नेपालगन्ज : पुर्वपश्चिम राजमार्गको ढकेरीस्थित वनस्पति उद्यान । जसको सुगन्धले जो कोहीको पनि मन लोभ्याउँछ । पारिवारीक वातावरणमा घुमफिरका लागि यो जिल्लाको उपयुक्त स्थान मानिन्छ । त्यसैले एक पटक त्यहाँ पुग्नैपर्ने हुन्छ ।
नेपालगन्ज उपमहानगरपालिकाबाट करिव २६ किलोमिटर पुर्वपश्चिम राजमार्गको ढकेरीस्थित दक्षिणमा अवस्थित छ, यो उद्यान । समुद्री सतहबाट १ सय ६० मिटर उचाईमा करिव ५ हेक्टर क्षेत्रफलमा फैलिएको उद्यानमा वनस्पतिको अध्ययन, जडिबुटी एव् गैरकाष्ठ वनपैदवार सर्भेक्षण, सम्र्वद्धन तथा वनस्पतिको रसायनिक गुणहरुको प्रतिफल स्थानीय स्तरमा पुर्याउने काम गरिन्छ ।
२०५६ सालमा स्थापित उद्यान वनस्पतिको स्व–स्थानीय र पर–स्थानीय संरक्षण स्थल, शैक्षिक उद्यान तथा वनस्पतिको क्षेत्रमा अध्ययन गर्नेहरुको लागि महत्वपुर्ण मानिएको छ ।
२०५६ सालमा स्थापित उद्यान वनस्पतिको स्व–स्थानीय र पर–स्थानीय संरक्षण स्थल, शैक्षिक उद्यान तथा वनस्पतिको क्षेत्रमा अध्ययन गर्नेहरुको लागि महत्वपुर्ण मानिएको छ ।
बाँकेमै पहिलो वनस्पति उद्यान भएकोले आन्तरिक पर्यटनलाई समेत बढावा दिएको जिल्ला वनस्पति कार्यालयले जनाएको छ । ‘यसबाट उद्यान विकास कार्यक्रम अन्तर्गत स्वदेशी शोभनीय फुलबिरुवा अनुसन्धान, मौसमी शोभनिय फुलबिरुवा बेर्ना उत्पादन, प्रर्दशनी स्थल स्थापना, शैक्षिक वाटिका ब्यवस्थापन तथा जाति विशेष उद्यान ब्यवस्थापन ईत्यादी कामहरु सञ्चालनमा छन्,’ उद्यानका कर्मचारी भन्छन् ।
उद्यान अवलोकनका लागि सजिलैसँग बस, जिप, कार तथा अन्य भाडाका सवारी साधन उपलब्ध छन् । जैविक विविधताको संरक्षण गर्ने उद्देश्यले विभिन्न वनस्पति प्रजातिको स्व–स्थानीय र पर–स्थानीय संरक्षण कार्य भइरहेको छ । वैज्ञानिक तथा शैक्षिक प्रयोजनका लागि यहाँ दुर्लभ तथा लोपोन्मुख प्रजातिको संरक्षण, आर्किड/संरक्षण तथा अन्य प्रर्दशन प्लटहरुको ब्यवस्थापन गरिएको छ ।
उद्यानभित्र श्रीखण्ड बगैचा, वानस्पतिक पारिवारीक बगैचा, शैक्षिक बाटिका, जडिबुटी नर्सरी, क्याक्टस हाउस इत्यादी रहेका छन् । यहाँ रहेका वनस्पतिको अवलोकन गर्न बिद्यार्थी, अनुसन्धानकर्ता तथा सम्बन्धित पेशाकर्मी एवम् मनोरञ्जन स्थलको रुपमा घुम्न आउँछन्। यसले गर्दा उद्यानलाई शैक्षिक केन्द्रको साथ साथै पर्या-पर्यटकीय क्षेत्रको रुपमा समेत विकास गर्न सकिने पर्याप्त सम्भावना रहेको छ ।
सर्वेक्षण, अनुसन्धान अनुसार उद्यानभित्र २ सय ८६ भन्दा बढी प्रजातिका वनस्पति रहेका छन् । हाल वनस्पतिको प्रजाति करिव ४ सय पुगेको छ । ती मध्ये अधिकतम वनस्पति झारका १२१ प्रजाति, त्यसैगरी बुट्यानका ८३, रुख ५६ र २९ प्रजातिका लहराहरु संरक्षण गरिएको छ ।
हालै गरिएको सर्वेक्षण, अनुसन्धान अनुसार उद्यानभित्र २ सय ८६ भन्दा बढी प्रजातिका वनस्पति रहेका छन् । हाल वनस्पतिको प्रजाति करिव ४ सय पुगेको छ । ती मध्ये अधिकतम वनस्पति झारका १२१ प्रजाति, त्यसैगरी बुट्यानका ८३, रुख ५६ र २९ प्रजातिका लहराहरु संरक्षण गरिएको छ ।
उद्यानभित्र संरक्षित मुख्य प्रजातिमा सर्पगन्धा, कुचिला, श्रीखण्ड, सिकाकाई, अपामार्ग, बोझो, बेल, अमला, करिलो, बेतलौरी, आँक, राजबृक्ष, कालो मुस्ली, तेजपात, सितलचिनी, सोनटाटा, सिन्दुर, खयर, अनन्तमुल, गुडमार, सिमलतरुल, विजयसाल, सतिसाल, अर्जुन, गुर्जो लगायत रहेका छन् ।
उद्यानमा दुर्लभ, लोपोन्मुख तथ रैथाने वनस्पति प्रजातिको संकलन तथा संरक्षण एवम् ब्यवस्थापन गर्ने, स्वदेशी शोभनीय फुल विरुवाको अध्ययन तथा अनुसन्धान गर्ने, ल्याण्डस्केप तथा जाति विशेष उद्यानको नियमित संरक्षण तथा व्यवस्थापन गर्ने, मौसमी शोभनीय फुल विरुवाहरुको उत्पादन तथा उद्यानमा रोपण गरी वनस्पति उद्यानलाई आर्कषक तथा मनमोहक पर्यटकिय केन्द्रको रुपमा विकास गर्ने प्रयास गरिएको छ ।