Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  • आज महाअष्टमी, कालरात्रिमा प्रधान देवताको विशेष पूजा
आज महाअष्टमी, कालरात्रिमा प्रधान देवताको विशेष पूजा
दूरसञ्‍चार
दूरसञ्‍चार सोमबार, असोज १७, २०७९

काठमाडौं : आज बडादसैंको आठौं दिन महाअष्टमी हो। यो नवरथामध्येमा पर्ने एक विशेष तिथि हो । नवरथामा विशेष गरी देवीको पूजाआराधना हुने गर्छ। महाअष्टमीको रातलाई कालरात्रि पनि भनिन्छ।


अन्य दिनमा झैं महाअष्टमीका दिन भक्तजन शक्तिका प्रतीक महाकाली, महालक्ष्मी, महासरस्वती र देवी भगवतीका मन्दिरमा जान्छन्। महाअष्टमीमा काठमाडौं उपत्यकाका दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, शोभा भगवती, भद्रकाली, बिजेश्वरी, इन्द्रायणी, नरदेवी, बज्रवाराही, रक्तकाली, संकटा, बंगलामुखीलगायत शक्तिपीठमा बलि चढाउने र पूजाआराधना गर्ने प्रचलन छ।

भागवत, मार्कण्डेय पुराणलगायतमा देवीको सृष्टिबारे धेरै निरूपण गरिएको छ। वर्षमा विशेषगरी चारवटा नवरात्र हुन्छन्– चैत्र शुक्लपक्ष, असार शुक्लपक्ष, आश्विन शुक्लपक्ष र माघ शुक्लपक्ष। त्यसमा पनि नेपालीहरूको परम्परा, संस्कृतिका साथै विविध कारणले शरदकालको पूजाको विशेष महŒव भएकाले पनि यो समयको अष्टमी वा महाअष्टमीको धेरै महत्त्व रहेको उपप्राध्यापक डा. पुरुषोत्तम भट्टराई बताउँछन्।

‘दसैं भन्नेबित्तिकै हामी सबैले यसको सांस्कृतिक महŒव बुझेकै छौं। विगतमा मानिसहरू आर्थिक वा केही कारणवश दसैं मनाउन नसकेको खण्डमा राज्य वा साथीभाइ, समाज मिलेर सद्भाव बाँड्ने गर्थे। नसकेका मानिसहरूले पनि दसैं मनाउन सक्ने व्यवस्था समाजले नै गथ्र्याे,’ उनी भन्छन्।

दसैंमा सबैले मिठो खानुपर्छ, राम्रो लाउनुपर्छ, सबैमा सन्तोषको अनुभूति हुनुपर्छ भन्ने मान्यता छ। धार्मिक महŒवका दृष्टिले हेर्दा दसैं यो शक्ति आर्जन गर्ने समय पनि हो। देवीको आराधना गर्नु भनेको शक्तिको आराधना गर्नु हो। शक्तिबिना केही सम्भव छैन।

पुराणहरूमा उल्लेख भएअनुसार ब्रह्मा, विष्णु र महेश्वरबाट हीन भए पनि शक्तिबाट हीन हुनुहुँदैन। ‘देवीको कृपाबिना संसार चल्दैन। महासप्तमीको दिन नवपत्रिका भिœयाइसकेपछि महाअष्टमीमा अझै विशेष आवरणको पूजा हुन्छ,’ उपप्राध्यापक डा. भट्टराई भन्छन्।

उनका अनुसार प्रतिपदाको दिनमा जसरी विधिपूर्वक देवीको स्थापना, आह्वान र पूजा गरिन्छ, महाअष्टमीको दिनमा पनि त्यसरी नै नित्य पूजा हुन्छ। यसमा विशेषगरी वस्त्र, आभूषण देवीलाई चढाउने, नौ वर्षकी कन्याको पूजा गर्नेलगायत विधि पूरा गरिन्छ।

महाअष्टमीको रातलाई कालरात्रि भनिन्छ, जसमा देवी, गणेश, कलशलगायत अंग देवताको स्थापना गरी पूजा गरिएको ठाउँमा प्रधान देवताको विशेष पूजा हुन्छ। सप्तमीको दिनमा भिœयाइएको नवपत्रिकाबाट कालरात्रिमा पनि पूजा गर्ने विधान छ।

साथै सोही दिन शस्त्रअस्त्रको पनि पूजा हुन्छ। खुकुरी, खुँडा, तरबारलगायत हातमा लिएर प्रयोग गरिनेलाई शस्त्र भनिन्छ भने धनुषबाणलगायत टाढैबाट प्रहार गर्न मिल्नेलाई अस्त्र भनिन्छ। शस्त्रअस्त्रको पूजा गरिसकेपछि बलिको विधान पनि हुन्छ।

बलि कसरी र के दिने भने विषयमा पहिला दरबारबाट निर्णय गरिन्थ्यो। अहिले राज्यका तर्फबाट हनुमानढोकामा पशुबलि दिइन्छ। ‘ प्रतिनिधि बलिको विधान वर्णनअनुसार हुन्छ। यदि कोही शाकाहारी भए कुस्मान्डा र इछुदन्ड आदि बलि दिइन्छ,’ उपप्राध्यापक डा. भट्टराई भन्छन्, ‘त्यो भनेको कुभिन्डो, उखु, मुला, बेल, नरिवल, केरा, घिरौंलालगायत हुन्। बलिलाई उपहारको रूपमा पनि लिइन्छ। बलि दिँदा देवीको प्रिय वस्तु दिने चलन पनि छ।’

