Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
कला/साहित्य
  • Home
  • कला/साहित्य
  • कोरोनाले थला परेको साहित्यिक गतिविधी बिस्तारै माथी उठ्दै
कोरोनाले थला परेको साहित्यिक गतिविधी बिस्तारै माथी उठ्दै
दूरसञ्‍चार
दूरसञ्‍चार शनिबार, असोज १६, २०७८

नेपालगन्ज : विगत डेढ वर्षयता कोरोना भाईरस (कोभिड-१९) महामारीको कहरले बाँकेमा हुने हरेक गतिविधी ठप्प भए । महामारीको पहिलो र दोस्रो लहरमा सरकारले करिव ९/१० महिना त बन्दाबन्दी नै गर्यो । पहिलो र दोस्रो महामारीमा बाँके हटस्पट नै बन्न पुग्यो ।

भौतिक रुपमा उपस्थित भएर गरिने हरेक गतिविधी र कार्यक्रमलाई कोरोना महामारीले प्रत्यक्ष रुपमा प्रभावमा पार्यो । यसबाट साहियित्क कार्यक्रम र गतिविधी पनि अछुतो रहन सकेनन् । नेपालगन्ज वहुभाषिक साहित्यको भण्डार हो । यहाँ विभिन्न भाषा भाषीका साहित्यकार छन् । एकल भाषिकदेखी बहुभाषिक साहित्यिक कार्यक्रम भईरहँदा कोरोना महामारीबाट एक्कासी सबै ति कार्यक्रम एकाएक रोकिए । 

छिमेकी देश भारत रुपैडिहा, नानपारा, बहराईच, लखनउसम्मका साहित्यकारहरु यहाँ आएर आफ्ना साहित्यिक रचना सुनाउँथ्ये र यहाँका साहित्यिक रचना पनि सुनेर जान्थ्ये । साहित्यले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाइरहेको थियो । 

कोरोना महामारी भित्रिनुभन्दा अगाडीसम्म हप्ताको शनिबार प्रायः नेपालगन्ज र कोहलपुरमा कुनै न कुनै साहित्य कार्यक्रम भईरहन्थ्ये । छिमेकी देश भारत रुपैडिहा, नानपारा, बहराईच, लखनउसम्मका साहित्यकारहरु यहाँ आएर आफ्ना साहित्यिक रचना सुनाउँथ्ये र यहाँका साहित्यिक रचना पनि सुनेर जान्थ्ये । साहित्यले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाइरहेको थियो । 

कोरोना महामारी आउनुभन्दा अगाडी नेपालगन्जमा आयोजित वहुभाषिक गजल गोष्ठी । फाइल तस्बिर : दूरसञ्चार 

जब कोरोना महामारी एकाएक फैलियो । यि सबै गतिविधी रोकिए । दुई देशबीचको सिमा नाका लामोसमय सम्म बन्द रह्यो । नेपालबाट भारतमा गएर साहित्यिक कार्यक्रममा सहभागी हुने र भारतका साहित्यकार यहाँ आउने क्रम बन्द भयो । स्थानीय साहित्यिक संस्थाले गर्ने सबै कार्यक्रम प्रभावित भए । बाँकेमा कोरोना कहर पूर्ण रुपले नियन्त्रणमा आईसकेको छैन । तर, स्वास्थ्य मापदण्ड पालना गरेर साना जमघट हुन थालेका छन् । कोरोनाले थला परेको साहित्य क्षेत्र पनि बिस्तारै माथी उठ्दैछ । 

बाँकका साहित्यकार कपिल अञ्जान भन्छन्, ‘कोरोना महामारीले गर्दा विगतमा साहित्य क्षेत्र पुरै थला पर्यो, अहिले क्रमिक रुपले उठ्दैछ, साहित्य ।’ उनी हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरका अध्यक्ष हुन् । कोरोना महामारीले गर्दा आफ्नो संस्थाले गर्न लागेका श्रष्टा सम्मान, कृति विमोचन जस्ता कार्यक्रम पुरै प्रभावित बन्न पुगेको उनी स्मरण गर्छन् ।

‘पोहोर साल माघमा हामीले एक जना श्रष्टालाई सम्मान गर्ने कार्यक्रम राखेका थियौं, त्यो कार्यक्रमलाई कोरोनाले प्रभावित पार्यो, दुई वटा कृति विमोचन गर्ने कार्यक्रम राख्यौं, त्यो पनि पछाडी सर्यो,’ उनले भने । कोरोना महामारी नियन्त्रणतर्फ गइरहेको र स्थानीय प्रशासनले पनि स्वास्थ्य मापदण्ड पुरा गरेर कार्यक्रम गर्न दिएपछि शनिबार(आज)कोहलपुरमा श्रष्टा सम्मान र कृति विमोचन कार्यक्रम राखिएको अध्यक्ष अञ्जान बताउँछन् । 

कोरोना महामारी आउनुभन्दा अगाडी नेपालगन्जमा आयोजित वहुभाषिक गजल गोष्ठी । फाइल तस्बिर : दूरसञ्चार 

अवधि भाषी साहित्यकार बिष्णुलाल कुमाल कोरोनाले अन्य क्षेत्रलाई जस्तै साहित्य क्षेत्रमा पनि नराम्रो असर पुर्याएको बताउँछन् । अवधि साँस्कृतिक प्रतिष्ठानका केन्द्रिय अध्यक्ष समेत रहेका नेपालगन्जका साहित्यकार कुमाल भन्छन्, ‘कोरोना महामारीले विगतमा साहित्यिक जमघट प्रभावित बन्न पुग्यो, तर लकडाउनको बेला फुर्सदमा बसेर कतिपयलाई साहित्य, कला, संगीत विकास गर्न सहज पनि भएको मेरो बुझाई छ ।’ करिव डेढवर्ष पछि अहिले आएर साहित्यिक गतिविधीले निरन्तरता पाउन थालेको साहित्यकार कुमाल बताउँछन् । आफ्नो संस्थाले पनि बिस्तारै कार्यक्रम गर्न थालेको सुनाए ।

