Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • नेपालगन्जको ‘चाइना बजार जग्गा’ प्रकरणबारे आरोप-प्रत्यारोप
नेपालगन्जको ‘चाइना बजार जग्गा’ प्रकरणबारे आरोप-प्रत्यारोप
दूरसञ्‍चार
दूरसञ्‍चार सोमबार, भदौ १३, २०७९

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ३ विस्कोरियन टोलमा रहेको जग्गाबारे आरोप प्रत्यारोप चलेको छ । त्रिवेणी मोड नजिक न्यूरोडमा रहेको चाईना बजारका नामले चिनिने कित्ता नम्बर २५ को उक्त जग्गा सरकारी भएको नेपालगन्ज उपमहानगरपालिकाले दाबी गर्दै आएको छ । तर, उक्त जग्गामा स्थानीय घनश्याम बानिया, गोपालराज शाक्य, सतनाम कौर लगायतले आफुहरुको भएको बताउँदै आएका छन् । 

Jaga 41661792733.jpg

ब्यक्तिले दाबी गरेको उक्त जग्गा सरकारी नै भएको उपमहानगरपालिकाको जिकिर छ । उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोर्खबहादुर थापाले यही भदौं ६ गते उक्त जग्गाबारे ७ दिनभित्र प्रमाण पेश गर्न ति ब्यक्तिलाई पत्र लेखेका छन् । उक्त पत्रमा नेपालगन्ज–४ सिट नम्बर ०३५–१४५०–०७, कित्ता नम्बर २५ को ५९१ वर्गमिटर (१ कठ्ठा १५ धुर) जग्गा कुनै ब्यक्ति विशेषको नाउँमा दर्ता कायम नभई सार्वजनिक प्रकृतिको देखिएको उल्लेख गरिएको छ । 

Jagga 25 Number1661792736.jpg

उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट र उपप्रमुख कमरुद्धिन राई पनि उक्त जग्गा ब्यक्तिगत भएको कुरा अहिलेसम्म कुनै आधार र प्रमाण फेला नपरेको दाबी गर्छन् । तर, नेपालगन्ज नगर विकास समितिले २०७५ बैशाख २६ गते मालपोत कार्यालयलाई लेखेको पत्रमा उक्त जग्गा ब्यक्तिकै भएको खुलाएको छ । 

नगर विकास समितिले जग्गा अधिग्रहण गर्दा कित्ता नम्बर २५ को उक्त जग्गा रोक्का गरेकोमा उल्लेखित जग्गा नगर विकास समितिको त्यस क्षेत्रमा योजना सम्पन्न भइसकेको र निवेदकहरुको जग्गा योजना अन्तरगत अधिग्रहण गर्न नपरेको सोही पत्रमा उल्लेख छ ।

उल्लेखित कित्ता नम्बरका जग्गा २०६३ पुस ३० गते बसेको बोर्ड बैठकको निर्णय अनुसार प्रथम चरण क्षेत्रको अन्य आवश्यक सडकको मर्मत सुधार गरी नेपालगन्ज नगरपालिका कार्यालयलाई हस्तान्तरण गर्ने निर्णय भएको र उक्त क्षेत्रमा मर्मत गर्ने कार्य समेत सम्पन्न भइसकेको हुनाले सो मा भएको सम्पूर्ण संरचनासहित प्रथम चरण क्षेत्रको (त्रिवेणी मोड देखी सेतु बिक चोकसम्मको) सडक तथा खुल्ला क्षेत्र हस्तान्तरण गरिएको तत्कालिन नगर विकास समितिका सदस्य सचिव सुनिलकुमार ठाकुरले पत्रमा उल्लेख गरेका छन् । 

Jaga 21661792732.jpg

निवेदकको माग बमोजिम रोक्का राखि राख्न नपरेको देखिदाँ फुकुवा गरिएको सदस्य सचिव ठाकुरले सोही पत्रमा खुलाएका छन् । उक्त जग्गामा हाल ३४ जना ब्यापारीले ब्यवसाय सञ्चालन गर्दै आएका छन् । उक्त जग्गा सार्बजनिक भएको भन्दै यसअघि उपमहानगरपालिकाले करिव ४ वर्षसम्म मासिक ७० हजार रुपैयाँका दरले भाडा उठाएको थियो । यति मात्र नभएर उपमहानगरपालिका कार्यालयले कित्ता नम्बर नखुलाएरै बहाल बिटौरी कर असुल्ने गरेको थियो । 

