Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
बुधबार, चैत १५, २०७९
Dursanchar: News Portal
Radio add Radio add
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
IME Add IME Add
समाज
  • Home
  • समाज
  • सुकुम्बासीको पुर्जा वन ऐनले रोक्यो 
सुकुम्बासीको पुर्जा वन ऐनले रोक्यो  'वन ऐनका कारण लालपुर्जा वितरणको काम रोकियो' : नगर प्रमुख आचार्य
दूरसञ्‍चार
दूरसञ्‍चार शुक्रबार, चैत ३, २०७९

कोहलपुर : कोहलपुर नगरपालिका क्षेत्रका भुमिहिन सुकुम्बासी, भुमिहिन दलित र अब्यवस्थित बसोबासीलाई ‘लालपुर्जा’ वितरण गर्ने कार्य रोकिएको छ । लालपुर्जा वितरण गर्ने अन्तिम चरणमा आईपुग्दा वन कार्यालयले सहमती नजनाउँदा रोकिएको राष्ट्रिय भुमि आयोग बाँकेका अध्यक्ष सर्वनकुमार यादवले बताए । 

उनका अनुसार कोहलपुर नगरपालिका वडा नम्बर १ मा पुर्जा वितरणका लागि अन्तिम कार्य चलिरहेको थियो । ‘१५ दिने सूचना निकालेर पनि सकियो, लालपुर्जा वितरणका लागि रोक्न नहुने काम वनले रोक्यो,’ यादवले भने ‘हामी भुमि ऐन २०७६(संशोधन) अनुसार लालपुर्जा दिने तयारीमा थियौं, वन कार्यालयले वन ऐन २०७६(संशोधन) अनुसार पुर्जा वितरणमा सहमती जनाएन ।’ 

भुमि ऐन २०७६, राष्ट्रिय भुमी आयोग, कार्यविधि २०७८ मा १० वर्षसम्म भोग चलन गरेको, आमोद कमोद गरेको अवस्थामा लालपुर्जा दिन मिल्ने ब्यवस्था भएपनि वनले नमानेको उनले बताए । कोहलपुरको वडा नम्बर १ मा पहिलो चरणमा १ सय ५० घरधुरीलाई लालपुर्जा वितरण गर्ने योजना छ । त्यसपछि थप १ हजार २ सय घरधुरीलाई लालपुर्जा वितरण गर्ने आयोगको तयारी छ । 

वन कार्यालयले अन्तिम समयमा आएर सहमती नजनाउँदा लालपुर्जा वितरण कार्य अन्यौलमा परेको छ । वनले अरु सबै निर्णयमा सहमती जनाएर अन्तिममा पुर्जा दिने निर्णयमा सहमती नजनाउँदा लालपुर्जा वितरण कार्य स्थगित हुन पुगेको आयोग बाँकेका विज्ञ सदस्य अशोक पोख्रेलले बताए । ‘वनको यस्तो समस्या अब बाँकेका अन्य स्थानीय तहमा पनि आउने देखिन्छ, यसका लागि सरकारले नीतिगत रुपमा निर्णय गर्न जरुरी छ,’ उनले भने । 

कोहलपुरको वडा नम्बर १ मा सबै प्रक्रिया सम्पन्न गरेर लालपुर्जा मात्र वितरण गर्ने आयोगको तयारी छ । यस्तै वडा नम्बर २ मा रुजु गर्न बाँकी छ । यसैगरी वडा नम्बर १० र १२ मा जग्गा नापजाँच कार्य चलिरहेको छ, भने ५ र ८ मा नापी गर्ने तयारी भइरहेको छ । त्यस्तै वडा नम्बर ३, ९, ११, १३, १४ र १५ मा नापजाँच अगाडी बढाउने प्रक्रिया पुरा भइसकेको बताइएको छ । तर, वन ऐनमा यि उक्त वडाका सरकारी ऐलानी जग्गाको वर्गिकरण ‘वन क्षेत्रको जग्गा’ उल्लेख छ ।

कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले केही वडाको काम अन्तिम चरणमा पुगेको अवस्थामा वन ऐनका कारण लालपुर्जा वितरणको काम रोकिएको बताए । ‘आयोगले लालपुर्जा वितरण प्रक्रियामा वन कार्यालयको प्रतिनिधित्व हुन्छ, वन मन्त्रालयको कारणले गर्दा लालपुर्जा वितरणको काम रोकियो,’ उनले भने ‘प्रदेशको वनमन्त्रीसम्म पनि सहजीकरणका लागि हामीले कुरा पुर्याएका छौं, कतै वन ऐन र भुमि ऐन बाँझिएको भन्ने पनि छ ।’ 