महाअष्टमीकै दिन हामीभित्रको काम, क्रोध, लोभ, मोह, मद, मासलगायतका षटशत्रु (आफूभित्र भएका ६ वटा शत्रु) नाश गर्न पनि बलि दिने भन्ने विश्वास रहिआएको छ। सोही कारण कामको प्रतीकका रूपमा बोको, क्रोधको प्रतीकका रूपमा राँगो र मोहको प्रतीकका रूपमा हाँसको बलि दिइन्छ।

दसैंका अन्य दिनको तुलनामा महाअष्टमीको विशेष महŒव हुनुको अर्को कारण भनेको कालरात्रि पनि हो। अन्य दिनमा बिहान मात्र पूजा हुन्छ भने यस दिन रात्रिको समयमा पनि पूजा र हवन हुन्छ।

उपप्राध्यापक डा. भट्टराईको भनाइमा विगतको तुलनामा अष्टमी मनाउने विधिमा खासै फरक आएको देखिँदैन। जसले धार्मिक रूपमा शास्त्रीय पक्षलाई मात्र समेटेर पूजापाठ गर्छ, उनीहरूमा खासै भिन्नता छैन। सांस्कृतिक पक्षमा मानिसहरू चाडसँग जोडिन चाहने तर शास्त्रलाई ध्यान नदिने प्रचलन बढेको छ।

सबैले शास्त्रीय पक्ष नै अँगालेका छन् भन्न सकिने अवस्था छैन। कतिपयले अरूको देखासिकीमा मात्रै बलि चढाउने, हवन गर्ने गरेका उदाहरण पनि छन्।

महाअष्टमीका दिन काठमाडौं तलेजु भवानीको मन्दिर पनि सर्वसाधारणका लागि खुला हुन्छ। यसै दिन दसैंघर (हनुमानढोका) को मूल चोकमा तलेजु भवानीलाई ५४ राँगा र त्यति नै बोका बलि दिइन्छ। सोही दिन सुदूरपश्चिमको प्रमुख शक्तिपीठ निंगलासैनी मन्दिरमा करिब एक हजार ३ सय राँगा र ४ सयवटा बोकाको बलि चढाइन्छ।

उपप्राध्यापक डा. भट्टराईका अनुसार धर्मको क्षेत्रमा अहिले अलि विचलन छ। सनातन पद्धति र धर्म संस्कृतिप्रति अतिक्रमण भएको देखिन्छ। धर्मप्रति अनास्था फैलाउने क्रम पनि बढेको छ। दसैं सबै हिन्दु र बौद्ध धर्मावलम्बीले मनाउँछन्। हाम्रो समाज धार्मिक समन्वय भएको समाज हो।

दसैं मनाउने भनेको असत्यमाथि सत्यको जित चाहना, सत्यका पक्षधरहरूले मनाउने पर्व हो। जस्तै– राक्षसी प्रवृत्तिविरुद्ध लाग्नेहरूले दसैं मनाउँछन्। देवीले राक्षसहरूलाई विजय प्राप्त गरेको खुसीयालीमा मनाउने पर्व हो, दसैं। इतिहासमा उल्लेख भएअनुसार उनीहरूले समाजमा विकृति फैलाएका थिए, धर्म–संस्कृतिमाथि अतिक्रमण गरेका थिए, नारीमाथि आफ्नो स्वामित्त्व स्थापना गरेका थिए। त्यस्तो प्रवृत्तिलाई हटाएर समाजको मर्यादा स्थापना गरेको खुसीयालीमा पनि दसैं मनाउँदै आएको विश्वास छ।

साथै राम र रावणको प्रसंगसँग पनि दसैं जोडिएको छ। रावणले समाजमा अत्याचार फैलाउँदा रामले दैवशक्तिद्वारा रावणको वध गरेका थिए। जुनसुकै पौराणिक पक्ष जोडिए पनि सबैमा सत्यको पक्षमा लाग्न आह्वान गरेको र विजयी भएको हुँदा असत्यमाथि सत्यको विजय भएको सन्दर्भमा नेपालीहरूले दसैं मनाउँदै आएका छन्।


प्रकाशित मिति: सोमबार, असोज १७, २०७९  १०:११
प्रतिक्रिया दिनुहोस्
थप समाज
ग्याँस अभाव र समाधानबारे लिखित जवाफ दिन सर्वाेच्चकाे आदेश
ग्याँस अभाव र समाधानबारे लिखित जवाफ दिन सर्वाेच्चकाे आदेश शुक्रबार, फागुन २९, २०८२
किशोरी साहको रिटमा सुनुवाइ सकियो
किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
इनिशालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन
इनिशालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन बिहीबार, फागुन २८, २०८२
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही' सोमबार, फागुन २५, २०८२
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन आइतबार, फागुन २४, २०८२
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन 
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन  बुधबार, फागुन २०, २०८२
मौन अवधिमा बाँकेमा  आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण
मौन अवधिमा बाँकेमा आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण मंगलबार, फागुन १९, २०८२
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते मंगलबार, फागुन १९, २०८२
तराई मधेशमा आज मनाइँदै होली पर्व
तराई मधेशमा आज मनाइँदै होली पर्व मंगलबार, फागुन १९, २०८२
लोकप्रीय
  • Week
  • Month
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
मेयर कप क्रिकेटमा लायन किङ्स विजयी ‎
मेयर कप क्रिकेटमा लायन किङ्स विजयी ‎
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्