Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  • सर्बोच्चमा पुग्यो सिक्टा भ्रष्टाचारको मुद्दा, दोषीलाई कारबाही हुनेमा स्थानीय आशावादी
सर्बोच्चमा पुग्यो सिक्टा भ्रष्टाचारको मुद्दा, दोषीलाई कारबाही हुनेमा स्थानीय आशावादी
दूरसञ्‍चार
दूरसञ्‍चार बुधबार, चैत २२, २०७९

नेपालगन्ज : राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको भ्रष्टाचार मुद्दामा विशेष अदालतले गरेको फैसलाविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोग पुनरावेदन माग गर्दै सर्वोच्च अदालतमा गएपछि स्थानीय बासिन्दा दोषीमाथि कारबाही हुनेमा आशावादी देखिएका छन् ।

विशेष अदालतको आदेशमा चित्त नबुझाएको अख्तियार मंगलबार सर्वोच्च अदालत गएको हो । सर्वोच्चमा मुद्दा पुनरावेदन भएपछि ठुलो आशा जागेको स्थानीयको भनाइ छ । सिक्टा आयोजनामा भएको भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै आएका विकासका लागि नागरिक सरोकार समिति बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले सर्वोच्च अदालतमा मुद्दा पुगेपछि खुसी लागेको बताए ।

‘सिक्टामा भएको कमसल निर्माणबारे धेरै समिति र विज्ञ टोली आएर अनुगमन गरे। सबैले कमजोरी औंल्याएकै हुन् तर विशेष अदालतले भ्रष्टाचारका आरोपीलाई सिधै सफाइ दिने काम गर्यो, यसले सबैमा निराशा छाएको अवस्थामा अब यो मुद्दा सर्वोच्च अदालतमा पुगेको छ,’ श्रेष्ठले भने । 

सिक्टामा भएको भ्रष्टाचार ढाकछोप गर्ने कोसिस गरेमा भविष्यमा धेरै विकास निर्माणमा भ्रष्टाचार र अनियमितता बढ्ने श्रेष्ठको आशंका छ । उनले भने, ‘राष्ट्रिय गौरवको आयोजनामा भएको यति ठुलो भ्रष्टाचारलाई लुकाउन खोजियो, संलग्नलाई त्यसै छोडियो भने भोलिका दिनमा अझै भ्रष्टाचार मौलाएर जान्छ, भ्रष्टाचारीको मनोबल बढ्छ ।’ 

सिक्टा सिँचाइ आयोजनाको पश्चिम मूल नहर निर्माणमा ठुलै आर्थिक चलखेल भएकाले आयोजनाको भविष्य अन्धकार बनेको उनले बताए । सिक्टा सिँचाइ आयोजना निर्माण स्थल राप्ती सोनारी-९ ढकेरीका बासिन्दा श्रीधर उपाध्यायले मुद्दा सर्वोच्चमा पुगेकाले आयोजनाका पक्षमा फैसला हुने विश्वास जागेको बताए । ‘हामीले सुरुदेखि नै सिक्टाको काम राम्रो भएन, कमसल निर्माण भयो भनेर ध्यानाकर्षण गराउँदै आएका थियौं । हाम्रो कुराको सुनुवाइ नहुँदा नहर पटकपटक भत्कियो,’ उनले भने, ‘अख्तियारले अनुसन्धान गरेर विशेष अदालतमा मुद्दा दर्ता गर्यो, विशेष अदालतले भ्रष्टाचारमा संलग्नलाई उन्मुक्ति दिए पनि सर्वोच्चमा मुद्दा पुगेको खबरले फेरि आशा जागेको छ ।’ 

कमसल निर्माण भएको पश्चिम मुल नहर अहिले काम नलाग्ने अवस्थामा पुगेको उपाध्याय बताउँछन् । ‘सही छानबिन हुनुपर्छ भनेर हामीले आवाज उठाएको हो, यो मुद्दा अब सर्वोच्च अदालतसम्म पुगेको छ, सही हिसाबले पक्कै छानबिन होला,’ उपाध्यायले भने । निर्माण सुरु भएको डेढ दशकभन्दा बढी भइसक्दा पनि सिक्टा आयोजना अधुरै छ । -नागरिक दैनिकबाट 

यो पनि पढ्नुस् :

सिक्टाका भ्रष्टाचारीलाई सफाई दिने फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन


प्रकाशित मिति: बुधबार, चैत २२, २०७९  १५:५२
प्रतिक्रिया दिनुहोस्
थप समाज
ग्याँस अभाव र समाधानबारे लिखित जवाफ दिन सर्वाेच्चकाे आदेश
ग्याँस अभाव र समाधानबारे लिखित जवाफ दिन सर्वाेच्चकाे आदेश शुक्रबार, फागुन २९, २०८२
किशोरी साहको रिटमा सुनुवाइ सकियो
किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
इनिशालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन
इनिशालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन बिहीबार, फागुन २८, २०८२
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही' सोमबार, फागुन २५, २०८२
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन आइतबार, फागुन २४, २०८२
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन 
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन  बुधबार, फागुन २०, २०८२
मौन अवधिमा बाँकेमा  आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण
मौन अवधिमा बाँकेमा आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण मंगलबार, फागुन १९, २०८२
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते मंगलबार, फागुन १९, २०८२
तराई मधेशमा आज मनाइँदै होली पर्व
तराई मधेशमा आज मनाइँदै होली पर्व मंगलबार, फागुन १९, २०८२
लोकप्रीय
  • Week
  • Month
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
मेयर कप क्रिकेटमा लायन किङ्स विजयी ‎
मेयर कप क्रिकेटमा लायन किङ्स विजयी ‎
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्