Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  • ‘सञ्चार माध्यमको विकास भएपछि मात्र समृद्धि हुन्छ’ : खेलकुद मन्त्री गहतराज
‘सञ्चार माध्यमको विकास भएपछि मात्र समृद्धि हुन्छ’ : खेलकुद मन्त्री गहतराज रेडियो भूवर भवानीको तेस्रो वार्षिक उत्सव सम्पन्न
दूरसञ्‍चार
दूरसञ्‍चार सोमबार, कात्तिक ७, २०७९

बाँके (राप्ती सोनारी) : युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज ‘अथक’ ले स्थानीय सञ्चार माध्यमको विकास र प्रवद्र्धन गर्नमा सबैले हातेमालो गर्नुपर्ने बताएका छन् ।

समृद्धिका लागि सञ्चार नेपालद्धारा सञ्चालित रेडियो भूवर भवानी ९८.८ मेगाहर्जले राप्ती सोनारी-२ अगैयामा सोमबार आयोजना गरेको तेस्रो वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी गहतराजले सञ्चार माध्यमको विकास भएपछि मात्र समृद्धि हुनेमा जोड दिए ।

उनले बाँके जिल्लाको राप्ती सोनारी र नरैनापुर क्षेत्र सञ्चार माध्यमबाट पछाडी परेको अवस्थामा रेडियो भूवर भवानी स्थापना भएपछि सूचना र सञ्चारमा अत्यन्तै टेवा पुगेको बताए । सबै क्षेत्रले आ-आफ्नो तर्फबाट स्थानीय रेडियोलाई सहयोग गर्नुपर्ने र आफु पनि सहयोग र सहकार्य गर्न तयार रहेको प्रतिवद्धता जनाए ।

Samman1666615107.jpg

‘भौतिक पुर्वाधारको विकास गरेर मात्र हुदैन, समृद्धिका निम्ति सञ्चार माध्यमको पनि विकास हुन जरुरी छ,’ उनले भने । सञ्चार माध्यमले स्थानीय स्तरका समस्यालाई उजागर गर्नुपर्ने मन्त्री गहतराजको सुझाव थियो । 

समृद्धिका लागि सञ्चार नेपालका अध्यक्ष एवम् रेडियो भूवर भवानीका कार्यकारी प्रमुख अर्जुन ओलीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा पुर्वमन्त्री प्रेमबहादुर भण्डारी, राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेल, संविधान सभा सदस्य पट्टु थारु, लुम्बिनी प्रदेशका निर्वतमान सांसद कृष्णा केसी ‘नमुना’, राप्ती सोनारी गाउँपालिकाका संस्थापक अध्यक्ष लाहुराम थारु, गाउँपालिका उपाध्यक्ष मनिषासिंह थारु, गाउँपालिकाका संस्थापक उपाध्यक्ष धनीकुमारी खत्री, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका सचिव जयसिंह केसी, नेपाली कांग्रेस राप्ती सोनारीका सभापति भिमबहादुर रानाक्षेत्री, समाजसेवी तिर्थराज डाँगी, नागरिक उन्मुक्ती पार्टीका नेता सुरेश थारु, राप्ती सोनारी ४ का वडाअध्यक्ष मिनराज खड्का ‘सन्तोष’, थारु पत्रकार संघ बाँकेका अध्यक्ष हेमन्त चौधरी, नेपाल शिक्षक महासंघ राप्ती सोनारीका उपाध्यक्ष लेखराज ओली लगायतले शुभकामना मन्तब्य ब्यक्त ब्यक्त गरेका थिए ।

BBFM Anniversary1666615024.jpg

सो क्रममा रेडियो भूवर भवानीको स्थापनाकालदेखी जोडिएर सहयोग तथा सहकार्य गरे वापत राप्ती सोनारी गाउँपालिका कार्यालय अगैया बाँकेलाई दोसल्ला र कदरपत्र सहित सम्मान गरियो । यस्तै रेडियो स्थापना गर्नका लागि महत्वपूर्ण योगदान पुर्याए वापत राप्ती सोनारी गाउँपालिकाका संस्थापक अध्यक्ष लाहुराम थारुलाई दोसल्ला ओढाएर कदरपत्रसहित सम्मान गरिएको थियो ।

यसैगरी रेडियोको स्थापनाकालदेखी हालसम्म कार्यरत रहेर उत्कृष्ट कार्य सम्पादन गरे वापत रेडियोका कर्मचारी धर्मराज खड्का ‘विष्णु’ लाई नगद ५ हजार ५ सय ५५ सहित दोसल्ला र सम्मान पत्र प्रदान गरेर सम्मान गरिएको थियो ।

त्यस्तै रेडियो स्थापनाकालदेखी हालसम्म निरन्तर रुपले जोडिएर विज्ञापन प्रशारण गरेकोमा उत्कृष्ठ विज्ञापनदाताको रुपमा श्वेता पोलिक्लिनिक प्रा.लि. राप्ती सोनारीका सञ्चालक मिनराज खड्का सन्तोषलाई सम्मान गरिएको थियो । 

रेडियो सञ्चालक समितिका सचिव एवम् अधिवक्ता चित्रबहादुर केसीले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन स्टेशन म्यानेजर बिमला चौधरीले गरेकी थिइन् । वार्षिक उत्सव समारोहमा विभिन्न नृत्य समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथी गहतराजलाई रेडियोका कार्यकारी प्रमुख ओलीले भूवर भवानी मन्दिरको फोटो अंकित मायाको चिनो प्रदान गरेका थिए । 

रेडियो २०७६ कात्तिक ७ गते लक्ष्मी पुजाका दिन स्थापना भएको थियो । रेडियो स्थापनाकालदेखी हालसम्म दैनिक साढे १५ घण्टा प्रशारण भइरहेको छ । रेडियो सूचना, स्थानीय तथा राष्ट्रिय समाचार, मनोरञ्जनात्मक र ज्ञानमुलक कार्यक्रम प्रशारण गर्दै आएको छ । 

Radio Bhuwar Bhawani Anniversary1666614937.jpg

 


प्रकाशित मिति: सोमबार, कात्तिक ७, २०७९  १८:१६
प्रतिक्रिया दिनुहोस्
थप समाज
एक महिनामा आयो एसइइको नतिजा
एक महिनामा आयो एसइइको नतिजा सोमबार, वैशाख २८, २०८३
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित सोमबार, वैशाख २८, २०८३
कोहलपुरमा दुई दिनमा हटाइयो  १ सय ८ घर, टहरा
कोहलपुरमा दुई दिनमा हटाइयो १ सय ८ घर, टहरा सोमबार, वैशाख २८, २०८३
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो आइतबार, वैशाख २७, २०८३
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी आइतबार, वैशाख २७, २०८३
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा शनिबार, वैशाख २६, २०८३
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट शुक्रबार, वैशाख २५, २०८३
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ शुक्रबार, वैशाख २५, २०८३
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप बिहीबार, वैशाख २४, २०८३
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्