Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • रास्वपा सांसद श्रेष्ठ र मेडिकल व्यवसायी प्रसाईंबीच के-के कुरा भयो ? (विस्तृतमा)
रास्वपा सांसद श्रेष्ठ र मेडिकल व्यवसायी प्रसाईंबीच के-के कुरा भयो ? (विस्तृतमा)
दूरसञ्‍चार
दूरसञ्‍चार आइतबार, चैत २६, २०७९

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंबीच भएको अडियो कुराकानी :-

दुर्गा प्रसाईं: ए नमस्ते के छ हालखबर ?

ढाकाप्रसाद: म पनि भर्खर-भर्खर उठेको । 

दुर्गा: ए अनि त्यही त मैले पनि राति फोन अफ गरेँ। अफ भनेको सुत्न टाइम भएर चार्ज गरेर सुतेँ। अनि खासचाहिँ के हो कुरा अलिकति भन्नु त डाक्टर साब।  

ढाकाप्रसाद: स्वास्थ्य हामीले पाउने भयो... कोर टिम छ। दुई तीन जनाको। तिनीहरूले भनिराखेका छन्। दुई जति चाहियो भनेर मलाई हिजो। मेरो पक्काचाहिँ पक्का भयो। आज मैले फिक्स गर्नुछ के सर। अब म फेरि आर्थिकमा त्यस्तो साह्रै उ छैन। मन्त्री पनि बन्नुपर्‍यो। फेरि यो स्वास्थ्य क्षेत्र धोइपखाली गरेर, पूरा सुधार पनि गर्नुछ। मैले धेरै गर्नुपर्छ भनेर सोच गरेको छु। त्यसमा अब हजुरहरूको साथ, सहयोग, चाहियो भन्नेकुरा हो के अब।

दुर्गा: मैले एउटा कुरा बुझ्न खोजेको डाक्टरसाब, राष्ट्रिय स्वतन्त्र पार्टीमा म त डाक्टर भनेको तोसिमा कार्की मात्रै छिन् भनेर बुझेको थिएँ त। 

ढाकाप्रसाद: हैन नि। हामी तीन जना छौं।

दुर्गा: को-को छन्?

ढाकाप्रसाद: म भएँ, तोसिमा र चन्दा कार्की। 

दुर्गा: ए चन्दा म्याम पो हुनुहुन्छ त है। डाक्टर साबको घर कहाँ हो? 

ढाकाप्रसाद: मेरो घर पोखरा हो सर। 

दुर्गा: अनि एमबिबिएस कहाँ गरेको? 

ढाकाप्रसाद: मैले चाइनामा...

दुर्गा: अनि एमडी? 

ढाकाप्रसाद: अहिले मैले एमडी गरेको छैन। एमबिबिएसमात्रै हो। पछिचाहिँ अर्कै पढ्ने भन्दाभन्दै पोलिटिक्सतिर आएँ। 

दुर्गा: अब हेर्नुस् है धेरै समस्या छ स्वास्थ्य क्षेत्रमा। अब देशमा भएका सबै नर्सिङ कलेज बन्द गराए। आज नर्स पढ्न पाउँदैनन्। मैले त जहिल्यै भनेको छु नि। दुबईमा चेलिबेटीले डान्सबारमा डान्स गर्नुभन्दा नर्स पठाऔं। हो कि हैन। भन्नु त। 
विदेशबाट इन्डियाबाट विद्यार्थी ल्याउँ। पढाऔं। कति राम्रो कुरा गरेको मैले। अहिले त मैले डाक्टर उत्पादन गरौं। बरू सय वटा मेडिकल कलेज खोलौं। होकि हैन।

ढाकाप्रसाद: हो, हो। हो नि।

दुर्गा: ... अनि डाक्टरसाबको नाम ढकबहादुर कि के हो?

ढाकाप्रसाद: ढाकाकुमार श्रेष्ठ।     

दुर्गा: ढाकाकुमार श्रेष्ठ। अच्छा मैले कुरा बुझेँ। सल्लाह गरेर अघि बढौंला। अनि फेरि। तपाईंसँग मैले भन्‍न खोजेको। अनि मुकुलहरूले त नलिने भन्थे त स्वास्थ्य र शिक्षा। 

ढाकाप्रसाद: मुकुलजीलाई त थाहा छैन सर यो। मुकुलजी पनि कोर टिममा हुनुहुन्न के...

दुर्गा: ए।

ढाकाप्रसाद: बाहिर त महामन्त्री नै हो। अब हजुरलाई पार्टीकै कुरा गर्दा दुई-तीन जना छुट्टै हुनुहुन्छ। पार्टीलाई धेरै सहयोग गर्ने, सुरूवाती क्षणदेखि नै सहयोग गर्ने र त्यो टिमबाट मलाई कुरा आएको र आज मैले फिक्स गर्नुपर्छ पैसा, उताबाट हुन्न भन्छन् फेरि। दुई-साढे दुई भनेका छन् अब मैले अहिले एक दिएँ भनेपनि मान्छन्। पछि चेक दिएँ भनेपनि मान्छन् एक-दुई दिन..

