Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  • सुकुम्बासीको पुर्जा वन ऐनले रोक्यो 
सुकुम्बासीको पुर्जा वन ऐनले रोक्यो  'वन ऐनका कारण लालपुर्जा वितरणको काम रोकियो' : नगर प्रमुख आचार्य
दूरसञ्‍चार
दूरसञ्‍चार शुक्रबार, चैत ३, २०७९

कोहलपुर : कोहलपुर नगरपालिका क्षेत्रका भुमिहिन सुकुम्बासी, भुमिहिन दलित र अब्यवस्थित बसोबासीलाई ‘लालपुर्जा’ वितरण गर्ने कार्य रोकिएको छ । लालपुर्जा वितरण गर्ने अन्तिम चरणमा आईपुग्दा वन कार्यालयले सहमती नजनाउँदा रोकिएको राष्ट्रिय भुमि आयोग बाँकेका अध्यक्ष सर्वनकुमार यादवले बताए । 

उनका अनुसार कोहलपुर नगरपालिका वडा नम्बर १ मा पुर्जा वितरणका लागि अन्तिम कार्य चलिरहेको थियो । ‘१५ दिने सूचना निकालेर पनि सकियो, लालपुर्जा वितरणका लागि रोक्न नहुने काम वनले रोक्यो,’ यादवले भने ‘हामी भुमि ऐन २०७६(संशोधन) अनुसार लालपुर्जा दिने तयारीमा थियौं, वन कार्यालयले वन ऐन २०७६(संशोधन) अनुसार पुर्जा वितरणमा सहमती जनाएन ।’ 

भुमि ऐन २०७६, राष्ट्रिय भुमी आयोग, कार्यविधि २०७८ मा १० वर्षसम्म भोग चलन गरेको, आमोद कमोद गरेको अवस्थामा लालपुर्जा दिन मिल्ने ब्यवस्था भएपनि वनले नमानेको उनले बताए । कोहलपुरको वडा नम्बर १ मा पहिलो चरणमा १ सय ५० घरधुरीलाई लालपुर्जा वितरण गर्ने योजना छ । त्यसपछि थप १ हजार २ सय घरधुरीलाई लालपुर्जा वितरण गर्ने आयोगको तयारी छ । 

वन कार्यालयले अन्तिम समयमा आएर सहमती नजनाउँदा लालपुर्जा वितरण कार्य अन्यौलमा परेको छ । वनले अरु सबै निर्णयमा सहमती जनाएर अन्तिममा पुर्जा दिने निर्णयमा सहमती नजनाउँदा लालपुर्जा वितरण कार्य स्थगित हुन पुगेको आयोग बाँकेका विज्ञ सदस्य अशोक पोख्रेलले बताए । ‘वनको यस्तो समस्या अब बाँकेका अन्य स्थानीय तहमा पनि आउने देखिन्छ, यसका लागि सरकारले नीतिगत रुपमा निर्णय गर्न जरुरी छ,’ उनले भने । 

कोहलपुरको वडा नम्बर १ मा सबै प्रक्रिया सम्पन्न गरेर लालपुर्जा मात्र वितरण गर्ने आयोगको तयारी छ । यस्तै वडा नम्बर २ मा रुजु गर्न बाँकी छ । यसैगरी वडा नम्बर १० र १२ मा जग्गा नापजाँच कार्य चलिरहेको छ, भने ५ र ८ मा नापी गर्ने तयारी भइरहेको छ । त्यस्तै वडा नम्बर ३, ९, ११, १३, १४ र १५ मा नापजाँच अगाडी बढाउने प्रक्रिया पुरा भइसकेको बताइएको छ । तर, वन ऐनमा यि उक्त वडाका सरकारी ऐलानी जग्गाको वर्गिकरण ‘वन क्षेत्रको जग्गा’ उल्लेख छ ।

कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले केही वडाको काम अन्तिम चरणमा पुगेको अवस्थामा वन ऐनका कारण लालपुर्जा वितरणको काम रोकिएको बताए । ‘आयोगले लालपुर्जा वितरण प्रक्रियामा वन कार्यालयको प्रतिनिधित्व हुन्छ, वन मन्त्रालयको कारणले गर्दा लालपुर्जा वितरणको काम रोकियो,’ उनले भने ‘प्रदेशको वनमन्त्रीसम्म पनि सहजीकरणका लागि हामीले कुरा पुर्याएका छौं, कतै वन ऐन र भुमि ऐन बाँझिएको भन्ने पनि छ ।’ 

