Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • नेपथ्यको प्रस्तुतले नेपालगन्ज तात्यो-(फोटो फिचर)
नेपथ्यको प्रस्तुतले नेपालगन्ज तात्यो-(फोटो फिचर)
दूरसञ्‍चार
दूरसञ्‍चार शुक्रबार, पुस १, २०७९

नेपालगन्ज : दिउँसो अबेलामात्र घाम देखिएको नेपालगंजमा बेलुकीको चिसो बढ्दै गएको थियो। घडीको सुइ ठीक छ मा पुग्नासाथ पर्दामा ‘सा कर्णाली’ म्युजिक भिडियो बज्न थाल्यो । त्यतिबेलै त्यहाँ वायु होइन आवाजले गर्दा एक्कासी तापक्रम बढेको महशुस भयो । 

मञ्चको निकै अगाडि रंगशालाको प्यारापिटमा सपरिवार बसेका लक्ष्मीकान्त उपाध्यायको निम्ति यो सुखद् क्षण थियो । किनभने अगाडि प्रस्तुत भइरहेको गीत कुनैबेला उनैको संकलनबाट नेपथ्यले प्राप्त गरेको थियो । डोल्पा दुनैका वासिन्दा लक्ष्मीकान्तले यो गीत दसकौंअघि सुनेका थिए ।

त्यसमा केहि जुम्लाका प्रभावहरु मिसाएर तयार पारेको यो गीतलाई झण्डै डेढ दसकदेखि नेपथ्यले गाउँदै आएको छ । अनि यो क्षणलाई प्रत्यक्ष साक्षात्कार गर्नकै निम्ति उनी अघिल्लो दिनमात्रै डोल्पादेखि नेपालगंज आएका थिए । डोल्पा जिल्ला अस्पतालमै कार्यरत चिकित्सक छोरा र बुहारीको साथमा नेपालगंज रंगशालामा लक्ष्मीकान्त उपस्थित थिए ।

‘यो गीत गाएर नेपथ्यले मेरो भेगलाई संसारभर पुर्याइरहेको छ,’ लक्ष्मीकान्तको प्रतिक्रिया थियो, ‘आफैले संकलन गरेको गीत यसरी भब्य किसिमले सुन्न पाउँदा एकदमै रमाइलो लागिरहेको छ ।’ यसरी दुइवटा म्यूजिक भिडियो देखाएपछि लगत्तै मञ्चमा चढेको नेपथ्य टोलीले पहिलो प्रस्तुतीका रुपमा ‘आँगनै भरि हिउँ नै झरे’ गीत सुनाएको थियो । नेपथ्य ब्याण्डकै यो पहिलो सिर्जना यसअघि गतसाता हेटौंडा कन्सर्टमा पनि पहिलो गीतका रुपमा प्रस्तुत भएको थियो ।

स्थापनाकालीन गीत प्रस्तुत गरिरहँदा मञ्चको पृष्ठभूमिमा स्थापनाकालीन नेपथ्यकै टोलीका तस्बिरहरु देखाइएको थियो । गीत अघि बढ्दै जाँदा ब्याण्डले बितेका ३३ वर्षमा गरेको यात्राको झलक आउनेगरि तस्बिरहरुको संयोजन गरिएको थियो । 

Nepathya Consort Nepalgunj 51671186446.jpg

यसरी दस वर्षको अन्तरालपछि नेपथ्य नेपालगंजमा दोश्रो पटक प्रस्तुत भएको छ । अघिल्लोपटक ‘शान्तिको लागि शिक्षा’ अभियान लिएर ब्याण्ड सन् २०१२ मा यहाँ आएको थियो । त्यतिबेला यहाँस्थित बागेश्वरी चलचित्र मन्दिरमा कन्सर्ट देखाइएको थियो भने यसपाला पहिलोपटक नेपालगंजका दर्शकहरुमाझ खुला आकाशमुनी बनाइएको विशाल मञ्चमा नेपथ्य प्रस्तुत भएको छ ।   

बिराटनगर, वीरगन्ज, हेटौंडा र चितवनपछि यो यसपटकको श्रृंखलामा पाँचौ प्रस्तुती थियो । अघिल्ला कन्सर्टहरु जस्तै यसमा पनि मैदान भरिएका दर्शकहरुको उत्साहपूर्ण भब्य उपस्थिती देखिन्थ्यो । बिहीबार बेलुकीको कार्यक्रममा नेपथ्यले दोश्रो गीतका रुपमा ‘भेँडाको ऊनजस्तो’ प्रस्तुत ग¥यो ।

त्यतिबेला सँधैजस्तै नेपालगंजमा पनि इफेक्टको प्रयोग गरेर मञ्चअगाडि हिउँ झरेको देखाइएको थियो । कार्यक्रम अघि बढ्दै जानेक्रममा टोलीले ब्याण्डको अर्को पुरानो लोकप्रिय गीत ‘छेक्यो छेक्यो देउराली डाँडा’ गाएर सुनायो । 