बाँकेमा झण्डै एक दर्जन बढी साहित्यिक संघ, संस्थाहरु क्रियाशिल छन् । यि संस्थाको सहकार्य र समन्वयमा प्रायः शनिबारका दिन कार्यक्रम हुन थालेका छन् ।

यहाँ अचेल प्रायः शनिबार र फुर्सदको समय मिलाएर साहित्यिक कार्यक्रम हुन थालेका छन् । यि गतिविधीले साहित्यिप्रेमीका लागि खुसीको सञ्चार छाएको छ । बाँकेमा झण्डै एक दर्जन बढी साहित्यिक संघ, संस्थाहरु क्रियाशिल छन् । यि संस्थाको सहकार्य र समन्वयमा प्रायः शनिबारका दिन कार्यक्रम हुन थालेका छन् । शनिबार (आज) मात्रै कोहलपुर र नेपालगन्जमा दुई वटा साहित्य कार्यक्रम हुदैछन् ।

कोहलपुरमा हुन लागेको कार्यक्रममा साहित्यकारबीच छुट्टै उत्साह छाएको छ । यस्तै नेपालगन्जमा हुन लागेको साहित्य कार्यक्रममा भारत र नेपालका साहित्यकारबीच जमघट हुने प्रतिष्ठानका अध्यक्ष कुमालले जानकारी दिए । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानले वरिष्ठ उर्दु साहित्यकार अब्दुल लतिफ शौकलाई सम्मान गर्दैछ ।

सोही कार्यक्रममा साहित्यकार बद्री ढकाल हिरामणी र छविलाल खड्काको कृति विमोचन गरिनेछ । यसका साथै साहित्यकारले विशेष रचना वाचन गर्ने पनि कार्यक्रम छ । साहित्यकारका लागि यो कार्यक्रम सुर्वण अवसरका रुपमा रहेको साहित्यकार विपी अस्तु बताउँछन् ।

‘मेरो लागि एक सुवर्ण अवसर ! जहाँ आदरणीय सायर अब्दुल लतिफ शौक सम्मानित हुनुहुनेछ, आदरणीय बद्री ढकाल हिरामणी र छविलाल खड्का कृतिरुपमा उभिनुहुनेछ,’ उनी भन्छन् ‘मञ्च त्यसै जाजलयवान हुनेछ, त्यसैमाथि नेपाली कविताको एक उज्यालो मसाल बोकेकी कवि सुनिता खनालका छेउ बसेर म पनि थोरै उज्यालो सापटी लिने अवसर पाउँदैछु, यो अवसरका लागि हार्दिक आभार पूर्णिमा साहित्य प्रतिष्ठानप्रति, तपाईंहरुको पखाईमा हुनेछु ।’

हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले गर्न लागेको कार्यक्रम ।

साहित्य समाचार हेर्नुस्  :

वरिष्ठ साहित्यकार रेग्मीलाई नेपालगन्जमा अभिनन्दन

सनतका फरक पाटा

उर्दु साहित्यको शहर, नेपालगन्जका धरोहर


प्रकाशित मिति: शनिबार, असोज १६, २०७८  ०८:३४
प्रतिक्रिया दिनुहोस्
थप कला/साहित्य
'रेडियो प्रेमी वान' श्याम गिरीको कला 'योगा डान्स'
'रेडियो प्रेमी वान' श्याम गिरीको कला 'योगा डान्स' सोमबार, वैशाख ७, २०८३
बाँकेमा 'जानकी पर्यटन प्रवर्द्धन तथा प्रथम साहित्यिक महोत्सव' 
बाँकेमा 'जानकी पर्यटन प्रवर्द्धन तथा प्रथम साहित्यिक महोत्सव'  शनिबार, फागुन २, २०८२
पुस्तकालयले गर्ने चुनाबी बहस स्थगित
पुस्तकालयले गर्ने चुनाबी बहस स्थगित बिहीबार, माघ १५, २०८२
उम्मेदवारहरुसँग बहस आयोजना गर्दै महेन्द्र पुस्तकालय
उम्मेदवारहरुसँग बहस आयोजना गर्दै महेन्द्र पुस्तकालय बुधबार, माघ १४, २०८२
नेपालगन्ज महोत्सवमा कलाकारको बेजोड प्रस्तुती, झुमे दर्शक
नेपालगन्ज महोत्सवमा कलाकारको बेजोड प्रस्तुती, झुमे दर्शक बुधबार, माघ ७, २०८२
होटल पौवामा ‘न्यु इयर इभ’ गरिदै, निःशुल्क प्रवेश गर्न पाइने
होटल पौवामा ‘न्यु इयर इभ’ गरिदै, निःशुल्क प्रवेश गर्न पाइने मंगलबार, पुस १५, २०८२
अन्तरालमा संगीत सहित बीपीका कविता प्रस्तुत हुने
अन्तरालमा संगीत सहित बीपीका कविता प्रस्तुत हुने सोमबार, पुस १४, २०८२
कोहलपुर महोत्सवमा भोली आउँदै ज्योती मगर
कोहलपुर महोत्सवमा भोली आउँदै ज्योती मगर सोमबार, पुस १४, २०८२
कोहलपुर महोत्सवमा दर्शकको ओइरो
कोहलपुर महोत्सवमा दर्शकको ओइरो शनिबार, पुस १२, २०८२
लोकप्रीय
  • Week
  • Month
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्