आफुहरुको तर्फबाट सबै तयारी पुरा हुँदा वनबाट सहमती नहुँदा रोकिएको बताए । उनका अनुसार कोहलपुर नगरपालिका भित्र  मात्रै भुमिहिन सुकुम्बासी, दलित सुकुम्बासी र अब्यवस्थित बसोबासीका १६ हजार भन्दा बढी फाईल दर्ता भएका छन् ।  कोहलपुरमा मात्रै १६ हजार भन्दा बढी फाईल छन् । 

कोहलपुर–१२ का वडाअध्यक्ष समेत रहेका नगर कार्यपालिका सदस्य बिरेन्द्रकुमार शाहले लालपुर्जा बितरणको काम दु्रत गतिमा अगाडी बढिरहेका बेला वन ऐनका कारण अचानक रोकिन पुगेको बताए । नगरपालिकाको तर्फबाट सहजीकरण गर्न खटिएका उनले भने, ‘पुर्जा वितरणको काम रोकिएपनि नापजाँचको काम चलिरहेको छ, एक वर्षभित्रमा कोहलपुर नगरपालिका क्षेत्रमा पुर्जा वितरणको काम सक्ने हाम्रो लक्ष्य छ ।’ लालपुर्जा वितरणमा उत्पन्न समस्या समाधान गर्नका लागि सर्बदलिय र सर्बपक्षिय बैठक बोलाउने तयारी भएको जानकारी दिए ।

वन कार्यालय बाँकेका प्रमुख अजितकुमार कर्णले वन ऐन र भुमि ऐन बाँझिदा समस्या आएको बताए । ‘वन क्षेत्रमा बसोबास गर्नेलाई अतिक्रमित क्षेत्र भन्ने छ, वन क्षेत्रको जग्गालाई कसैले दर्ता गर्न पाउँदैन, दर्ता भएको खण्डमा स्वतः बदर हुन्छ,’ कर्णले भने ‘पुरानो भएपनि नयाँ भएपनि त्यो अतिक्रमण नै हो, नापजाँच गर्नलाई वन ऐनले रोकेको छ ।’

यो समस्या बाँके जिल्लाको मात्र नभएर समग्र देशकै भएको उनी बताउँछन् । उनले थपे, ‘भुमी आयोगबाट लेखेर पठाएको छ, ऐन बाँझिएर भएको हो, यो समस्या समाधानका निम्ति नीतिगत रुपमा सम्बोधन हुनुपर्यो, वन ऐनमै संशोधन भएर आउनु पर्यो ।’

आयोग बाँकेका अध्यक्ष यादव सर्बदलिय र सर्बपक्षिय बैठकबाट निकास निकाल्न प्रयास गरिने बताउँछन् । ‘सर्बदलिय र सर्बपक्षिय बैठकबाट समस्या समाधानको निकास खोज्ने प्रयास गर्छौ, यदी निकास निकाल्न सकिएन भने भुमि ऐन अनुसार अगाडी बढ्छौं, किनकी वन ऐनभन्दा भुमी ऐन पछाडी आएको हो ।’

आयोग बाँकेले बाँकेका अन्य स्थानीय तहमा पनि काम थालेको जनाएको छ । बाँकेका कुल ८ वटा स्थानीय तह मध्ये डुडुवा गाउँपालिकाले भने आयोगसँग सम्झौता नगरेको विज्ञ सदस्य पोख्रेलले बताए । ‘आयोगसँग सम्झौता गरेका सबै स्थानीय तहमा इन्ट्रीको काम सम्पन्न भइसकेको छ,’ उनले भने । 


प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  ०९:४३
प्रतिक्रिया दिनुहोस्
थप समाज
सुपा देउराली दर्शन गरेर फर्किदै गर्दा बस दुर्घटना, चार जनाको मृत्यु
सुपा देउराली दर्शन गरेर फर्किदै गर्दा बस दुर्घटना, चार जनाको मृत्यु मंगलबार, वैशाख २९, २०८३
एक महिनामा आयो एसइइको नतिजा
एक महिनामा आयो एसइइको नतिजा सोमबार, वैशाख २८, २०८३
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित सोमबार, वैशाख २८, २०८३
कोहलपुरमा दुई दिनमा हटाइयो  १ सय ८ घर, टहरा
कोहलपुरमा दुई दिनमा हटाइयो १ सय ८ घर, टहरा सोमबार, वैशाख २८, २०८३
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो आइतबार, वैशाख २७, २०८३
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी आइतबार, वैशाख २७, २०८३
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा शनिबार, वैशाख २६, २०८३
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट शुक्रबार, वैशाख २५, २०८३
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ शुक्रबार, वैशाख २५, २०८३
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्