Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
राजनीति
  • Home
  • राजनीति
  • 'दिनरात काम गरेर परिणाम दिन सकेनौं भने धैर्यताको बाँध टुट्छ’ : गगन थापा
'दिनरात काम गरेर परिणाम दिन सकेनौं भने धैर्यताको बाँध टुट्छ’ : गगन थापा बाँके काँग्रेसले गर्यो जिल्ला सम्मेलन
दूरसञ्‍चार
दूरसञ्‍चार शनिबार, चैत १८, २०७९

नेपालगन्ज : नेपाली काँग्रेसका महामन्त्री गगन थापाले वर्तमान सरकारले परिणाम दिन सक्नुपर्ने बताएका छन् । १४ औं महाधिवेशनपछि नेपाली काँग्रेस बाँकेले नेपालगन्जमा शनिबार आयोजना गरेको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथी समेत रहेका थापाले आमनागरिकहरु आत्तिएको बेलामा बनेको नयाँ सरकारले परिणाम दिन सक्नुपर्ने धारणा राखेका हुन् । 

मुलुकको आर्थिक अवस्थाप्रति अहिले धेरैले चिन्ता ब्यक्त गरिरहेको बताउँदै भने, ‘अर्थतन्त्रको अवस्था देखेर आम मानिसहरु नराम्रोसँग आत्तिएको अवस्था छ, हाम्रो अवस्था २०७० सालको जस्तो छैन, २०७४ सालको जस्तो पनि छैन, परिस्थिती धेरै फरक भइसकेको छ ।’

Congresh Banke Sammelan1680361992.jpg

उनले अबको पाँच महिनाभित्र केही न केही राम्रो भएको महसुस गराउन सक्नुपर्ने बताए । सरकार स्थिर बनेपछि मात्र त्यसले परिणाम दिन सक्ने र स्थिर सरकारको लाभ आमजनता र नागरिकले पाउनुपर्नेमा जोड दिए । ‘मसँग पाँच वर्ष छ, मसँग बहुमत छ भनेर बस्ने न उसँग समयको सुविधा छ, न नागरिकसँग त्यो धैर्यता छ,’ महामन्त्री थापाले भने ‘दिनरात काम गरेर परिणाम दिन सकेनौं भने धैर्यताको बाँध टुट्छ ।’

अर्को प्रसंगमा उनले युद्धको नाममा जघन्य अपराध गर्नेले कुनैपनि नाममा छुट नपाउने प्रष्ट्याए । अहिले सरकारमा भएपनि नेपाली काँग्रेसले आफ्नो आधारभुत कुरा नबिर्सने बताए । ‘यो विषयको सन्दर्भमा सरकारले एउटा विधेयक दर्ता गरेको छ, नेपाली काँग्रेस यो विषयमा एकदम प्रष्ट छ, शान्ति प्रक्रिया नेपाली काँग्रेसको नेतृत्वमा सुरु भयो र यो प्रक्रियालाई टुंग्याउनुपर्नेमा एकदम प्रष्ट छ । अब धेरै अलमल गर्नु हुदैन भन्ने कुरामा प्रष्ट छ,’ उनले भने ‘तर यो भन्दै गर्दा हिजो त्यसलाई युद्ध भन्नुस्, हिंसाको समय भन्नुस् । युद्ध हिंसाको समयमा जसले स्वइच्छाचारी ढंगबाट हत्या गरेको छ, जघन्य अपराध गरेको छ । निर्मम यातना दिएको छ, त्यसले कुनैपनि नाममा छुट पाउँदैन, पाउनु हुदैन, हामी अहिले सरकारमा छौं । तर, नेपाली काँग्रेसले आफ्नो आधारभुत कुरा बिर्सदैन ।’

Congresh Banke Sammelan photo 21680361990.jpg

संसदमा रहेको उक्त विधेयकको संशोधनकर्ता आफु पनि रहेको भन्दै महामन्त्री थापाले भने, ‘हत्या गरिएको कतिपय विषयलाई पनि क्षमादान गर्न सकिन्छ भनेर ल्याएको विधेयकमा नेपाली काँग्रेसका म लगायत थुप्रै सांसदहरुले संशोधन राखेका छौं, त्यो संशोधन नभईकन कि जसले जघन्य अपराध गरेको छ, जसले स्वइच्छाचारी हत्या गरेको छ, त्यो हत्या गर्ने अपराध गर्नेले दण्डबाट मुक्ती पाउने कानुन नेपालको संसदले बनाउन पाउँदैन भन्ने कुरा हामी काँग्रैसको तर्फबाट प्रष्ट राखेका छौं ।’ 

महामन्त्री थापाले आगामी २०८४ सालको चुनावमा नेपाली काँग्रेस एक्लै लड्ने जिकिर गरे । ‘निर्वाचन पछाडी सरकार बनाउने वा गठबन्धन बनाउने कुरा स्वभाविक हो, तर निर्वाचन अगाडी नै जब तालमेल गर्न थाल्छौ, त्यसले प्रजातन्त्रलाई यति विकृत बनाउँछ, त्यसले नागरिकको छनोटलाई सिमित बनाउँछ,’ उनले थपे । 

चुनावमा गठबनधन गर्दा काँग्रैसले ५/६ लाख मत गुमाउनु परेको महामन्त्री थापाले बताए । गठबन्धन गर्दा भोलीका दिनमा पार्टीकै अस्तित्व नरहने डर भएको सुनाए । ‘चुनावको परिणाम आयो अब सकियो, अब आउँदो चुनावमा आफ्नो ताकतमा लड्ने हो भने देश ब्यापी रुपमा पार्टीलाई बलियो बनाउनुपर्छ,’ उनले भने । 

