Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  • प्राधिकरणले अझै दिएन राप्तीसोनारीका उपभोक्तालाई बिद्युत मिटर
प्राधिकरणले अझै दिएन राप्तीसोनारीका उपभोक्तालाई बिद्युत मिटर राप्तीसोनारी गाउँपालिका अध्यक्षद्धारा प्रमुख जिल्ला अधिकारीको ध्यानार्कषण 
दूरसञ्‍चार
दूरसञ्‍चार सोमबार, असोज ११, २०७८
राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारु लगायत । तस्बिर : दूरसञ्चार

नेपालगन्ज : बिद्युतीकरणको काम सम्पन्न भएपनि नेपाल बिद्युत प्राधिकरणले राप्ती सोनारी गाउँपालिका वडा नम्बर ३, ४ र ५ का स्थानीय बासिन्दालाई मिटर जडान कार्यमा झुलाइरहेको पाइएको छ ।

राप्ती सोनारी गाउँपालिकाले आफ्नै लगानीमा वडा नम्बर ३ मा विद्युतीकरणको काम सम्पन्न गरी गत चैत १८ गते प्राधिकरणलाई हस्तान्तरण गरेको थियो । यस्तै वडा नम्बर ४ र ५ मा प्राधिकरण आफैले बिद्युतीकरणको काम सम्पन्न गरेको थियो । बिद्युतीकरण सम्पन्न भएको ६ महिनाभन्दा बढी समय भईसक्दा पनि अधिकांस नागरिकले बत्ती बाल्न पाएका छैनन् ।

मिटर जडानका लागि उपभोक्ताले अग्रिम फाराम र रकम बुझाईसकेपनि अहिलेसम्म मिटर पाएका छैनन् । बिद्युत प्राधिकरणले मिटर नदिएपछि स्थानीय उपभोक्ता अध्यारोमै बस्न बाध्य भएका हुन् ।

उपभोक्ताको गुनासो ब्यापक रुपमा बढ्न थालेपछि गाउँपालिकाका जनप्रतिनिधी दिनहुँजसो नेपालगन्जस्थित बिद्युत प्राधिकरण लगायतका निकायमा धाईरहेका छन् । स्थानीय जनप्रतिनिधी सहितको टोली केहीदिन अघि मात्र बिद्युत प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालय र नेपालगन्ज वितरण केन्द्रमा पुगेर दवाव दिएका थिए ।

त्यस क्रममा प्राधिकरणका प्रमुखले मिटर जडानको प्रक्रिया चाडै थालिदिने प्रतिवद्धता जनाएका थिए । उनीहरुको प्रतिवद्धता कार्यान्वयनमा नआएपछि सोमबार राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुसहित जनप्रतिनिधी र उपभोक्ताले जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारीको ध्यानार्कषण गराएका छन् ।

प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले मिटर वितरणका विषयमा बुझ्न प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख लखनलाल मल्लिकलाई बोलाए । जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा वितरण केन्द्र प्रमुख मल्लिकले डिभिजन कार्यालयमाथी दोष थुपार्दै आफु पन्छिने कोसिस गरेका थिए । डिभिजन कार्यालयले नै आवश्यक मिटर र जनशक्ति उपलब्ध नगराउँदा राप्ती सोनारीमा काम अधुरो हुन पुगेको उनको आरोप थियो । 

राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले बिद्युतीकरणको काम सम्पन्न भएपनि बत्ती बाल्न नपाउँदा जनतामा आक्रोश पैदा भएको बताए । ‘गाउँपालिकाले आफ्नै लगानीमा वडा नम्बर ३ मा बिद्युतीकरणको काम सम्पन्न गरेर हस्तान्तरण गरिसकेको अवस्था छ, हामीले हस्तान्तरण गरेको पनि ६ महिना वितिसक्यो,’ उनले भने ‘जनतामा यति धेरै आक्रोश छ की अब उनीहरुको आक्रोशलाई थेग्न गाह्रो भईसकेको छ ।’ गाउँपालिकाले मिटर जडानका लागि प्राधिकरणलाई आवश्यक पर्ने सहयोग गर्न तयार रहेको अध्यक्ष थारुले बताए । 

सो क्रममा प्रमुख जिल्ला अधिकारी गेलालले राप्ती सोनारीमा दशै अगाडी मिटर जडानको ब्यवस्था मिलाउन वितरण केन्द्र प्रमुख मल्लिकलाई निर्देशन दिएका थिए । प्रजिअ गेलालको निर्देशनपछि ३४ वटा मिटर तत्काल जडानका लागि पठाउने उनले प्रतिवद्धता जनाए । प्राधिकरण डिभिजन कार्यालय र वितरण केन्द्र प्रमुख बीचको विवादका कारण आफुहरु बत्ती बाल्नबाट बञ्चित रहेको उपभोक्ताको बुझाइ छ ।

सम्बन्धित समाचार :

मिटर जडान गरिदिन माग गर्दै प्राधिकरणमा डेलिगेशन

भिडियो हेर्नुस् :


प्रकाशित मिति: सोमबार, असोज ११, २०७८  २२:०३
प्रतिक्रिया दिनुहोस्
थप समाज
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही' सोमबार, फागुन २५, २०८२
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन आइतबार, फागुन २४, २०८२
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन 
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन  बुधबार, फागुन २०, २०८२
मौन अवधिमा बाँकेमा  आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण
मौन अवधिमा बाँकेमा आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण मंगलबार, फागुन १९, २०८२
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते मंगलबार, फागुन १९, २०८२
तराई मधेशमा आज मनाइँदै होली पर्व
तराई मधेशमा आज मनाइँदै होली पर्व मंगलबार, फागुन १९, २०८२
आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह
आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह मंगलबार, फागुन १९, २०८२
खाडीमा एक नेपालीसहित १२ को मृत्यु, घाइते १५० नाघे
खाडीमा एक नेपालीसहित १२ को मृत्यु, घाइते १५० नाघे मंगलबार, फागुन १९, २०८२
जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि शंकास्पद वस्तु फेला
जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि शंकास्पद वस्तु फेला मंगलबार, फागुन १९, २०८२
लोकप्रीय
  • Week
  • Month
एमाले नेता धितालले बाँकेका सिडिओलाई दिए धम्की
एमाले नेता धितालले बाँकेका सिडिओलाई दिए धम्की
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
निर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदानको ब्यग्र प्रतिक्षामा मतदाता-(फोटो फिचर)
निर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदानको ब्यग्र प्रतिक्षामा मतदाता-(फोटो फिचर)
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
बाँके २ मा एमालेका राई निर्वाचित 
बाँके २ मा एमालेका राई निर्वाचित 
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
घर दैलो तथा टोल भेटघाटमार्फत प्रचार-प्रसार तीब्र बनाउँदै पुन
घर दैलो तथा टोल भेटघाटमार्फत प्रचार-प्रसार तीब्र बनाउँदै पुन
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्