Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  • बाँकेको कुसुममा घरबाटै हराए दुई बालिका
बाँकेको कुसुममा घरबाटै हराए दुई बालिका
दूरसञ्‍चार
दूरसञ्‍चार शुक्रबार, असोज ७, २०७९
राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ निवासी निशा परियार र बन्दना बि.क ।

नेपालगन्ज : बाँकेको कुसुममा दुई बालिका घरबाटै हराएका छन् । दाङसँग सिमा जोडिएको जिल्लाको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुम बैरिया निवासी ११ वर्षका बन्दना बिक र  निशा परियार तीन दिनदेखी घरबाट हराएका हुन् । 

परिवारका अनुसार मंगलबार बेलुका करिव ८ बजेतिर घरमा खाना खाएर सुत्ने क्रममा उनीहरु एक्कासी हराएका थिए । बालिका हराएको दुई दिनपछि बिहीबार मात्र ईलाका प्रहरी कार्यालय कुुसुममा परिवारले निवेदन दिएको स्थानीय प्रहरीले जनाएको छ ।

ईप्रका कुसुमका निमित्त ईन्चार्ज एवम् प्रहरी सहायक निरीक्षक टेकबहादुर केसीले परिवारको निवेदन प्राप्त भएपछि खोजी गर्ने काम सुरु भएको बताए । बालिका हराएको विषयमा हामीलाई हिजो (बिहीबार) मात्र परिवारबाट जानकारी भयो, हामीले बालिकाको फोटो र हुलिया टिपेर माथी पठाइदिएका छौं,’ केसीले भने ।

बन्दना र निशा दुबैका आमा दोस्रो बिबाह गरेर अन्यत्रै गएका छन् । बुवाले दोस्रो बिबाह गरेपछि उनीहरु हजुरबुवा र हजुरआमासँग बस्दै आएका थिए । दुबैका बुवा रोजगारीका लागि घर बाहिर रहेको बुझिएको छ । आफन्तका अनुसार निशाको आमा दोस्रो बिबाह गरेर अन्यत्रै गएपछि माउली हजुर बुवासँग बस्ने गरेकी थिइन् । 

यस्तै बन्दनाकी आमा पनि दोस्रो बिवाह गरेर अन्यत्र गएपछि घरमा कान्छी आमा र हजुरआमासँग बस्दै आएकी थिइन् । ‘दुबैको घर नजिक छ, निशा र बन्दनाको अवस्था मिल्दो जुल्दो थियो, दुबै जना एकदमै मिल्ने गथ्र्ये,’ आफन्त बिक्रम नेपालीले भने । अहिलेसम्म आफन्त कहाँ चारैतिर सम्पर्क गर्दा पनि कतै पत्ता नलागेको उनले सुनाए । ‘आफन्त कहाँ जताततै फोन सम्पर्क गर्दा पनि पत्ता लागेको छैन, उनीहरु कहाँ गए ? अथवा कस्ले लिएर गयो भन्ने केही खुलेको छैन,’ नेपालीले भने ।

बिक्रमका अनुसार त्यसदिन निशाले खाना पकाएको भनि बन्दनालाई आफ्नो घरमा लिएर गएकी थिइन् । खाना खाएर सुत्न भनि कोठामा पसेका उनीहरु त्यहाँबाट कहाँ गए ? परिवारले पत्तो नै पाएनन् । आफन्तका अनुसार निशाले स्थानीय कुसुमेश्वर माध्यामिक बिद्यालयको कक्षा ४ र बन्दनाले सोही बिद्यालयको कक्षा ३ मा पढ्छन् । ‘कोठामा किताबहरु त्यसै छाडेका छन्, लगाउने कपडाहरु सबै कोठामै छन्, बडो अचम्मको घटना भएको छ,’ बिक्रमले भने ‘हामी आफन्तहरु साह्रै चिन्तामा छौं ।’ 

राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष यमबहादुर खड्काले दुई जना बालिका घरबाटै हराएको जानकारी आफुले पाएपछि खोजी कार्यमा सक्रियता देखाउन प्रहरीलाई आग्रह गरिएको बताए । ‘घरबाटै बालिकाहरु हराएको घटना सार्बजनिक भएको छ, यसमा प्रहरीले सक्रियता पुर्वक खोजी कार्य र अनुसन्धानलाई अगाडी बढाउनुपर्छ,’ उनले भने । 

ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख एवम् प्रहरी नायव उपरीक्षक(डिएसपी) ऐनबहादुर मल्लले बालिका हराएको विषयमा अनुसन्धान सुरु गरिने बताए । ‘घटनाको वास्तविकता बुझेर उनीहरुको अवस्था पत्ता लगाउँछौं,’ मल्लले भने ।


प्रकाशित मिति: शुक्रबार, असोज ७, २०७९  १८:३६
प्रतिक्रिया दिनुहोस्
थप समाज
एक महिनामा आयो एसइइको नतिजा
एक महिनामा आयो एसइइको नतिजा सोमबार, वैशाख २८, २०८३
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित सोमबार, वैशाख २८, २०८३
कोहलपुरमा दुई दिनमा हटाइयो  १ सय ८ घर, टहरा
कोहलपुरमा दुई दिनमा हटाइयो १ सय ८ घर, टहरा सोमबार, वैशाख २८, २०८३
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो आइतबार, वैशाख २७, २०८३
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी आइतबार, वैशाख २७, २०८३
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा शनिबार, वैशाख २६, २०८३
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट शुक्रबार, वैशाख २५, २०८३
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ शुक्रबार, वैशाख २५, २०८३
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप बिहीबार, वैशाख २४, २०८३
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्