दुर्गा: आज फेरि बन्द छ। सुन्नुस है। कुरा। बैंकबाट ९ लाख ९९ हजार भन्दा माथिको चेक साटिँदैन। हेर्नुस् है। अब क्लियर कुरा। म दिन्छु। म सहयोग गर्छु। तपाईंले भनिहाल्नुभयो। भोलि मेरो पनि काम गर्नुपर्छ तपाईंले।

ढाकाप्रसाद: हैन त्यो त म गर्छु। मलाई त यो दिक्क लाग्छ के गोविन्द केसी देखेर नि। कहिले मर्छजस्तो लाग्छ। एमबिबिएस पढ्न नपाएको पनि तिनैले नै गर्दा हो।

दुर्गा: अनि मैले मेरो छोरीलाई टोकियो पठाउनुपर्‍यो तीन करोड तिरेर एमडी गराउनको लागि। यहाँ आफ्नोमा रेडिएसन अन्कोलोजी पढाउन पाइन मैले।

ढाकाप्रसाद: त्यही त सर। यो बेथिति छ।

दुर्गा: मेरो त हेर्नुस् न कति मरेको छु। मेरो मेडिकल कलेज हेर्नुस् त सबै भौतिक पूर्वाधार पुगेको काठमाडौं उपत्यका बाहिर मेची अन्चलमा ३२ लाख पपुलेशन छ। म मरेको छु कि छैन भन्नुस् त। म त मर्न मात्रै बाँकी छ।

ढाकाप्रसाद: त्यही त। यो हटाउनुपर्छ यस्तो कुराहरू। यसको समाधान गर्नुपर्छ।

दुर्गा: अनि शिक्षाचाहिँ कसले लिने भयो सर? भाइ?

ढाकाप्रसाद: शिक्षा हामीलाई परेनजस्तो छ सर।

दुर्गा: शिक्षाचाहिँ सायद हजुरबुवाले राखेका होलान्।

ढाकाप्रसाद: अँ होला।

दुर्गा: किनभने मलाई अफिलियसन दिनुपर्नेछ हजुरबुवाले। अब किनभने सबैकुरा सक्केको छ हौ काठमाडौं युनिभर्सिटीले नि तपाईको अफिलियसन दिएको छ। सिट मात्रै तोकेको छैन। नारायणकाजीको मान्छे हो नी त्यो गिरी। त्यहाँबाट पैसा उठाएर लगेर नारायणकाजीलाई बुझाउने मान्छे हो क्या त्‍यो।

ढाकाप्रसाद: ल निश्चिन्त हुनुहोस्। तपाईं म मिलेर काम गर्ने हो।

दुर्गा: भोलि केपी ओली झापा आउँदै हुनुहुन्छ। भोलि बेलुकी नै म काठमाडौं आउला। अब तपाईंलाई गर्ने सहयोग म गर्छु। तपाईंले जुन भन्नुभयो नि दुई। म आएर गरौंला। तर अलिकति टाइम लाग्छ है पैसा त्यत्तिकै निस्किँदैन। हचुवामा। मिलाएर निकाल्न पर्छ। बैंकले जम्मै सिस्टम खोज्छ। त्यति सजिलो छैन। बाकसमा भ्वाकभ्वाक निकालेर गाह्रो छ। कुरा बुझ्नुभयो के। कसैले पनि दिन सक्दैन आजको आज पैसा।

दुर्गा: यो पैसा पनि तपाईंले उही रविलाई त बुझाउनुपर्ला नि हैन?

ढाकाप्रसाद: अँ.. मैले रवि सरलाईभन्दा पनि रवि सरलाई देखा पर्नुभएको छैन। बाहिरको दुई जना तीन जना साथीहरू हुनुहुन्छ उहाँहरूलाई दिने हो। पार्टीलाई जान्छ भनेका छन् क्यार।

दुर्गा: तपाईंलाई मैले के ग्यारेन्टी गरेँ भने दुई करोड रुपैयाँ दिने ग्यारेन्टी गरेँ। तपाईंलाई म सजिलो बाटो देखाइदिन्छु। त्यसको पिर नगर्नुस्। उनीहरूसँग टाइम लिनुस् ल म दिन्छु भनेर भन्नुस्। सत्य कुरा। तपाईं र म भेट्नुपर्छ। भेटिराख्नु पनि पर्दैन। फोन पनि गर्नुपर्दैन। म जति भिडेको छु नी स्वास्थ्य क्षेत्रमा गोविन्द केसी के भिडेको छ? कुरो बुझ्नुभएन?

