Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
कला/साहित्य
  • Home
  • कला/साहित्य
  • बहुप्रतिभाका धनी श्यामानन्द
बहुप्रतिभाका धनी श्यामानन्द
अर्जुन ओली
अर्जुन ओली आइतबार, असोज ३, २०७८

नेपालगन्ज : धेरैले आफ्नो फुर्सदको समयलाई ब्यर्थै बिताउँछन् । तर, हाम्रै समाजमा कतिपय यस्ता व्यक्ति छन्, जसले आफ्नो समयलाई सिर्जनशिल काममा खर्च गरिरहेका छन् । यस्तै मध्येका एक हुन्, ६६ वर्षीय श्यामानन्द सिंह । फुर्सदको समयलाई उनी अहिले सिर्जनशिल काममा खर्च गरिरहेका छन् ।

उनको दैनिकी अचेल हस्तकला र चित्रकलामै बितिरहेको छ । कलाकार सिंहले आफ्नै लगानीमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ९ बाँकेगाउँस्थित निवासमा ‘कला संग्रहालय’ स्थापना गरेका छन् । संग्रहालयमा सिंहले आफै तयार गरेका मनमोहक चित्रकला र हस्तकला राखिएको छ । 

घरको तीन वटा कोठा चित्रकला र हस्तकलाले नै भरिएको छ । उनी भन्छन्, ‘नयाँ पिढींलाई पुराना चिजहरु देखाउनकै लागि कलालाई जर्गेना गरेर संग्रहालयमा राखेको छु, नयाँ पिढींलाई पुराना चिज बस्तु थाहा नहुन सक्छ, जुन उपयोगी मुलक हुन्छन् ।’ जुन चिज लोभ हुदैछ, त्यसको चिन्तन गरेर कला तयार गर्छन्, उनी । 

कलाकार सिंहले स्थापना गरेको संग्रहालयमा राखिएका हरेक चित्रकला र हस्तकलाको आफ्नै महत्व र विशेषता छ । उनको कला अवलोकन गर्न विभिन्न बिद्यालयका बिद्यार्थीहरु संग्रहालयमा पुग्छन् । ‘बिद्यार्थीका लागि यो संग्रहालय उपयोगी मुलक छ, त्यसकारण बिद्यालयहरुले आफ्ना बिद्यार्थीलाई ल्याएर निःशुल्क रुपमा अवलोकन गराएर लैजान्छन्,’ सिंहले भने ।

कलाकार सिंहले स्थापना गरेको संग्रहालयमा राखिएका हरेक चित्रकला र हस्तकलाको आफ्नै महत्व र विशेषता छ । उनको कला अवलोकन गर्न विभिन्न बिद्यालयका बिद्यार्थीहरु संग्रहालयमा पुग्छन् । ‘बिद्यार्थीका लागि यो संग्रहालय उपयोगी मुलक छ, त्यसकारण बिद्यालयहरुले आफ्ना बिद्यार्थीलाई ल्याएर निःशुल्क रुपमा अवलोकन गराएर लैजान्छन्,’ सिंहले भने ।

सेवा निवृत्त भएपछि उनले २०७२ सालबाट निरन्तर रुपले चित्रकला र हस्तकला बनाउन थालेका हुन् । अहिले सिंहको संग्रहालयमा एक हजार भन्दा बढी प्रकारका चित्रकला र हस्तकला देख्नव सकिन्छ । एक पटक प्रयोग गरेर फालेका सामानबाट उनले आर्कषक हस्तकला तयार गर्छन् ।

पहिले छिटपुट रुपमा कला प्रर्दशन गर्ने गरेपनि जागिरबाट सेवा निवृत्त भएपछि सिंहको कलाकारिताको गति झन् बढेको हो । सेवा निवृत्त भएपछि उनले २०७२ सालबाट निरन्तर रुपले चित्रकला र हस्तकला बनाउन थालेका हुन् । अहिले सिंहको संग्रहालयमा एक हजार भन्दा बढी प्रकारका चित्रकला र हस्तकला देख्नव सकिन्छ । एक पटक प्रयोग गरेर फालेका सामानबाट उनले आर्कषक हस्तकला तयार गर्छन् ।

सिंहको कलाकारिता चित्रकला र हस्तकलामा मात्र सिमित छैन । उनी संगीतकला, नाट्यकला र कविता लेखनमा पनि उत्तिकै सिपालु  छन् । नेपाल टेलिभिजन क्षेत्रीय प्रशारण केन्द्र कोहलपुरमा नाट्यकला गरिसकेको उनको अनुभव छ । ‘वर्तमान दर्पन’ कविता संग्रह र ‘श्यामानन्द कि कविताए’ नामक हिन्दी कविता संग्रह प्रकाशित गरिसकेका छन् । संगित कलातर्फ उनी बाँसुरी, ढोलक र हार्मुनियम मज्जाले बजाउँछन् ।