Congresh Banke Sammelan photo 31680361991.jpg

फरक प्रसंगमा महामन्त्री थापाले पार्टीको भातृ संस्थाबारे नयाँ ढंगले सोच्न जरुरी रहेको बताए । काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलको सभापतित्वमा सम्पन्न सम्मेलनको उद्घाटन शत्रलाई विशिष्ट अतिथी एवम् काँग्रेसका केन्द्रिय सदस्य मैकुलाल बाल्मिकी, पार्टीका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, राष्ट्रिय सभाका सचेतक अनिता देवकोटा, पुर्वमन्त्री एवम् काँग्रेस बाँकेका गजेन्द्र हमाल, नेपाली काँग्रेस बाँकेका पुर्वसभापतिकृष्णमान श्रेष्ठ, निर्वतमान सभापति किरण कोइराला, प्रदेश सभाका सांसदद्धय बादशाह कुर्मी र सञ्जुकुमारी चौधरी, संबिधान सभाका सदस्य अब्दुल हमिद सिद्धिकी 'भोला', कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्य, राप्ती सोनारी गाउँपालिका अध्यक्ष एवम् पार्टीका पुर्वजिल्ला सचिव तप्तबहादुर पौडेल, नेपाली काँग्रेस क्षेत्र नम्बर १ का सभापति पोषण केसी, क्षेत्र नम्बर २ का सभापति रमेशकुमार गुप्ता, महासमिति सदस्यद्धय टेकबहादुर खड्का र लक्ष्मीनारायण शाह, तरुण दलका पुर्वमहामन्त्री हुर्मत न्यौपाने, महिला संघ बाँकेका सभापति नारायणी रुपाखेती, नेपाल टे«ड युनियन काँग्रेस बाँकेका सभापति रामबहादुर मल्ल लगायतले सम्बोधन गरेका थिए । 

काँग्रेस बाँकेका सचिव सुधान्सु कोइरालाले सञ्चालन गरेको सम्मेलनमा उपसभापति गोपालप्रसाद अधिकारीले स्वागत गरेका थिए । उक्त सम्मेलनमा काँग्रेस बाँकेका पुर्वसभापतिहरु, पार्टीका महिला वडा सभापतिहरु, उत्कृष्ठ वडा सभापति, तत्कालिन माओवादी द्धन्द्धमा मारिएका ब्यक्तीका परिवार, प्रजातन्त्र सेनानी र उनका परिवारका सदस्यहरु लगायतलाई सम्मान गरिएको थियो । 

सम्मेलनमा सभापति गौडेलले आगामी वर्षमा गरिने पार्टीको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । सम्मेलनको बन्द शत्रले सचिव कोइरालाले प्रस्तुत गरेको सांगठनिक र कोषाध्यक्ष यज्ञबहादुर बस्नेतले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनलाई पारित गरेको प्रवक्ता डिल्ली गिरीले जानकारी दिएका छन् । 

Congresh Banke Sammelan photo 41680361992.jpg


प्रकाशित मिति: शनिबार, चैत १८, २०७९  २०:५६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
लुम्बिनीको नीति तथा कार्यक्रममा सुशासन, आर्थिक समृद्धि र प्रशासनिक सुधार प्राथमिकतामा
लुम्बिनीको नीति तथा कार्यक्रममा सुशासन, आर्थिक समृद्धि र प्रशासनिक सुधार प्राथमिकतामा सोमबार, जेठ ११, २०८३
एमाले सचिवालय बैठक, योगेशले मागे ओलीको राजीनामा
एमाले सचिवालय बैठक, योगेशले मागे ओलीको राजीनामा शनिबार, जेठ ९, २०८३
'राजनीतिक सेटिङका आधारमा प्रधानन्यायाधीश नियुक्ति गरियो' :  खत्री
'राजनीतिक सेटिङका आधारमा प्रधानन्यायाधीश नियुक्ति गरियो' : खत्री शुक्रबार, जेठ ८, २०८३
रवि, जिबीसहित प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता
रवि, जिबीसहित प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता शुक्रबार, जेठ ८, २०८३
'रास्वपाको महाधिवेशन प्रतिस्पर्धाका लागि खुला छ' : सभापति लामिछाने
'रास्वपाको महाधिवेशन प्रतिस्पर्धाका लागि खुला छ' : सभापति लामिछाने शुक्रबार, जेठ ८, २०८३
वडा सचिवलाई धम्की दिने माथि कारबाही गर्न सिफारिस
वडा सचिवलाई धम्की दिने माथि कारबाही गर्न सिफारिस शनिबार, जेठ २, २०८३
जेनजी अभियन्ताद्वारा संविधान संशोधन बहसमा सहभागी हुन अस्वीकार
जेनजी अभियन्ताद्वारा संविधान संशोधन बहसमा सहभागी हुन अस्वीकार शुक्रबार, जेठ १, २०८३
सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन
सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन बिहीबार, वैशाख ३१, २०८३
निर्वाचन आयोगले अर्को वर्ष स्थानीय तह र प्रदेश सभा निर्वाचन सँगसँगै गर्न थाल्यो छलफल
निर्वाचन आयोगले अर्को वर्ष स्थानीय तह र प्रदेश सभा निर्वाचन सँगसँगै गर्न थाल्यो छलफल बिहीबार, वैशाख ३१, २०८३
लोकप्रीय
  • Week
  • Month
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्