उपमहानगरपालिकाको तत्कालिन बोर्ड बैठकले २०७८ पुस १३ गतेका दिन उक्त जग्गाको विषयमा हकभोग र बहाल पाउने सम्बन्धमा निवेदक घनश्याम बानियाँ समेतको दाबी सम्बन्धमा निजहरुले हालसम्मको भाडा दावी नगर्ने गरी कानुन शाखाबाट कागज गराई कानुनी सल्लाहकारको २०७८ मंसिर २८ गतेको कानुनी राय अनुसार हकभोग गर्न दिने निर्णय गर्यो । 

उपमहानगरपालिकाको बोर्ड बैठकबाटै उक्त जग्गा हकभोग गर्न दिने निर्णय गरेपछि तत्कालिन मेयर डा. धवलसम्शेर राणामाथी अहिले गम्भिर आरोप लागिरहेको छ । उपमहानगरपालिकाको तत्कालिन बोर्ड बैठकको निर्णयमा उपमहानगरपालिका वडा नम्बर ४ हाल कायम वडा नम्बर ३ विस्कोरियन टोल अन्तर्गत बहाल विटौरी नम्बर १७३/३ को जग्गा घनश्याम बानियाँको नाउँमा, बहाल बिटौरी नम्बर १७३/४ क गोपालराज शाक्यका नाउमा बहाल विटौरी नम्बर १७३/१ को जग्गा घनश्याम लखेरको नाउँमा र बहाल विटौरी नम्बर १७३/२ को जग्गा सतनाम कोर (पति जगजित सिंह)को नाउँमा दर्ता कायम भएको जग्गा हकभोग गर्न दिने उल्लेख छ । 

उपमहानगरपालिकाको तत्कालिन बोर्ड बैठकले गरेको निर्णयप्रति असहमती जनाउँदै उपमहानगरपालिकाले फिर्ता ल्याउने प्रक्रिया अहिले थालेको जनाएको छ । नगर प्रमुख विष्ट र उपप्रमुख राईले करिव १० करोड मुल्यको सरकारी जग्गा हडप्ने प्रयास भएपनि आफुहरुले फिर्ता ल्याएको दाबी गरिरहेका छन् । ‘१० करोड मुल्य बराबरको सरकारी जग्गालाई ब्यक्तिले हडप्ने प्रयास गरेका रहेछन्, हाम्रो प्रयासले उक्त जग्गा फिर्ता आउने भएको छ,’ नगर प्रमुख विष्टले आइतबार पत्रकारहरुमाझ भने । नगर उपप्रमुख राईले तत्कालिन नगर प्रमुख डा. राणाको नियतमाथी प्रश्न उठेको बताए । 

उक्त जग्गा प्रकरणमा नाम मुछिएपछि निर्वतमान नगर प्रमुख डा. राणाले पनि सोमबार पत्रकार भेटघाट गरेर आफ्नो प्रष्टीकरण दिएका छन् । नगर विकास समितिले तत्कालिन समयमा न्यूरोड विस्तार गर्ने क्रममा ब्यक्तिको जग्गा अधिग्रहण गरेको र नगर विकास समितिले नै उक्त जग्गा फुकुवा गरिदिएको बताउँदै भने, ‘नगर विकास समितिले फुकुवा गरिसकेको ब्यक्तिको जग्गालाई हामीले कसरी सरकारी हो भनेर कब्जा गर्ने ?’ गलत नियतले हकभोग गर्न दिने निर्णय गरिएको होइन, सबै कागजात अध्ययन गरेर कानुन शाखाको राय सल्लाह अनुसार निर्णय गरिएको हो ।’ जग्गामा आफुलाई जोडेर अर्नगल प्रचार गरेर राजनीतिक फाइदा लिने प्रयास गरेको राणा बताउँछन् ।


प्रकाशित मिति: सोमबार, भदौ १३, २०७९  २२:४९
प्रतिक्रिया दिनुहोस्
थप विशेष
एक महिनामा आयो एसइइको नतिजा
एक महिनामा आयो एसइइको नतिजा सोमबार, वैशाख २८, २०८३
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित सोमबार, वैशाख २८, २०८३
कोहलपुरमा दुई दिनमा हटाइयो  १ सय ८ घर, टहरा
कोहलपुरमा दुई दिनमा हटाइयो १ सय ८ घर, टहरा सोमबार, वैशाख २८, २०८३
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो आइतबार, वैशाख २७, २०८३
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी आइतबार, वैशाख २७, २०८३
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा शनिबार, वैशाख २६, २०८३
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट शुक्रबार, वैशाख २५, २०८३
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ शुक्रबार, वैशाख २५, २०८३
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप बिहीबार, वैशाख २४, २०८३
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्