Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  • लागुऔषध दुर्ब्यशनीमा फस्दै युवा पुस्ता
लागुऔषध दुर्ब्यशनीमा फस्दै युवा पुस्ता
दूरसञ्‍चार
दूरसञ्‍चार आइतबार, असोज ३, २०७८

नेपालगन्ज : नेपालगन्जस्थित लागुऔषध परामर्श केन्द्रमा दुर्ब्यशनीमा फसेका युवा युवतीको चाप धेरै छ । केन्द्रमा परार्मश दाता दीपेन्द्रकुमार जोशी, नेपाल प्रहरीको लागुऔषध ब्यूरो, भेरी अस्पतालका चिकित्सक लगायतले दैनिकजसो निःशुल्क परामर्श दिन्छन् । 

करिव डेढ वर्षअघि केन्द्र सञ्चालनमा आएको हो । लागुऔषध प्रयोगकर्तालाई निःशुल्क रुपमा परामर्श दिने उद्देश्यले नेपालगन्ज उपमहानगरपालिका र जिल्ला प्रहरी कार्यालयको संयुक्त प्रयासबाट केन्द्र स्थापना गरिएको थियो । केन्द्र स्थापना भएपछि अहिलेसम्म सयौं ब्यक्तिले परामर्श लिइसकेका छन् । केन्द्रका परामर्शदाता दीपेन्द्रकुमार जोशी भन्छन्, ‘लागुऔषध दुर्ब्यशनीको अवस्था एकदमै भयावह छ, यो निःशुल्क परामर्श केन्द्र हो, सबै किसिमको परामर्श यहाँ दिइन्छ ।’  

आर्थिक वर्ष २०७७/७८ मा मात्रै १ सय ७६ जनाले केन्द्रबाट निःशुल्क परामर्श लिएको देखिन्छ । यसमध्ये १ सय ७२ जना पुरुष र ४ जना महिला रहेका छन् । केन्द्रले परामर्शका लागि आउने लागुऔषध प्रयोगकर्ताको अवस्था हेरेर उपचार र सुधार केन्द्रमा पठाउँछ । अभिभावकले आफ्ना छोरा छोरीको चासो नराख्नु, नेपाल-भारत खुल्ला सिमा लगायत कारणले बाँकेमा लागुऔषध दुर्ब्यशनी नियन्त्रणमा आउन नसकेको बताइन्छ ।  

कानुनले लागुऔषध प्रयोग, ओसार–पसार तथा कारोबारलाई अपराध मानेको छ । तर, अहिलेसम्म प्रहरीले लागुऔषध ओसार–पसार र कारोबार गर्ने ब्यक्तिलाई मात्र कानुनी कारबाही गर्दैै आएको छ । अहिलेसम्म लागुऔषध प्रयोगकर्तालाई मात्र  उपचार र सुधार केन्द्रमा राख्न पठाउने  गरिएको छ ।

कानुनले लागुऔषध प्रयोग, ओसार–पसार तथा कारोबारलाई अपराध मानेको छ । तर, अहिलेसम्म प्रहरीले लागुऔषध ओसार–पसार र कारोबार गर्ने ब्यक्तिलाई मात्र कानुनी कारबाही गर्दैै आएको छ । अहिलेसम्म लागुऔषध प्रयोगकर्तालाई मात्र  उपचार र सुधार केन्द्रमा राख्न पठाउने  गरिएको छ ।

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो नेपालगन्जका अनुसार लागुऔषध प्रयोगकर्तालाई लक्षित गरेर बाँकेमा अहिलेसम्म १९  वटा सुधार केन्द्र स्थापना भइसकेका छन् । ती मध्ये नेपालगन्जमा १२, कोहलपुरमा ५ र हवल्दारपुरमा २ वटा रहेको ब्यूरोले जनाएको छ । यसमध्ये नेपालगन्जमा एउटा महिला सुधार केन्द्र सञ्चालनमा छ ।  

