Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  • सुदूरपश्चिममा बाढी र पहिरोमा परी १८ को मृत्यु, ६ जना अझै बेपत्ता 
सुदूरपश्चिममा बाढी र पहिरोमा परी १८ को मृत्यु, ६ जना अझै बेपत्ता 
दूरसञ्‍चार
दूरसञ्‍चार शनिबार, असोज १, २०७९

धनगढी : अविरल वर्षाका कारण आएको बाढी र पहिरोले सुदूरपश्चिम प्रदेशमा ठूलो धनजनको क्षति भएको छ । वर्षाका कारण सबैभन्दा बढी अछाममा क्षति पुगेको छ ।

शुक्रबार राति आएको पहिरोले अछाममा १७ जनाको मृत्यु हुनुका साथै ५ जना बेपत्ता भएका छन, भने कैलालीमा बाढीले १ जनाको मृत्यु भएको छ, भने १ जना बेपत्ता भएका छन् ।

अछामको कमलबजार नगरपालिका वडा नम्बर ६ ठाँडीखाँदमा इन्द्रसिंह कामीको घरमा पहिरो जाँदा एकै परिवारका ७ जनाको मृत्यु भएको छ, भने ७ जना घाइते भएका छन । मृत्यु हुनेमा ३० वर्षीया अमृता कामी, १७ वर्षीया सरिता कामी, २१ वर्षीया अर्चना कामी, ९ वर्षीय निखिल कामी, ३६ वर्षीया मैनकला कामी, १५ वर्षीया गीता कामी र १२ वर्षीया सिरु कामी रहेका छन ।

घाइते हुनेमा इन्द्रसिंह कामी, भक्त कामी, कल्पना कामी, सुशीला कामी, सफलता कामी, डिक्रा कामी र ममता कामी रहेका छन । यसैगरी कमलबजार नगरपालिका वडा नम्बर ८, डुङ्लाका खिउरे दमाईको घरमा पहिरो जाँदा उनको परिवारका ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा २६ वर्षीया गम्भी दमाई, २३ वर्षीया भाना दमाई, ६ वर्षीया डिक्रा दमाई, ३ वर्षीया कलु दमाई र ४ वर्षीया कल्पना दमाई रहेका छन । परिवारका मूली खिउरे भने घाइते भएका छन । तुर्माखाँदा गाउँपालिका वडा नम्बर ५, नाडाका नेत्रबहादुर शाही र रितबहादुर शाहीको घर पहिरोले बगाउँदा ४ जनाको मृत्यु भएको छ भने पाँच जनाको अवस्था अज्ञात रहेको छ ।

मृत्यु हुनेमा घरमूली ४५ वर्षीय नेत्रबहादुर शाही, उनकी श्रीमती ३६ वर्षीया मनिषा शाही, उनकी १७ वर्षकी छोरी विमला शाही र उनकी भतिजी १७ वर्षीया जानकी शाही रहेका छन । पहिरोमा परेर २१ वर्षीया भावना शाही, १७ वर्षीया कल्पना शाही, १३ वर्षीय सुन्दर शाही, १ वर्षीया मेलिना शाही र अढाइ वर्षीया करिस्मा शाही बेपत्ता भएका छन ।

उनीहरुको खोजी कार्य जारी रहेको प्रहरी नायब महानिरीक्षक मोहनकुमार आचार्यले बताए । ढकारी गाउँपालिका वडा नम्बर ६, मा पहिरोले घर पुरिँदा २ वर्षीय नवीन बुढाको मृत्यु भएको छ, भने उनकै परिवारका ३ जना घाइते भएका छन् ।

उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर शनिबार दिउँसो अछामका घटनास्थलमा पुगेको छ । गम्भीर घाइते भएका ३ जनालाई थप उपचारका लागि सुर्खेत लगिएको छ, भने ३ जनाको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको छ ।

अविरल वर्षात्का कारण कैलालीमा बाढीले बगाएर धनगढी उपमहानगरपालिका–१३, झलारी गाउँ बस्ने १९ वर्षीया नवीना चौधरीको मृत्यु भएको छ भने भजनी नगरपालिका वडा नम्बर ८, का ५५ वर्षीया कालुराम चौधरीलाई मोहना नदीमा आएको बाढीले बगाएको छ । उनको अवस्था अझै अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

घर भत्कँदा कैलालीको चुरे गाउँपालिका–३, का ८ वर्षीय आयुष सापकोटा र टीकापुर नगरपालिका–१, का २२ वर्षीय शिशिर चौधरी घाइते भएका छन । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । बाढीले कैलाली र कञ्चनपुरमा १ हजार भन्दा बढी घर डुवानमा पर्नुका साथै सयौँ परिवार विस्थापित भएका छन ।