आफुहरुको तर्फबाट सबै तयारी पुरा हुँदा वनबाट सहमती नहुँदा रोकिएको बताए । उनका अनुसार कोहलपुर नगरपालिका भित्र  मात्रै भुमिहिन सुकुम्बासी, दलित सुकुम्बासी र अब्यवस्थित बसोबासीका १६ हजार भन्दा बढी फाईल दर्ता भएका छन् ।  कोहलपुरमा मात्रै १६ हजार भन्दा बढी फाईल छन् । 

कोहलपुर–१२ का वडाअध्यक्ष समेत रहेका नगर कार्यपालिका सदस्य बिरेन्द्रकुमार शाहले लालपुर्जा बितरणको काम दु्रत गतिमा अगाडी बढिरहेका बेला वन ऐनका कारण अचानक रोकिन पुगेको बताए । नगरपालिकाको तर्फबाट सहजीकरण गर्न खटिएका उनले भने, ‘पुर्जा वितरणको काम रोकिएपनि नापजाँचको काम चलिरहेको छ, एक वर्षभित्रमा कोहलपुर नगरपालिका क्षेत्रमा पुर्जा वितरणको काम सक्ने हाम्रो लक्ष्य छ ।’ लालपुर्जा वितरणमा उत्पन्न समस्या समाधान गर्नका लागि सर्बदलिय र सर्बपक्षिय बैठक बोलाउने तयारी भएको जानकारी दिए ।

वन कार्यालय बाँकेका प्रमुख अजितकुमार कर्णले वन ऐन र भुमि ऐन बाँझिदा समस्या आएको बताए । ‘वन क्षेत्रमा बसोबास गर्नेलाई अतिक्रमित क्षेत्र भन्ने छ, वन क्षेत्रको जग्गालाई कसैले दर्ता गर्न पाउँदैन, दर्ता भएको खण्डमा स्वतः बदर हुन्छ,’ कर्णले भने ‘पुरानो भएपनि नयाँ भएपनि त्यो अतिक्रमण नै हो, नापजाँच गर्नलाई वन ऐनले रोकेको छ ।’

यो समस्या बाँके जिल्लाको मात्र नभएर समग्र देशकै भएको उनी बताउँछन् । उनले थपे, ‘भुमी आयोगबाट लेखेर पठाएको छ, ऐन बाँझिएर भएको हो, यो समस्या समाधानका निम्ति नीतिगत रुपमा सम्बोधन हुनुपर्यो, वन ऐनमै संशोधन भएर आउनु पर्यो ।’

आयोग बाँकेका अध्यक्ष यादव सर्बदलिय र सर्बपक्षिय बैठकबाट निकास निकाल्न प्रयास गरिने बताउँछन् । ‘सर्बदलिय र सर्बपक्षिय बैठकबाट समस्या समाधानको निकास खोज्ने प्रयास गर्छौ, यदी निकास निकाल्न सकिएन भने भुमि ऐन अनुसार अगाडी बढ्छौं, किनकी वन ऐनभन्दा भुमी ऐन पछाडी आएको हो ।’

आयोग बाँकेले बाँकेका अन्य स्थानीय तहमा पनि काम थालेको जनाएको छ । बाँकेका कुल ८ वटा स्थानीय तह मध्ये डुडुवा गाउँपालिकाले भने आयोगसँग सम्झौता नगरेको विज्ञ सदस्य पोख्रेलले बताए । ‘आयोगसँग सम्झौता गरेका सबै स्थानीय तहमा इन्ट्रीको काम सम्पन्न भइसकेको छ,’ उनले भने । 