यस्तै भेरी अस्पताल नेपालगन्जमा ७५ जनाले नियमित रुपमा औषधी खाईरहेका छन् । ती मध्ये ६८ पुरुष र ७ जना महिला रहेका छन् । औषधीको माध्यमबाट प्रयोगकर्तालाई बिस्तारै लागुऔषधको कुलतबाट छुटाउन उक्त औषधी नियमित रुपमा दिइन्छ ।  

जिल्लामा लागुऔषध प्रयोगकर्ताको एकिन तथ्यांक नभएपनि दुर्ब्यशनीको संख्या अत्यधिक रहेको प्रहरीका अधिकारी बताउँछन् । प्रहरीले लागुऔषध  ओसार–पसार तथा कारोबारमा संलग्न ब्यक्तिलाई भने कारबाहीको दायरामा ल्याउने गरेको छ । लागुऔषध ओसार-पसार तथा कारोबारमा संलग्न ब्यक्तिको संख्या बर्षेनी बढ्दै गएको छ ।   

जिल्लामा लागुऔषध प्रयोगकर्ताको एकिन तथ्यांक नभएपनि दुर्ब्यशनीको संख्या अत्यधिक रहेको प्रहरीका अधिकारी बताउँछन् । प्रहरीले लागुऔषध  ओसार–पसार तथा कारोबारमा संलग्न ब्यक्तिलाई भने कारबाहीको दायरामा ल्याउने गरेको छ । लागुऔषध ओसार-पसार तथा कारोबारमा संलग्न ब्यक्तिको संख्या बर्षेनी बढ्दै गएको छ ।   

जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्यांकलाई हेर्दा लागुऔषध ओसार– पसार तथा कारोबारको मात्रा बर्षेनी बढ्दै गएको देखिन्छ । जसअनुसार आर्थिक वर्ष २०७१/७२ मा कार्यालयले ९९ वटा मुद्दा दर्ता गरेको थियो । आर्थिक वर्ष २०७२/७३ मा मुद्दाको संख्या घटेर ७८ मा आयो । त्यसपछि पुनः २०७३/७४ मा बढेर १ सय ३७ पुग्यो । आर्थिक वर्ष २०७४/७५ मा मुद्दाको संख्या बढेर १ सय ४७ पुगेको थियो । यस्तै गत आर्थिक वर्ष २०७७/७८ मा १ सय २६ वटा मुद्दा दर्ता गरेकोमा १ सय ९६ जना ब्यक्ति पक्राउ परेका थिए । 

त्यसमध्ये १९ महिला र १ सय ७६ जना पुरुष थिए । गत आर्थिक वर्ष २०७७/७८ मा मात्रै बरामद गरिएको लागुऔषधमा ब्राउन सुगर ५ सय ८७ ग्राम ८३५ मिलिग्राम, चरेश २० केजी ३० ग्राम, अफिम ३४ केजी ५ सय ७४ ग्राम, गाँजा ६८ केजी ४३ ग्राम, कोरेक्स ३९ लिटर ४ सय मिलिलिटर, नाईट्राजेपाम १ हजार ३ सय ३० टयाब्लेट र टामाडोल १ हजार ७० ट्याब्लेट रहेको छ ।

यि तथ्यांकबाट नै लागुऔषध दुर्ब्यशनीर  ओसार- पसार विकराल बन्दै गइरहेको पुष्टी हुन्छ । नेपालगन्जस्थित कारागारमा हाल लागुऔषध सम्बन्धी मुद्दाका १ सय ७५ जना कैदी र १ सय १० जना बन्दी रहेका छन् ।  

यि तथ्यांकबाट नै लागुऔषध दुर्ब्यशनीर  ओसार- पसार विकराल बन्दै गइरहेको पुष्टी हुन्छ । नेपालगन्जस्थित कारागारमा हाल लागुऔषध सम्बन्धी मुद्दाका १ सय ७५ जना कैदी र १ सय १० जना बन्दी रहेका छन् ।  

लागुऔषध नियन्त्रण ब्यूरो नेपालगन्जका प्रमुख एवम् प्रहरी निरीक्षक प्रकाशकुमार केसी प्रहरी र समुदाय मिलेर सचेतना मुलक कार्यक्रम चलाइरहँदा पनि लागुऔषध प्रयोग र ओसार पसार नियन्त्रणमा आउन नसकेको बताउँछन् । ‘