कैलालीको भजनी नगरपालिका वडा नम्बर १,२,३,५,७ र ८ मा मोहना र कान्द्रा नदीमा आएको बाढीले ७ सय भन्दा बढी घर डुबानमा परेको प्रहरी नायब उपरीक्षक जोशीले बताए । कैलारी गाउँपालिका वडा नम्बर ३, ५ र ७ मा मोहना नदीमा आएको बाढीले १ सय ८० घर, लम्की चुहा नगरपालिका वडा नम्बर ७ र ९ मा १ सय १० परिवार, जानकी गाउँपालिकाको वडा नम्बर ४ र ७ मा १ सय ४० परिवार र धनगढी उपमहानगरपालिका–१३ श्रीलंकामा १३ परिवार डुबानमा परेका छन । -नागरिकन्युजबाट 


प्रकाशित मिति: शनिबार, असोज १, २०७९  २२:१६
प्रतिक्रिया दिनुहोस्
थप समाज
होटल पौवाले मनाउँदै १० औँ वार्षिक उत्सव
होटल पौवाले मनाउँदै १० औँ वार्षिक उत्सव मंगलबार, चैत २४, २०८२
जयेन्दु बाल सुधार गृहका दाताको स्मृतिमा माल्यार्पण
जयेन्दु बाल सुधार गृहका दाताको स्मृतिमा माल्यार्पण मंगलबार, चैत २४, २०८२
रूपन्देहीमा गोली चल्यो, ३ लागुऔषध कारोबारी पक्राउ
रूपन्देहीमा गोली चल्यो, ३ लागुऔषध कारोबारी पक्राउ सोमबार, चैत २३, २०८२
लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ ‘एन’ को मनोनयन दर्ता 
लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ ‘एन’ को मनोनयन दर्ता  आइतबार, चैत २२, २०८२
प्रहरीको अभियानपछि गुन्डागर्दीमा संलग्न युवाले छाड्न थाले काठमाडौं
प्रहरीको अभियानपछि गुन्डागर्दीमा संलग्न युवाले छाड्न थाले काठमाडौं शनिबार, चैत २१, २०८२
चितवनमा बर्डफ्लु देखिएपछि १८ हजार बढी कुखुरा नष्ट
चितवनमा बर्डफ्लु देखिएपछि १८ हजार बढी कुखुरा नष्ट सोमबार, चैत १६, २०८२
जलेको अवस्थामा महिलाको शव फेला
जलेको अवस्थामा महिलाको शव फेला आइतबार, चैत १५, २०८२
प्रतिवेदनप्रति बारको असहमति, अध्ययन गर्न समिति गठन 
प्रतिवेदनप्रति बारको असहमति, अध्ययन गर्न समिति गठन  बिहीबार, चैत १२, २०८२
एकातिर बर्डफ्लुको त्रास, अर्कोतिर भित्रिदै भारतीय कुखुरा र चल्ला 
एकातिर बर्डफ्लुको त्रास, अर्कोतिर भित्रिदै भारतीय कुखुरा र चल्ला  बुधबार, चैत ११, २०८२
लोकप्रीय
  • Week
  • Month
होटल पौवाले मनाउँदै १० औँ वार्षिक उत्सव
होटल पौवाले मनाउँदै १० औँ वार्षिक उत्सव
विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती
विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती
एमालेमा विशेष महाधिवेशन बोलाउन हस्ताक्षर सुरू
एमालेमा विशेष महाधिवेशन बोलाउन हस्ताक्षर सुरू
सभामुख अर्यालले सम्हाले कार्यभार
सभामुख अर्यालले सम्हाले कार्यभार
एमाले सं‌सदीय दलमा बादल
एमाले सं‌सदीय दलमा बादल
कांग्रेस महासमिति सदस्य शाह र प्रदेश प्रतिनिधि यादवमाथी कारबाही सिफारिस
कांग्रेस महासमिति सदस्य शाह र प्रदेश प्रतिनिधि यादवमाथी कारबाही सिफारिस
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस क्षेत्र नम्बर १ बाँकेको बैठकद्धारा शर्माको राजीनामा अस्वीकृत
कांग्रेस क्षेत्र नम्बर १ बाँकेको बैठकद्धारा शर्माको राजीनामा अस्वीकृत
नेपालगन्जमा खुल्यो १५ करोडको लगानीमा 'होटेल कान्तिपुर प्लाजा'
नेपालगन्जमा खुल्यो १५ करोडको लगानीमा 'होटेल कान्तिपुर प्लाजा'
बैजनाथ गाउँपालिकाले ३६ जना बड्घर र चौकीदारलाई बाँड्यो साईकल
बैजनाथ गाउँपालिकाले ३६ जना बड्घर र चौकीदारलाई बाँड्यो साईकल
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्