Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
समाज
  • Home
  • समाज
  • सुदूरपश्चिममा बाढी र पहिरोमा परी १८ को मृत्यु, ६ जना अझै बेपत्ता 
सुदूरपश्चिममा बाढी र पहिरोमा परी १८ को मृत्यु, ६ जना अझै बेपत्ता 
दूरसञ्‍चार
दूरसञ्‍चार शनिबार, असोज १, २०७९

धनगढी : अविरल वर्षाका कारण आएको बाढी र पहिरोले सुदूरपश्चिम प्रदेशमा ठूलो धनजनको क्षति भएको छ । वर्षाका कारण सबैभन्दा बढी अछाममा क्षति पुगेको छ ।

शुक्रबार राति आएको पहिरोले अछाममा १७ जनाको मृत्यु हुनुका साथै ५ जना बेपत्ता भएका छन, भने कैलालीमा बाढीले १ जनाको मृत्यु भएको छ, भने १ जना बेपत्ता भएका छन् ।

अछामको कमलबजार नगरपालिका वडा नम्बर ६ ठाँडीखाँदमा इन्द्रसिंह कामीको घरमा पहिरो जाँदा एकै परिवारका ७ जनाको मृत्यु भएको छ, भने ७ जना घाइते भएका छन । मृत्यु हुनेमा ३० वर्षीया अमृता कामी, १७ वर्षीया सरिता कामी, २१ वर्षीया अर्चना कामी, ९ वर्षीय निखिल कामी, ३६ वर्षीया मैनकला कामी, १५ वर्षीया गीता कामी र १२ वर्षीया सिरु कामी रहेका छन ।

घाइते हुनेमा इन्द्रसिंह कामी, भक्त कामी, कल्पना कामी, सुशीला कामी, सफलता कामी, डिक्रा कामी र ममता कामी रहेका छन । यसैगरी कमलबजार नगरपालिका वडा नम्बर ८, डुङ्लाका खिउरे दमाईको घरमा पहिरो जाँदा उनको परिवारका ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा २६ वर्षीया गम्भी दमाई, २३ वर्षीया भाना दमाई, ६ वर्षीया डिक्रा दमाई, ३ वर्षीया कलु दमाई र ४ वर्षीया कल्पना दमाई रहेका छन । परिवारका मूली खिउरे भने घाइते भएका छन । तुर्माखाँदा गाउँपालिका वडा नम्बर ५, नाडाका नेत्रबहादुर शाही र रितबहादुर शाहीको घर पहिरोले बगाउँदा ४ जनाको मृत्यु भएको छ भने पाँच जनाको अवस्था अज्ञात रहेको छ ।

मृत्यु हुनेमा घरमूली ४५ वर्षीय नेत्रबहादुर शाही, उनकी श्रीमती ३६ वर्षीया मनिषा शाही, उनकी १७ वर्षकी छोरी विमला शाही र उनकी भतिजी १७ वर्षीया जानकी शाही रहेका छन । पहिरोमा परेर २१ वर्षीया भावना शाही, १७ वर्षीया कल्पना शाही, १३ वर्षीय सुन्दर शाही, १ वर्षीया मेलिना शाही र अढाइ वर्षीया करिस्मा शाही बेपत्ता भएका छन ।

उनीहरुको खोजी कार्य जारी रहेको प्रहरी नायब महानिरीक्षक मोहनकुमार आचार्यले बताए । ढकारी गाउँपालिका वडा नम्बर ६, मा पहिरोले घर पुरिँदा २ वर्षीय नवीन बुढाको मृत्यु भएको छ, भने उनकै परिवारका ३ जना घाइते भएका छन् ।

उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर शनिबार दिउँसो अछामका घटनास्थलमा पुगेको छ । गम्भीर घाइते भएका ३ जनालाई थप उपचारका लागि सुर्खेत लगिएको छ, भने ३ जनाको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको छ ।

अविरल वर्षात्का कारण कैलालीमा बाढीले बगाएर धनगढी उपमहानगरपालिका–१३, झलारी गाउँ बस्ने १९ वर्षीया नवीना चौधरीको मृत्यु भएको छ भने भजनी नगरपालिका वडा नम्बर ८, का ५५ वर्षीया कालुराम चौधरीलाई मोहना नदीमा आएको बाढीले बगाएको छ । उनको अवस्था अझै अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