त्यसपछि भने ब्याण्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङ दर्शकसँग भलाकुसारी गर्न अघि बढे । ‘संगीतसँग सँगै मानवताको सेवा गर्ने उद्देश्यले यहाँ आउनुभएका सबै दर्शकलाई स्वागत गर्न चाहन्छु,’ उनले थपे, ‘हिमाल, पहाड र मधेसदेखि नेपालगंजमा जम्मा भइ यो ठाउँ गुलजार बनाइदिने तपाइहरु सबैलाई धन्यवाद ।’

त्यसपछि उनले सुरुगरेः
‘खान्न म त लामपाते सुरती
लाउँ कि नलाउँ जुग जाने पिरती’

त्यसपछि पनि नेपथ्यका पुरानै गीतहरु ‘चरि मर्यो’ र ‘जोमसोमे बजारमा’ले निरन्तरता पाएका थिए । ‘जोमसोम छेउमा डोल्पा छ, डोल्पायता जुम्ला र कैलाश मानसरोवर देखिने हुम्ला झनै राम्रो, मुगु राराको झन् के कुरारु’ अमृतले नेपालगंजकै मास्तिर रहेका भेगको सुन्दरताबारे उल्लेख गर्दै थपे, ‘भाग्यले जन्म लिएको यस्तो देशमा सबैले घुमौ है ।’

Nepathya Consort Nepalgunj 31671186446.JPG

संसारभरिका मानिस घुम्न आउने यो मुलुकमा हामीहरुले झनै स्वदेश घुम्नुपर्ने सल्लाह दिँदै उनले भने- ‘खाएको कुरा हराएर जान्छ, देखेको सम्झना कहिल्यै मेटिदैन ।’ त्यसपछि अमृतले धौलागिरितिर तयार पारिएको गीत सुनाएः

‘शिरफूल शिरैमा वनफूल वनैमा
हिउँको फूल धौलासिरिमा’

अमृतले नेपालगंज आएकोबेला धम्बोजी चोकैमा गाडाका गाडा मानिसहरु भारततिर गइरहेको दृश्य देखेको सुनाउँदै उहिलेदेखिको लाहुरे परम्परा सम्झे र त्यसैसँग जोडिएको गीत ‘नैना ताल’ सुनाए । कार्यक्रम अवधिभर गायक अमृत गुरुङले मानवसेवा आश्रमको उद्देश्यबारे बोलेका थिए । घर परिवारबाट निकालिएर सडकमा आश्रित बन्नपुगेका मुलुकभरका नागरिकहरुको सेवामा खटिएको यो संस्थासँग मिलेरै नेपथ्यले यसपटकको देश दौडाहा गरेको हो । 

यसै क्रममा ब्याण्डको अर्को सर्वकालीक हिट गीत ‘यो जिन्दगानी’ गाउँदै गर्दा मञ्चको पृष्ठ भागमा आश्रमकै आश्रित मानवहरुको मनछुने तस्बिरहरु देखाइएको थियो । ‘यहाँभन्दा माथि कर्णालीमा हाम्रै दाजुभाइ सिटामोल नपाएर मनुपर्ने अवस्था छ भने तल यी सहर बजारका सडकमा आश्रितहरुको बिजोग देख्नुपर्छ,’ गायक अमृत भनिरहेका थिए, ‘सडक आश्रित मुक्त मुलुक बनाउने मानवसेवा आश्रमको प्रयासमा सबैले सघाइदिऊ है ।’

गुरुङले मंगलबार मात्रै ‘मानव सेवा आश्रम’को नेपालगंजस्थित शाखा कार्यालय भ्रमण गरेका थिए । त्यतिबेला उनले यस आश्रमले मुलुकभर सडकमा आश्रित रहेकाहरुलाई खाना र छाना दिने काम गरेकैबाट प्रभावित भइ आफ्नो ब्याण्डलाई अब संगीतका माध्यमबाट मानवताको सेवातर्फ मोड्न खोजेको प्रष्ट पारेका थिए । 

कन्सर्ट अघि बढ्दै जाँदा ‘गाउँ गाउँबाट उठ’ को पालो आइपुग्यो । अमृतले मञ्चबाट यो गीत गाइरहँदा नेपालगंज रंगशालामा भरिएका अधिकांश दर्शकहरुले पनि गाएरै साथ दिइरहेको रोचक दृश्य देखिन्थ्यो । त्यो उत्साहलाई समात्दै गीतको बीचैमा गायक अमृतले बोल्न पनि थालेः ‘समाजलाई फेर्छु भन्नेहरु आफै फेरिएको देख्दा हामी तीनछक परेका छौं। देश बनाउन अब हामी नै एकजुट बनौं है ।’

धुनकै क्रममा गायकबाट आएको यो आव्हानले नृत्यरत दर्शकमा अझ उत्तेजना थपेको थियो । कार्यक्रमको अन्त्यतिर सधैँजस्तै नेपथ्यको सर्वकालीक हिट गीतहरु ‘रेशम’ र ‘तालको पानी’ गाइएको थियो भने अन्तिममा ‘रातो र चन्द्रसूर्जे’ बाट बिट मारिएको थियो । 

