Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  • राप्ती सोनारीमा 'चौथो राष्ट्रिय दहित गोट्यार सम्मेलन' सुरु 
राप्ती सोनारीमा 'चौथो राष्ट्रिय दहित गोट्यार सम्मेलन' सुरु  ‘दहित थारु समुदायभित्र महिलालाई सबैभन्दा बढी अधिकार’ : डिल्ली चौधरी
दूरसञ्‍चार
दूरसञ्‍चार शनिबार, चैत २५, २०७९

बाँके (राप्ती सोनारी) : लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य डिल्लीबहादुर चौधरीले दहित थारु समुदायले महिलालाई सबैभन्दा बढी अधिकार दिएको बताएका छन् । बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ मा शनिबार आयोजित चौथो राष्ट्रिय दहित गोट्यार सम्मेलनलाई सम्बोधन गर्दै उनले दहित थारु समुदायमा घरको देवता पुज्ने अधिकार महिलालाई मात्र भएको बताए । 

उनले अब सामाजिक र राजनीतिक अधिकार पनि महिलालाई दिन आवश्यक रहेको बताए । लुम्बिनी प्रदेशका पूर्वशहरी विकास मन्त्री समेत रहेका चौधरीले दहित दहितबीच बिवाह गर्न नहुने कुरामा ठूलो रहस्य रहेको बताए । 

विभिन्न थरीका दहित बीच पनि विवाह गर्दा हाड नाता भएर वंशानुगत सिकलसेल रोग जस्ता विभिन्न रोग लाग्न सक्ने बारे दहितका पूर्खाहरु पहिले नै सचेत रहेकोले दहितबीच विवाह गर्न नमिल्नेमा जोड दिए । दहितहरुमा ठूलो सानो कोही नभएर सबै दहित बराबर रहेको चौधरीले बताए । 

स्वाथ्य उपचारका लागि काठमाडौमा रहेका पूर्वमन्त्री महेश दहितले अनलाईन मार्फत सम्मेलनलाई सम्मोधन गरेका थिए । ‘पहिचान बचाई, हैस्यार बनि ओ एक हुई’ भन्ने नारा सहित दहित गोट्यार सम्मेलन बाँकेको आयोजनामा भएको हो । 

सम्मेलनको प्रमुख अतिथी राष्ट्रिय खानेपानी संस्थानका निवर्तमान अध्यक्ष जीउलाल दहितले उद्घाटन गरेका थिए । आयोजक दहित गेट्यार सम्मेलन नेपाल बाँकेका संयोजक गोविन्द दहितको सभापतित्वमा जारी सम्मेलनमा नागरिक उन्मुक्ति पार्टीका लुम्विनी प्रदेश सदस्य सोमराज थारुले सम्मेलनको उद्देश्यबारे प्रकाश पारेका थिए । 

उक्त सम्मेलनमा, कैलारी गाउँपालिका उपाध्यक्ष भगवती दहित, संविधानसभा सदस्य पट्टु दहित, स्थानिय जनप्रतिनिधी लगायत दाङ, बाँके बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेतका दहितहरुको सहभागिता रहेको छ । थारु समुदायभित्र विभिन्न थर रहेकाले दहितभित्र पनि ४१ थरी पत्ता लागेको सम्मेलनमा उपस्थित दहितहरुको भनाई छ । 

सम्मेलनमा लेखक शेखर दहितले दहितहरुको पहिचान, अवस्था, वंशानुगत गुणलगायतका विषयमा कार्य पत्र प्रस्तुत गर्दै हाल नेपालको कुल जनसंख्या मध्य २ लाख ४३ हजार ५५१ दहितहरुको संख्या रहेको बताए । थारु आयोगले २०७७ सालमा संकलन गरेको तथ्यांकमा ३७ थरीका दहित सुचिकृत भएपनि ४१ थरीका दहित रहेको उहाँको दहितको दावी छ । अन्य थारु भन्दा दहित थारु हरु तिखो दिमाग भएका, सामाजिक नेतृत्व सृजनसिल, दहितभित्र धेरै थरी रहेपनि दहित-दहित बीच विवाह गर्दा हाडनाता पर्ने भएकाले थर पहिचान गर्न अति आवश्यक रहेको उनले बताए । 

उक्त सम्मेलनमा उपस्थित विभिन्न थरीका दहितहरुले भोज विवाह, मर्नी कर्नी र पूजा आँटीमामा गरिने रितिरिवाजबारे आ–आफ्नो भनाई राखेका थिए । सम्मेलनमा राप्ती सोनारी गाउँपालिकाका संस्थापक अध्यक्ष लाहुराम थारु, वडा नम्बर ६ का वडा अध्यक्ष लवराज खरेल, वडा नम्बर ७ का वडाअध्यक्ष रामलखन थारु लगायतका बक्ताले शुभकामना मन्तब्य दिएका थिए । कार्यक्रमको सहजी करण नुरी कुमारी दहितले गरेकी थिइन् । -रेडियो भूवर भवानी डटकमबाट 
 


प्रकाशित मिति: शनिबार, चैत २५, २०७९  १६:४८
प्रतिक्रिया दिनुहोस्
थप समाज
सुपा देउराली दर्शन गरेर फर्किदै गर्दा बस दुर्घटना, चार जनाको मृत्यु
सुपा देउराली दर्शन गरेर फर्किदै गर्दा बस दुर्घटना, चार जनाको मृत्यु मंगलबार, वैशाख २९, २०८३
एक महिनामा आयो एसइइको नतिजा
एक महिनामा आयो एसइइको नतिजा सोमबार, वैशाख २८, २०८३
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित सोमबार, वैशाख २८, २०८३
कोहलपुरमा दुई दिनमा हटाइयो  १ सय ८ घर, टहरा
कोहलपुरमा दुई दिनमा हटाइयो १ सय ८ घर, टहरा सोमबार, वैशाख २८, २०८३
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो आइतबार, वैशाख २७, २०८३
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी आइतबार, वैशाख २७, २०८३
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा शनिबार, वैशाख २६, २०८३
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट शुक्रबार, वैशाख २५, २०८३
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ शुक्रबार, वैशाख २५, २०८३
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्