विशेषगरी चित्रकला र हस्तकलामा बढी समय दिने गरेका सिंह आफुले स्थापना गरेको संग्रहालयलाई स्थानीय सरकारले संरक्षण गरिदिनुपर्ने अपेक्षामा छन् । ‘मैले त आफ्नो व्यक्तिगत लगानीमा संग्रहालय स्थापना गरेको छु, अब यसलाई स्थानीय सरकार(उपमहानगरपालिका)ले संरक्षणमा ध्यान र चासो दिनुपर्यो,’ कलाकार सिंहले भने । तर, अहिलेसम्म यसतर्फ कुनैपनि सरकारी निकायले चासो नदिएको उनको गुनासो छ । 

नेपालगन्जको फुलटेक्रामा जन्मिएका सिंह परिवारका ४ दाजुभाई र ३ बहिनी मध्ये माईलो हुन् । उनी बाल्यकालमै फरक स्वभावका थिए । ‘कक्षा ८ मा पढ्दाखेरी नै म चित्रकलातिर रुची राख्थ्ये,’ विगतलाई सम्झिदै सिंहले भने । नेपाल टेलिकममा जागिर गरेपछि पनि बिस्तारै चित्रकला र हस्तकलालाई उनले समय दिईरहे ।

नेपालगन्जको फुलटेक्रामा जन्मिएका सिंह परिवारका ४ दाजुभाई र ३ बहिनी मध्ये माईलो हुन् । उनी बाल्यकालमै फरक स्वभावका थिए । ‘कक्षा ८ मा पढ्दाखेरी नै म चित्रकलातिर रुची राख्थ्ये,’ विगतलाई सम्झिदै सिंहले भने । नेपाल टेलिकममा जागिर गरेपछि पनि बिस्तारै चित्रकला र हस्तकलालाई उनले समय दिईरहे ।

जागिरका क्रममा पनि आफुले तयार गरेका चित्रकला र हस्तकलालाई उनले प्रर्दशनमा ल्याएका थिए । सिंहको कलाको कदर स्वरुप नेपाल ललितकला प्रतिष्ठानबाट चित्रकला विशेष पुरस्कार, सँस्कृती मन्त्रालयबाट क्षेत्रीय स्तरको पुरस्कार, नेपाल ललितकला प्रतिष्ठानद्धारा हस्तकलामा सम्मान लगायत दर्जनौं संघ, संस्थाले पुरस्कृत तथा सम्मान गरिसकेका छन् । 

जागिरबाट सेवा निवृत्त भएपछि भने आफुले पुरै समय कलाकारितामै दिईरहेको उनी बताउँछन् । ‘खाना खाने र सुत्ने समय बाहेक अरु सबै समय हस्तकला र चित्रकलामै खर्चिरहेको छु,’ सिंहले भने ‘चित्रकला र हस्तकला यति धेरै भईसके कि राख्ने ठाउँको चिन्ता हुन थालिसक्यो ।’ आफुले परम्परागत र लोपउन्मुख तथा धार्मिक, साँस्कृतिक र दैनिक जीवनमा आधारित हस्तकला र चित्रकला तयार गर्ने गरेको सिंह सुनाउँछन् । 
 


प्रकाशित मिति: आइतबार, असोज ३, २०७८  ०७:५१
प्रतिक्रिया दिनुहोस्
थप कला/साहित्य
'रेडियो प्रेमी वान' श्याम गिरीको कला 'योगा डान्स'
'रेडियो प्रेमी वान' श्याम गिरीको कला 'योगा डान्स' सोमबार, वैशाख ७, २०८३
बाँकेमा 'जानकी पर्यटन प्रवर्द्धन तथा प्रथम साहित्यिक महोत्सव' 
बाँकेमा 'जानकी पर्यटन प्रवर्द्धन तथा प्रथम साहित्यिक महोत्सव'  शनिबार, फागुन २, २०८२
पुस्तकालयले गर्ने चुनाबी बहस स्थगित
पुस्तकालयले गर्ने चुनाबी बहस स्थगित बिहीबार, माघ १५, २०८२
उम्मेदवारहरुसँग बहस आयोजना गर्दै महेन्द्र पुस्तकालय
उम्मेदवारहरुसँग बहस आयोजना गर्दै महेन्द्र पुस्तकालय बुधबार, माघ १४, २०८२
नेपालगन्ज महोत्सवमा कलाकारको बेजोड प्रस्तुती, झुमे दर्शक
नेपालगन्ज महोत्सवमा कलाकारको बेजोड प्रस्तुती, झुमे दर्शक बुधबार, माघ ७, २०८२
होटल पौवामा ‘न्यु इयर इभ’ गरिदै, निःशुल्क प्रवेश गर्न पाइने
होटल पौवामा ‘न्यु इयर इभ’ गरिदै, निःशुल्क प्रवेश गर्न पाइने मंगलबार, पुस १५, २०८२
अन्तरालमा संगीत सहित बीपीका कविता प्रस्तुत हुने
अन्तरालमा संगीत सहित बीपीका कविता प्रस्तुत हुने सोमबार, पुस १४, २०८२
कोहलपुर महोत्सवमा भोली आउँदै ज्योती मगर
कोहलपुर महोत्सवमा भोली आउँदै ज्योती मगर सोमबार, पुस १४, २०८२
कोहलपुर महोत्सवमा दर्शकको ओइरो
कोहलपुर महोत्सवमा दर्शकको ओइरो शनिबार, पुस १२, २०८२
लोकप्रीय
  • Week
  • Month
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्