Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  • सुरक्षाकर्मीकै मिलेमतोमा भारतबाट सामान तस्करी
सुरक्षाकर्मीकै मिलेमतोमा भारतबाट सामान तस्करी
दूरसञ्‍चार
दूरसञ्‍चार शुक्रबार, असोज १४, २०७९

नेपालगन्ज : शुक्रबार अपरान्ह ४ः३० बजे । सशस्त्र प्रहरीका एक जना सुरक्षाकर्मी सिमानाकामै ड्युटी बसेका छन् । सिमापारी भारततर्फबाट साईकलमा अबैध सामान ल्याएको एउटा हुल एकैछिनमा आइपुग्छ ।

सशस्त्र प्रहरीलाई देख्ने बित्तिकै तस्करहरुले सिमापारी झाडीमा सामान लुकाउँछन् । त्यसपछि सशस्त्र प्रहरी कहाँ आएर सामान पास गराउन बार्गेनिङ सुरु गर्छन् । सशस्त्र प्रहरी र तस्करबीच केहीबेरसम्म पैसामा बार्गेनिङ चल्छ । त्यसपछि सशस्त्र प्रहरीले वरपरको ‘साईड क्लियर’ गर्छन् र तस्करीलाई सामानसहित नेपाल प्रवेश गर्न अनुमति दिन्छन् ।

Jhadi maa Taskar Haru1664551431.jpg

यो दृश्य थियो, शुक्रबार बाँकेको जानकी गाउँपालिका वडा नम्बर १ शिवपुरीस्थित नेपाल-भारत अवैध नाकाको । यहाँका स्थानीय बासिन्दाका अनुसार उक्त नाकाबाट यसरी नै दैनिक रुपमा सशस्त्र प्रहरीकै सेटिङमा बिना भन्सार कराडौंको सामान नेपाल भित्रिन्छ । स्थानीयका अनुसार उक्त नाकामा सशस्त्र प्रहरीले मात्र आफ्ना कर्मचारीलाई ड्युटीमा खटाउने गरेको छ ।

Sivapuri_Taskar1664551434.jpg

सिमा सुरक्षामा खटिने सशस्त्र प्रहरी नै अवैध धन्दामा लाग्दा राज्यलाई कराडौं राजश्व नोक्सानी भइरहेको स्थानीय बताउँछन् । ‘यो नाकामा दिउँसो नै तस्करीका सामान खुलेआम रुपले भित्रिन्छ, रातको समयमा त झन् के हुन्छ होला तपाई आफैं कल्पना गर्नुस्,’ नाम नछाप्ने शर्तमा शिवपुरीकी एक महिलाले भनिन् । दशैँको मौका छोपेर यहाँबाट तस्करी झनै बढेको छ ।

यो त एउटा उदाहरण मात्र हो । शिवपुरी नाका जस्तै जिल्लाका विभिन्न अवैध नाकाबाट पनि भन्सार छलेर सामान तस्करी हुने गरेको छ । नेपाल-भारत सिमा नाकाबाट सामान तस्करी भइरहँदा पनि रोकिएको छैन । अधिकांश स्थानमा सिमा सुरक्षार्थ खटिने सुरक्षाकर्मीले नै तस्करलाई पहरा दिने गरेको स्थानीयको भनाइ छ । सरकारले सिमा र भन्सार सुरक्षा गस्ती गर्न सशस्त्र प्रहरीलाई खटाएको छ ।

तर, बाँकेका सिमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीले नै तस्करीलाई मलजल गरिरहेको स्थानीय बताउँछन् । ‘सिमा क्षेत्रमा खटिने सशस्त्र प्रहरी कै मिलेमतोमा खुलेआम सामान तस्करी भइरहेको छ, तस्करी रोक्ने अब कस्ले ?’ हिरमिनियाका एक स्थानीयले भने । सशस्त्र प्रहरीले नेपाल-भारत जमुनाहा नाकामा मात्र नभएर अन्य थुप्रै अवैध नाकाबाट दिनहुँजसो नेपालतर्फ सामान भित्र्याउन तस्करलाई सहयोग गरिरहेको प्रत्यक्षदर्शी बताउँछन् ।

Sivapuri_Taskari1664551436.jpg

तस्करसँग सेटिङ मिलाएर सशस्त्र प्रहरीका उच्च अधिकारीको मिलेमतोमा सामान निर्वाध रुपमा भित्रिरहेको प्रत्यक्षदर्शी स्थानीयको भनाइ छ । त्यसरी सामान सप्लाई गरिदिए वापत सशस्त्र प्रहरीका जुनियरदेखी सिनियर अधिकारीलाई तस्करले मासिक रुपमा रकम बुझाउने गरेको स्रोतले जानकारी दियो ।

‘सरकारले विश्वास गरेर सुरक्षा गर्ने जिम्मा सशस्त्र प्रहरीलाई दिएको छ, तर यिनीहरु नै इमान्दार भएनन्, जसले गर्दा राज्यलाई करोडौंको राजश्व घाटा भइरहेको छ,’ स्थानीय भन्छन् । सिमा क्षेत्रमा तस्करी बढिरहँदा सुरक्षा अधिकारीहरु भने आरोप अस्वीकार गर्छन् । सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) जनकराज बस्नेत तस्करी नभएको, बरु रोकिएको दाबी गर्छन् ।

Sivapuri Saman Taskari1664551434.jpg

सिमापारी भारतीय बजारबाट मालबाहक सवारी साधन, साइकल, मोटरसाइकल, अटोरिक्सा, लगायत सवारी साधनमार्फत तस्करले खाद्यान्न, लत्ता कपडा, इलेक्ट्रोनिक्स सामान, मोटर पाट्र्स लगायत भन्सार छलेर भित्र्याउने गर्छन् । ‘सुरक्षाकर्मीले नै पहरा दिएर तस्करहरुको सामान नेपालतर्फ प्रवेश गराउँछन्, कहिले काही बार्गेनिङ नमिलेपछि सामान बरामद गरेको भनि प्रचार गर्छन्,’ स्थानीयले भने ।


प्रकाशित मिति: शुक्रबार, असोज १४, २०७९  २१:०८
प्रतिक्रिया दिनुहोस्
थप समाज
ग्याँस अभाव र समाधानबारे लिखित जवाफ दिन सर्वाेच्चकाे आदेश
ग्याँस अभाव र समाधानबारे लिखित जवाफ दिन सर्वाेच्चकाे आदेश शुक्रबार, फागुन २९, २०८२
किशोरी साहको रिटमा सुनुवाइ सकियो
किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
इनिशालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन
इनिशालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन बिहीबार, फागुन २८, २०८२
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही' सोमबार, फागुन २५, २०८२
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन आइतबार, फागुन २४, २०८२
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन 
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन  बुधबार, फागुन २०, २०८२
मौन अवधिमा बाँकेमा  आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण
मौन अवधिमा बाँकेमा आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण मंगलबार, फागुन १९, २०८२
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते मंगलबार, फागुन १९, २०८२
तराई मधेशमा आज मनाइँदै होली पर्व
तराई मधेशमा आज मनाइँदै होली पर्व मंगलबार, फागुन १९, २०८२
लोकप्रीय
  • Week
  • Month
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
मेयर कप क्रिकेटमा लायन किङ्स विजयी ‎
मेयर कप क्रिकेटमा लायन किङ्स विजयी ‎
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्