Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  • 'बैजनाथलाई जैविक पालिका बनाउदैछौं' : अध्यक्ष शाही
'बैजनाथलाई जैविक पालिका बनाउदैछौं' : अध्यक्ष शाही
दूरसञ्‍चार
दूरसञ्‍चार आइतबार, जेठ १४, २०८०

रामपुर(बैजानाथ) : बैजनाथ गाउँपालिकालाई जैविक पालिका बनाउने बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर शाहीले बताएका छन् । उनले जैविक पालिका बनाउनका लागि आफूहरुले नीति तथा कार्यक्रम नै अघि सारेको बताए । 

दीगो कृषि उत्पादन तथा माटोको उर्वरताका लागि गड्यौली मल प्रर्वद्धनका लागि गाउँपालिका स्तरीय अभिमुखीकरणमा बोल्दै पालिका अध्यक्ष शाहीले यस्तो बताएका हुन् । ‘रासयनिक मलले जमिनको उर्वराशक्ति नष्ट हुँदै गएको छ, यसले वर्षेनी उत्पादन घटिरहेकोछ, मानव स्वास्थ्यमा समेत यसले ठूलो असर गरिरहेकोछ’ पालिका अध्यक्ष शाहीले अगाडी थपे, ‘माटोको उर्वरा शक्ति बचाउन जैविक मलको प्रयोगलाई पालिकाले बढावा दिन किसान लक्षित कार्यक्रमहरु अगाडी सारेको छ ।’

‘देशमै सबैभन्दा बढि जनसंख्या भएको पालिका बैजनाथ हो । यहाँका ७०–७५ प्रतिशत जनता कृषिकर्म गरि जिविकोपार्जन गरिरहेकाछन्’ अध्यक्ष शाहीले भने–‘कृषिकर्मका माध्यमबाट बैजनाथलाई आर्थिक समृद्धितर्फ उन्मुख गरिरहेकाछौं ।’

‘किसानले उत्पादन गरेका उत्पादनहरुमा विचौलियाहरु हावि हुँदा उनीहरु सस्तोमा बेच्न बाध्य भएकाछन् । उनका उत्पादनहरु समयमा विक्री हुन सकिरहेको छैन’ गाउँपालिका अध्यक्ष शाहीले अगाडी थपे–‘गरिब, आर्थिक विपन्नता भएका साना तथा मझौला किसानलाई लक्षित गरि पालिकाले ७० प्रतिशत अनुदान दिने नीति ल्याएका छौं ।’

किसानका समस्या, आवश्यकता, अप्ठेरा तथा उनका उत्पादनलाई बजारीकरण गर्न, व्यवस्थित, रासायनिक मल तथा विषादीरहीत उत्पादन बढावा दिन पालिकाले किसानसँग पालिका प्रमुख कार्यक्रम सञ्चालन गरिरहेकोछ । उनले भने ‘आर्थिक समृद्धिसँग जोडिएको कृषिपेशालाई उत्पादन र जीविकोपार्जनसंग जोड्न किसानसँग पालिका प्रमुख कार्यक्रम ल्याइएको हो ।’ उनले किसानमार्फत वैजनाथलाई आर्थिक समृद्धितर्फ उन्मुख गरिरहेको बताउँदै किसानका लागि कृषि एम्बुलेन्स र पालिका विभिन्न ठाउँमा खाद्यान्न खरीद केन्द्र(डिपो) स्थापना गरिने बताए ।

एकीकृत सामाजिक विकास केन्द्र(आईएसडीसी) नेपालले कम्युनिट पार्टनरस इन्टरनेशनल(सीपीआई)को सहयोग तथा बैजनाथ गाउँपालिकाको समन्वयमा गड्यौली मल प्रर्बद्धन कार्यक्रम सञ्चालनमा ल्याएको हो । केन्द्रका सचिव तथा परियोजना फोकल पर्शन विष्णु खनालको अध्यक्षतामा भएको उक्त एक दिने अभिमुखीकरणमा संस्थाका प्राविधिक विज्ञ उद्धव बहादुर कार्की, एभरेष्ट अर्गानिक एग्रो फार्मका सहजकर्ता वीरबहादुर हमाल र संस्थाका कार्यक्रम संयोजक शेरबहादुर रौलेले पालिकामा सञ्चालन हुने परियोजनाका बारेमा जानकारी गराएका थिए । 

जिल्लामै पहिलोपटक बैजनाथ गाउँपालिकामा गड्यौली मल प्रर्वद्धन गरिदैँछ । परियोजना अन्र्तगत पालिकाको प्रत्येक वडा समेटिने गरि ९० जना कृषकहरलाई गड्यौली मल तथा जैविक विषदी उत्पादन, प्रयोग र बजारीकरणका लागि क्षमता अभिबृद्धि गरिनेछ । पालिकाका ३५ जना कृषकको घर/खेतमा गड्यौली मल उत्पादन संरचना निर्माण गरि मल उत्पादन कार्यलाई निरन्तरता दिने र नमुना पोषण बगैचा बनाई साग, तरकारी तथा अनय बाली उत्पादनमा सहयोग र सहजीकरण गरि पालिकालाई जैविक पालिका बनाउन सहजीकरण गरिने कार्यक्रम रहेको संस्थाका कार्यक्रम संयोजक शेरबहादुर रौलेले जानकारी दिए । 

कार्यक्रममा बैजनाथ गाउँपालिकाकी उपाध्यक्ष निर्मला रोकाय, प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने, वडाअध्यक्षहरु क्रमश रुपबहादुर मल्ल, राजु रुचाल ठकुरी, निखील बैगार, प्रेमबहादुर शाही, देवबहादुर रावत, भुपाल पुनमगर, दिनेश थारु र भगन थारु, कार्यपालिका सदस्य, विषयगत शाखाका प्रमुख तथा प्रतिनिधी लगायतको उपस्थिती रहेको थियो ।

उनीहरुले रसायनिक मलले मानव स्वास्थ्यमा ठूलो असर पर्ने जान्दा जान्दै उत्पादन बढी गर्ने होडबाजी चलिरहेकोले जैविक मलको प्रर्वद्धन गर्नुको विकल्प नभएको बताएका थिए । जमिनको उर्वरशक्ति संरक्षण गर्न, अर्गानिक उत्पादन बढावा दिन र कृषिकर्मबाट आर्थिक समृद्धिका लागि जैविक पालिका बनाउन लागि पर्ने उनीहरुले प्रतिबद्धता समेत जनाए ।


प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  २१:५४
प्रतिक्रिया दिनुहोस्
थप समाज
सुपा देउराली दर्शन गरेर फर्किदै गर्दा बस दुर्घटना, चार जनाको मृत्यु
सुपा देउराली दर्शन गरेर फर्किदै गर्दा बस दुर्घटना, चार जनाको मृत्यु मंगलबार, वैशाख २९, २०८३
एक महिनामा आयो एसइइको नतिजा
एक महिनामा आयो एसइइको नतिजा सोमबार, वैशाख २८, २०८३
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित सोमबार, वैशाख २८, २०८३
कोहलपुरमा दुई दिनमा हटाइयो  १ सय ८ घर, टहरा
कोहलपुरमा दुई दिनमा हटाइयो १ सय ८ घर, टहरा सोमबार, वैशाख २८, २०८३
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो आइतबार, वैशाख २७, २०८३
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी आइतबार, वैशाख २७, २०८३
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा शनिबार, वैशाख २६, २०८३
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट शुक्रबार, वैशाख २५, २०८३
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ शुक्रबार, वैशाख २५, २०८३
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्