सालमा आयोगलाई जग्गाको लागि १ लाख १२ हजार रुपैयाँ बुझाएको र हरेक वर्ष वडा कार्यालयमा कर तिरको रसिद पनि सुरक्षित रहेको बताए । ‘एउटै प्रकृतीको जग्गामा मेरो घरसँगै जोडिएका छिमेकीले लालपुर्जा पाए र श्रेस्ता कायम भयो, हाम्रो काम भएको छैन,’ उनले थपे ।

कोहलपुर ९ कै नन्दराम थारुले पनि जग्गाको श्रेस्ता कायम नहुँदा हेरानी खेपिरहेका छन् । बुवा÷बाजेले उपयोग गर्दै आएको आफ्नो जग्गालाई हरेक पटक गठन हुने आयोगले नापजाँच गर्छ । साथमा लालपुर्जा पनि छ, तर जग्गाको श्रेस्ता कायम छैन । जग्गाको श्रेस्ता नहुँदा लालपुर्जा प्रयोग विहिन भइरहेको उनी बताउँछन् । 

Lal Purja1661132420.jpg

२०४६ सालदेखी कयौं पटक गठन भएका आयोगले जग्गा नापजाँच गरेपनि अहिलेसम्म श्रेस्ता कायम हुन नसकेको थारुले दुखेसो पोखे । जग्गाको श्रेस्ता कायम नहुँदा बैंकिङ कारोबार लगायत कुनैपनि कानुनी कामकाज गर्न नपाएको उनले सुनाए । ‘हातमा लालपुर्जा छ, तर जग्गाको श्रेस्ता नै छैन, यसरी हामी कहिलेसम्म आयोगको कार्यालयमा धाईरहने हो ?’ उनले प्रश्न गरे । 

नेपालगन्ज-कोहलपुर सडकसँगै जोडिएको उक्त गाउँमा अन्य थुप्रै ब्यक्तिहरु दशकौंदेखी जग्गाको श्रेस्ता कायम गराउनबाट बञ्चित भइरहेका छन् । जग्गाको अधिकारका लागि आयोगमा धाउँदा धाउँदै कयौं ब्यक्तिको मृत्यु भइसकेको छ । जिल्लास्थित भुमि आयोगको कार्यालयमा अहिले पनि उनीहरु जस्ता थुप्रै ब्यक्तिहरु जग्गाको श्रेस्ता कायम गराउन दिनहुँ धाईरहेका छन् । 

आयोगका अध्यक्ष सर्बनकुमार यादवसँग त्यस्ता पीडित ब्यक्तिलाई सम्झाई बुझाई गर्नु बाहेक अर्को विकल्प छैन । विगतका आयोगले छाडेका अधुरा कामले धेरै जनाले सास्ती पाइरहेको उनी बताउँछन् । ‘विगतका आयोगले गरेका कुनैपनि कामको प्रमाण हामीले भेटाउन सकेका छैनौं, प्रायःजसो ब्यक्तिको हातमा लालपुर्जा छ, कसैको श्रेस्ता पनि छ, तर मालपोतमा रेकर्ड छैन,’ अध्यक्ष यादवले भने ।

राष्ट्रिय भुमि आयोग २०७८ ले दिएको अधिकार अनुसार आफुहरुले जिल्लामा काम गर्न खोजिरहेको उनी बताउँछन् । ‘विगतका अधुरा केही कामहरु हामी चुनाव अगाडी सम्पन्न गर्ने योजनामा छौं,’ यादवले थपे । विगतमा आयोगले संकलन गरेका करिव ८ वटा जति फाईल आफुहरुसँग रहेको जानकारी दिए । 

भिडियो हेर्नुुस् :


प्रकाशित मिति: सोमबार, भदौ ६, २०७९  ०७:१४
प्रतिक्रिया दिनुहोस्
थप विशेष
एक महिनामा आयो एसइइको नतिजा
एक महिनामा आयो एसइइको नतिजा सोमबार, वैशाख २८, २०८३
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित सोमबार, वैशाख २८, २०८३
कोहलपुरमा दुई दिनमा हटाइयो  १ सय ८ घर, टहरा
कोहलपुरमा दुई दिनमा हटाइयो १ सय ८ घर, टहरा सोमबार, वैशाख २८, २०८३
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो आइतबार, वैशाख २७, २०८३
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी आइतबार, वैशाख २७, २०८३
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा शनिबार, वैशाख २६, २०८३
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट शुक्रबार, वैशाख २५, २०८३
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ शुक्रबार, वैशाख २५, २०८३
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप बिहीबार, वैशाख २४, २०८३
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्