Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  • ‘गाउँपालिका समृद्ध बनाउन सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण’ : अध्यक्ष पौडेल 
‘गाउँपालिका समृद्ध बनाउन सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण’ : अध्यक्ष पौडेल 
दूरसञ्‍चार
दूरसञ्‍चार शनिबार, असोज २९, २०७९

बाँके (राप्ती सोनारी) : राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले समग्र गाउँपालिकालाई समृद्ध बनाउनमा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने औल्याएका छन् । 

समृद्धिका लागि सञ्चार नेपाल, राप्ती सोनारी-२ अगैया बाँकेको शनिबार सामुदायिक होमस्टे ढकेरीमा आयोजित चौथो साधारण सभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी अध्यक्ष पौडेलले भने, ‘समृद्धि जब सम्भव छ, तब सुशासन हुन्छ, जवाफदेहीता र पारदर्शिता सुशासनका पाटा हुन् ।’ सुशासनका लागि बहस हुन आवश्यक रहेको उनले जोड दिए । 

राप्ती सोनारीलाई समृद्ध बनाउनमा जनप्रतिनिधी एक्लैले गरेर मात्र सम्भव नभएको उनको तर्क छ । ‘हामी जनप्रतिनिधीहरु भर्खरै आएका छौं, करिव पाँच महिना बित्दैछ, राप्ती सोनारी देशकै ठुलो गाउँपालिका मध्येको एक गाउँपालिका हो,’ पौडेलले भने ‘विविधतामा पनि एकता छ यो गाउँपालिकामा, स्रोतको सम्भावना पनि छ । तर, जनप्रतिनिधीले मात्रै गरेर सम्भव छैन ।’ 

गाउँपालिकालाई समृद्ध गराउने दायित्व नागरिक समाजको पनि भएको बताए । राप्ती सोनारीलाई समृद्ध बनाउने अभियानमा लाग्न नागरिक समाजलाई अनुरोध गर्दै उनले यस्ता सामाजिक संघ, संस्थासँग गाउँपालिका कार्यालय सहकार्य गर्न तयार रहेको प्रतिवद्धता जनाए ।

गाउँपालिकाको महत्वपूर्ण आन्तरिक स्रोतका रुपमा रहेको नदीजन्य पदार्थको दोहनलाई सही तरिकाले ब्यवस्थापन गर्न नसकिएको उनको भनाई छ । पौडेलले थपे, ‘यो दोहनको दोष जनप्रतिनिधीलाई मात्र दिएर हुदैन, यसमा जो-जो संलग्न छन्, त्यसलाई कारबाही स्थानीय सरकारले मात्र गरेर हुदैन, यसका विरुद्ध सञ्चार क्षेत्रले पनि आवाज उठाउनुपर्छ ।’ गाउँपालिकाका विविध समस्याका विषयमा बहस चलाउन जरुरी रहेको उनले बताए । 

PM Nepal Anniversarry photo 21665855227.jpg

कार्यक्रमको पहिलो शत्रमा राप्ती सोनारी ८ का वडाअध्यक्ष शालिकराम डाँगी र वडा नम्बर ९ का वडाअध्यक्ष सोहनलाल चौधरीले पनि आफ्नो मन्तब्य राखेका थिए । संस्थाका अध्यक्ष अर्जुन ओलीले राप्ती सोनारी क्षेत्रको समृद्धिका निम्ती २०७५ सालमा संस्था स्थापना गरिएको स्मरण गराउँदै स्थानीय सरकारसँगको समन्वय, सहकार्य र सहयोगमा संस्थाले ग्रामिण क्षेत्रमा विभिन्न कामहरु गर्दै आएको बताए । 

उक्त कार्यक्रममा राप्ती सोनारी गाउँपालिका अध्यक्षका सचिवालय संयोजक पवनकुमार शाह, गाउँपालिकाका निर्वतमान उपाध्यक्ष धनीकुमारी खत्री लगायत अतिथी, संस्थाका पदाधिकारी, सदस्यहरु लगायतको उपस्थिती रहेको थियो । उक्त संस्थाका उपाध्यक्ष कृष्ण केसीले स्वागत गरेको उक्त कार्यक्रम सञ्चालन संस्थाका सचिव एवम् अधिवक्ता चित्रबहादुर केसीले गरेका थिए । 

यस्तै कार्यक्रमको दोस्रो शत्रलाई सम्बोधन गर्दै राप्ती सोनारी गाउँपालिका उपाध्यक्ष मनिषासिंह थारुले सामाजिक संस्थाहरु स्थानीय सरकारका सहयात्री भएको बताइन् । ‘जहाँ सरकारको उपस्थिती हुन सक्दैन, त्यहाँ सामाजिक संस्थाको उपस्थिती हुनुपर्छ,’ उनले भनिन् ‘स्थानीय सरकारका सेवा प्रवाहलाई चुस्त बनाउनका निम्ति पनि सामाजिक संस्थाहरुको उपस्थिती हुनुपर्छ ।’

गाउँपालिकाले सञ्चालन गर्ने आफ्ना कार्यक्रममा सहकार्य गर्ने उनले प्रतिवद्धता जनाईन् । साधारण सभामा प्रस्तुत गरिएको आर्थिक र सांगठनिक प्रतिवेदनलाई सर्बसम्मत रुपले पारित गरिएको छ । 

PM Nepal Anniversarry photo 31665855228.jpg


प्रकाशित मिति: शनिबार, असोज २९, २०७९  २३:०९
प्रतिक्रिया दिनुहोस्
थप समाज
एक महिनामा आयो एसइइको नतिजा
एक महिनामा आयो एसइइको नतिजा सोमबार, वैशाख २८, २०८३
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित सोमबार, वैशाख २८, २०८३
कोहलपुरमा दुई दिनमा हटाइयो  १ सय ८ घर, टहरा
कोहलपुरमा दुई दिनमा हटाइयो १ सय ८ घर, टहरा सोमबार, वैशाख २८, २०८३
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो आइतबार, वैशाख २७, २०८३
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी आइतबार, वैशाख २७, २०८३
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा शनिबार, वैशाख २६, २०८३
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट शुक्रबार, वैशाख २५, २०८३
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ शुक्रबार, वैशाख २५, २०८३
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप बिहीबार, वैशाख २४, २०८३
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्