दर्शक दिर्घाको पहिलो लहरमै सबै उमेर समूहका महिलाहरुको सुरुदेखि अन्तिमसम्म एकोहोरो नृत्यले पनि फरक फरक दर्शकमा कन्सर्टले पारेको प्रभाव देखिन्थ्यो । कार्यक्रमकै बीच गायक अमृतले आफूलाई सघाउने साथीहरु ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेसमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीको परिचय गराएका थिए ।

Nepathya Consort Nepalgunj 91671186453.JPG

संगीतका साथै मानवता प्रवद्र्धनकालागि नेपथ्यको यो श्रृंखलावद्ध कन्सर्टले नेपालगंजमा लगातार पाँचौं सफलता पाएकोमा मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले खुशी ब्यक्त गरे । ‘नेपालगंजमा सडकमा आश्रित आमा बुवाहरुलाई व्यवस्थित छाना र खानाको प्रवन्ध गर्न हामी सफल भइसकेका छौं,’ उनले भने, ‘अब आफ्नै भवन बनाएर यो प्रयासलाई संस्थागत तुल्याउने लक्ष्य अनुसार कन्सर्टको आयोजना गरेका हौं ।’ 

हाल सुर्खेत रोडमा शाखा कार्यालय रहेकामा अब भने आश्रमले नेपालगंजकै दानमा प्राप्त जग्गामा आफ्नै भवन बनाउने योजना लिएको छ । नेपालगंजको कन्सर्ट सम्पन्न भएपछि ७० सदस्यीय नेपथ्य टोली पाँचवटा ट्रकरदुइवटा बस मार्फत शुक्रबार धनगढीतर्फ प्रस्थान गर्दैछ । मानवसेवा आश्रमकै आयोजनामा त्यहाँस्थित ‘धनगढी रंगशाला’मा नेपथ्य पुस ३ गते आइतबार प्रस्तुत हुँदैछ ।

Nepathya Consort Nepalgunj 41671186445.jpg

Nepathya Consort Nepalgunj 61671186447.jpg

Nepathya Consort Nepalgunj 71671186448.jpg

Nepathya Consort Nepalgunj 11671186453.JPG

Nepathya Consort Nepalgunj 11671186453.JPG

Nepathya Consort Nepalgunj 41671186455.jpg

Nepathya Consort Nepalgunj 81671186460.jpg

Nepathya Consort Nepalgunj 61671186459.jpg


प्रकाशित मिति: शुक्रबार, पुस १, २०७९  १४:५६
प्रतिक्रिया दिनुहोस्
थप विशेष
बाँकेमा 'जानकी पर्यटन प्रवर्द्धन तथा प्रथम साहित्यिक महोत्सव' 
बाँकेमा 'जानकी पर्यटन प्रवर्द्धन तथा प्रथम साहित्यिक महोत्सव'  शनिबार, फागुन २, २०८२
पुस्तकालयले गर्ने चुनाबी बहस स्थगित
पुस्तकालयले गर्ने चुनाबी बहस स्थगित बिहीबार, माघ १५, २०८२
उम्मेदवारहरुसँग बहस आयोजना गर्दै महेन्द्र पुस्तकालय
उम्मेदवारहरुसँग बहस आयोजना गर्दै महेन्द्र पुस्तकालय बुधबार, माघ १४, २०८२
नेपालगन्ज महोत्सवमा कलाकारको बेजोड प्रस्तुती, झुमे दर्शक
नेपालगन्ज महोत्सवमा कलाकारको बेजोड प्रस्तुती, झुमे दर्शक बुधबार, माघ ७, २०८२
होटल पौवामा ‘न्यु इयर इभ’ गरिदै, निःशुल्क प्रवेश गर्न पाइने
होटल पौवामा ‘न्यु इयर इभ’ गरिदै, निःशुल्क प्रवेश गर्न पाइने मंगलबार, पुस १५, २०८२
अन्तरालमा संगीत सहित बीपीका कविता प्रस्तुत हुने
अन्तरालमा संगीत सहित बीपीका कविता प्रस्तुत हुने सोमबार, पुस १४, २०८२
कोहलपुर महोत्सवमा भोली आउँदै ज्योती मगर
कोहलपुर महोत्सवमा भोली आउँदै ज्योती मगर सोमबार, पुस १४, २०८२
कोहलपुर महोत्सवमा दर्शकको ओइरो
कोहलपुर महोत्सवमा दर्शकको ओइरो शनिबार, पुस १२, २०८२
नेपालको कलालाई संरक्षण सम्बर्द्धन गर्नुपर्नेमा जोड
नेपालको कलालाई संरक्षण सम्बर्द्धन गर्नुपर्नेमा जोड मंगलबार, मंसिर २, २०८२
लोकप्रीय
  • Week
  • Month
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
मेयर कप क्रिकेटमा लायन किङ्स विजयी ‎
मेयर कप क्रिकेटमा लायन किङ्स विजयी ‎
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्