Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  • खाद्यवस्तु आयातमा प्रहरीले रोक लगाएको नरैनापुरबासीको गुनासो
खाद्यवस्तु आयातमा प्रहरीले रोक लगाएको नरैनापुरबासीको गुनासो
दूरसञ्‍चार
दूरसञ्‍चार मंगलबार, फागुन ९, २०७९
जिल्ला प्रशासन कार्यालय बाँकेमा छलफल गर्न पुगेका जनप्रतिनिधी, सुरक्षाकर्मी लगायत ।

नेपालगन्ज : आफूले उत्पादन गरेको गहुँ, धान, तोरी लगायतका सामान सदरमुकाम नेपालगन्ज ल्याएर बिक्री गर्न खोज्दा बाँके प्रहरीले कम्दी पुलबाट नियन्त्रणमा लिएर भन्सारलाई बुझाउने गरेको भन्दै नरैनापुरका स्थानीयले गुनासो छन् । 

सोमबार स्थानीय किसानहरु नरैनापुर गाँउपालिकामा पुगेपछि गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह संगै ति किसानहरु नेपालन्ज आएर प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा अधिकारीसँग छलफल गरी स्थानीय उत्पादनलाई बजारीकरण गर्नमा रोक नलगाउन आग्रह गर्दै भारतबाट तस्करी गरी यदि ल्याइएको हो, भने सिमामा नै नियन्त्रण गर्न आग्रह गरेका थिए । 

स्थानीय कृषक मुबारक अलि शेखले आफूहरुले उत्पादन गरेको धान, गहुँ बिक्रीका लागि नेपालगन्ज पुग्नै लाग्दा पक्राउ गर्ने प्रहरीहरुले यदी तस्करी कै समान हो भने सिमामा किन पक्राउ गर्दैन ? आफूहरुले उत्पादन गरेको गहुँ लगायत खाद्यवस्तु आफ्नो देशमा बिक्री नगरेर कहाँ गर्ने ? भारतको सिमामा बसेका कारण हामीहरु कहिले सम्म सुरक्षाकर्मीहरुबाट पीडित हुनुपर्ने हो ? आफूहरु बिक्रीका लागि नेपालगन्ज ल्याएको गहुँ लगायतका खाद्यवस्तु भारतीय हो भन्ने प्रमाणित गर्ने आधार के हो ? भन्दै प्रजिअ र सुरक्षा अधिकारीसँग प्रश्न गरेका थिए ।

त्यसक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले सहकारी दर्ता गरेर स्थानीय स्तरमा उत्पादन भएको सामान बिक्री गर्न सुझाव दिएका थिए । प्रजिअ आचार्यले स्थानीय उत्पादनलाई बजार सम्म ल्याउन समस्या नरहेपनि सहरकारीमार्फत कारोबार गरे अझ राम्रो हुने भएकोले कानुनको अधिनमा रही कारोबार गर्न सुझाव दिदै दर्ता गर्न १० दिन जति समय लाग्ने भएकोले सो अवधिसम्म प्रहरीले स्थानीय उत्पादनमा कुनै अवरोध नगर्ने अश्वासन दिएका थिए । 

गाउँपालिका अध्यक्ष शाहले किसानलाई बिभिन्न बहानामा दु:ख दिन नहुने बताउँदै उनले भारतबाट यदी तस्करी भईरहेको छ, भने सिमामा कडाई गर्न प्रजिअ आचार्यलाई सुझाव दिए । अध्यक्ष शाहले स्थानीय उत्पादनलाई आफनै नेपालमा बिक्री गर्न रोक लगाउनु चिन्ताको विषय भएको बताउँदै बाँके प्रशासनलाई जनताप्रति गम्भिर बन्न आग्रह गरे ।

उनले स्थानीय स्तरमा कृषि प्रबर्द्धनका लागि ऐन, नीति, निर्देशिका तयार पार्ने, कृषिमा निजी क्षेत्रको लगानी बढाउन निजी क्षेत्र मैत्री नीति बनाउने, निजी क्षेत्रको भूमिका अभिवृद्धि गर्न र साझेदारी गर्न सार्वजनिक–निजी-साझेदारी संयन्त्र बनाउने र संयन्त्रमार्फत कृषि उत्पादनको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापारमा अवरोध हटाउन र प्रमुख उत्पादन क्षेत्र जोड्न पहलगर्ने प्रतिवद्दता जनाए ।

बाँकेका प्रहरी प्रमुख(एसपी) सन्तोषसिंह राठौरले किसान आफै आफूले उत्पादन गरेको गहुँ लगायत खाद्यवस्तु बिक्रीका लागि बजार आउने गरेको कुरा आफ्नो लागि नौलो कुरा भएको बताए । कानुनको अधिनमा रही बिक्री गर्न उनले सुझाव दिए ।

नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठले जमुनाहा नाकाबाट करोडौँ मूल्यको सामान दैनिक रुपमा नेपाल भित्रिदा प्रहरीले नियन्त्रण गर्न नसक्ने तर स्थानीय उत्पादन बजारसम्म पुग्न लाग्दा भारतबाट तस्करी गरेर ल्याएको भनि मुद्दा चलाउने प्रहरी र भन्सार कार्यालयको नियत ठिक नभएको बताए । स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउनका लागि सहयोग गर्न उनको आग्रह छ । भारतबाट यदि तस्करी भइरहेको छ, भने सिमामा नै नियन्त्रण गर्न र छोटी भन्सार स्थापना गर्नतर्फ भूमिका खेल्न सुझाव दिए ।

छलफलका क्रममा नरैनापुरका स्थानीय कृषक समेत रहेका अधिवक्ता विश्वजीत तिवारी, अर्का अधिवक्ता बलबहादुर चन्द, गाउँपालिकाका प्रेस सल्लाहकार आलम खान, अन्य पत्रकारहरु, सशस्त्र प्रहरी प्रमुख रमेश बिक्रम शाही, राजश्व अनुसन्धानका प्रमुख सुरेशराज जोशी, आन्तरिक राजश्व कार्यालय बाँकेका प्रमुख सुदिश कुमार आर्याल, अनुसन्धान विभागका प्रहरी उपरीक्षक मोहन कुमार लगायतको सहभागिता रहेकोे थियो ।


प्रकाशित मिति: मंगलबार, फागुन ९, २०७९  १२:३६
प्रतिक्रिया दिनुहोस्
थप समाज
सुपा देउराली दर्शन गरेर फर्किदै गर्दा बस दुर्घटना, चार जनाको मृत्यु
सुपा देउराली दर्शन गरेर फर्किदै गर्दा बस दुर्घटना, चार जनाको मृत्यु मंगलबार, वैशाख २९, २०८३
एक महिनामा आयो एसइइको नतिजा
एक महिनामा आयो एसइइको नतिजा सोमबार, वैशाख २८, २०८३
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित सोमबार, वैशाख २८, २०८३
कोहलपुरमा दुई दिनमा हटाइयो  १ सय ८ घर, टहरा
कोहलपुरमा दुई दिनमा हटाइयो १ सय ८ घर, टहरा सोमबार, वैशाख २८, २०८३
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो आइतबार, वैशाख २७, २०८३
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी आइतबार, वैशाख २७, २०८३
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा शनिबार, वैशाख २६, २०८३
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट शुक्रबार, वैशाख २५, २०८३
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ शुक्रबार, वैशाख २५, २०८३
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्