प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  ०९:४३
प्रतिक्रिया दिनुहोस्
थप समाज
चैते दशैँको अवसरमा शक्तिपीठमा भक्तजनको घुइँचो
चैते दशैँको अवसरमा शक्तिपीठमा भक्तजनको घुइँचो बुधबार, चैत १५, २०७९
प्रधानमन्त्री निवास बालुवाटारमा मिटरब्याजी पीडितको धर्ना 
प्रधानमन्त्री निवास बालुवाटारमा मिटरब्याजी पीडितको धर्ना  मंगलबार, चैत १४, २०७९
गण्डकीले दियो चैते दसैंमा सार्वजनिक बिदा
गण्डकीले दियो चैते दसैंमा सार्वजनिक बिदा सोमबार, चैत १३, २०७९
बैजनाथ ४ मा नवनिर्मित नवदुर्गा भगवती मन्दिर उद्घाटन 
बैजनाथ ४ मा नवनिर्मित नवदुर्गा भगवती मन्दिर उद्घाटन  आइतबार, चैत १२, २०७९
उपमेयर राई हिरासतमै नबसेर धरौटीमा छुटे !
उपमेयर राई हिरासतमै नबसेर धरौटीमा छुटे ! शनिबार, चैत ११, २०७९
नेपाल प्रहरीको आइजिपीमा वसन्त कुँवर नियुक्त
नेपाल प्रहरीको आइजिपीमा वसन्त कुँवर नियुक्त शुक्रबार, चैत १०, २०७९
मन्त्रिपरिषद् बैठक आज बस्दै, आईजीपी नियुक्त गर्ने तयारी
मन्त्रिपरिषद् बैठक आज बस्दै, आईजीपी नियुक्त गर्ने तयारी शुक्रबार, चैत १०, २०७९
सामुदायिक रेडियोको राष्ट्रिय सम्मेलन राजधानीमा सुरु
सामुदायिक रेडियोको राष्ट्रिय सम्मेलन राजधानीमा सुरु बुधबार, चैत ८, २०७९
आज घोडेजात्रा, काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा
आज घोडेजात्रा, काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा मंगलबार, चैत ७, २०७९
Baijanath Gaupalika ko Jari Sandesh Baijanath Gaupalika ko Jari Sandesh
लोकप्रिय
  • Week
  • Month
महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका खत्री निर्वाचित
महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका खत्री निर्वाचित
सामुदायिक रेडियोलाई नीतिगत रूपमा बजेट ब्यवस्थापन गर्न मन्त्री मोदीको निर्देशन
सामुदायिक रेडियोलाई नीतिगत रूपमा बजेट ब्यवस्थापन गर्न मन्त्री मोदीको निर्देशन
जनमत खसआर्य संघको लुम्बिनी प्रदेश अध्यक्षमा कँडेल 
जनमत खसआर्य संघको लुम्बिनी प्रदेश अध्यक्षमा कँडेल 
महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा देखियो उत्साह
महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा देखियो उत्साह
बैजनाथमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर, सर्बसाधारणलाई राहत
बैजनाथमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर, सर्बसाधारणलाई राहत
प्रधानमन्त्री निवास बालुवाटारमा मिटरब्याजी पीडितको धर्ना 
प्रधानमन्त्री निवास बालुवाटारमा मिटरब्याजी पीडितको धर्ना 
चैते दशैँको अवसरमा शक्तिपीठमा भक्तजनको घुइँचो
चैते दशैँको अवसरमा शक्तिपीठमा भक्तजनको घुइँचो
उपनिर्वाचनका लागि राप्रपाले तोक्यो चुनावी कमान्डर 
उपनिर्वाचनका लागि राप्रपाले तोक्यो चुनावी कमान्डर 
मेरो कथा
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
आमाको प्रेरणाबाट राजनीति थालेका सुदीप 
आमाको प्रेरणाबाट राजनीति थालेका सुदीप  दूरसञ्‍चार
विकासका प्रयाय कम्रेड 'अथक' !
विकासका प्रयाय कम्रेड 'अथक' ! दूरसञ्‍चार
अन्तर्वार्ता
‘मतको उच्च मुल्यांकन गर्दै भावनाको कदर गर्नेछु’
‘मतको उच्च मुल्यांकन गर्दै भावनाको कदर गर्नेछु’ दूरसञ्‍चार
‘क्याम्पसमा बिद्यार्थीका तमाम समस्यालाई उठान गर्नेछु’
‘क्याम्पसमा बिद्यार्थीका तमाम समस्यालाई उठान गर्नेछु’ दूरसञ्‍चार
‘मलाई विश्वास छ, मतदाता सबैले जिताउनु हुनेछ’
‘मलाई विश्वास छ, मतदाता सबैले जिताउनु हुनेछ’ दूरसञ्‍चार
Duduwa Gaupalika ko Jari Sandesh Duduwa Gaupalika ko Jari Sandesh
Rapti Sonari Gaupalika Khola ko Suchana Rapti Sonari Gaupalika Khola ko Suchana
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५१३२६३४३

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५१३२६३४३

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्विटर पेज Dursanchar: News Portal
फेसबुक पेज
Dursanchar: News Portal
© Dursanchar: News Portal - 2023 All rights reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्