घर भत्कँदा कैलालीको चुरे गाउँपालिका–३, का ८ वर्षीय आयुष सापकोटा र टीकापुर नगरपालिका–१, का २२ वर्षीय शिशिर चौधरी घाइते भएका छन । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । बाढीले कैलाली र कञ्चनपुरमा १ हजार भन्दा बढी घर डुवानमा पर्नुका साथै सयौँ परिवार विस्थापित भएका छन ।

कैलालीको भजनी नगरपालिका वडा नम्बर १,२,३,५,७ र ८ मा मोहना र कान्द्रा नदीमा आएको बाढीले ७ सय भन्दा बढी घर डुबानमा परेको प्रहरी नायब उपरीक्षक जोशीले बताए । कैलारी गाउँपालिका वडा नम्बर ३, ५ र ७ मा मोहना नदीमा आएको बाढीले १ सय ८० घर, लम्की चुहा नगरपालिका वडा नम्बर ७ र ९ मा १ सय १० परिवार, जानकी गाउँपालिकाको वडा नम्बर ४ र ७ मा १ सय ४० परिवार र धनगढी उपमहानगरपालिका–१३ श्रीलंकामा १३ परिवार डुबानमा परेका छन । -नागरिकन्युजबाट 


प्रकाशित मिति: शनिबार, असोज १, २०७९  २२:१६
प्रतिक्रिया दिनुहोस्
थप समाज
बाँकेमै पहिलो पटक बैजनाथमा डिजिटल प्रविधिबाट सेवा प्रवाह 
बाँकेमै पहिलो पटक बैजनाथमा डिजिटल प्रविधिबाट सेवा प्रवाह  बिहीबार, असार १९, २०८२
पत्रकार दिलभूषणलाई २५ हजार धरौटीमा छाड्न आदेश
पत्रकार दिलभूषणलाई २५ हजार धरौटीमा छाड्न आदेश बिहीबार, असार १९, २०८२
राप्ती सोनारीमा तेस्रो चौमासिक सार्वजनिक सुनुवाई 
राप्ती सोनारीमा तेस्रो चौमासिक सार्वजनिक सुनुवाई  बुधबार, असार १८, २०८२
लुम्बिनी प्राविधिक विश्वविद्यालयले मनायो तेस्रो वार्षिक उत्सव
लुम्बिनी प्राविधिक विश्वविद्यालयले मनायो तेस्रो वार्षिक उत्सव बुधबार, असार १८, २०८२
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस  आइतबार, असार १५, २०८२
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु आइतबार, असार १५, २०८२
देशका विभिन्न भागमा आज भारी वर्षाको सम्भावना
देशका विभिन्न भागमा आज भारी वर्षाको सम्भावना शनिबार, असार १४, २०८२
एसईई नतिजा प्रकाशनको अन्तिम तयारी
एसईई नतिजा प्रकाशनको अन्तिम तयारी शुक्रबार, असार १३, २०८२
जानकीको नीति तथा कार्यक्रम : छोरी सम्झाउ कार्यक्रम लागु गरिने
जानकीको नीति तथा कार्यक्रम : छोरी सम्झाउ कार्यक्रम लागु गरिने सोमबार, असार ९, २०८२
लोकप्रीय
  • Week
  • Month
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
राप्ती सोनारीमा तेस्रो चौमासिक सार्वजनिक सुनुवाई 
राप्ती सोनारीमा तेस्रो चौमासिक सार्वजनिक सुनुवाई 
वेष्टर्न ट्राभल मार्ट-२०२५ को खर्च सार्वजनिक 
वेष्टर्न ट्राभल मार्ट-२०२५ को खर्च सार्वजनिक 
‘म पार्टी सभापति भएमा कार्यकर्तालाई अधिकतम न्याय गर्छु’ : सह-महामन्त्री राठौंर 
‘म पार्टी सभापति भएमा कार्यकर्तालाई अधिकतम न्याय गर्छु’ : सह-महामन्त्री राठौंर 
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
‘घुमौं राप्ती सोनारी, झुमौ राप्ती सोनारी’ अभियानलाई निरन्तरता दिइने 
‘घुमौं राप्ती सोनारी, झुमौ राप्ती सोनारी’ अभियानलाई निरन्तरता दिइने 
मेरो कथा
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
अन्तर्वार्ता
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’ दूरसञ्‍चार
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’ दूरसञ्‍चार
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्