Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  • उपमेयर राई हिरासतमै नबसेर धरौटीमा छुटे !
उपमेयर राई हिरासतमै नबसेर धरौटीमा छुटे !
दूरसञ्‍चार
दूरसञ्‍चार शनिबार, चैत ११, २०७९

नेपालगन्ज : ठगी मुद्दामा पक्राउ पुर्जी जारी हुँदा पनि पक्राउ नपरेका नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख(उपमेयर) कमरुद्दिन राई धरौटीमा छुटेका छन् । सार्वजनिक न्याय विरुद्धको कसुरमा उनी विरुद्ध गत माघ १८ मा पक्राउ पुर्जी जारी भएको थियो । 

पक्राउ पुर्जी जारी भएपनि उनलाई बाँके प्रहरीले पक्राउ गर्न चाहेन । पक्राउ पुर्जी पाएर पनि प्रहरीले उनलाई पक्राउ नगरेको हो । पक्राउ पुर्जी जारी भएकै समयमा उपप्रमुख राई विभिन्न औपचारिक कार्यक्रम, निर्धक्कका साथ सहभागी भएका थिए । 

बाँके प्रहरीले कमरुद्दिनलाई पक्राउ गरि हिरासतमा राखेर घटनामाथि अनुसन्धान गर्नुपर्ने भएपनि त्यसो गरेन । सामान्यतया पक्राउ पुर्जी जारीपछि आरोपितलाई पक्राउ गरि अनुसन्धान गर्नुपर्छ । तर, राजनीतिक पहुँच र दवावमा बाँके प्रहरीले राईलाई पक्राउ नगरेको प्रहरीका एक उच्च अधिकारीले बताएका छन् ।

पूर्वमन्त्री समेत रहेका सर्वदेव प्रसाद ओझाले सार्वजनिक न्याय विरुद्धको कसुरमा दिएको मुद्दामा अदालतले कमरुद्दिनलाई पक्राउ आदेश दिएको हो । मनीषा एग्री कन्सर्न नेपालगन्जको तर्फबाट ओझाले ठगी कसुरमा मुद्दा हालेका थिए ।

सार्वजनिक न्याय विरुद्धको कसुरमा पक्राउ पुर्जी जारी भएर पनि ‘फरार अभियुक्त’ सरह रहेका उनलाई अदालतमा पेश गराइएको छ । उपमेयर राई बुधबार आफैँ जिल्ला प्रहरी कार्यालयमा हाजिर भएको पाइएको छ ।

स्रोतका अनुसार सोही दिन राई घर आएर रात बिताएका थिए । त्यसपछि प्रहरीले उपप्रमुख राईलाई बिहीबार अदालत समक्ष पेश गरेको थियो । अदालतमा पेश भएका उनलाई धरौटी लिएर छाड्ने अदालतले आदेश दिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख(एसपी) सन्तोषसिंह राठौरले उपप्रमुख राई आफै प्रहरीकहाँ आएर आत्समर्पण गरेको र त्यसको भोलिपल्ट आदलतमा पेश गरिएको बताएका छन् । अदालत पेश भएकै दिनभर भएको बहसपछि जिल्ला अदालतका न्यायाधिश सनतचन्द्र लवटको इजलासले राईलाई एक लाख २० हजार धरौटी लिएर छाड्न आदेश दिएको हो । 

आदेशपछि राईले सोही दिन धरौटी बाफत एक लाख २० हजार नगद बुझाएर छुटेका छन् । धरौटी रकम बुझाएर छुटेका उनी विरुद्ध दर्ता भएको मुद्दाको छिनोफानो भएको छैन । अदालतले गर्ने फैसलासंगै उनको उपप्रमुख पद रहने वा नरहने तय हुनेछ ।

मनिषा एग्री कन्सर्न र भारतमा रहेको मनीषा एग्री बायो टेक कम्पनी प्रालि हैदराबाद बीच भएको सम्झौता अनुसार आयात हुने सामाग्रीको भन्सार क्लीरिङ्गको जिम्मेवारी पाएका राई विरुद्ध ठगीको मुद्दा परेको हो ।२०६२ सालदेखि २०६९ सालसम्म उनले भन्सार एजेन्टको रूपमा काम गरेका थिए ।

ओझाले राईले भन्सार एजेन्टका रूपमा काम गर्ने क्रममा भन्सार, क्वारिन्टिन र अदालत समेतलाई भ्रममा पारेको बताए । उनका अनुसार अनुसन्धानका क्रममा कमरुद्दिन राईको नागरिकता र अन्य कागजातमा बाबुको नाम फरक भएको पुष्टी भएको छ । 

नागरिकतामा बाबुको नाम ‘गोवरे कवडिया’ रहेको छ । यस्तै भारतबाट पैठारी गर्ने ‘मनिषा एग्री बायो टेक कम्पनी’ प्रालिको कागजातमा ‘अकबर अलि’ उल्लेख छ । स्थानीय तहको निर्वाचनमा जनता समाजवादी पार्टी(जसपा) को तर्फबाट नेपालगन्ज उपमहानगरपालिकाको उपप्रमुखमा उनी निर्वाचित भएका थिए ।


प्रकाशित मिति: शनिबार, चैत ११, २०७९  २२:२०
प्रतिक्रिया दिनुहोस्
थप समाज
ग्याँस अभाव र समाधानबारे लिखित जवाफ दिन सर्वाेच्चकाे आदेश
ग्याँस अभाव र समाधानबारे लिखित जवाफ दिन सर्वाेच्चकाे आदेश शुक्रबार, फागुन २९, २०८२
किशोरी साहको रिटमा सुनुवाइ सकियो
किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
इनिशालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन
इनिशालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन बिहीबार, फागुन २८, २०८२
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही' सोमबार, फागुन २५, २०८२
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन आइतबार, फागुन २४, २०८२
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन 
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन  बुधबार, फागुन २०, २०८२
मौन अवधिमा बाँकेमा  आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण
मौन अवधिमा बाँकेमा आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण मंगलबार, फागुन १९, २०८२
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते मंगलबार, फागुन १९, २०८२
तराई मधेशमा आज मनाइँदै होली पर्व
तराई मधेशमा आज मनाइँदै होली पर्व मंगलबार, फागुन १९, २०८२
लोकप्रीय
  • Week
  • Month
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
मेयर कप क्रिकेटमा लायन किङ्स विजयी ‎
मेयर कप क्रिकेटमा लायन किङ्स विजयी ‎
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्