तपाईंलाई म उ दिन्छु। आइडिया दिन्छु। यो दुई करोडको ग्यारेन्टी भयो। म दिन्छु। पिर नगर्नु। तपाईं अघि बढ्नुस्। है। अब फेरि तोसिमाले लडाइँ त गर्दिनन् नि? तोसिमा कार्कीले?

ढाकाप्रसाद: हैन गर्दैनन्। गर्दैनन्। टिमले गरेपछि सक्यो। हामीले रवि सरलाई म्यान्डेट दिएका छौं। उहाँले जसलाई राख्नुभयो राख्नुभयो।

दुर्गा: ए... ल। अब यस्तो भयो नी त। तोसिमाले पैसा निकाल्न पनि सक्दिनन्। किन भन्नु न। गोविन्द केसीको मान्छे भनेको छ नि कहीँ कुरै गर्न मिल्दैन। उसँग डराउँछन्।

ढाकाप्रसाद: तिनी मन्त्री भइन् भनेपनि काम पनि छैन नी।


प्रकाशित मिति: आइतबार, चैत २६, २०७९  २१:२९
प्रतिक्रिया दिनुहोस्
थप विशेष
रविसँग भेटेपछि अमेरिकी दूत गोरले भने, 'नेपालसँग सहकार्य गर्न उत्सुक छौँ'
रविसँग भेटेपछि अमेरिकी दूत गोरले भने, 'नेपालसँग सहकार्य गर्न उत्सुक छौँ' शनिबार, वैशाख १९, २०८३
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी शनिबार, वैशाख १९, २०८३
लुम्बिनी प्राविधिक विश्वविद्यालयका समस्या समाधानमा पहल गर्न सांसद सुनार प्रतिबद्ध
लुम्बिनी प्राविधिक विश्वविद्यालयका समस्या समाधानमा पहल गर्न सांसद सुनार प्रतिबद्ध बुधबार, वैशाख १६, २०८३
हेडमास्टरलाई ‘थर्काएको’ भिडियो भाइरल भएपछि विश्वराजले मागे माफी
हेडमास्टरलाई ‘थर्काएको’ भिडियो भाइरल भएपछि विश्वराजले मागे माफी शनिबार, वैशाख १२, २०८३
एकपछि अर्को नेतालाई कारबाही गरेपछि लिङ्देनमाथि धवल शम्शेरले उठाए प्रश्न
एकपछि अर्को नेतालाई कारबाही गरेपछि लिङ्देनमाथि धवल शम्शेरले उठाए प्रश्न शुक्रबार, वैशाख ११, २०८३
सुकुम्वासी व्यवस्थापनको वाचा पूरा गर्न आन्तरिक तयारीमा छौँ : प्रधानमन्त्री शाह
सुकुम्वासी व्यवस्थापनको वाचा पूरा गर्न आन्तरिक तयारीमा छौँ : प्रधानमन्त्री शाह शुक्रबार, वैशाख ११, २०८३
गृहमन्त्री गुरुङले दिए पदबाट राजीनामा
गृहमन्त्री गुरुङले दिए पदबाट राजीनामा बुधबार, वैशाख ९, २०८३
गृहमन्त्रीको राजीनामा माग्दै सिंहदरबारभित्रै पुगेर नेविसंघले गर्‍यो प्रदर्शन
गृहमन्त्रीको राजीनामा माग्दै सिंहदरबारभित्रै पुगेर नेविसंघले गर्‍यो प्रदर्शन मंगलबार, वैशाख ८, २०८३
रवि लामिछानेको सांसद पद निलम्बनको माग राखेर सर्वोच्चमा रिट
रवि लामिछानेको सांसद पद निलम्बनको माग राखेर सर्वोच्चमा रिट मंगलबार, वैशाख ८, २०८३
लोकप्रीय
  • Week
  • Month
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
जलजला जिप दुर्घटनामा १७ जनाको मृत्यु
जलजला जिप दुर्घटनामा १७ जनाको मृत्यु
बालबालिकाको पाखुरा नाप्ने अभियान सुरु
बालबालिकाको पाखुरा नाप्ने अभियान सुरु
नेपालगन्जमा पहिलो पटक स्ट्रिट फुड एन्ड बेभरेज फेस्टिभल
नेपालगन्जमा पहिलो पटक स्ट्रिट फुड एन्ड बेभरेज फेस्टिभल
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
किन लम्बियो 'डिएलए' बाँकेको नयाँ नेतृत्व चयन प्रक्रिया ?
किन लम्बियो 'डिएलए' बाँकेको नयाँ नेतृत्व चयन प्रक्रिया ?
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्