लागुऔषध बिक्री, वितरण गर्न लागेको जानकारी आएपछि सुराकी पठाउँछौं, पक्राउ गरेर ल्याईसकेपछि हामीले प्रतिवेदन तयार गरी जिल्ला प्रहरी कार्यालय समक्ष मुद्दा चलाउन मान्छे र लागुऔषध सहित पठाउँछौं,’ उनले भने ‘हाम्रो प्रतिवेदनका आधारमा नै मुद्दा चल्छ ।’ नेपाल-भारत खुल्ला सिमाका कारण लागुऔषध नियन्त्रण गर्न समस्या रहेको प्रहरी निरीक्षक केसीले बताए । लागुऔषध दुर्ब्यशनीमा युवा  युवतीहरु नराम्ररी फसेको र उनीहरुलाई निःशुल्क रुपमा परामर्श दिने काम भइरहेको जानकारी दिए । 

प्रहरीका अनुसार बाँकेसहित सुर्खेत, दाङ, बर्दिया, रुकुम, दैलेख, कालिकोट, जुम्ला, हुम्ला लगायत जिल्लाका लागुऔषध प्रयोगकर्ता तथा कारोबारी नेपालगन्ज आईपुग्छन् । उनीहरु लागुऔषध सेवन गर्न तथा खरिद गर्न भारतको रुपैडिहा, बहराईच, नानपारासम्म आफै पुग्छन् ।

नेपाल प्रहरीले भारतीय प्रहरीसँग पनि समन्वय गरेर त्यहाँ हुने लागुऔषध दुर्ब्यशनी र कारोबारलाई नियन्त्रण गर्ने प्रयास गरेको केसीले सुनाए । ‘लागुऔषध दुर्ब्यशनी, ओसार–पसार तथा कारोबार नियन्त्रणका लागि जनचेतना मुलक कार्यक्रमसँगै प्रहरीले कानुनी कारबाही पनि गरिरहेको छ,’ उनले भने । 


प्रकाशित मिति: आइतबार, असोज ३, २०७८  ०८:२०
प्रतिक्रिया दिनुहोस्
थप समाज
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही' सोमबार, फागुन २५, २०८२
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन आइतबार, फागुन २४, २०८२
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन 
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन  बुधबार, फागुन २०, २०८२
मौन अवधिमा बाँकेमा  आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण
मौन अवधिमा बाँकेमा आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण मंगलबार, फागुन १९, २०८२
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते मंगलबार, फागुन १९, २०८२
तराई मधेशमा आज मनाइँदै होली पर्व
तराई मधेशमा आज मनाइँदै होली पर्व मंगलबार, फागुन १९, २०८२
आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह
आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह मंगलबार, फागुन १९, २०८२
खाडीमा एक नेपालीसहित १२ को मृत्यु, घाइते १५० नाघे
खाडीमा एक नेपालीसहित १२ को मृत्यु, घाइते १५० नाघे मंगलबार, फागुन १९, २०८२
जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि शंकास्पद वस्तु फेला
जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि शंकास्पद वस्तु फेला मंगलबार, फागुन १९, २०८२
लोकप्रीय
  • Week
  • Month
एमाले नेता धितालले बाँकेका सिडिओलाई दिए धम्की
एमाले नेता धितालले बाँकेका सिडिओलाई दिए धम्की
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
निर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदानको ब्यग्र प्रतिक्षामा मतदाता-(फोटो फिचर)
निर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदानको ब्यग्र प्रतिक्षामा मतदाता-(फोटो फिचर)
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
बाँके २ मा एमालेका राई निर्वाचित 
बाँके २ मा एमालेका राई निर्वाचित 
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
घर दैलो तथा टोल भेटघाटमार्फत प्रचार-प्रसार तीब्र बनाउँदै पुन
घर दैलो तथा टोल भेटघाटमार्फत प्रचार-प्रसार तीब्र बनाउँदै पुन
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्