Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
खेल
  • Home
  • खेल
  • पुर्वखेलाडी विवेक जंग शाह गृह जिल्लामा सम्मानित
पुर्वखेलाडी विवेक जंग शाह गृह जिल्लामा सम्मानित
दूरसञ्‍चार
दूरसञ्‍चार शुक्रबार, वैशाख १५, २०८०

नेपालगन्ज : पुर्वराष्ट्रिय फुटबल खेलाडी विवेक जंग शाह (एमबीई) आफ्नो गृहजिल्ला बाँकेमा सम्मानित भएका छन् । बाँके जिल्ला फुटबल संघले उनलाई शुक्रबार सम्मान गरेको हो ।

अखिल नेपाल फुटबल संघ(एन्फा) का केन्द्रिय सदस्य भोजराज शाही, बाँके जिल्ला फुटबल संघका महासचिव कमल खत्री, फुटबल प्रशिक्षक सानु तामाङ, रबिन्द्र श्रेष्ठ लगायतले सम्मान गरे । उत्कृष्ठ काम गरेका कारण शाह बेलायती महारानीबाट सम्मानित समेत भएका थिए । 

नेपालगन्जबाट फुटबल करियर सुरु गरेका शाहले २०५४ सालमा नेपालको यु–१६ फुटबल टिम, नेपालगन्ज–११ टिम र अन्य विभिन्न क्लवबाट व्यवसायिक फुटबल खेलेका थिए । शाह अहिले बिट्रिस आर्मीमा क्याप्टेनका रुपमा कार्यरत छन् । शाहले भारतको बहराइचमा भएको स्टेट स्तरको फुटबल प्रतियोगितामा निर्णायक गोल गर्दै नेपालगन्ज–११ लाई उपाधि दिलाएका थिए ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ देवाफुलबारीका शाहले सन् २००१ मा भएको तत्कालिन राजा बीरेन्द्रको शुभ जन्मोत्सवमा हुने बर्डे कपमा नेपालगन्ज–११ को तर्फबाट जावला खेल फुटबल क्लबलाई हराएर क्वारटर फाइनलमा पुग्दा निर्णायक गोल गरेकाथिए । नेपालगन्ज लाई आधा दर्जन महत्वपुर्ण प्रतियोगितामा सफलता दिलाउने खेलाडीमा पर्छन् शाह । 

फुटबल करियरमा बाँके जिल्लाको प्रतिष्ठालाई बढाउने काम गरेकोले यस क्षेत्रका लागि विवेक प्रतिष्ठित व्यक्ति भएको एन्फा केन्द्रिय सदस्य शाहीले बताए । उनले भने, ‘विवेक बाँके जिल्लाको फुटबल इतिहासमा एउटा उदाहरणीय खेलाडी हुन्, उनले बेलायतमा गएर पनि आफनो देश र जिल्लालाई गर्व हुने सफलता हासिल गरेका छन् ।एउटा खेलाडीले यो स्तरमा सफलता प्राप्त गर्नु फुटबल परिवारका निम्ति गर्वको विषय हो ।’

शुक्रबार बाँके जिल्ला फुटबल संघका पदाधिकारी र पुर्व राष्ट्रिय खेलाडी शाहका बीच बाँकेको फुटबल विकास गर्ने बारेमा छलफल भएको छ । नेपालगन्जमा आउँदा फुटबल संघका पदाधिकारीहरु सँग भेट्न पाउँदा खुसी लागेको शाहले बताए ।

उनले भने, ‘यो न्यानो आतिथ्य र सम्मानका लागि बाँके जिल्ला फुटबल संघलाई धन्यवाद दिन चाहन्छु । फुटबल मलाई मन पर्ने खेल हो । यसको विकासका लागि म सक्दो सहयोग गर्छु । विशेष गरी नयाँ बाल बालिकालाई फुटबल खेल्न प्रेरित गर्नु पर्छ । यस्तो अभियानमा संघले योजना बनाएको कुरा थाहा पाउँदा खुसी लाग्यो । फुटबलको विकासमा सबैको सहकार्य र समन्वय आवश्यक छ ।’ 

बाँके जिल्ला फुटबल संघले चौथो नेपालगन्ज गोल्ड कप र बालबालिकाको लागि ग्रासरुट फुटबल प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको छ । त्यसमा शाहले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । सम्मान कार्यक्रममा ब्रिटिस आर्मी समिर मल्ल, बाँके जिल्ला फुटबल संघका सदस्य ईश्वर चन्द पनि उपस्थित भएका थिए ।


