Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  • जानकी गाउँपालिकाको प्रशासनिक भवन निर्माण अलपत्र
जानकी गाउँपालिकाको प्रशासनिक भवन निर्माण अलपत्र अहिलेसम्म ५० प्रतिशत मात्र काम सम्पन्न
दूरसञ्‍चार
दूरसञ्‍चार शनिबार, भदौ १८, २०७९
जानकी गाउँपालिकाको अलपत्र प्रशासनिक भवन । तस्बिर : दूरसञ्चार

नेपालगन्ज : बीचमै काम छाडेर ठेकेदार भागेपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन अलपत्र परेको छ । प्रशासनिक भवन निर्माणको काम समयमै सम्पन्न नहुँदा कार्यालयको कामकाज गर्न समस्या भइरहेको छ । गाउँपालिकाको विभिन्न शाखाले दिने सेवा एउटै कोठा (हल) बाट दिने गरिएको छ ।

तीन तल्ले सुविधा सम्पन्न प्रशासनिक भवन बनाउन गाउँपालिकाले ५ करोड ९७ लाख रुपैयाँको लागत अनुमानमा ४ करोड २२ लाख ८४ हजार ८ सय १७ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । ठेकेदार कम्पनी ‘ठेगिम/श्रीकृष्ण/निशान जेभी’ कोहलपुर-११ बाँकेसँग २०७७ माघ २६ गते ठेक्का सम्झौता भएको हो । 

सम्झौताको म्याद २०७९ माघ ३० गते सम्म रहेपनि अहिलेसम्म ५० प्रतिशत मात्र काम सम्पन्न गरेको कार्यालयका इन्जिनियर प्रजेशकुमार आलेले जानकारी दिए । ‘ठेकेदारले बनाउनुपर्ने तीन तल्लाको भवन हो, तर अहिलेसम्म दोस्रो तल्ला मात्र ढलान भएको छ,’ उनले भने । 

ठेकेदार कम्पनीले २०७८ माघ ४ गते दोस्रो तल्ला ढलान गरेको थियो । त्यसपछि काम पुरै ठप्प पारेर सम्पर्क विहिन भएको इन्जिनियर आले बताउँछन् । ठेकेदार सम्पर्क विहिन भएपछि गाउँपालिका कार्यालयले बारम्बार लिखित र मौखिक रुपमा ताकेता गर्दै आएको छ । यस्तै दुई पटक स्पष्टीकरण पनि सोधिएको छ । 

कार्यालयका अनुसार काम अलपत्र पार्ने ठेकेदार कम्पनीले अहिलेसम्म २ करोड १ लाख भुक्तानी लिइसकेको देखिन्छ । पछिल्लो समयमा ठेकेदारलाई धेरै ताकेता गरेपछि अलपत्र काम अगाडी बढाउने मौखिक रुपमा सहमती जनाएको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले जानकारी दिए ।

‘ठेकेदार कम्पनी सम्पर्कमा आएर काम गर्नेमा सहमत भएको छ,’ उनले भने । सम्झौता अवधिभित्रै प्रशासनिक भवन निर्माणको काम सम्पन्न गर्ने प्रतिवद्धता जनाएको प्रमुख डाँगीले बताए । निर्माण सम्झौताका क्रममा पर्याप्त समय दिएकाले गाउँपालिका कार्यालय अब म्याद थप गर्ने पक्षमा देखिदैन । 

गाउँपालिका अध्यक्ष छब्बन खाँ प्रशासनिक भवन नहुँदा जनतालाई सेवा दिन निकै समस्या भइरहेको बताउँछन् । ‘भवन नहुँदा अहिले कार्यालय र अन्य शाखाको कामकाज जसोतसो चलाइरहेका छौं,’ उनले भने ‘भवन चाडो सम्पन्न भएपछि जनतालाई राम्ररी सेवा दिन सकिन्थ्यो ।’

भवन निर्माण गर्ने ठेकेदारलाई गाउँपालिकाले अप्ठ्यारो अवस्थामा सहजीकरण गरिदिन तयार रहेको अध्यक्ष खाँले बताए । गाउँपालिकाका कार्यपालिका सदस्य एवम् प्रवक्ता टीकानाथ यादवले भवन समयमा नबन्दा गाउँपालिकाको काम सञ्चालन गर्न अप्ठ्यारो भइरहेको बताए । ‘भवन समयमा नबन्दा काम सञ्चालन गर्न धेरै अप्ठ्यारो भइरहेको छ,’ उनले भने ।


प्रकाशित मिति: शनिबार, भदौ १८, २०७९  ०८:०७
प्रतिक्रिया दिनुहोस्
थप समाज
एक महिनामा आयो एसइइको नतिजा
एक महिनामा आयो एसइइको नतिजा सोमबार, वैशाख २८, २०८३
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित सोमबार, वैशाख २८, २०८३
कोहलपुरमा दुई दिनमा हटाइयो  १ सय ८ घर, टहरा
कोहलपुरमा दुई दिनमा हटाइयो १ सय ८ घर, टहरा सोमबार, वैशाख २८, २०८३
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो आइतबार, वैशाख २७, २०८३
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी आइतबार, वैशाख २७, २०८३
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा शनिबार, वैशाख २६, २०८३
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट शुक्रबार, वैशाख २५, २०८३
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ शुक्रबार, वैशाख २५, २०८३
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप बिहीबार, वैशाख २४, २०८३
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्