प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८०  २०:४८
प्रतिक्रिया दिनुहोस्
थप खेल
मेयर कपको फाइनलमा नेपालगञ्ज च्याम्प्स र ज्योति स्पोर्ट्स एकेडेमी आमने-सामने
मेयर कपको फाइनलमा नेपालगञ्ज च्याम्प्स र ज्योति स्पोर्ट्स एकेडेमी आमने-सामने बुधबार, चैत ११, २०८२
ब्रोदर्स एफसीलाई नाइट फुटबल उपाधि
ब्रोदर्स एफसीलाई नाइट फुटबल उपाधि आइतबार, चैत ८, २०८२
मेयर कप क्रिकेटमा लायन किङ्स विजयी ‎
मेयर कप क्रिकेटमा लायन किङ्स विजयी ‎ बिहीबार, फागुन २८, २०८२
नेपालगन्ज मेयर कपमा नेपालगन्ज मोडल एकेडेमी ६ विकेटले विजयी
नेपालगन्ज मेयर कपमा नेपालगन्ज मोडल एकेडेमी ६ विकेटले विजयी बुधबार, फागुन २७, २०८२
सुपरस्टारलाई 'प्रथम नेपालगन्ज आदर्श तेक्वान्दो' उपाधी
सुपरस्टारलाई 'प्रथम नेपालगन्ज आदर्श तेक्वान्दो' उपाधी शनिबार, फागुन ९, २०८२
टी-२० विश्वकप : वेस्ट इन्डिज सुपर ८ मा, लगातार तीन हारपछि नेपाल बाहिरियो
टी-२० विश्वकप : वेस्ट इन्डिज सुपर ८ मा, लगातार तीन हारपछि नेपाल बाहिरियो आइतबार, फागुन ३, २०८२
तेस्रोपटक विश्‍वकप खेल्दा सुपर ८ मा पुग्ने नेपालको लक्ष्य
तेस्रोपटक विश्‍वकप खेल्दा सुपर ८ मा पुग्ने नेपालको लक्ष्य बिहीबार, माघ २२, २०८२
हिमालय बिद्या निकेतनलाई चौथो उप-प्रमुख कप बैजनाथ गाउँपालिका स्तरिय खेलकुद उपाधी 
हिमालय बिद्या निकेतनलाई चौथो उप-प्रमुख कप बैजनाथ गाउँपालिका स्तरिय खेलकुद उपाधी  बिहीबार, माघ ८, २०८२
नरैनापुर-६ मा सुरु भयो दोस्रो वडा कप फुटबल प्रतियोगिता 
नरैनापुर-६ मा सुरु भयो दोस्रो वडा कप फुटबल प्रतियोगिता  सोमबार, माघ ५, २०८२
लोकप्रीय
  • Week
  • Month
होटल पौवाले मनाउँदै १० औँ वार्षिक उत्सव
होटल पौवाले मनाउँदै १० औँ वार्षिक उत्सव
विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती
विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती
एमालेमा विशेष महाधिवेशन बोलाउन हस्ताक्षर सुरू
एमालेमा विशेष महाधिवेशन बोलाउन हस्ताक्षर सुरू
सभामुख अर्यालले सम्हाले कार्यभार
सभामुख अर्यालले सम्हाले कार्यभार
एमाले सं‌सदीय दलमा बादल
एमाले सं‌सदीय दलमा बादल
कांग्रेस महासमिति सदस्य शाह र प्रदेश प्रतिनिधि यादवमाथी कारबाही सिफारिस
कांग्रेस महासमिति सदस्य शाह र प्रदेश प्रतिनिधि यादवमाथी कारबाही सिफारिस
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस क्षेत्र नम्बर १ बाँकेको बैठकद्धारा शर्माको राजीनामा अस्वीकृत
कांग्रेस क्षेत्र नम्बर १ बाँकेको बैठकद्धारा शर्माको राजीनामा अस्वीकृत
नेपालगन्जमा खुल्यो १५ करोडको लगानीमा 'होटेल कान्तिपुर प्लाजा'
नेपालगन्जमा खुल्यो १५ करोडको लगानीमा 'होटेल कान्तिपुर प्लाजा'
बैजनाथ गाउँपालिकाले ३६ जना बड्घर र चौकीदारलाई बाँड्यो साईकल
बैजनाथ गाउँपालिकाले ३६ जना बड्घर र चौकीदारलाई बाँड्यो साईकल
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्